क्यानाडामा हिमालयन मेला
हिमालयन मेला– नेपाली सांस्कृतिक धरोहरको एक प्रमुख उत्सव। सन् २००५ बाट थोरै सङ्ख्यामा नेपालीहरूको सहभागितामा क्यानाडामा सुरु भएको थियो।
मेला अगस्ट १० मा १०० क्विन स्ट्रिट वेस्ट, नाथन फिलिप्स स्क्वायरमा आयोजना गरिने छ। आयोजकहरूले सबैलाई मेलामा उपस्थित भएर नेपाली संस्कृतिको आनन्द लिन आग्रह गरेका छन्।
मेलाका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। यसका साथै परम्परागत नृत्य, स्वादिष्ट परिकारहरूका साथै विभिन्न स्टलहरू राखिने भएको छ।मेलाको मुख्य आकर्षणका रूपमा प्रसिद्ध नेपाली कलाकार अञ्जु पन्त, तिलक बम मल्ल, हिमालयन भाइब्स, बागलुङ सेवा समाजको पञ्चेबाजा, र अन्य धेरै कलाकारहरूको प्रस्तुति रहनेछ।
मेलामा विभिन्न नेपाली परिकारहरूको स्वाद लिन सकिने भोजन स्टलहरू पनि हुने आयोजकले जनाएको छ। मेलामा मःम, चटामरी, सेलरोटी, र अन्य नेपाली परिकारहरू उपलब्ध हुनेछन्।यसैगरी, नेपाली कला र हस्तकलाका स्टलहरू पनि हुनेछन्। जहाँ नेपाली शिल्पकला, गहना, कपडा, र अन्य परम्परागत वस्तुहरू बिक्रीमा राखिने जनाइएको छ।
नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसीसीएस) का महासचिव सुदर्शन सापकोटाले हिमालयन मेला नेपाली सांस्कृतिक धरोहरको सम्मान र साझा भावनाको उत्सव भएकाले सबैलाई सहभागी हुन आग्रह गरेका छन्।‘यो मेला केवल मनोरञ्जन मात्र होइन, यो हाम्रो परम्परालाई जगेर्ना गर्ने र नयाँ पुस्तालाई आफ्नो जरा र संस्कृतिसँग परिचित गराउने एउटा अनुपम अवसर पनि हो’ उनले भने।मेलामा सहभागिता जनाउन चाहनेहरूका लागि थप जानकारी एनसीसीएसको वेबसाइट र सामाजिक सञ्जालहरूमा उपलब्ध रहेको जनाइएको छ।
अहिले यो मेला एउटा भव्य सांस्कृतिक महोत्सवमा परिणत भएको छ।नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसिसिएस)को आयोजनामा प्रत्येक वर्षको अगस्ट-सेप्टेम्बर महिनामा टोरन्टोको नाथन फिलिप्स स्क्वायरमा यो मेला आयोजना हुने गरेको छ।
यस अवसरमा नेपालका प्रख्यात कलाकारहरूको प्रस्तुति प्रमुख आकर्षण बन्ने गरेको छ। कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत दर्शक-स्रोतालाई मन्त्रमुग्ध पार्छन्। चर्चित कलाकारहरूको उपस्थितिले मेलामा विशेष वातावरण सिर्जना गर्दछ र नेपाली साङ्गीतिक परम्पराको समृद्धि दर्शाउँछ।
मेलामा स्थानीय कलाकारहरूले पनि आफ्नो कला प्रस्तुत गरेर सांस्कृतिक विविधता थप्न महत्वपूर्ण भूमिका खेल्छन्। तिनीहरूको समर्पण र प्रतिभाले मेलालाई अझ विशेष बनाउँछ। यसका साथै नेपाली संस्कृति र परम्परालाई स्थानीय र अन्तर्राष्ट्रिय दर्शकहरूसँग जोड्न मद्दत गर्छ।
हिमालयन मेला केवल नेपाली सांगीतिक प्रस्तुतिहरूमा मात्र सीमित छैन। यसमा विभिन्न जातीय समूहहरूको सांस्कृतिक प्रदर्शन पनि हुन्छ। प्रत्येक समूहले आफ्नो विशिष्ट नृत्य, गीत, र परम्परागत पोशाकसहित सहभागी भएर मेलामा योगदान पुर्याउँछन्। यसले नेपाली सांस्कृतिक विविधताको एक शानदार चित्र प्रस्तुत गर्दछ र विभिन्न जातीय पहिचानलाई सम्मान पुर्याउँछ।
क्यानाडाका सङ्घीय र प्रादेशिक सरकारका नेताहरूको उपस्थितिले मेलाको महत्वलाई थप बढाएको छ। उनीहरूको उपस्थिति र समर्थनले नेपाली समुदायलाई सम्मान जनाउँछ र सांस्कृतिक कार्यक्रमको महत्वलाई मान्यता दिन्छ।
सांस्कृतिक कार्यक्रमका साथै, मेला स्थलमा नेपाली परिकारहरूको विविधता पनि आकर्षणको केन्द्र हुने गरेको छ। मःम र सेल रोटीका साथै विभिन्न परिकारहरूका स्टलहरूले नेपालीको मात्र हैन अरूको पनि ध्यान तान्छ। नेपाली मौलिक स्वादमा उनीहरु रमाउँछन्। नेपाली खाद्य परिकारको स्वादले मेलामा आउने दर्शकहरूलाई नेपाली खानाको वास्तविक अनुभव प्रदान गर्दछ।
मेलामा नेपाली कला र हस्तकला पनि प्रमुख आकर्षण हो। विशेष स्टलहरूमा नेपाली गहना, कला र परम्परागत लुगाहरू बिक्रीका लागि राखिन्छ। यसले नेपाली कला र संस्कृति विश्वसामु प्रस्तुत गर्न र सम्वर्द्धन गर्न मद्दत गर्दछ।
यहाँ रहेको नेपाली राजदूतावासले मेलालाई सहयोग र समर्थन गरी सांस्कृतिक मूल्यहरूको प्रचारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। क्यानाडाका सङ्घीय र प्रादेशिक सरकारका नेताहरूको उपस्थितिले मेलाको महत्वलाई थप बढाएको छ।
विभिन्न नेपाली सङ्गठनहरूले यस मेलालाई प्रवर्द्धन गर्दै सांस्कृतिक उत्सवको सफलता सुनिश्चित गर्न योगदान पुर्याउँछन्। उनीहरूको सक्रिय सहभागिता र समर्थनले मेलाको महत्व अझ बढेको अनुभव हुन्छ।समग्रमा हिमालयन मेला नेपाली सांस्कृतिक धरोहरको एउटा भव्य उत्सव हो, जसले नेपाली समुदायको सांस्कृतिक विविधता र समृद्धिको सम्मान गर्दछ।
यो मेला केवल नेपाली साङ्गीतिक प्रदर्शनमा मात्र सीमित छैन, यसले स्थानीय कलाकारहरू, विभिन्न जातीय समूहहरूको प्रदर्शन, क्यानाडाका राजनीतिक नेताहरूको उपस्थिति, नेपाली खाद्य परिकार, कला, गहना, र हस्तकला सबैलाई समेटेर एक समृद्ध सांस्कृतिक अनुभव प्रस्तुत गर्दछ।