विश्व मस्तिष्क पक्षघात दिवस २०२४ यस मस्तिष्क पक्षघातको लागि अभिभावक स्वावलम्बन समूह भरतपुर २६ ज्योतिनगरले विविध कार्यक्रमका साथ भव्य रूपमा सञ्चालन गरेको छ।
प्रमुख अतिथिको भरतपुर महानगरपालिका वार्ड नं २० का वडाध्यक्ष विश्वास घले रहनुभएको थियो। भरतपुर १८ चनौली पार्टी प्यालेसदेखि चनौली चौतारासम्म र्याली निकालिएको थियो। उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिज्यूहरू ले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाले आदर्श मावि मस्तिष्क पक्षाघात स्रोत कक्षालाई थेरापीका सामग्रीहरू हस्तान्तरण गरेको थियो र विद्यार्थी नानी सलिना गुरुङ लाई संस्थाले सहयोग सामग्री हस्तान्तरण गरेको थियो।
कार्यक्रममा उपस्थित बाबु नानीहरूलाई बेलुन फुटाई कार्यक्रम पनि सञ्चालन भयो। उक्त कार्यक्रम सञ्चालन गर्नको लागि सहयोगी संस्थाहरू: तिमीसँग आन्विका अभियान, एभिन्यु कन्सल्टेन्सी, इम्पावर ह्युमन रिसोर्स मानेजमेन्ट, राष्ट्रिय बहिरा महासङ्घ चितवन ,बेस्ट डेस्टिनेसन, सी एस ई प्राविधिक शिक्षालय, सिता सुवेदी, सोनु गुरुङ आदिले सहयोग गर्नुभएको थियो।