रुकुम पूर्व : २०८० जेठ ३१ गते, बुधबार
संयुक्त राष्ट्र संघकाे प्रस्तावना नम्बर १३,२५ र १८,२० का सन्दर्भमा सिस्ने गाउँपालिकाकाे आयाेजनामा सिस्ने गाउँ कार्यपालिका सदस्यहरु र कर्मचारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम सम्बन्धि प्रशिक्षण गराईएको छ ।
विशेषगरी उक्त कार्यक्रममा द्वन्द्वको समयमा भएका घटना त्यस माथि झनै महिला तथा बालबालिका काे अबस्था कस्तो थियो । द्वन्द्वले समाजमा पारेको सकारात्मक र नकारात्मक असर । द्वन्द्व आवश्यक थियोकी थिएन । द्वन्द्व के कारणले सृजना हुन्छ ।
द्वन्द्वको समयमा राज्य पक्ष र विद्रोह पक्षले महिला माथि गरेको यौन हिंसा काे अबस्था कति थियो । र द्वन्द्व कै कारण महिला तथा बालबालिका हरुकाे हक अधिकारमा संविधान निर्माण ,कार्यनयन तथा समावेशी र समानुपातिक काे साझ धारण बन्न पुग्यो की पुगेन भन्ने विषयमा अन्तरक्रिया तथा छलफल भएको सिस्ने गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुनिता खड्काले बताउनुभएको छ ।
उक्त अभिमुखिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी अञ्जना श्रेष्ठले द्वन्द सम्बन्धि संयुक्त राष्ट्र संघको सुरक्षा प्रस्तावना नम्बर १३,२५ र १८,२० का सन्दर्भमा अभिमुखिकरण तथा सहजीकरण गराउनुभएकाे थियो ।
कार्यक्रममा बाेल्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले असमानता , छुवाछुत तथा एक पक्षीय राज्य प्रणालीको शासन आदि जस्ता कुराले द्वन्द काे सृजना तथा द्वन्द उत्पन्न हुने बताउनुभएको छ । त्यस्तै उहाले द्वन्द सबै अबस्थामा खराब नहुने र मुक्ति का लागि गरिएको द्वन्दलाई गलत ढङ्गले हेरिए द्वन्द्व बिस्फोट हुने बताउनुभयो । उहाँले भन्नुभयो “ अझै द्वन्द्व पछिकाे शान्ति प्रक्रियाका दई ओटा काम , सत्य निरुपण तथा मेलमिलाप आयोगको जस्ता कामहरू अझै बाँकी रहेकोले सबैले याे विषय लाई छिटै सुल्झाउनु पर्ने बताउनुभएको छ ।
उपाध्यक्ष गाेपाल रेउले ले संयुक्त राष्ट्र सघकाे १३,२५ र १८,२२ का सन्दर्भमा डिटेल रुपमा यसरी अभिमुखिकरण हुन पाउदा आफु खुसी भएको बताउदै आफु पालिकाकाे मेलमिलाप तथा न्यायीक समितिकाे संयाेजक भएकाले पनि उक्त विषय सम्बन्धि केही कुरा सिक्न पाउदा थप आफ्नो काम तथा जिम्मेवारी काे सम्बन्धलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले पनि उक्त अभिमुखिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रमले पहिले आफु हरुकाे बुझाई मा द्वन्द्वका समयमा जेगरेपनि हुन्छ भन्ने भएको तर वास्तविक मा त्यो नभई पछिल्लो समयमा घटेका घटना जस्तै सम्माननीय प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री हरुलाई मुद्दा दर्ता हुनु तथा कारण देखाउ जस्ता आदेश आउनुले तथा संयुक्त राष्ट्र संघको कानुन र प्रस्तावना नम्बर १३,२५ र १८२२ का सन्दर्भमा सिक्दा द्वन्द्वको समयमा जे पनि गर्ननहुने बन्ने कुरा बुझिएको बताउनुभएको छ ।
उक्त एक दिने अभिमुखिकरण कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गाेपाल रेउले, प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाह, प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका डिएसपी अञ्जना श्रेष्ठ , सिस्ने गाउँ कार्यपालिका सदस्यहरू , सबै शाखाका प्रमुख वडा अध्यक्षहरु पत्रका लगाएको उपस्थिति रहेको उक्त कार्यक्रमकाे सञ्चालन सुगन्धा मल्लले गर्नुभएको थियो ।
निराजन सिर्पाली
बुधबार संयुक्त राष्ट्र संघकाे प्रस्तावना नम्बर १३,२५ र १८,२० का सन्दर्भमा सिस्ने गाउँपालिकाकाे आयाेजनामा सिस्ने गाउँ कार्यपालिका सदस्यहरु र कर्मचारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम सम्बन्धि प्रशिक्षण गराएको छ ।