काठमाडौं, २२ भदौ । देशभरका सामुदायिक पुस्तकालयको छाता संगठन नेपाल सामुदायिक पुस्तकालय संघको महासचिवमा राजेन्द्रप्रसाद पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ ।
चितवनको सौराहामा मंगलबार सम्पन्न १३ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट मातृभूमि सामुदायिक पुस्तकालय, स्याङ्जा बिर्घाका राजेन्द्रप्रसाद पाण्डेय महासचिवमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
भेलाले आगामी ३ वर्षे कार्यकालका लागि सन्तोष रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा भरत खड्का, प्रदेश उपाध्यक्षहरुमा क्रमशः प्रदेश १ बाट भीम कुमारी रावत, मधेश प्रदेशबाट भरत गिरी, बागमती प्रदेशबाट सुजता विष्ट, गण्डकी प्रदेशबाट लीला भण्डारी, लुम्बिनी प्रदेशबाट चेतकान्त भट्टराई, सुदुरपश्चिमबाट ज्ञानुराज विनाडी चयन हुनुभएको छ ।
सचिवमा बालकृष्ण थपलिया, कोषाध्यक्षमा सागर मिश्र सदस्यहरुमा लवहरी दाहाल, खड्गनारायण चौधरी, गंगा ढकाल, माधव भण्डारी, गोविन्द शर्मा, प्रतिक्षा चौधरी, पुष्पराज जोशी चयन हुनुभएको हो ।
रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष बासु ढुंगाना, रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठ, शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, संघका संस्थापक महासचिव भोलानाथ शर्मा, रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठ, देउखुरी सामुदायिक पुस्तकालयकी अध्यक्ष उवा पाठक, प्रगतिनगर सामुदायिक पुस्तकालयका अध्यक्ष खिमानन्द भूषाल, रत्ननगरका शिक्षा अधिकारी बद्रिनारायण शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
संघका निर्वतमान अध्यक्ष केशवराज आचार्यले कोभिड महामारीका कारण आफ्नो नेतृत्वले सोंचे जस्तो उपलब्धिमुलक काम गर्न नसकेको र नवनिर्वाचित कार्यसमितिका साथीहरुले पुस्तकालयको विकास तथा बिस्तारमा उल्लेख्य प्रगति गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

