वेद, विज्ञान र वैदिक सभ्यता (विचार)
-रामशरण गैरे
विषय प्रवेश
हिन्दु संस्कार र संस्कृतिमा विशेषगरी साउनदेखि मंसिरसम्म एकदमै ठूला चाडहरु हिन्दु धर्मालम्वीहरुले मनाउने गर्छन । किनकी यो वैज्ञानिक धर्म हो । सुरुमा नाग पञ्चमी हुन्छ, जहाँ नागलाई शिवजीको गहनाको रुपमा पूजिन्छ । नागलाई पुजा गर्नुको विश्वसनीय वैज्ञानिक आधारहरु छन् । नागलाई मात्र होइन चराहरुलाई पूजा गर्छौं । कागलाई पूजा गर्छौं । गाइलाई सम्पूर्ण चराचुरुङ्गी जगत सबैलाई पूजा गर्दछौं । त्यति मात्र होइन प्रकृतिलाई पनि पूजा गर्छौ ।
अब पर्वको कुरा गर्दा नागपञ्चमीबाट सुरु भयो । जनैपूर्णिमा, मातृसम्मान दिवस, पितृ सम्मान दिवस र लगतै अहिले सोह्रश्राद्ध सुरु हुन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्ममा १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सोह्र श्राद्ध भनेको पितृ कार्य गर्ने हो ।
त्यसपछि दुर्गा पक्ष सुरु हुन्छ, दुर्गा पूजा गरिन्छ । क्रमशः लक्ष्मी पूजा, भाइपूजा गरिन्छ । मह भनेर आफ्नो शरीरलाई आफैं पूजा गरिन्छ । त्यसैले हिन्दु धर्म एकदमै वैज्ञानिक छ । सबैलाई समान गर्दछ । यो जगत वा ब्रम्हाण्ड रहनको लागि सबैको उत्तिकै महत्वपूर्ण योगदान छ । त्यसैले सबैको पूजा गर्ने प्रचलन हाम्रो हिन्दु संस्कारमा छ ।
धर्म शास्त्रहरु तिथिप्रधान हुन्छन् । त्यसैले कुन तिथिमा के गर्ने भन्ने हुन्छ । आश्विन कृष्ण पक्षलाई पितृ पक्ष मानिन्छ । यो समयमा पितृ पक्षलाई पूजा गरिन्छ । यसपछि लगतै आउने आश्वीन शुक्ल पक्षमा चाँही देवीको पूजा गरिन्छ । शक्तिको पूजा गरिन्छ । त्यसमा विभिन्न देवीका रुपहरु महाकाली, महालक्ष्मी ,महासरस्वतीले जयविजया गरेको दिनलाई पूजा गरिन्छ ।
कार्तिकको कृष्ण पक्षमा लक्ष्मी पूजा गरिन्छ । महाकाली, महालक्ष्मीको पूजा गन्छि । हामीलाई जति नै पितृसतात्मक भनेतापनि मातृशक्तिलाई धेरै महत्वको रुपमा अगाडि बढाएको पाइन्छ ।त्यसपछि लगतै कार्तिक शुक्लपक्ष सुरु हुँदाहुँदै द्धितीया आउँछ । त्यो भनेको भाइटीकाको पूजा हुन्छ । त्यसैगरी दिदीबहिनीलाई पूजा गरिन्छ । अहिले रक्षा बन्धनमा राखी भन्ने चलन भारतबाट आएको हो ।
त्यसमा बहिनीले दाजुभाइलाई बाँध्ने चलन हो । खासगरी रक्षा बन्धनको दिन गर्ने भनेको ऋषि तर्पणी, ऋषिहरुको नाममा तर्पण दिने, पूजा गर्ने र रक्षा बन्धन धारण गर्ने हो । आफ्नो सुरक्षाको लागि रक्षाकवजको रुपमा रक्षा बन्धनले काम गर्छ भन्ने मान्यता छ । सोही अनुसार पूजा गरिन्छ, त्यही भएर पनि हाम्रा चाडपर्वहरु वैज्ञानिक छन् ।सनातन धर्मशास्त्रले श्राद्धलाई किन महत्व दिन्छ ? यसका प्रकारहरु पनि हुन्छन् ?
