काठमाडौं– सत्ता घटक दल नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले माइतीघर मण्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम सम्पन्न गरेको छ ।
एकीकृत समाजवादीका युवाले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथितिको विरुद्ध हाम्रो नोटमा हाम्रै देश, आन्तरिक मामिलामा नगर हस्तक्षेप नेपालको पश्चिमसम्मको भेग, लिम्पियाधुरा लिपुलेक उठौँ युवा एकै साथ रोकौँ भारतीय विस्तारवाद लगायतका नारा बोकेर बाइक र्याली गरेको हो ।
युवा संघ नेपालले एमसीसीको के हो व्याख्यात्मक टिप्पणी के भो ? लगायतको नारा लिएर ४०० वटा बाइक र्याली गर्दै माइतीघरमा कोण सभा गरेको थियो । नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरञ्जना गरी रहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम गरेको युवा संघका नेता विशाल लामाले बताए ।
उक्त सभालाई युवा संघका अध्यक्ष कृष्ण बिक, प्रवक्ता सन्जिप राई लगायतले सम्बोधन गरेका थिए ।
उनीहरूले भ्रष्टाचार र बेथितिको विरुद्धमा युवा संघ नेपालको आवाज सधैँ जनताको पक्षमा रहेकाले वर्तमान सरकारलाई जनताको जनजिविकाको सन्दर्भमा पनि आवाज बुलन्द पार्न दबाब दिए ।
नेपालको पश्चिमसम्म भू-भाग लिम्पियाधुरा, लिपुलेकलाई सरकारले आफ्नो भू-भाग बनाएर त्यहाँका नेपालीलाई शान्तिसँग बस्न दिने वातावरण सिर्जना गर्नुपर्ने प्रवक्ता राईको माग छ । उनले सो क्षेत्रमा भारतीय हस्तक्षेप भएको भन्दै यसलाई रोक्न सरकारले छिटो पहल गर्नुपर्ने बताए ।
नेकपा (एस) का युवाहरुले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन, साथै भ्रष्टाचार र बेथितिविरुद्ध ‘हाम्रो नोटमा हाम्रै देश-आन्तरिक मामिलामा नगर हस्तक्षेप’,
‘नेपालको पश्चिमसम्मको भेग, लिम्पुवाधुरा र लिपुलेख!’, ‘उठौ युवा एकै साथ-रोकौ भारतिय विस्तारवाद !’, ‘एमसीसी के हो ? व्याख्यात्मक टिप्पणी के भो?’ लगायतको नारा लिएर ४ सय बाइक र्याली गर्दै माइतीघरमा कोर्न सभा गरि समापन गरेका छन् ।
नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरन्जना गरि रहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम गरेको युवा संघका नेता बिशाल लामाले बताएका छन् ।
नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरन्जना गरि रहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम गर्न लागेको युवा संघका नेता भेषराज शाहले बताएका छन् ।
उक्त कार्यक्रममा सयौं युवाहरुले सडकमा आइ ” हाम्रो नोटमा हाम्रै देश – आन्तरिक मामिलामा नगर हस्तक्षप !” “MCC के हो ? व्याख्यात्मक टिप्पणी के भो ? ” लगायतको नारा लिएर साम्राज्यवादी र विस्तारवादीहरुको विरुद्ध आवाज घन्काउने संघका सचिब सुशील भट्टराईले जानकारी दिएका छन् ।