भरतपुर।चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सञ्चालित दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को चौथो दिन “उद्यमशिलतामा महिला” शीर्षकमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
२५ वटा समूहहरुको प्रतिस्पर्धा रहेको प्रतियोगितामा भानु आदर्श महिला कृषक समूहले प्रथम स्थान, सहनशिला बुहारी गु्रपले द्धितीय स्थान, चितवन उद्योग संघ, महिला उद्यमी मञ्च, खैरहनीले तृतीय स्थान र न्यू आनन्द टोल विकास संस्थाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमको मुख्य प्रायोजक रहेको सेन्ट्रल कलेज अफ भोकेशनल टे«निङ्ग सेन्टरका प्रिन्सिपल यज्ञविलाश पौडेलले प्रथम हुने समूहलाई रु रु २०,०००। द्धितीय हुने समूहलाई रु १५,०००। तृतीय हुने समूहलाई रु १०,०००। र सान्त्वना हुने समूहलाई रु ५,०००। प्रमाणपत्र वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोती, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, निर्णायकहरु लगायतको सहभागिता रहेको थियो । अमर विरही गुरुङ प्रमुख निर्णायक रहनुभएको प्रतियोगितामा सरिता श्रेष्ठ गुरुङ्ग र चन्द्रा गुरुङ्ग निर्णायकको भूमिकामा रहनु भएको थियो ।
मेला अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत मेलाको चौथो दिन कुपन नं. ३७२ की राजकुमारी श्रेष्ठ प्रथम, कुपन नं. ६१६ का सृष्टि सापकोटा दोश्रो र कुपन नं. ६५० का लिला बस्ताकोटी तेश्रो हुन सफल भएका छन् । चौथो दिन उपहार प्रदान गर्ने दाताहरुमा बि.एम.हस्तकला प्रशिक्षण उद्योग, अस्मिता लेडिज टेलर्स, चितवन उड क्राफ्ट, शर्मा एग्रो प्रोडक्स, मान्द्रो नेपाल, बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, महाकाली फुड प्रोडक्स एण्ड एग्रो प्रोसेसिङ्ग प्रा.लि., अन्नपूर्ण डेरी, गंगानगर दुग्ध उत्पादक संस्था, डेलिस डेरी रहेका छन् ।