गुरूकुलले मनायो २६औँ वार्षिकोत्सव
गुञ्जनगर । भरतपुर १८ गुञ्जनगरमा रहेको परमानन्द स्मृति वैदिक विद्याभवन गुरूकुलले शनिबार २६औँ वाषिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर–१८ का वडाध्यक्ष बावुराम रानामगरले नेपाल संस्कृत शिक्षाको उद्गमथलो भएको बताउँदै संस्कृत भाषाका माध्यममा पढाइ भइरहेका यस्ता गुरूकुलहरुको संरक्षण हुनुपर्ने बताए । प्रमुखअतिथि राना मगरले गुरूकुलको सञ्चालनले पश्चिम चितवनकै गौरव बढेको बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य ज्ञानप्रसाद भूर्तेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सदस्य हरीराज अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ ढकालको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक समितिका सदस्य तुल्सीराम पाण्डे, समाज सेवीहरू जगदिश अर्याल, केदारवाहादुर केसी, वैदिक धर्म परिषद्का अध्यक्ष धुर्वराज अर्याल, केशवलाल भुर्तेल, विध्यालय सञ्चालक समितिका अध्यक्ष जगनाथ कडेल,जिसस चितवनका सदस्य कृष्णभक्त भट्टराइ,विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष श्रीलाल अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
२०५४ सालमा स्थापना भएको गुरूकुल विद्यालयमा ४६ जना विद्यार्थीहरुले अहिले हिन्दुधर्मअनुसार कर्मकाण्डदेखि वेद, संस्कृतका साथै अन्य विषयहरु समेत पढ्ने गरेको प्राचार्य ज्ञानप्रसाद भूर्तेलले बताए ।
१० कक्षासम्म पढाइ हुँदै आएको विध्यालयमा आगामी वर्षदेखि ११ का कक्षाहरु सञ्चालन गर्नका तगारी थालिएको उनले बताए ।६ जना शिक्षक, कर्मचारी कार्यरत रहेको यस विद्यालयमा वेद, व्याकरण, कर्मकाण्ड, ज्योतिषलगायतका विषयको अलावा नेपाली गणित,अंग्रेजी र कम्प्युटर समेत पठनपाठन हुने गर्दछ ।
विभिन्न दाताहरुको अक्षयकोषको व्याज, ब्राह्मण वटुकहरुको अध्ययनको अभिभारा बोकी १५१ जनाभन्दा बढीले आजीवन अभिभावकत्व ग्रहण गर्नुका साथै र विभिन्न सहयोगी व्यक्ती तथा सस्थाहरू एवम स्थानिए सरकारको सहयोगबाट विद्यालय सञ्चालन भइरहेको उनले जानकारी दिए ।
गुरूकुलका अध्यक्ष मुक्तिनाथ ढकालले गुरूकुल सञ्चालनका लागि तत्कालीन गुञ्जनगर गाविसले ५ कट्ठा जमिन गुरूकुलका लागि उपलब्ध गराएको र पछीे महानगरबाट थप १० कट्ठा जग्गा उपलब्ध गराइएको थियो । भौतिक निर्माणका लागि भने महायज्ञ लगायतका विभिन्न कार्यक्रमहरु गरी सहयोग जुटाइएको हो ।