चितवन, भदौ ०४ : भरतपुर १०, चितवन स्थित अर्किड कलेजमा अध्ययनरत छात्रा परीक्षा पौडेल बायो साइन्स संकायमा जिल्ला प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षाफल अन्तर्गत कक्षा १२को परीक्षामा छात्रा पौडेल चितवन जिल्ला प्रथम भएको लेजले दावि गरेको छ ।
पौडेलले ३ दशमलव ८६ जिपिए ल्याएर जिल्ला प्रथम भएकी हुन् । यस कलेजबाट पढेका विद्यार्थी यसअघि पनि उत्कृष्ट अंक ल्याएर पास हुने गरेको कलेजले जनाएको छ ।