ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको विरोधमा गलकोटमा आज दिउँसो सांकेतिक विरोध प्रदर्शन गरिएको छ ।
बागलुङको गलकोटका स्वतन्त्र युवाहरुले कोरीयाली भाषा परिक्षाको फाराम भर्न पाउनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएकोमा उक्त घटनाको विरोध गरीएको डम्मर बहादुर केसीले बताउनुभयो ।
पानि जहाज बनाउने कामका लागि भाषा परिक्षा दिएका र अनुतिर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि पनि भाषा परिक्षाका लागि फाराम भर्नुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । सो आन्दोलनमा परी दुई जनाको मृत्यु भएको थियो ।