पोखरा, पुस ९-पोखरामा गए राति राजा वीरेन्द्र वीर विक्रम शाहको शालिक पुनः स्थापना गरिएको छ । वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको हो ।
शालिक पुनर्निर्माण समितिले मध्यरातमा करिब २५ लाख खर्चेर राजा वीरेन्द्रको ८ फिट अग्लो ढलोटको सालिक राखेको हो । समितिका सचिव अरुण गिरीले भने, ‘साइत हेराएर राति साढे एकरपौने २ बजेतिर सालिक पुनर्स्थापना गरिएको हो ।’
उक्त ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको भएपनि ६२/६३ को जनआन्दोलनको बेला माओवादी कार्यकर्ताले उक्त शालिक हटाएका थिए ।

