रेडक्रस सोसाइटीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
चनौली । नेपाल रेडक्रस सोसाइटी चनौली, गुञ्जनगर, दिव्यनगर र बेलुवा उपशाखाले सोमबार सयुक्त रूपमा बडादशै, दिपावली, छठ, ल्होसार, ईद लगायत पर्वका अवसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका छन ।
चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछानेको अध्यक्षता एवम् बागमती प्रदेस सांसद माया श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अवसरमा बोल्दै प्रदेश सभा सदस्य श्रेष्ठले रेडक्रसले विपद् व्यवस्थापन मा महत्वपुर्ण भुमिका खेलेको रेडक्रसको योगदानको प्रसंसा गरीन उनले चनौली उपशाखाले ले २०७२ सालको महाभुकम्पमा, कोेभिड–१९को महामारी र विभिन्न समयमा भएको विपतद्जन्य घटनामा राम्रो काम भएको वताउदै रेडक्रसले विपद्जन्य मात्र होइन विपत हुनुभन्दा अघि पनि विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजन गर्नुपर्ने वताइन ।
चनौली बजारमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा चितवन शाखाका सभापती हरीप्रसाद पौडेल, पुर्व केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठ, चितवन शाखाका पुर्व सभापती बाबुराम श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष छविलाल ढकाल र वडा नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, दिव्यनगर उपशाखाका सभापती जिवाखर ढकाल, वेलुवा उपशाखाका सचिव राधा चापाँगाइ,चनौली उपशाखाका सचिव चुडाँमणी पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिय।
चितवन भरीका रेडक्रसकर्मीहरू विच सहकार्य गरेर बढने भावनाको विकास गर्ने विश्वासका साथ कार्यक्रममा चितवनमा रहेका ४१ वटा रेडक्रस उप शाखाका सभापती तथा प्रतिनिधिहरूको उपस्थिती गराइएको चनौली उपशाखाका सभापती ओम लामिछानेले वताए ।