गलकाेट नगरपालिका १० पाण्डबखानी माद्यामिक विद्यालयमा थोरै खाऔ सही मात्रामा खाऔ, दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन नै खाऔ भन्ने मुल नाराका साथ पाण्डबखानी स्वास्थ चाैकीकाे आयाेजनामा आज पाण्डबखानी माविमा १ दिने सचेतनामुलक कार्यक्रम गरि फेब्रूअरी महिना आयोडिन महिना मनाइएको छ ।
कक्षा ८र ९ गरि ४९ जना विद्यार्थीहरुलाइ आयोडिन भनेको के हो?, आयोडिनको कमि भयो भने के के समस्याहरु देखापर्दछ ? र दुई बालबालिका चिन्ह भएको नुन नै किन खाने भन्ने विषयमा पाण्डबखानी स्वास्थ चाैकीकि सि. अहेव हिरा काउचा र सि. अनमि
प्रतिमा पुनले परीक्षण दिनुभएको थियाे याे अभियान फेब्रूअरी महिना भरि हुने स्वास्थ्य चाैकिकि प्रमुख रत्ना सुनारले जानकारी दिनुभएको छ।