चाडवाडहरु सुरु भएसँगै देवकार्यहरु सुरु भएका हुन् । पूजा गर्नुभन्दा अगाडि पितृ कार्यहरुलाई पूजा गर्नुपर्छ भन्ने चलन छ । हिन्दु संस्कार अनुसार कसैको घरमा ठूलो हवन पूजा लगाउँदा पहिला भगवानलाई पूजा गर्नुभन्दा अगाडि पितृहरुलाई पूजा गरिन्छ र श्राद्ध गरिन्छ । पितृलाई खुसी नबनाएसम्म विभिन्न देवीदेवताका कर्महरु पूरा हुँदैन भनिन्छ । जति पनि चाडपर्वमा भगवानहरुको पूजा गरिन्छ, त्यो भन्दा पहिला पितृहरुको पनि चाड मान्नुपर्छ । पितृहरुको बास चन्द्रमाको शिरमा हुन्छ भनिन्छ । प्रत्येक चन्द्रमासको जुन एक महिना हुन्छ त्यो चन्द्रमास पितृको एक दिन हुन्छ र एक वर्ष १२ दिन हुन्छ । र १२ दिन सकिने वित्तिकै एउटा चन्द्रमासको समय सकिन्छ ।
त्यसपछि कृष्ण पक्ष सुरु हुन्छ । जतिपनि पितृ कार्य गरिन्छ, कृष्ण पक्षमा गरिन्छ । वितेर गएका पितृहरुले आश गर्ने गर्छन् । पितृ पक्षको समयमा आफ्ना सन्तानहरुले कसरी मानिराखेको छन, कत्तिको श्राद्ध गरिराखेका छन् भन्ने हेरिराखेको हुन्छन् । पितृहरुले घरमा कहिले आउँछन् भन्दा जुन दिन वितेर गएको तिथि परेको हुन्छ त्यो तिथिमा उहाँहरु आउनुहुन्छ । श्रद्धाको प्रकारमा यसलाई महालयको श्राद्ध भनेर मानिन्छ । १५ दिनको जुन पितृ पक्ष समय छ यसलाई महालय श्राद्ध भनेर चिनिन्छ । श्राद्धको अर्थ श्रद्धा पनि हो ।
पितृलाई मान्ने चलन अथवा बितेर गएकाहरुको लागि मानिने र सम्मान गर्ने दिन भनेको श्रद्धा गर्ने दिनलाई भनिन्छ । पितृको तिथिको दिनमा नै गर्नुपर्छ । त्यो तिथिमा गर्न मिलेन भने एकादशीमा गर्न सकिन्छ र गर्नैपर्छ । पितृले हेर्छन् र देवताले दिन्छन् । पितृ खुशी भएनन् भने हामीले जीवनमा नै काम सफलतापूर्वक गर्न सक्दैनौ ।महालय श्राद्धमा सकेसम्म हजुरबुबाको तिथिमा गर्ने, त्यसपछि बुबाको तिथिमा गर्ने चलन छ । तर खास बुबाको तिथिमा नै गर्दा पितृहरुले तर्पण पाउँछन् भन्ने चलन छ । पितृहरुलाई खुशी बनाउनको लागि बचनहरु एकदमै मिलाउनुपर्ने हुन्छ ।
विश्व मानव विकासका विभिन्न सभ्यताहरू मिश्रको प्राचीन सभ्यता, सिन्धु घाँटीको सभ्यता, ग्रीसको सभ्यता, रोमन सभ्यतालगायत अति प्राचीन सभ्यतामा वैदिक (ऋग्वैदिक वा पूर्व वैदिककाल, उत्तर वैदिककाल) सभ्यताहरू पर्दछन्। यसै वैदिक सभ्यताअन्तर्गत हिमवत श्रृङ्खलमा अवस्थित मानव सभ्यता अन्य सभ्यता भन्दा प्राचीन सभ्यता हो।
यस सभ्यताको सम्बन्ध प्राचीन ऋषिमुनिकालीन सभ्यतासँग जोडिएको पाइन्छ। जुन सभ्यताका निरन्तरताको कसी नै हाम्रा धार्मिक ग्रन्थहरू जस्तै वेद, उपनिषद्, पुराण, महाभारत, गीतामा विश्लेषण गरिएका नीति तथा वचनहरू साथसाथै त्यस सभ्यतासँग प्रत्यक्ष जोडिएका हाम्रो समाजका नाम, थर र गोत्रहरू हुन्। जसलाई वैदिक सनातन धर्म, संस्कृतिले पुकारिन्छ। मानव अस्तित्वको लागि प्राचीन वैदिक सभ्यता एक पूर्ण सभ्यता हो।
वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो। वेदबाटनै साभार गरेर अन्य धर्मशास्त्र का पुस्तकहरू निर्माण गरिएकाहुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलोग्रन्थ हो। वेद शब्द संस्कृत भाषाको “विद्” धातु बाट बनेको हो जसको अर्थ हो: जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।
वेद ईश्वरीय वाणी
हिन्दूहरूले वेदलाई ईश्वरीय वाणी भन्दछन् । जस्तो ॐकारबाट नै वेदको शब्द उच्चारण भयो । त्यसैलाई श्रुति भनिन्छ । त्यसैले हिन्दूहरूले हिन्दू कानूनलाई दैवी उत्पत्ति भनेका छन् । हिन्दूको अर्को विस्वास केमा छ भने प्राचीन ऋषिमुनिहरूले आध्यात्मिक शक्तिको खुब बिकास गरेका थिए । त्यसैको बलले उनीहरूले ईश्वरको साक्षात्कार गरे ।श्रुति शब्द “श्रु” धातुबाट प्राप्त भएकोले यसले सुन्नु वा सुनिएका भन्ने अर्थ बुझाउँछ । श्रुतिका सम्बन्धमा विश्वास के छ भने यो ईश्वर स्वयंले ऋषिहरूसमक्ष प्रकट गरेको कुरा हो ।
