हिजोमात्र एक शुभ चिन्तक प्रजातन्त्रप्रेमी प्राध्यापकले हाम्रो कार्यकक्षमा आश्चर्यमा पार्ने गरी प्रश्न गर्नुभयो – “सर, वि.पी., सुवर्ण, गणेशमान, कृष्णप्रसादहरुले बनाएको पार्टीको मूल्य, मान्यता र आदर्श यसरी ह्रासोन्मुख छ । यसलाई पुनर्जागरण ल्याउन यो पार्टीले के कार्यक्रम अघि सारेको छ ?” फेरि थप्नुभयो “वैकल्पिक पार्टीमा कार्यकर्ता आकर्षित भइरहँदा यसलाई रोक्न आशा जगाउन यो पार्टीले के गर्दैछ ?” हुनत म पार्टीको कार्यकर्ता होइन, शुभचिन्तक र प्रजातन्त्रप्रेमी भने हुँ । म हाम्रो संस्थाको प्र.प्रा. संघको अध्यक्षको हैसियतले मलाई जिज्ञासा राख्नुभयो जस्तो लाग्यो । यो प्रश्न आम जनताको हो । यस प्रश्नमा घर घरमा, कार्यालयमा, घाँस–दाउरा, मेलापातमा, पँधेरामा हरेक जनस्तरमा ठूलो चासो छ । किनकि यो पार्टीको आधार यिनै सोझासाजा निर्धा–निमुखाको जीवनस्तर उकास्न, ग्रामीण समुदायको दैनिकमा परिवर्तन ल्याउन स्थापित पार्टीको सिद्धान्त “प्रजातन्त्रिक समाजवाद”को आदर्शलाई अङ्गीकार गरी स्वतन्त्रताले मात्र हुँदैन सामतामूलक समाजको पनि परिकल्पना गरी वी.पी.कै विचारमा एउटा किसानको एउटा दुहुनो गाई, एउटा बस्ने घर, खेती गर्ने जमिन, बालबालिकालाई शिक्षा र औषधि उपचार गर्न सक्ने सामथ्र्य विकास गर्नु पार्टीको नीति तथा कार्यक्रम थियो ।
पार्टीको विचारलाई शिरोधार्य गरी हजाराँै व्यक्तिले प्राण आहुती, जेलनेल, अंगभंग, पारिवारिक विखण्डन हुँदा पनि राणा शासन, पञ्चायती व्यवस्थामा जेलभित्रै नेपाली कांग्रेस जिन्दावाद, प्रजातान्त्रिक समाजवाद– जिन्दावाद, फाँसीवाद– मुर्दावाद, भोट के मा ? – रुखमा भन्ने कार्यकताको पङ्क्ति आजका दिनमा यत्ति विध्न प्रतिरक्षात्मक र पलायन भएको इतिहासमै पहिलोपटक हो ।
यी पङ्क्तिहरु लेखिरहँदा अखबारका पानाहरुमा प्रजातान्त्रिक समाजवादको आर्दशलाई सही गन्तव्यमा पु¥याउँछु भनी जिम्मेवार बहन गरेका ने. वि. संघको अध्यक्ष, तरुणदलको अध्यक्ष, पटकपटक शक्तिशाली मन्त्रलाय सम्हालेका, पटकपटक केन्द्रीय सदस्य भएका पार्टीमा राम्रो प्रभाव भएका र कार्यकर्ताले आशा गरेका नेता समेत नक्कली भुटानी शरणार्थीको सन्दर्भमा प्रहरीको अनुसन्धानमा दोषी ठहरिई अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । करोडौँ रुपैयाँको चलखेल गरी नागरिकलाई अनागरिक बनाइएको कसुर छ । यसले पार्टीको बदनाम त भएकै छ । कार्यकर्ताको शिर निहुरिएको छ । त्यसभन्दा बढी यो घटनाले देश अन्तराष्ट्रिय स्तरमै बदनाम भएको छ । पार्टीको केन्द्रीय समिति समेत बस्न सक्दैन । निलम्बनसम्म गर्न सक्दैन । पार्टीलाई प्रश्न–“यो पार्टी कसको ?” अहम् प्रश्न उठेको छ । यसरी समान्य कार्यकर्ताको पङ्क्तिबाट विमूख (मष्कअयललभअतभम) भएको यो पनि इतिहासमा पहिलो पटक हो ।
