काठमाण्डाै – भारतको छत्तिसगढको बस्तरमा एक जनाले एकै पटक दुई जनासित विवाह गरेका छन् । यो विवाह अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । टिकरा लोहंगा गाउँमा विवाह सम्पन्न भएको हो ।
काठमाण्डाै – भारतको छत्तिसगढको बस्तरमा एक जनाले एकै पटक दुई जनासित विवाह गरेका छन् । यो विवाह अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । टिकरा लोहंगा गाउँमा विवाह सम्पन्न भएको हो ।
सर्व आदिवासी समाजका नेता प्रकाश ठाकुरका अनुसार तीनै जना बालिग छन् । उनीहरू तीनै जना आदिवासी समाजका हुन् । यो समाजमा बहुपत्नी प्रथामा कुनै राेक छैन । त्यसमा पनि आदिवासी समाज पनि यो विवाहमा खुशी छ ।
उच्च अदालतका अधिवक्ता प्रियंका शुक्लाका अनुसार यो विवाहलाई गैरकानुनी भन्न मिल्दैन । आदिवासी जनजातिको परम्परा र संस्कृतिभित्र पर्ने भएकाले यस्ता विवाहलाई कानुनले नरोक्ने उहाँको भनाइ छ ।