नेपाल रेडक्रस चनौली उपशाखाको ३०औँ वार्षिक साधारण सभा सम्पन्न
चनौली । नेपाल रेडक्रस चनौली उपशाखाको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सेवा नै धर्म हो भन्ने मूल नाराको साथ भरतपुर–२०, चनौली बजारमा साधारण सभा सम्पन्न भएको हो ।
बागमती प्रदेशका स्वास्थ मन्त्री उत्तम जोशी प्रमुख अतिथि रहेको साधारण सभालाई सम्बोधन गर्दै उनले स्वास्थ मँत्रालयले सबै अस्पतालमा विपन्न असहाय, बेवारिसे बिरामीको लागि कुल शैयाको १० प्रतिशत शैया निःशुल्क उपलब्ध गराउनुको साथै प्रदेशमा सञ्चालित सरकारी निजी, सहकारी तथा सामुदायिक अस्पतालमा सवारी निःशुल्क पार्किङ व्यवस्था, प्रदेशका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट निःशुल्क रिह्याविटेशन र फिजियोथेरापी सेवा सञ्चालन गरेको वताए।
सभामा नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछानेले वार्षिक प्रतिवेदन र लेखासमिती संयोजक महेन्द्र गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
चनौली उपशाखाले रजत जयन्तीको अवसरमा नयाँ एम्बुलेन्स खरिदका निम्ति आर्थिक सहयोग जुटाउने अभियान चलाएको र निरन्तरको प्रयासपछि सहयोग जुटाउँदै नयाँ एम्बुलेन्स खरिद गर्न सफल भएको बताए ।
चनौली उपशाखाको सक्रियतामा इमर्जेन्सी क्लिनिक सञ्चालनको तयारीमा जुटेको र चनौली उपशाखाले नियमित रक्तदान कार्यक्रम, आँखा परीक्षण तथा पाठेघर क्यान्सर परीक्षण लगायतका स्वास्थ्य शिविरहरु, वृक्षरोपण, विद्यालय तथा बजार सरसफाइ अभियान, विद्यालयहरुमा जुनियर युवा रेडक्रस गठनलगायतका कार्यक्रमहरु गरेको अध्यक्ष लामिछानेले जानकारी दिए ।
उक्त अवसरमा पुर्व सभापती बाबुराम श्रेष्ठ,भरतपुर १८ का वडाध्यक्ष बाबुराम राना, लेखा संयोजक महेन्द्र गुरूङ, रेडक्रसकर्मीहरू उमाकान्त ढकाल, रञ्जना शर्मा,शुष्मा पौडेल, श्रीलाल अधिकारी, धर्मदत्त दवाडी लगायत लाइ सम्मान गरीएको थियो।
उक्त अवसरमा सामुहिक अक्षय कोषको घोषणा गरीएको थियो। अक्षयकोषबाट प्राप्त व्याजबाट अर्थिक रूपले विपन्न परिवारलाइ सहयोग गर्ने र प्राकृतिक विपत्ति परेका पिडितलाइ सहयोग गर्ने जनाइएको छ।
अक्षयकोषमा पुर्वसभापति बाबुराम श्रेष्ठ,चितवन शाखाकी सदस्य शारदा शर्मा पौडेल, एकनारायण पनेरू,पुर्णचन्द्र अर्याल, ओमप्रसाद लामिछाने, कालिका प्रसाद खनाल,शालिकराम पौडेल,बाबुराम लामिछाने, हुमराज रेग्मी,गणेशमान गिरी लगायतले अक्षय स्थापना गरेका हुन।
यसै गरी सस्थाका विशिष्ट सदस्यहरूमा कालिकाप्रसाद खनाल, अनन्त दुवाढी, किर्तिनिधी अर्याल, धर्मप्रसाद ढकाल, सरोज लामा, सुदिप अधिकारी, ताराप्रसाद सुवेदी,मा याँदेवी ढकाल, जगनाथ अधिकारी, विष्णुदत्त घिमिरे, नरहरी धिताल, प्रमोद अधिकारी, कुलप्रसाद खनाल र एकनारायण पनेरू थपिएकाछन भने अजिवन सदस्यहरूमा रोहितवाहादुर थापा मगर,विक्रम श्रेष्ठ रोशन ढकाल र तारादेवी ढकाल थपिएका छन।
कार्यक्रममा जिल्ला शाखा चितवनका सभापति हरीप्रसाद पौडेल, वाग्मती प्रदेश सभा सदस्य माया श्रेष्ठ, चनौली उपशाखाका पूर्वसभापति लक्ष्मीकान्त दवाडी,भरतपुर १८ का वडाध्यक्ष बाबुराम राना, भीमनगर माविका जुनियर रेडक्रस सर्कलका शिक्षक नायक पुरूषोत्तम अर्याल, उपशाखा मेघौलीका सभापती लक्ष्मीप्रसाद डुम्रे,युवामाविका प्र.अ. प्रमोद अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।