इनोभेट नेपाल ग्रुप (आइएनजी) द्वारा प्रबर्धित ई-लर्निङ प्लेटफर्म ‘माइसेकेन्ड टिचर’ बैशाखबाट सुरुवात हुदैछ । ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले माइसेकेण्ड टिचर नेपालको शैक्षिक गुणस्तर सुधार ल्याउनका लागि सहयोग पुग्ने बताए ।
शिक्षामा आधुनिक प्रविधि प्रयोग अपरिहार्य रहेको औंल्याउँदै उनले यस प्लेटफर्म विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय सञ्चालक सबैलाई उपयोगी हुने दाबी गरे । माइसेकेण्ड टिचरमा शिक्षक/विद्यार्थीको रोचक संवादमा आधारित अन्तर्क्रियात्मक भिडियो सामाग्रीहरू, नबुझेका कुरा शिक्षकसँग अनलाइन र व्यक्तिगत रूपमै सोध्न मिल्ने, प्रत्येक विद्यार्थीको सही मूल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्टलगायत विशेषताहरू रहेको बुढाथोकीले बताए ।
एसईई तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक, विद्यार्थीको कुराकानीमा आधारित भिडियो सामाग्रीहरू पनि उपलब्ध हुने जनाइएको छ ।