काठमाडौं, ५ चैत । जे. भी.फाउन्डेसनका अध्यक्ष रास्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्य भारतको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । फागुन २१ गतेदेखि भारत भ्रमणमा रहनुभएका वैद्य सोमबार दिउँसो काठमाडौं आइपुग्नु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाउन्डेसनका कार्यवाहक अध्यक्ष, उपाध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले खादा र माला लगाएर स्वागत गरेका थिए ।
भ्रमणमा रहेकै बेला नयाँ दिल्लीमा प्रा.डा.वैद्यलाई अन्तरास्ट्रिय सोसल अवार्डबाट सम्मान गरिएको थियो । जर्मन हुसेन अन्तर्राष्ट्रिय विश्वबिद्यालयबाट महाविद्यावारीधि सोसल सर्भिस अफ फिलोसफी (डाक्टर) को दिक्षान्त समारोहमा नेपालको तर्फबाट प्रा.डा. वैद्यलाई सम्मानित गरिएको हो ।
भारत भ्रमणका क्रममा उहाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी, भारतीय जनता पार्टीका नेता तथा सांसद तेजपाल सिंह नागर सहित उच्चपदस्य व्याक्तिहरुसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा उहाँले नागरमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री आदित्यनाथ योगीलाई नेपालको पशुपतिनाथ मन्दिर दर्शन भ्रमणको निमन्त्रण पनि पठाउनुभएको छ ।
साथै प्रा.डा. वैद्यले रामेस्वरम, तिरुपति बालाजी, कन्याकुमारी, बद्रिकेदारनाथ मंदिरको दर्शन गर्नुभएको थियाे ।
उहाँले जे.भि.फाउन्डेसन भारत रास्ट्रिय समितिका अध्यक्ष बृजेश कुमार मिश्र लगायतका पदाधिकारी तथा सदस्यहरु सँग पनि भेट गर्नुभएकाे थियो । साे भेटमा जेभी फाउन्डेसन भारत समितिले नेपालका लागि गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको उहाँले बताउनु भयो । फाउन्डेसनको भारत समितिले नेपाल भरी सातै प्रदेश ७७ जिल्ला ७५३ पालिकामा विभिन्न हिन्दु धार्मिक मन्दिरमा नासेको मासेको हराएको मुर्ति ,घण्ट,गजुर,सिह,त्रिशुल,नन्दीलगायत राख्न तथा गुरुकुललाई खाद्यान्न र लत्ताकपडा समेत गरि नेपालस्थित फाउन्डेसन कार्यालयमार्फत ठूलो सहयोग गर्दै आएको छ ।
यसपटक कर्णाली प्रदेशको लागी चामल पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको र सन् २०२४ मा गत साल भन्दा ५० प्रतिशत बढी सहयोग गर्ने सहमति भएको पनि फाउन्डेसनका केन्द्रिय अध्यक्ष वैद्यले जानकारी दिनुभयो ।
प्रा.डा. वैद्यसँग भ्रमण टाेलिमा फाउन्डेसनका सदस्य सचिव डा एमपी शाहपनि रहनुभएको थियो ।