यसरी प्रकट गरिंदा ऋषिहरूले ईश्वरबाट जो सुने त्यो त्यही रूपमा अड्ढित गरे भनी भनिन्छ । वेद व्यावहारिक प्रयोगमा त्यति आउन सक्ने नदेखिए पनि श्रुतिलाई सर्वोपरि प्रमाण ठानिन्छ । श्रुतिभित्र चार वेद, चार उपवेद, खण्ड उपनिषदहरू र षट्शास्त्रहरू समावेश हुन्छन् ।
यसको प्रयोजन अलौकिक ज्ञान उपलब्ध गराएर मनुष्यलाई मोक्ष प्राप्त गराउनु हो । वेदहरूमा पनि ऋग्वेद अति प्राचीन मानिन्छ । यजुर्वेदले संस्कार र तत्सम्बन्धी बिषयको वर्णन गर्दछ । यसमा मन्त्रहरूकै बाहुल्य हुन्छ । चार वेदहरूमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद पर्दछन् । चार वेद र चार उपवेदबाट नै पुराणहरूको सृष्टि भएको हो ।कल्प, व्याकरण, छन्द, शिक्षा, ज्योतिष र निरुक्तलाई वेदाड्ड भनिन्छ ।
वैदिक संहिताहरू कहिले बने भन्नेबारे अहिलेसम्म खासै निष्कर्ष पाइन्न । यसलाई पश्चिमेली विद्वान्हरू (केही भारतीय विद्वान्हरू पनि) मध्ये कसैले ३३ सय वर्ष पुरानो मानेका छन् । कसैले ४ हजार वर्ष पुरानो । त्यस्तै कसैले ६ हजार वर्ष र कसैले ९ हजार वर्ष पुरानो मानेका छन् भने केही विद्वान् २७ हजार वर्ष पुरानो मान्ने पक्षमा पनि देखिएका छन् । तर पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार वेद अनादि र अपौरुषेय मानिन्छ । मत्स्यपुराणमा उल्लेख भए अनुसार ब्रह्माजीले सृष्टि प्रक्रियासँगै सर्वप्रथम पुराणहरूको सम्झना गरेका र त्यसलगत्तै उनको मुखबाट वेदहरू विनिर्गत भएका देखिन्छन् ।
यद्यपि वेदका सूक्तहरूमा विभिन्न ऋषिका नाम उल्लेख भएका छन् । यसबाट कतिलाई ती सूक्तहरू तत्तत् ऋषिले नै लेखेका हुन् कि जस्तो लाग्न सक्छ, तर यथार्थ त्यसो होइन । सूक्तहरू ऋषिहरूले देखेका मात्र हुन्, रचेका होइनन् । त्यसैले ऋषिहरूलाई मन्त्रद्रष्टा भनिन्छ । यस आधारमा जतिबेला ऋषिहरूले लामो समयसम्म अन्तरिक्षमा ध्वन्यात्मक रूपले विद्यमान ब्रह्माजीका मुखबाट विनिर्गत भएका वेदका मन्त्रहरूलाई देखे, तत्काल सर्वप्रथम उनीहरू आफैंले त्यसलाई कण्ठस्थ पारी पछि शिष्य परम्परामा कायम गराए हुन् ।
ईसापूर्व १५०० देखि १००० ईसापूर्वसम्मलाई वैदिक (ऋग्वेद) काल मानिन्छ । ईसापूर्व १००० देखि ६०० ईसापूर्वसम्म उत्तर वैदिककाल भनिन्छ । चार वेद ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद मध्ये ऋग्वेद सबैभन्दा पुरानो मानिन्छ । ऋग्वेदमा यस कालमा आर्यहरूको संस्कृति मध्यएशिया, अफगानिस्तानतिर रहेको पाइन्छ । यसमा अफगानिस्तानका कुभा (हालको नाम काबुल), क्रुम ( कुर्रम), गोमती ( गोमल), सुवास्तु (स्वात) आदि नदीहरूको उल्लेख पाइन्छ । यसैगरी ऋग्वेदमा ‘सप्त सैन्धु प्रदेश’ लेखिएको छ । यो क्षेत्र सिन्धु, सरस्वती, सतुद्रि (सतलज), विपासा (व्यास), परूषिनी (रावी), वितास्ता ( झेलम) र अस्किनी ( चेनाव) नदीको वरपर हाल अफगानिस्तान र पञ्जाबमा पर्छ । आर्यहरू अनेक कबिला र जनमा विभक्त थिए । तीमध्ये पञ्चजन अनु, द्रुम्हा, यदु, तुर्वसु र यदु प्रमुख थिए । यस बाहेक भरत, क्रिवी, तृस्सु, सुंजजस्ता खुँखार लडाकु पनि थिए । यिनीहरू आपसमै भिड्दै गर्थे । यिनीहरूको भाषा संस्कृत र सभ्यता ग्रामीण थियो ।
