नेपालमा जहानिया राणा सासनको सुरुवाति सगै सामाजिक रुपमा रहेका बिथिति र कुसस्कारलाइ अन्त्य गर्न एउटा दरिलो राजनितिक दलको आबश्यकता थीयो, त्यो आबश्यकताको सम्बोधन गर्न देसमा शिक्षाको अभाब र यातायत संचारको बिकास नभयका कारण चेतना फैलाउन सजिलो थिएन ।
सिन्धुलीबाट बसाइ सरेर बिराटनगर झरेका कृष्ण प्रसाद कोइरालामा समाज परिबर्तन गर्न उत्साह जाग्नु भन्दा पहिला आकाशवाणी भएको थियो उहाँ जब एउटा घनाघोर जंगलको बाटो घोडामा सबार हुनुभएको थियो त्यहिबेला कतैबाट आवाज आयो , कृष्ण प्रसाद तिमिले समाज परिबर्तनको लागि केही गर्नै पर्छ । उनले समाज तिर फर्केर हेरे देखे जनतामा शिक्षाको लागि स्कुल छैन , भएका स्कुलमा राणा र काजि बिर्तावालाका सन्तानले मात्र पढ्न पाउँछन् |
हुनेखाने हरुले घरमा गुरु र पुरोहित राखेर क ख सम्म पढ्छन त्यो पनि राणा हरुले थाहा नपाउने गरि यदि पढाएको र शिक्षा दिएको कुरा राणाले थाहा पाए भने कि त फासिमा चड्नु पर्थ्यो कि त देश निकाला गर्थे यो कुरा कृष्ण प्रसाद कोइराला लाई पुरै थाहा थियो तर पनि उनले समाज परिबर्तन गरेरै छोड्ने अठोट गरे ,त्यो परिबर्तन यस्तो थियो कि समयको तत्कालिन अाबस्यकता पुर्तिका न्युतम आबश्यकताका कुरामा सहजता मात्र पुर्याउन सक्नु ठूलो सफलतामानिने अबस्थामा बिलासिताका कुरा हरु एकादेसको कथा जस्तै थिए ।
कस्तो थियो महिला अधिकारको बिषय भने जहाँ शिक्षा र चेतनाको कुनै गुन्जायस नै थिएन भने त्याहा महिला अधिकार र समाज परिबर्तनका बिषयहरु त कुनै आवाजमा पनि थिएनन् ,महिला ले पछ्यौराले अनुहार छोपेर गुन्यु र चोलिमा मेलापात जानू र घर गृहस्ति भन्दा बाहिर पहुच थिएन , होस पनि कसरी जहाँ पुरुषले पढ्न स्कुल जाने अबस्था नै थिएन ,बलिया बाङ्गा हरु मेलापात जाने र भारि बोकेर अाफ्नो जिबिको पार्जन गर्नु मा नै अाफ्नु कर्तब्य ठानेर काम गर्थे नुन र उन लिन भोट मा जानू पर्ने बाध्यता थियो भोट गयर ल्यायका नुन र उनले परिबार लाई बर्ष दिनको जोहो गर्नु पर्ने अबस्थामा थिय बासिन्दा अनि कसरी महिला अधिकार र चेतनाको बिकासको बारेमा सोच्ने अबस्था होस ।
जब कृष्ण प्रसाद कोइरालाले पुरुस हरुमा यउटा छुट्टै चेतनाको लहर ल्याय बनारस गयर पढ्नु पर्छ भन्ने भावना को बिकास गरे त्यो बेलाको सबै भन्दा ठूलो अान्दोलन त्यहि थियो ,जुन नेपालमा स्कुल खोल्ने लाई जिब्रो काटिदिने सम्मको सजाय हुने अबस्था थियो ,त्यहि अबस्थाको जन्जिर भित्रबाट स्थापना गरिएको पार्टि हो नेपाली काग्रेस |
हामी नारि अधिकारका ठुला कुरा गर्छौ र यो सोच्दैनौ कि देसमा सिक्षाको सुरुवात र बिकास कसरी भयो ,पुरुश प्रधान देस भनेर व्याख्या गर्नु भन्दा पहिला राणा शासन का बेला सम्म अध्यायन गरियो भने थाहा हुन्छ कि नारि को उथ्थान र अधिकारका लागि काग्रेस ले कसरी अान्दोलन छेडेको थियो । एउटा चुला चौका बाट एकै पल्ट मा निस्केर बिद्रोह गर्नु र शिक्षाको बिकास र चेतनाको बिकास गर्दै बिस्तारै महिला हरुलाइ प्रशिक्षित गर्दै मेलापात बाट स्कुल सम्म पठाउन बि पि कोइराला सम्म अाउदा कसरी समाज ले फड्को मार्यो भन्ने कुराको अध्यायन गर्नु पर्छ ,।
जुन बेला महिला हरुनै स्कुल जानुहुदैन भन्ने मानसिकता बोकेका अबस्थाअनि घुम्टो ओढेर समाजका अगाडि निहुरियर हिड्ने अबस्था लाई खुला आकाशमा रमाउने बनाउनु सामान्य थियन । अनि अर्को तर्फ राज्यको जर्जर नितिका कारण चेतना फैलाउने काम पनि सहज थियन समय काल परिथिति लाई बुझेर बि पि कोइरालाले कसरी समाज परिबर्तन र महिला अधिकार स्थापित गर्ने अभियान सफल बनाउनु भन्ने कुरा आजका आम युवापिढिले बुझ्नु जरुरि छ ।
बि पि कोइरालाले सोचेको त्यस बेलाको दरिलो राजनितिक दलको आबश्यकता अधिकार स्थापित भइसक्दा आजको अबस्थामा पनि टड्कारो बनेको छ , जुन दल नेपाली काग्रेस लाई सक्षम नेतृत्वको दृढ नेतृत्व र निस्कलङ्क नेतृत्वको खाँचो झन् महसुश भएको छ ,बाँकी अभिभारा पूरा गर्न ।
लेखिका : ” अश्मिता शर्मा “

