• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • ५ घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • ५ घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • ७ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • ८ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • ८ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • ८ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • ८ घण्टा 

देश चरम राजनीतिक अवस्थामा जेलिएको छ: रवि लामिछाने
  • ८ घण्टा 

निहारिका राजपूतद्वारा राष्ट्रपति कार्यालयअगाडि आत्मदाह प्रयास
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ३. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ४. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ५. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ६. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ७. चीन ताईवान विवाद किन?

  • ८. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ९. विभिन्न जिल्लामा मल पठाउन थालियो

  • १०. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

टास्मेनियाको क्रिकेट लिगको प्रतिस्पर्धाहरूमा भाग लिँदै आएको : लन्चेस्टन नेपाली क्रिकेट क्लब

  •   २ हप्ता अघि

अस्ट्रेलियाकै प्राकृतिक खनिज मानिने क्रेडल माउन्टेनको राष्ट्रिय निकुञ्ज जाने मुख्य द्वार लगायत वाइन तथा अन्य कृषि-जन्य उत्पादनको उर्वर क्षेत्र हो, टास्मेनियाको दोस्रो ठुलो शहर लन्चेस्टन।

अस्ट्रेलियाका अन्य शहरहरूभन्दा तुलनात्मक रूपमा सानो र शान्त रहेको लन्चेस्टनमा केही वर्ष यता भने नेपालीहरूको उपस्थिति बढ्दै गएको छ।

पछिल्लो जनगणनाको तथ्याङ्कलाई आधार बनाउने हो भने लन्चेस्टन सिटी काउन्सिल क्षेत्रमा मात्र १,८२२ नेपालीभाषीहरूको उपस्थिति छ जुन अङ्ग्रेजी बोल्ने मानिसहरूको सङ्ख्या पछिकै सबैभन्दा उच्च हो।

ती मध्ये १,२४२ ले आफूहरूको जन्म नेपालमा भएको बताएका छन् भने ४४९ जना भुटानमा जन्मेका हुन्।

नेपालीभाषीहरूको बढोत्तरीसँगै केही वर्ष अघि स्थापना भएको लन्चेस्टन नेपाली क्रिकेट क्लबमा खेलाडीहरूको चाप पनि बढेको छ।

राम श्रेष्ठ उक्त क्लबको अध्यक्ष हुन्।

उनी भन्छन् कि खेलाडीहरूको सङ्ख्या निकै बढेकोले यो वर्षदेखि स्थानीय क्रिकेट प्रतियोगिताहरूमा क्लबले दुई छुट्टाछुट्टै टोलीहरूलाई भाग लिन पठाउन थालेको छ।

“एउटै मात्र टिम हुँदा हाम्रो क्लबमा रहेको थुप्रै सदस्यहरूको खेल्ने मनसाय पुरा नहुने देखियो,” उनले अष्ट्रेलियन नेपाली रेडियो सेवा एसबीएस नेपालीसँगको कुराकानीमा भने।

सन् २००८ मा अस्ट्रेलिया आएका राम श्रेष्ठको अस्ट्रेलियाली बसाइसराइ सिड्नी, गोल्डकोस्ट र डार्विन हुँदै सन् २०१३ मा लन्चेस्टनमा पुगेर विश्राम लिएको छ।

क्लबको स्थापनाकाल देखिनै एक मुख्य पात्रको रूपमा रहेका श्रेष्ठ भन्छन् कि उनी लन्चेस्टन सर्दा नेपालीहरूको उपस्थिति नगण्य थियो।

“त्यति बेला नेपालीहरूको बाक्लो बस्ती थिएन, क्लबको सुरुवात (पनि केवल) सामाजिक मेलमिलापको लागि भएको थियो,” उनले भने।

तर खेलाडीहरूको जोस, दक्षता, अनि नेपाली समुदायको बढ्दो उपस्थितिले गर्दा लन्चेस्टन नेपाली क्रिकेट क्लबको महत्त्व पनि बढेको श्रेष्ठ बताउँछन्।

सन् २०१८ मा औपचारिकता पाएको क्लबले अहिले टास्मेनिया क्रिकेट लिगको ए र बी ग्रेड क्रिकेट प्रतिस्पर्धाहरूमा भाग लिँदै आएको छ।

पछिल्लो क्रिकेट सिजनमा ए ग्रेडको प्रतिस्पर्धा अन्तर्गत पाँचौँ स्थानमा प्राप्त गर्न सफल उक्त नेपाली क्लब बी ग्रेडको प्रतियोगितामा भने १२ औँ स्थानमा छ।

सन् २०२० मा क्रिकेटको क्षेत्रमा ल्याएको सांस्कृतिक विविधताको लागि क्रिकेट टास्मेनियाबाट पुरस्कृत भएको थियो।

एशेज हेर्न पाउँदाको मज्जा

टास्मेनियामा अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटहरू निकै हुने भए पनि टेस्ट क्रिकेट चाहिँ निकै दुर्लभ रहेको छ।

तर यस वर्षचाहिँ होबार्टले निकै महत्त्वपूर्ण प्रतिस्पर्धा हात पार्‍यो।

क्रिकेट खेलको इतिहासमै अस्ट्रेलिया र इङ्गल्यान्ड बिच हुने टेस्ट क्रिकेटको प्रतियोगिताले विशेष महत्त्व राखेको छ।

‘द एशेज’ भनिने यी दुई देशबिचको टेस्ट क्रिकेटको प्रतिस्पर्धा संसार भरिनै निकै लोकप्रिय रहेको छ।

कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियमहरूका कारण, पर्थले आफ्नो भागमा आएको खेल आयोजना गर्न नसकेपछि, होबार्टले गएको क्रिकेट सिजनमा एशेज सिरिज अन्तर्गतको खेल आयोजना गर्ने मौका पाएको थियो।

पर्थ वेस्टर्न अस्ट्रेलियाको राजधानी हो भने होबार्ट टास्मेनियाको।

“होबार्ट लगायत टास्मेनियाको विभिन्न स्थानहरूमा बस्ने नेपालीहरूको लागी पनि मैदानमा गई यस महत्त्वपूर्ण टेस्ट खेलको प्रत्यक्ष अनुभव गर्ने मौका मिल्यो,” श्रेष्ठले भने।

उनको अनुभवमा ठुला देशहरूबिच हुने टेस्ट क्रिकेटको प्रत्यक्ष अनुभवले यस खेलको प्रति रहेको भावनालाई झनै गाढा बनाउँछ।

समाचार श्रोत : एसबिएस नेपाली रेडियो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

ताजा

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.