पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २६ दिव्यनगरको श्री आदर्श माविका पुर्व विद्यार्थी अमेरिका निवासी मुक्ति दवाडीको शुभ जन्मोत्सव कार्यक्रम भर्च्युअल माध्यमबाट मनाइएको विद्यालयका प्रधानाध्यापक मित्रबन्धु चापागाईंले बताएका छन्। विद्यालय परिवारसहित मनाइएको उक्त जन्मोत्सवमा दवाडीले अक्षयकोषको स्थापना गरि आर्थिक सहयोग पनि गर्नुभएको हो।

अघिल्लो वर्ष पनि जन्मोत्सवको समयमा खर्च कटौती गरेर दवाडीले आदर्श शुभ जन्मोत्सव अक्षयकोष स्थापना गरेर १ लाख जम्मा गर्नुभएको थियो। यो बर्ष पनि उनले उक्त अक्षयकोषमा थप ५० हजार जम्मा गरेर कुल एकलाख पचास हजार रुपैयाँ विद्यालयको अक्षयकोषमा जम्मा गर्नुभएको हो। विद्यालयका पुर्व विद्यार्थी भएकाले आवश्यकता अनुसार विद्यालय परिवार र अध्ययनरत विद्यार्थीहरुलाई अझ सक्दो सहयोग गर्ने पनि प्रतिवद्दता व्यक्त गर्नुभएको छ।
दवाडीले विद्यालयमा संचालित धनधान्यचल महायज्ञ तथा स्वर्ण महोत्सव समारोहमा समेत सहयोग पुर्याउनु भएको थियो। विद्यालयका प्र अ चापागाईंले दवाडीको शुभ जन्मोत्सवको शुभकामना दिंदै अक्षयकोषको स्थापना गरि गरिब असहाय तथा जेहेन्दार विद्यार्थीहरुको अध्ययनलाई सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गर्दै विद्यालयका सम्पूर्ण शुभचिन्तकहरुले पनि आफ्नो इच्छा बमोजिम उक्त कोषमा रकम थप गर्न सक्ने जानकारी दिंदै सो को लागि अनुरोध पनि गर्नुभएको छ।
दवाडीको आर्थिक सहयोगमा जन्मोत्सवकोखुसियालीमा विद्यालयका विद्यार्थीहरुलाई केक, चकलेट समेत वितरण गरिएको थियो।

