हिजो बिहान ब्लड फर लाइफ चितवन नामक फेसबुक ग्रुप मेसेन्जरमा आपतकालीन रगत चाइएको जानकारी प्राप्त भयो। यसै त ब्लडको अत्याधिक खपत हुने र माग अनुसारको आपूर्ति नहुने भएकाले धेरै जसो रगतको हाहाकार भैरहन्छ। भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा नेपाल रेडक्रसको ब्लड ब्याङ्क भएतापनि उनीहरुले माग अनुसार रगत व्यवस्थापन गर्न सकिरहेका छैनन्। विशेषगरि क्यान्सर अस्पतालमा रगतको खपत अत्यधिक मात्रामा हुने गर्छ।
यसरी सन्दर्भ जोड्दै जादा अहिले कोरोनाको लकडाउनको समयमा रक्तदान कार्यक्रम नभएकाले ब्लड ब्याङ्कहरुमा पनि रगत छैनन्। सामाजिक संस्था लियोका सदस्यहरु मिलेर स्वत-स्फुर्त रुपमा रगत दान गर्नका लागि यो “ब्लड फर लाइफ चितवन” ले उल्लेखनीय भूमिका निर्वाह गरेको छ। यसरी रगत अभाव हुनेलाई रक्तदान गर्न जानेक्रममा चौबिसकोठीमा प्रहरीले चिट काटेको जानकारी पनि उक्त ग्रुपमै राखे।
यसरी बिना सोधपुछ र रक्तदान गर्ने जाने मानिसलाई यसरी चिट काट्दा मनोबल गिर्ने र अभाव बढ्दै जाने आशंका पनि गरिएको छ।