निराज रानाभाट , काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले अबको केही दिनभित्र कक्षा – १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। केही प्राविधिक काम बाँकी रहेकाले परीक्षाफल प्रकाशित गर्न केही दिन लाग्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन ।
भदाै १५ गतेसम्म प्रकाशित गर्ने तयारी भए पनि केही दिन तलमाथि हुन सक्ने भन्दै उनले भदौ १४ गते , मंगलबार ( आज ) नतिजा सार्वजनिक नहुने स्पष्ट पारे । ‘ टेक्निकल्ली हामीले १५ गतेभित्र गर्छौँ भनेका हौँ। एक – दुई दिन तलमाथि हुन सक्छ। तर , आज हुँदैन ,’ उनले भने।
यसअघि बोर्डका एक सदस्यले मंगलबार ( आज ) साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी भइरहेको बताएका थिए , तर आज हरितालिका तीजका कारण बाेर्डका महिला सदस्य बैठकमा उपस्थित हुन नसक्ने भएपछि आज परीक्षाफल प्रकाशित नगरिएको बुझिएको छ ।

