गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे न्यु घुम्टे एजुकेसनल एकेडेमी वर्डिङ स्कुलमा पाण्डबखानी समाज युकेका अध्यक्ष खर्क थापालाई स्वागत गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र घर्तिकाे अध्यक्षतामा गलकाेट नगर सभा सदस्य रामप्रसाद वि.क वडा सदस्य, करिष्मा भित्रकाेटी, पत्रकार सुरेश छन्त्याल, शिक्षक, शिक्षिका, लगाएतकाे सहभागीतामा थापालाई स्वागत गरिएको थियाे। स्वागत कार्यक्रममा बाेल्दै पाण्डबखानी समाज युकेका अध्यक्ष थापाले
विद्यालय भनेकाे सुनाैलाे घर र भविष्य निर्माण गर्ने घर हाे भन्दै विद्यालयका लागि समाजकाे भुमिका रहने, डाक्टर ईन्जिनियर बन्नसकेपनि व्यक्तित्व विकास र समाजकाे लागि सामाजिक कार्यमा अग्रज बन्न आग्रह गर्नु भयाे त्यस्तै गाउँमा धेरै सरकारी विद्यालयहरु भएता पनि एक वर्डिङ स्कुल रहेकाे भन्दै वर्डिङ स्कुलकाे चर्चा गर्नु भएको थियाे।