श्रीमद्भागवतमा उल्लेख भए अनुसार सुरुमा वेद एउटै देखिन्छ । पछि व्यासजीले त्यसलाई ४ भागमा विभक्त गरी ऋक्, यजु, साम र अथर्वसंहिता नामकरण गरेर आफ्ना शिष्यहरू क्रमश: पैल, वैशम्पायन, जैमिनि र सुमन्तुलाई पढाएका हुन् । जहाँसम्म वर्गीकरण गर्दा संहिताहरूको ऋक्, यजु आदि नामकरणको कुरा छ, त्यसको आधार भने यज्ञको विधानलाई मानेको बुझिन्छ । जस्तो वैदिक यज्ञ अनुष्ठान गर्दा होता, उद्गाता, अध्वर्यु र ब्रह्मा गरी ४ जना ऋत्विजहरूलाई वरण गर्नुपर्छ । यीमध्ये होताले देवीदेवतालाई बोलाउने काम गर्छ भने उद्रगाताले वैदिक मन्त्रलाई मधुर स्वरमा गाउने तथा अध्वर्युले यज्ञका काम विधिवत सम्पादन गर्ने र ब्रह्माले गरिएको यज्ञ अनुष्ठानलाई राम्ररी निरीक्षण गर्नुपर्ने हुन्छ ।
धर्मका मूल दुई अर्थ छन्: गुणबोधक अभिलक्षणा (पानीको बग्नु, हावाको चाल हुनु) र धारण वा वरण गरिएको आचरण । यस हिसाबले धर्म विज्ञान र अध्यात्म दुवैसँग जोडिन्छ । प्राकृतिक गुणवर्णनतिर जाँदा यो विज्ञानमय हुन्छ । वरण गरिएको विश्वासमा आधारित आचार वा मतावलम्बी हुन गए त्यो अध्यात्ममय हुन जान्छ ।
वस्तु र विश्वास दुवै विज्ञानका अध्ययन क्षेत्र हुन्- खालि विज्ञानको फाँट विभाजनका कारण फरक जस्ता देखिन्छन् । नेपालमा सनातन धर्मलाई हिन्दू धर्म भनेर व्याख्या गरिने गरेको पाइन्छ तर नेपालको प्रागऐतिहासिक पाटोलाई हेर्दा सनातन र हिन्दू धर्म एकै थिएनन् र होइनन् भन्ने देखिन्छ ।
टेथिस सागरको समाप्तिको भौगर्भिक उथलपुथलले सिर्जना गरेका भू-भागमा नेपाल, तिब्बत र भारतका हिमालय, महाभारत र चुरे शृङ्खला पर्छन् । करिब छ करोड ५० लाख वर्षअगाडि उत्पत्ति भएका यी भूभागमा यसबीचमा अनेकन साना भौगर्भिक र भौगोलिक परिवर्तन हुँदै आएका छन् । हालको नेपालको भूभागमा रहेलगायतका भूभागमा मानव बसोबास र सभ्यताको विकास कहिलेदेखि हुन थाल्यो भन्ने विषयमा त्यस्ताे भरपर्दो अनुसन्धान निष्कर्ष आएका पाइँदैनन् ।
वैज्ञानिक तरिकाले गरिएका काल गणनाको हिसाबले स्वतन्त्र भौगोलिक क्षेत्र र मानव समाजको सक्रियता रहेको अवधि भने कम्तीमा तीन हजार वर्ष पुरानो भइसकेकाे अनुमान छ । कम्तीमा आजभन्दा दुई हजार पाँच सय वर्ष अगाडि नेपाल र यसका पहाडी भूभागमा मानववस्ती रहेको र तिनले ऊनी र सूतीका कपडाहरू बुन्ने र व्यापारिक रूपमा निर्यात् गर्ने गरेको तथ्यको परोक्ष अभिलेख पाइन्छ । करिब दुई हजार तीन सय वर्ष पहिला लेखिएको मानिने कौटिल्यको अर्थशास्त्रमा नेपालमा अपसारक नाम गरेको सूती कपडा पाइने उल्लेख छ ।
नेपालको अस्तित्व दुई हजार वर्ष अगाडिदेखि नै आर्यवर्त (हिमाल दक्षिण महासागर पश्चिम, उत्तर र पूर्व) मा रहेको स्पष्ट हुन आउँछ । नेपालमा रहेका खस, किराँत, मैथिल, शाक्य, कोल, द्रविड र ब्रज/तिरहूत मूलका वासिन्दासँग सम्बन्धित कुल परम्परा र सांस्कृतिक अभ्यासहरूले नेपालमा वैदिक कालमा वैदिक र अवैदिक दुवै थरी मान्यतामा आधारित सांस्कृतिक परम्परा अवलम्बन हुँदै आएको दर्साउँछन् ।
अवैदिक बौद्ध परम्परा र वैदिक मन्त्र परम्पराको सामाञ्जस्यमा सांस्कृतिक अभ्यास हुँदै आएको शाक्यमुनी गौतमपूर्व नै हो । त्रयीका रूपमा रहेका वेदलाई चार वेदमा विभाजन गर्ने वेदव्यास (कृष्ण द्वैपायन) वैदिक परम्पराका अठ्ठाइसौँ व्यास मानिएका छन् भने शाक्यमुनी गौतम बुद्ध बौद्ध परम्पराका अठ्ठाइसौँ महाबुद्ध मानिएका छन् । खस र किराँत सभ्यता कास्गर क्षेत्रबाट कैलास मानसरोवर हुँदै बङ्गालसम्म हिमालयको उत्तर र दक्षिण भएर बगेका नद र नदीबीचको अग्ला हिमाली, पहाडी, दून र मैदानी क्षेत्रमा विकसित र विस्तारित भएको पाइन्छ ।
नेपाल तत्काल पहिचान बनाएको काठमाडाैँ उपत्यका र यसको परिसरमा पनि बौद्ध र वैदिक दुवै परम्परा समानान्तर रूपमा सामाञ्जस्यपूर्वक रहँदै आएको देख्न पाइन्छ । काठमाडौँका प्रायः सबै जसो मन्दिरमा बौद्धमार्गीका पनि अनुष्ठान (विहार) छन् भने बौद्ध विहार र चैत्यमा पनि वैदिक परम्पराका प्रतिनिधि शिव, गणेश वा सरस्वती र कतिपय ठाउँमा देवीको पनि प्रतिष्ठापन छ । वैदिक र बौद्ध दुवै परम्परामा तन्त्र र मन्त्र दुवैको प्रयोग हुन्छ । ओमकार र दीप प्रज्वलन गर्ने परम्परा पनि दुवैका साझा देखिन्छन् । कतिपय चाडपर्व पनि साझा छन् । यस पाटोमा गहन अनुसन्धान आवश्यक देखिन्छ ।
