दिव्यनगर खानेपानीको प्रथम साधारण सभा
रामशरण गैरे
दिव्यनगर । भरतपुर–२६ स्थित दिव्यनगर (जोरसिमल) खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम साधारण सभा शनिबार दिव्यनगरमा सम्पन्न भएको छ ।
उक्त साधारण सभामा भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल प्रमुखअतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै उनले दिव्यनगर (जोरसिमल)खानेपानी आयोजनाले यस क्षेत्रका उपभोक्ताहरुलाई शुद्ध र गुणस्तरीय पिउने पानीको सहज पहुँच हुने बताउँदै यस आयोजनाबाट बढीभन्दा बढी लाभ लिन उपभोक्ताहरुलाई आग्रह गरे ।
साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्दै समितिका सचिव शुरेसचन्द्र ढकालले १० करोड ४४ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनाका लागि सरकारको ९० प्रतिशत र उपभोक्ताको १० प्रतिशत लगानी रहेको वताए ।
आयोजनाको ९५ प्रतिशत कार्य सम्पन्न भएर पानी वितरण समेत भैसकेको वताउदै सचिव घिमिरले हाल सम्म १७ सय धार जोडीएको र बाकी जोडने काम भैरहेको वताए। उनले आयोजना संचालन भएका घर घरमा डब्लुएचओ मापदण्डको गुणस्तर युक्त खानेपानी पुगेको बताए ।
उक्त आयोजना निर्माण गर्ने जिम्मा भीमेश्वर डिलिङ तथा निर्माण सेवाले पाएर समयमै काम गरेको हो। उक्त आयोजनाकाको प्रधानमन्त्री पुष्पकमल दाहाल गत महिना उद्घाटन गरेका थिए।
यस आयोजनाबाट १८ सय ५५ घरधुरीका ९२ सय ७१ जना प्रत्यक्ष लाभान्वित हुनेछन् । भीमेश्वर डिलिङ तथा निर्माण सेवा प्रालिले ९ करोड ९६ लाख ३३ हजार ८८८ को लागतमा तयार गरेको यस परियोजनामा २ वटा डीप ट्युववेल, ४५० घनमिटरको ओभरहेड ट्याङ्की, कार्यालय भवन लगायतका संरचना तयार गरिएका छन् ।
चौबिसै घण्टा पानी वितरण हुने यो परियोजना २०७८ असार ७ मा निर्माण सम्झौता भएर २०८० असोज ३ मा सम्पन्न भएको हो । सम्झौताअनुसार आयोजनामा ४ सय ५० घनमिटरको एउटा ओभरहेड ट्यांकी, कार्यालय भवन, गार्ड हाउस, १२६ किमी पाइप जडान, एक हजार ८ सय ५५ धारा जडान गरीयको दिव्यनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तुलाराम आचार्यले वताए ।
आर्थिक वर्ष २०७७÷७८ बाट खानेपानी निर्माण सुरु भए सम्झौताअनुसार आर्थिक वर्ष २०७९÷८०मा आयोजना सम्पन्न भएकोे उनले वताए। उक्त खानेपानी आयोजना निर्माण भएसँगै भरतपुर २५ र २६ का आठ हजार ८७० जनसंख्या तथा १८५५ घरधुरी लाभान्वित भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका इञ्जिनियर चिरंजिवि सेढाइले वताए ।
कार्यक्रममा खानेपानी योजना संस्थामा पु¥याएको योगदानको कदर गर्दै वडा नं २६ भरीका टोलबिकास सस्थाका पदाधिकारीलाई साथै समयमै काम सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी नकुल खड्कालाइ दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा वडासदस्य प्रकास सुवेदी,आदर्श माबि दिव्यनगरका अध्यक्ष ऋषिराम भण्डारी, सस्थाका उपाध्यक्ष गोपिलाल सेञ्चुरी नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रतिनिधि लोकप्रसाद पौडेल, नेपाली कांग्रेसका इकाइ अध्यक्ष रामचन्द्र चौधरी, राप्रपाका इकाइ अध्यक्ष सनवहादुर गुरूङ, रास्वपाका इकाइ अध्यक्ष राजेन्द्र सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।