चितवन, भाद्र २८: ग्रेस इन्टरनेशनल एजुकेसनको शैक्षिक मेला भोलि चितवनमा हुने भएको छ ।
बिहान १० बजेदेखि नारायणगढ, शहिद चोक स्थित आफ्नै कार्यालयमा ग्रेसले आफ्नो शैक्षिक मेला गर्ने भएको हो ।
ग्रेसले देशभरिका ८ ठाउँमा शैक्षिक मेला गर्ने भएकोमा अहिलेसम्म दमक, विराटनगर, विर्तामोड, हेटौडामा सम्पन्न गरिसकेको छ । अब बुटवल, पोखरा, काठमाडौँमा बाँकी रहेको ग्रेसले जनाएको छ ।
विदेश अध्ययनमा जान चाहने विधार्थीलाई अवसर, योजना र भविष्यका बारेमा पूर्वजानकारी दिने उद्देश्यले ग्रेसले शैक्षिक मेला गरिरहेको जनाएको छ । अहिले विधार्थीहरु अध्ययनका लागि विदेश जाने र नेपालमा अवसरको कमीका कारण विदेशमै पलायन हुने प्रवृत्ति बढिरहेको अवस्थामा ग्रेस इन्टरनेशनल एजुकेशनको शैक्षिक मेलाले विदेश अध्ययन पछि नेपालमा अवसरको सम्भावना, भविष्यको योजना बनाउने तरिकालगायतका विषयमा समेत जानकारी गराउने जनाइएको छ ।
विधार्थीहरुले कलेज ÷ युनिभर्सिटी प्रतिनिधिसँग आफूले अध्ययन गर्ने चाहेको विषयका बारेमा प्रत्यक्ष रुपमा परामर्श लिन सक्ने ग्रेस इन्टरनेशनल चितवनका निर्देशक गणेश लामिछानेले बताए । उक्त परामर्श कार्यक्रमले विधार्थीलाई आफूले चाहेको विषय छनौटका लागि सहज हुने उनको विश्वास छ । विधार्थी शैक्षिक प्रमाणपत्रसहित उपस्थित भए आफ्नो योग्यता अनुसारको विषय छनौट गर्न पनि सहज हुने उनले बताए । प्रमाणपत्रकै आधारमा छात्रवृत्ति बारे पनि जानकारी पाउन सकिने लामिछानेले बताए । उक्त मेलामा उपस्थित हुने सम्पूर्ण विधार्थीहरुले आईएलटीएस र पीटीईमा विशेष छुट पाउनेछन् । यस्तै मेलामा आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको छ ।
शैक्षिक मेलाको चितवन कार्यक्रममा अष्ट्रेलिया, क्यानडा, युके, न्यु–जिल्याण्ड, अमेरिका र साउथ कोरियाका विभिन्न कलेज तथा विश्वविद्यालयका २५ बढी प्रतिनिधिहरुले प्रत्यक्षरुपमा विधार्थी तथा अभिभावकलाई परामर्श दिने लामिछानेले जानकारी दिए ।
१७ वर्षदेखि परामर्श दिँदै आएको ग्रेस इन्टरनेशनलले विधार्थीहरुको आवश्यकता अनुसार अष्ट्रेलिया, अमेरिका, युके र क्यानाडा शैक्षिक मेलाको आयोजना गर्दै आइरहेको जनाइएको छ ।