नाम भिन्दाभिन्दै दिए पनि शाक्यमुनीको समयसम्म यहाँका सभ्यतामा वैदिकहरूले प्राकृतिक शक्तिलाई तीन वर्ग (वसु, रुद्र र आदित्य), उत्पादक शक्तिलाई दुई (प्रजापति र इन्द्र) का रूपमा लिएर प्रकृति पूजन गर्थे । बौद्ध/किराँत परम्परामा दुई शक्ति साम्बा/पारुहाङ्मा, खसमा मस्टो (कुलायन) र १६ बैनी शक्ति हेर्ने, द्रविडमा शिव र माई मान्ने परम्परा रहँदै आएको पाइन्छ ।
यस हिसाबले हेर्दा गौतम बुद्धपूर्व वर्तमान नेपालको भूभाग र यसको परिसरका भूभागमा समेत उर्वरता र प्रजनन शक्तिस्वरूप शिव र शिवालाई आरध्य शक्ति मानिन्थ्यो । भौगोलिक र शक्तिका नाम कैलाश, शिवलेक (तराईको गर्मीविरुद्धको शीतल चुली), देवलोक (दैलेख), मस्टमाडौँ, किराँतेश्वर, वनष्कन्या(वनस्कन्डी) कुकुहाङ्बा, कुकुहाङ्मा आदिले त्यस कुरालाई पुस्ट्याउँछन् । हाम्रो (शिवलेक) चुरेलाई पश्चिमाले शिवालिक बनाइदिए त्यो अर्कै पाटो। प्रकृतिको मानवकल्याण र आनन्ददायी शक्ति नै शिव वैदिक कालमा रुद्रस्वरूपमा चिनिए । आज पनि शिवको वैदिक अनुष्ठान रुद्री नै भनेर चिनिँदो छ ।
मेसेडोनियाका पर्सियाली राजा अलेग्जेन्डर महान् (३३६-३२३ इपू) ले हाम्रा पुर्खाका सम्पदा मात्र लगेनन् एकेश्वरवादी चेतना नामको विष पनि छोडेर गए । तत्कालीन सनातनी समाज वर्णाश्रम र गैरवर्णाश्रम सामाजिक परम्पराको सामाञ्जस्यमा गुज्रदैँ थियो ।
अलेक्जेन्डरले बहुदेववादी प्रकृतिपूजकलाई निन्दा गर्दै एक अपार र अद्भूत परशक्तिका भरमा यो सबै चलेको र प्रकृतिलाई त्यही शक्तिले परिचालित गरेको एकेश्वरवादी चेतना यो भूभागमा फैलाउने गरी उनी आर्यावर्तको यो मध्यभूमि घुमेर र अनेक स्रोत बटुलेर फर्किए । ग्रिसेली त्यो विश्वास प्लेटोको साहित्य र सत्यताको सम्बन्धको विचारबाट छ्याङ्ङ हुन्छ । प्लेटो जगतलाई सत्यबाट हजारौँ कोश टाडा देख्छन् भने साहित्यलाई जगतको सत्यताबाट हजारौँ कोश टाडा ।
अलेग्जेन्डरका उत्तराधिकारी सेलुकस निकेटरबाट (इपू ३०६-३०३) वैदिक ज्ञानकेन्द्र तक्षशिला र बौद्ध ज्ञानकेन्द्र नालन्दालाई ध्वस्त गरिदिए । वैदिक सनातन त्यसपछि क्रमशः शैवी वैष्णवी शाक्तमा र बौद्ध सनातन परम्परा महायान, बज्रयान, हिनयानमा बाँडिए । एकेश्वरवादी चेतना यिनमा हाबी हुँदै गयो र दुवै पुनर्जन्म र अवतारवादी ईश्वरवाद उदय भए ।
आर्यावर्ती मगध, कोल, कोशल, नेपालको सम्बन्ध चीनसँग स्थापित भइसकेको थियो । विक्रमादित्य शक्तिमा नआउन्जेलसम्म यिनीहरूले समयको गणना चन्द्रमाका आधारमा गर्थे । चीनमा भने पशुहरूको आधारमा समय गणना गरिन्थ्यो । चीनियाँहरू यताको सम्पर्कमा आएपछि तिनले हिमालदक्षिण इन्दुसरोवरसम्मको भूभागलाई इन्दु कहे यसो भन्नुको अर्थ यो क्षेत्रमा समय चन्द्रमा र समुद्र (इन्दु) को आधारमा गणना हुने भन्ने हुन्थ्यो । चीनी भाषामा पनि इन्दुको अर्थ चन्द्रमा नै हो । इन्दु भन्दाभन्दै हिन्दू भनिन थालेको थियो । उता पर्सियालीहरू सिन्धुलाई हिन्दू भन्थे (भारोपेली भाषा परिवारको केन्दम वर्गीय भाषामा शको उच्चारण ह हुने भएकाले)। यसरी सम्भवतः यही फारस चीनिया नामकरणबाट हिन्दू भन्ने पहिचान सुरु भयो ।
