चनौली । नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखा अध्यक्ष ओमप्रसाद लामिछानेलाई पितृशोक परेको छ ।
उनको बुबा भरतपुर महानगरपालिका–२० भीमनगर निवासी छविलाल लामिछानेको जेठ ७ गते ९१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
उनको ४ छोराहरु मध्ये कुलप्रसाद लामिछाने तरकारी व्यवसाय गर्छन् । माईला छोरा विष्णुप्रसाद लामिछाने भारतीय सेनाबाट रिटार्यड भएका हुन् भने कान्छा छोरा श्याम लामिछाने शिक्षण पेशामा छन् ।ओमप्रसाद लामिछाने भने सामाजिक तथा राजनितिक क्षेत्रमा सकृयछन।
परिवारका अनुसार छविलालको श्रीमतीको यसअघि नै निधन भईसकेको छ। सहयोगी भावनाका छविलाल चन्दादाता, मृदुभासी, भजन मन्डलीको सदस्य र लामिछाने कुल मन्दिरको संस्थापक अध्यक्ष समेत थिए ।

