अष्ट्रेलियाको तास्मनिया राज्यको होबर्ट स्थित मल्टी कल्चलर सेन्टरमा अगस्ट २० शनिबारको दिन “फेरिएको माया” उपन्यासको विमोचन कार्यक्रम सम्पन्न भएको छ। पूर्वी चितवनको रत्ननगर १३ मा स्थायी बसोबास गर्ने खरेल हाल १ दशक देखि अस्ट्रेलिया बस्दै आएका छन्। किशोर अवस्थामा हुने प्रेम र त्यसले जीवनमा ल्याउने प्रभावका सम्बन्धमा लेखिएको उपन्यासले नयाँ पुस्ताको अवस्थालाई चित्रण गरेर लेखिएको पुस्तकको विमोचन अग्रजहरु केशव भट्टराई, जेनेट एलेन ह्यलैंड र लेखक स्वयंमको उपस्थितिमा गरिएको हो ।

हाल अस्ट्रेलियाको होबर्टमा बसोबास गर्दै आएका खरेलको त्यहाँको स्थानीय पत्र पत्रिका, म्यागेजिन, अनलाइन मिडियामा दर्जनौ लेख तथा रचनाहरु प्रकाशित भईसकेका छन्। साहित्यिक लेखनमा रुचि राख्ने खरेलले आफ्नै पेज शब्द डायरी (Shabdadiary.com) मार्फत ब्लग हरु प्रकाशन गर्ने गर्दछन्।
विमोचन कार्यक्रममा किताब माथिको चर्चाको लागि लेखन प्रकाश पन्थी ले गरेका थिए । खरेलले उपन्यासमा वर्तमान समयको परिवेश, प्रेम, गरिबी, राजनीति, भ्रष्ट्रचार, वैदेशिक रोजगारीजस्ता विषयलाई सरल र सहज भाषामा विविधतापूर्वक प्रस्तुत गरेका छन् ।
स्वान्त शुकायको लागि लेख्न रुचि राख्ने खरेल भन्छन यो मेरो सुरुवात कदम मात्र हो, मनको भावना अभिव्यक्त गर्न सँधै कलम चलाउने र पाठकको सल्लाह सुझाब पाए लेखनिय यात्रामा अझै परिस्कृत गर्दै अगाडी बढ्ने पनि खरेल बताउँछन्। खरेलका अनुसार पुस्तक पढ्न चाहनेहरुले बिजबजार मार्फत देशैभर अर्डर गर्न सकिने, काठमान्डौमा एजुकेसन बुक हाउस र चितवनमा सम्पूर्ण बुक्समा उपलब्ध रहेको छ। अष्ट्रेलियामा भने होबर्टको मुनलाइट ग्रोसरी- ग्लेनोर्ची र नमस्ते स्पाइस मूनाहमा उपलब्ध छ ।



