जिप्रका परिसरमा नवनिर्मित दुर्गा मन्दिरको उदघाटन
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनको परिसरमा नवनिर्मत नयाँ दुर्गा भगवतीको मन्दिर आइतबार एक समारोहका विच भरतपुर महानगरकी प्रमुख रेणु दाहालले उदघाटन गरेकी छन् ।
भरतपुर महानगरपालिका वडा नं–२ घर भई हाल जर्मन निवासी समाजसेवी राजेशलाल श्रेष्ठ र बिना प्रधान श्रेष्ठले स्वर्गीय पिता मित्रलाल श्रेष्ठ र माता रत्नमाया श्रेष्ठको स्मृतिमा बनाएकाहुन् ।
उक्त अवसरमा बेल्दै मेयर दाहालले पानी परे सँगै भरतपुरका सरकारी कार्यालय पानी जम्ने कारणले सेवाग्राहीलाइ समस्या हुने गरेकोमा ढल निमार्ण सँगै अव त्यो समस्याबाट मुक्त भएको वताइन। उनले चितवनको प्रहरी शान्ति र सुरक्षा कायम गर्न सफल भएको वताएकी थिइन।
त्यहाँ भएको मन्दिर धेरै पुरानो, जीर्ण रहेको र वर्षामा पानी जम्दा पूजा गर्न नसकिने भएकाले पुरानो मन्दिरनजिकै पानी नजम्ने गरी केही अग्लो र आकर्षक मन्दिर आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा मन्दिर बनाएको चितवन समाज जर्मनीका भाइस प्रेसिडेन्ट तथा तथा एनआरएनए (प्रान्तीय नेडरज्याक्सन)का फर्मर भाइस प्रेसिडेन्टसमेत रहेका समाजसेवी राजेशलाल श्रेष्ठले बताए ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,भरतपुर १० का वडाध्यक्ष प्रमेश्वर खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।