पार्टीमा सञ्चार हुनपर्ने सबैभन्दा ठूलो पूँजी हो “आशा” (ज्यउभ) तर आजको अवस्थामा स्खलन भएको छ । पार्टी विचारले चल्ने हो । भिडले होइन । यस्तो लाग्छ पार्टीको स्वरुप नै भंग भएको छ । भातृसंगठनहरुको निर्वाचन नभएको दशकौँ भइसक्यो । पार्टीको आफ्नो विभाग विधानत छ महिनाभित्र गर्नुपर्ने झन्डै दुई वर्ष बित्ने बेला भइसक्यो सुरसारै छैन । यसरी नेतृत्वको विकास कसरी सम्भव छ ? साधारण कार्यकर्ताले पार्टीको कसरी बचाउ गर्न सक्छन् ? यो नृतत्व पूर्ण असफल भइसक्यो । नयाँ पुस्ताका आशा, दुई महामन्त्रीमाथि पनि प्रश्न उठिसक्यो, के गर्दैछन् यिनीहरु ? शक्तिशाली पदमा आसीन व्यक्तिहरुले कार्यकर्तामाझ के कति कारणले पार्टीमा रुपान्तरण हुन सकेन ती खुलस्त राख्न सक्नुपर्छ ।
भ्रष्टचार सबै पार्टीमा व्याप्त छ । प्रमुख प्रतिपक्षका नेता, उप प्र.म.भएका व्यक्तिहरु पनि बाँकी रहेनन । कर्मचारीका तल्लोदेखि उपल्लो तह (सचिव) सम्मका पनि भुटानी शरणार्थी प्रकरणले भ्रष्टचारको सञ्जालले छर्लंग पार्याे । बिडम्वना पोलिएका व्यक्तिहरु नेताहरुकै पारिवारिक सदस्य भएकै कारण अनुसन्धानको दायरामा परेका छैनन् । त्यस्ता व्यक्तिहरुलाई पार्टीको माया छ भन्ने कहिँकतै देखिँदैन । धनाढ्य पृष्ठभूमि, एनजीओ, आएनजीओको प्रचार गर्नु मै गर्व छ । अनि पार्टी यस्ताहरुको लाइनभन्दा फरक नदेखिएपछि पार्टीको मूल नेतृत्व दलाल, आसेपासे, ठेकदार, परिवार, नातागोतबाट घेरिएपछि पार्टीको सिद्धान्त अनुरुपको परिणाम नआउने कुरा स्वयमसिद्ध नै थियो ।
नेतृत्वको विकास हुन नदिनु (भातृ र शुभेच्छुक संस्थाहरुको) वा गर्न कोशिस नगर्नु, पार्टी केही नेताको कोठे बैठकमा चल्नु, पार्टीमा प्रजातान्त्रिक संस्कारको अभ्यास नहुनु, राम्रालाई भन्दा हाम्रा प्रवृति हावी हुनु, दण्डहीनतालाई प्रश्रय दिनु, पार्टीका आम कार्यकर्ताको भावना विपरित चुनाव अघि नै पृथक् राजनीतिक धारका पार्टीसँग गठबन्धन गर्नु, रुखमा भोट हाल्न पाउनुपर्छ भन्नेलाई कारवाही र हँसिया हताँैडामा हाल्नेलाई वाई–वाई गर्नु जस्ता अलोकतान्त्रिक गतिविधि गर्दै सिद्धान्त विपरित हिँडने नेतृत्व, जसले व्यवहारिक भन्दा व्यवहारवादी मात्र भई चल्ने मनाशयलाई तालाचापी सुम्पदाको फल फरक अपेक्षा गर्न भूल नै थियो । नीति नफेरि यी कुरा सच्चिदैनन र आम कार्यकर्ताले फेरि एकपटक पार्टीभित्र व्यापक शुद्धिकरण अभियान नचलाई यो पार्टी सङ्लिने सम्भावना देखिदैन । खबरदारी आजको एकमात्र आवश्यकता नजरअन्दाज गर्न मिल्दैन । आशा दिनु सबैभन्दा ठूलो कुरा हो किनभने मृत्यु स्वयमसिद्ध छ र पनि हामी वाच्ने आधार भोलिको अझ सम्वृद्धशाली जीवन नै न हो ।
लेखक ठमेल लेखनाथ मार्गस्थित सरस्वती बहुमुखी क्याम्पस अन्तर्गत प्रजातान्त्रिक प्राध्यापक संघ सरस्वती क्याम्पस इकाई सभापति हुनुहुन्छ। यो विचार लेखकको निजि विचार हो भने यो लेखमा चित्रवन खबरको कुनै योगदान र विचार समावेश गरिएको छैन।