रुकुम पुर्बको भूमे गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनतर्गत सहाराविहीन, अभिभावक विहीनका बालबालिकालाई, द्वन्द्व कालमा प्रभावित भएका शहीद परिवार सन्तति/शहीद परिवारका बालबालिकाहरुको यकिन गरी वडा समितिको निर्णय सहित निःशुल्क आवासीय व्यवस्थापन तथा पठनपाठनलाई जोडदिन लागिएको हाे ।
बुँदा नं. ४५ मा “युद्धकालमा स्थापित शहिद वासु स्मृति नमूना जनवादी विद्यालयलाई जीवन्त संग्रहालयको रुपमा विकासमा तिब्र पार्न शहिद परिवार, अनाथ, अभिभावकविहिन बालबालिकाहरुलाई आवासीय पठनपाठन र आधारभूत विद्यालयमा दिवा कक्षा अध्ययनका लागि व्यवस्था गर्ने भूमे गाँउपालिकाले सुचना जारी गरेको छ।
अभिभावकविहीन बालबालिकाहरुलाई भूमे गाउँपालिका वडा नं. ३ क्याङ्सीस्थित शहीद बासुस्मृति नमूना जनवादी विद्यालय भवनमा आवासीय र शहीद वासुस्मृति नमूना आधारभूत विद्यालय क्याङ्सीमा दिवा कक्षा पठनपाठनको व्यवस्था मिलाइएको भूमे गाँउ पालिका अध्क्षय होम प्रकाश श्रेष्ठले बताउनुभएको छ। नयाँ शैक्षिक सत्र २०८० को भर्ना सुरु भई पठनपाठन समेत सुरु भइसकेको अवस्थामा समेत अध्क्षय श्रेष्ठले भन्नु भयो।
आवासीय व्यवस्थापन सहित पठनपाठनका लागी सहाराविहीन, अभिभावकविहीन, विपन्न, शहीद परिवार/शहीद सन्तति, अनाथ बालबालिकाहरुको न्यून सङ्ख्यामा मात्र रहेको साथै अभिभावकहरुमा समेत अलमल देखिएको पाइएको छ। सहाराविहीन बालबालिकाको पठनपाठन सुनिश्चितताका लागि सुचना जारि गरिएको भूमे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्र सिंह श्रेष्ठले बताउनु भएको छ।
अति विपन्न, अभिभावकको आर्थिक अवस्था नाजुक भएर विद्यालय बाहिर रहेका बालबालिकालाई वडा समितिको निर्णय सहित निःशुल्क आवासीय व्यवस्थापन तथा पठनपाठनका लागि शीघ्र छनौट गरी सिफारिस गरीने र ।सिफारिस गरिएका बालबालिकाको भर्नाका लागि आवश्यक कागजात सहित बैशाख मसान्तभित्र विद्यालयसँग समन्वय गरी सम्पर्कमा ल्याई गुनषतर शिक्षा प्रदान गर्ने अधिकृत श्रेष्ठले भन्नु भयएको छ।