गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति आधारभूत विद्यालयमा अक्षयकोषद्धारा साथै छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष तारा श्रीसकाे अध्यक्षता बरिस्ठ समाजसेवी मनसिह छन्त्यालकाे प्रमुख आथितियता संगै अक्षयकोषदाता गणेश शेरचनकाे विशेष उपस्थितमा भएको कार्यक्रममा स्व. बाबा/आमा दलप्रसाद शेरचन र धनादेवी शेरचनकाे स्मृतिमा छाेराहरु कृष्ण शेरचन र गणेश शेरचनले राखिएकाे अक्षयकोष द्धारा जम्मा भएको ब्याजबाट २०७९ काे परिक्षा उत्तीर्ण भएका १ कक्षा देखि ५ सम्मका विद्यार्थीहरुलाइ पुरस्कार वितरण संगै नेपाल सरकारद्धारा प्राप्त भएको रकम दलित तथा जनजाति छात्रवृति वितरण सम्पन्न भएको छ।
साथै सरसफाइ मध्ये उत्कृष्ट अभिभावक सम्मान जमुना पुनलाइ गरिएको थियाे। शिक्षक सुमन काउचाकाे स्वागत मन्तव्य संगै विद्यालयका प्रध्यानापक आशा श्रीसकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।