अलेग्जेन्डरले रोपेको विषवृक्षमा विक्रमको ५०० पछि इस्लामी मूलका तैमुर, ओरङ्गजेब, सुल्तान समसुद्दिनले गरेका पटकपटकका आक्रमणले सनातन पौरस्त्य वर्णाश्रमी सामाजिक व्यवस्था हिन्दू धर्ममा रूपान्तर भयो । सनातनीहरू वैदिक र अवैदिक जेजति थिए ती हिन्दू र बौद्ध परम्परामा एकेश्वरवादी पन्थ परम्परामा लागे । सनातनीहरू नै शैवी, शाक्त, वैष्णव, प्रणामीजस्ता पन्थी हिन्दू भए भने बौद्धमार्गीहरू पनि महायानी, हिनयानी र बज्रयानी बनिँदै पन्थधर्मी हुँदै गए ।
यिनै कामका आधारमा व्यासजीले वैदिक मन्त्रको भण्डारबाट यज्ञवेदीमा देवीदेवतालाई बोलाउने मन्त्रका समूहलाई ऋग्वेद, यज्ञ अनुष्ठान सम्पादन गराउने खालका मन्त्रका समूहलाई यजुर्वेद, यज्ञवेदीमा गान गरिने मन्त्रका समूहलाई सामवेद र यज्ञ अनुष्ठानमा कुनै किसिमको त्रुटि नहोस् भनी निरीक्षण गर्न लगाउने मन्त्रको समूहलाई अथर्ववेदको नाम दिइएको अनुमान लगाउन सकिन्छ । पौराणिक ग्रन्थहरूले वेदलाई सजीव प्राणीको रूपमा अथ्र्याउन खोजेका छन् ।
प्रा.डा. वेणिमाधव ढकालले आह्रिनकसूत्रावलीको लीलावल्लभी नेपाली टिकामा पनि यस्तै स्वरूपमा प्रस्तुत गरेका छन् । उनका अनुसार वेदहरूको गोत्र र स्वरूपसमेत अलग—अगल छन् । त्यस अनुसार ऋग्वेदको गोत्र अत्रि हो भने आयुर्वेद उपवेद हो । त्यस्तै यजुर्वेदको गोत्र काश्यप हो भने धनुर्वेद उपवेद हो ।
त्यसैगरी सामवेदको गोत्र भारद्वाज हो भने गान्धर्ववेद उपवेद हो । अनि अथर्ववेदको गोत्र वैखानस हो भने शिल्पशास्त्र उपवेद हो । त्यस्तै उनीहरूको स्वरूप पनि सौम्य तथा डरलाग्दा गरी अलग,अलग छन् । सबैका एक,एक पत्नी पनि छन्, जसलाई क्रमश: ईति, धृति, शिवा र शक्ति भनिन्छ ।
शिवराज आचार्य कौण्डिन्न्यायन स्वाध्ययशालाको वैदिक धर्म मूल रूपमा भन्ने ग्रन्थमा उल्लेख भए अनुसार व्याकरण भाष्यकार महामुनि पतञ्जलीले आफ्ना भाष्यमा ऋग्वेदको २१, यजुर्वेदको १०१, सामवेदको हजार र अथर्ववेदको ९ शाखा रहेका छन् । त्यस्तै सीतोपनिषद्का अनुसार ऋग्वेदको शाखा २१, यजुर्वेदको १०९, सामवेदको १ हजार र अथर्ववेदको शाखा ५ रहेका छन् । तर मुक्तिकोपनिषद्मा भने ऋग्वेद, यजुर्वेद र सामवेदको शाखा क्रमश: २१, १०९ र १ हाजार नै उल्लेख भए पनि अथर्ववेदको शाखा ५० उल्लेख भेटिन्छ । तर पद्मभूषण आचार्य बलदेवले भने ऋग्वेदको २१, यजुर्वेदको १००, सामवेदको १ हजार तथा अथर्ववेदको केवल ९ शाखा उल्लेख गर्दै जम्मका वैदिक संहिता शाखा संख्या ११३० देखाएका छन् ।
अन्य संहिताबारे जसले जे भनेका भए पनि ऋग्वेदको शाखाबारे सबै एकमत देखिन्छन् । तर हाल मुद्रित रूपमा पाइने यस संहिताको शाखामा शैशिरीय शाकल शाखामात्र रहेको बुझिएको छ । हुन त शिवराज आचार्य कौण्डिन्न्यायनले यसका आश्वलायनीय, शाङ्खायनीय र कौषितकी शाखाको पनि उल्लेख गरेका छन् र भारतीय भूभागमा कतै—कतै तीमध्ये केहीको अनुयायीसमेत भेटिएको प्रसंगसमेत कोट्याएका छन् । तर हाल ऋग्वेद संहिताको नामले जसले समाजमा चर्चा र मान्यता पाएको छ, त्यो भने शैशिरीय शाकल शाखा नै हो भन्नेमा उनीसमेत सहमत देखिन्छन् ।
हुनत वैदिक कालको अस्तित्व सिद्ध गर्ने कुनै प्रमाण पुरातात्विक उत्खननबाट पाइएको छैन । लिखतमै पनि सायनले भाष्य गरेको भोजपत्रमा लेखिएको ऋग्वेदको १ पानामात्र पाइएको छ जुन सन् १४६४ तिरको मानिन्छ । त्यसभन्दा अघिको प्रमाण भेटिएको छैन ।
सिन्धुघाटी सभ्यताको भाषा बुझ्न सकिएको छैन । त्यसपछि भनिने वैदिककालमा संस्कृत भाषा र देवनागरी लिपी चलन चल्तीमा रहेको हो भने पनि त्यसको पुरातात्विक वा लिखित प्रमाण पाइएको छैन । बुद्ध कालदेखि दसौं शताब्दीसम्म पाली भाषा र धम्म (ब्राह्मी) लिपि पुरातात्विक उत्खनन्, ग्रन्थ र लिखत आदि व्यापकरूपमा पाइएको छ । र पाली भाषामा ऋग्वेदको “ऋ” शब्दसमेत लेख्न सकिँदैन । लगभग एउटै क्षेत्रमा देखिएको सिन्धुघाटी सभ्यतामा मोहनजो डारोजस्तो विकसित सहरी सभ्यता पछिको भनिएको वैदिक सभ्यता किन ग्रामीण सभ्यता हुनगयो आश्चर्यको विषय छ । विकासक्रम त प्रतिगामी नहुनुपर्ने हो । सनातन (परम्परादेखि अहिलेसम्म चलिआएको) वैदिक धर्मको निरन्तरता पाइँदै । न सिन्धुघाटी सभ्यतमा न नै बुद्धकालमा नै वैदिक धर्म पाइन्छ । त्यसैले कतिपय विद्वान्हरू वैदिक (ऋग्वेद) काल थियो भन्नेमै शंका गर्छन् ।
