प्रेस चौतारी स्थापना दिवस

मेघौली । प्रगतिशील पत्रकारहरूको संस्था, प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसर पारेर सोमबार भरतपुर महानगरपालिका–२८ मेघौलीको राष्ट्रिय आधारभुत विद्यालयका साना वालवालिकाहरूलाई स्टेसनरी र झोला वितरण गरेको छ।
‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने मूल नाराका साथ देशका सबैजसो जिल्लामा रहेका शाखा कार्यसमिति मार्फत प्रेस चौतारी स्थापना दिवस मनाएको हो।
नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपानेको प्रमुख आतिथत्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले श्रमजीवी पत्रकारहरुको संस्था प्रेस चौतारीले पत्रकारहरुको हकहितका निम्ति धेरै राम्रा काम गरेको बताय । पत्रकारको पक्षमा सधै प्रेस चौतारी एक कदम अगाडी रहेको वताउदै उनले पत्रकारितालाई मर्यादित बनाउन प्रेस चौतारीलाई आग्रह गरे ।

पत्रकारिताको मर्यादा दिन प्रतिदिन कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष न्यौपानेले भने, ‘ पत्रकारिता दिन प्रतिदिन कमजोर बन्दै गइरहेको छ । कुनै बेला पत्रकारितामा जुन मर्यादा र इमान्दारिता थियो, पछिल्लो समय हराउँदै गएको छ । मर्यादित पत्रकारिताको नेतृत्व प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले गर्नुपर्छ ।’
एमाले प्रचार विभाग प्रमुख प्रकाश ढुङ्गानाले सामाजिक जागरण र रुपान्तरणमुखी पत्रकारिता अहिलेको अपरिहार्यता भएको बताउँदै ढुङ्गानाले सत्य, तथ्य र खोजी समाचार सम्प्रेषण गर्नु नै पत्रकारिताको धर्म भएकाले पत्रकारहरु देश विकासको पहरेदार बन्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारिले मुलुकमा व्यावसायिक पत्रकारिताको जग हाल्ने कार्यमा प्रेस चौतारीले भूमिका खेलेको बताए ।
मिसन पत्रकारिताले पत्रकारिता कमजोर बनिरहेको समयमा प्रेस चौतारी नेपालको स्थापना भएको सन्दर्भ केलाउँदै अध्यक्ष सुवास पंडीतले प्रेस चौतारीकै नेतृत्वमा व्यवसायिक पत्रकारिताको युग सुरु भएको र पत्रकारितामा विभिन्न आयाम थपिएको उनले दाबी गरे ।
मेघौलीको राष्ट्रिय आधारभुत विद्यालयका ७७ जनालाइ उक्त अवसरमा स्टेसनरी, झोला तथा बुरूस,मन्दन, साबुन लगायका सामग्रीहरू वितरण वितरण गरीएको थियो। विध्यालय व्इवस्थापन समितीका अध्यक्ष हरी न्यौपाने लगायते मन्तव्य व्यक्त गरेको कार्यक्रममा चौतारीका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत र सचिव धुव्रराज खनालले संचालन गरेका थिए।

