निराज रानाभाट , काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा भदौ १४ गते , मंगलबार ( आज ) सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए ।
बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बाेलाएको छ । गत जेठ २६ मा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट ४ लाख १० हजारको हारहारीमा विद्यार्थी सहभागि भएका थिए ।