वेद सत्य र पदार्थ दुइटै विद्याको स्रोत
वेदलाई सत्य विद्या र पदार्थ विद्या दुइटै विद्याको स्रोत मानिन्छ । तर, वेद विज्ञान मात्रै हो भन्नचाहिँ मिल्दैन । वेदमा साहित्य, दर्शन, कला, विज्ञान र तन्त्रशास्त्रसमेत पाइन्छ । वेदमा तीनवटा ज्ञानको उल्लेख पाइन्छ । पृथ्वी, आकाश र ग्रह नक्षत्रसहितको अन्तरिक्षको ज्ञान । ऋग्वेद मण्डल १ सुक्त ३३ मन्त्र ८ मा पृथ्वी गोलो छ भनेको छ । तर, आधुनिक शिक्षाले पृथ्वी गोलो छ भन्ने कुरा १४ औँ शताब्दीमा मात्र पत्ता लागेको हो भन्छ । वेदले पृथ्वी गतिवान छ भन्छ । अथर्व वेद मण्डल १ सुक्त २ मन्त्र ५२ पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने नियम उल्लेख गरेको छ ।
ऋग्वेद मण्डल १० सुक्त १४९ मन्त्र १, मण्डल १ सुक्त ३५ मन्त्र ९ मा सूर्य र पृथ्वीको आपसमा रहेको आकर्षणले सन्तुलन कायम भएको कुरा उल्लेख छ । ऋग्वेद मण्डल १ सुक्त ८४ १ मन्त्र ५ मा सूर्यको प्रतिच्छायाले चन्द्रमा टल्किएको भनेको छ । अथर्व वेद मण्डल ९ सुक्त ९ मन्त्र १२ मा बार महिना विभाजित गरेको छ । नासदीय सुक्त ऋग्वेद मण्डल १० सुक्त १२९ र हिरण्यगर्भ सुक्त ऋग्वेद मण्डल १० सुक्त १२१ मा भौतिक विज्ञान छ । जल सुक्त मण्डल १ सुक्त १६(२३ मण्डल ७ सुक्त ४७–४९ मा भूगोल र मौसम विज्ञान छ।
मतलब वेद कुनै व्यक्तिको सम्झना वा लेखनद्वारा तयार गरिएको नभई श्रष्टा सन्त तथा ऋषिहरूले समय क्रममा सिधै ब्रह्मबाट प्राप्त ज्ञान परम्परागत रूपमा लिपिबद्ध हुँदै शास्त्रको स्वरुपमा विकसित बनेको हो । वेद सनातन हिन्दू धर्मको सबैभन्दा ठूलो र प्रामाणिक धर्मग्रन्थ हो ।
आरम्भमा एउटै रहेको वेदलाई महर्षि व्यासले विषयगत प्रकृतिका आधारमा ऋग्वेद, यजुर्वेद, सामवेद अथर्ववेद गरी चार भाग लगाएका हुन् । वेदजस्ता अलौकिक ज्ञान अध्ययनबाट विकसित मानव अन्तर–ज्ञानको उपयोग गरिँदै व्यक्तिको सम्झना वा लेखनद्वारा तयार गरिएको शास्त्रलाई स्मृति भनिन्छ । जस्तै–वेदाङ्ग, उपवेद, उपांग, धर्मसू त्र, पुराण, रामायण, महाभारत आदि सबै स्मृति हुन् ।
यस ग्रन्थलाई हामी हिन्दूहरू शतप्रतिशत ईश्वरको वचन मान्छौं ज्ञान, विज्ञान र व्यवहारको मूल स्रोतका रूपमा अकाट्य प्रमाण पनि मान्छौं । यसलाई हामी अनादि, अनन्त, नित्य र शाश्वत मान्छौं र यो पनि भन्छौं कि यसको रचना कसैले पनि गरेको हैन अर्थात् यस ग्रन्थलाई हामी अपौरुषेय– कुनै सांसारिक पुरुषविशेषद्वारा नलेखिएको या रचना नगरिएको विशिष्ट ग्रन्थ मान्छौ । शास्त्रीय हिसाबले यसलाई हामी सृष्टिभन्दा पहिले थियो भनेर मान्छौं भने विज्ञानले यसलाई मात्र ५,००० वर्ष पुरानो भनेको छ ।
विज्ञानको यो भनाइ पनि सत्य नै होला किनकि लिपिको विकास भएपछि वेद संस्कृत भाषामा लिपिबद्ध भएको सायद आजभन्दा ५,००० वर्ष अगाडि नै हुनसक्छ । वेद संस्कृत भाषमालेखिनुभन्दा अगाडि केवल मन्त्रद्रष्टा ऋषिमुनिहरूका मुखबाट अन्य शिष्यहरूले सुन्ने र उनीहरूले पुनः त्यसै गरी सुनाउने श्रुति परम्परामा नै जीवित थियो र सुनेको भरमा नै प्रसारित एवं संरक्षित हुँदै आइरहेको थियो । त्यसकारण यसलाई ‘श्रुति’ पनि भन्ने गरिन्छ ।
