नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा चलानको आदेश दिएको हो ।
नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नता देखिएको भन्दै बेचन पक्राउ परेका थिए । उक्त प्रकरणमा पक्राउ परेका धापासीका रामशरण केसीले बेचनले मन्त्रिपरिषद्बाट निर्णय गराउनका निम्ति २ करोड मागेको र आफूले चेक पनि दिएको बयानमा भनेका थिए । प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौँमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।