पूर्वीय संस्कृति र सभ्यता विश्वमा नै सर्वप्राचीन मानिन्छ । ऋग्वेद सर्वप्राचीन ग्रन्थ हो । वेदमा मानव कल्याणका अनन्त उपायहरू छन् । आज ती ज्ञानको खोज अनुसन्धान र प्रयोगभन्दा पनि उपेक्षको दृष्टिले हेर्ने प्रवृत्ति मौलाएको छ । यसैले आजको यो विश्वमा विकराल अवस्थाको सिर्जना भएको हो ।
जीवनदर्शन वेदको परम उपलब्धि हो । यही ज्ञानको खोजसँगै प्रयोग गरेर आज अंग्रेजको हाइ हाइ भएको हो । कस्तुरी बोकेर स्वयं वासनामा भौतारिएको मृगजस्तै हुन पुगेका छौँ हामी।वेदका अधिकारी सबै हुन्। व्यास स्वयं मझिनी मत्स्यगन्धाका छोरा हुन्, जसले चार वेदको सम्पादन, महाभारत एवं अठार पुराणहरू रचना गरे ।
शुकदेव, विदुर अनि सुत जी महाराज आदि सबै ज्ञान विज्ञानका क्षेत्रमा विशिष्ट मानिन्छन् । यी कसरी वेद अध्ययन गर्न अधिकारी भए ? अतः वेदको अध्ययन गर्नसक्ने अथक परिश्रमी नै वास्तवमा वेद पढ्ने अधिकारी हो । न कि कुनै जात विशेष । अतः यस्तो ऋषिप्रणित पुण्य पवित्र ज्ञानलाई आदरका साथ जीवनमा उतारी विश्वमा यसको चेतना फैलाउनु आजको आवश्यकता बनेको छ ।
सृष्टिको यो लामो समयको अन्तरालमा यहाँ अनेक थरीका जीवजन्तु उत्पन्न भए होलान्। डाइनोसरजस्तै पुराना लोप भएर नयाँहरू अस्तित्वमा आए होलान्। अस्तित्वमा रहेकामध्ये कुनै सबल र कुनै दुर्बल हुँदा होलान्। त्यो जेसुकै होस्। हाम्रो हिन्दू संस्कृतिमा १८ पुराण छन्। वेदहरू र उपनिषद्हरू छन्। ती सबै पवित्र शास्त्रहरूमा योनिहरूको कुलसंख्या ८४ लाखभन्दा अर्को बताइएकै छैन। यिनीहरू सबैमा ८४ लाखको गणित एउटै छ।
यो जरुरी छैन कि योनिहरू ८४ लाख होऊन् वा नहोऊन्। तर महत्त्वपूर्ण कुरा के हो भने हाम्रो वैदिकशास्त्रले पृथ्वीमा जुन योनिको संख्या ८४ लाख भनेर बताएको छ। त्यसैको सेरोफेरोमा वैज्ञानिकहरूको अनुमानित अवधारणा हुनु भनेको ख्याल ठट्टाको कुरो हुँदै होइन। जहाँ पनि, जहिले पनि एउटै भनाइ हुनु र अनुमानित शब्दको प्रयोग कतै नहुनुले वैदिक शास्त्रमा विज्ञानको सामथ्र्यलाई जनाउँछ। सायद जर्मन दार्शनिक‘अल्फ्रेड नर्थ ह्वाइटेड’ले यही सामथ्र्यलाई बुझेर होला, वैदिक शास्त्रलाई विज्ञानको अन्तिम सीमा हो भनेर भनेका !
वेदमा कुनै पनि संस्कृति विरोधी, समाज विरोधी, दर्शन वा धर्म विरोधी कुण्ठा, इर्ष्या, कुटिलता, घृणा वा तिरस्कार छैनन् । छ त व्यक्तिगत र समाजको समेत लाभ पुग्ने जीवनको अर्थ, अस्तित्व लगायतका व्यावहारिक ज्ञानका विषयहरू । अर्को मुख्य चुरो कुरा वेद कुनै अमूक संस्कृतिको वा धर्मको ग्रन्थ हैन । यथार्थमा हिन्दु, जैन र बुद्धजस्ता संस्कृति र दर्शनहरूमा वैदिक ज्ञानको निकै प्रगाढ प्रभाव भेटिन्छ ।
वेदको आधिकारिक प्रयोगात्मक ज्ञान र अवधारणा जान्न र मनन गर्न यसको अध्ययन जरुरी छ । वेदको नत अध्ययन, न मनन गरेका कतिपय धर्मगुरुहरूले वेदका व्यावहारिक, आधिकारिक र प्रमाणिक ज्ञानबाट विचलित गलत सूचना सञ्चार गरिदिँदा अक्सर वेद विवादास्पद बन्दै सामाजिक सर्व–स्वीकार्यता गुमाउँदै गएको भेटिन्छ ।
भारतीय मूलका अमेरिकी वैज्ञानिक सुभाष काकका अनुसार पहिलो पटक परमाणु बम बनाउने ओपन हाइमरले भागवत गीता र खासगरी विष्णु पुराणबाट प्रभावित भएर परमाणु बम बनाउन सहज भएको स्वीकार गरेका छन् । काककै अनुसार इस्वीपूर्व २७०० मा सिन्धुघाटी सभ्यतामा पाइएको पशुपतिको मूर्ति र इस्वीपूर्व ४०० देखि १५० मा डेनमार्कमा पाइएको गण्डेस्ट्रप कल्ड्रोमको धातु इन्जिनियरिङ अर्थात् मेटालर्जीमा समानता पाइएको बताएका छन् ।दक्षिण एसियामा मानिसले सहरी जीवन बिताइरहेको बेला युरोपमा गुफायुगका जंगली मानिस बसोबास गर्थे भनेर प्रमाणित भइसकेको छ ।
वेदपश्चात् प्रचलनमा ल्याइएका स्मृति शास्त्रहरूमा वेदको मर्मको निरन्तरता रहेको भनी वेदबारे जिज्ञासा राखिँदा, स्मृति शास्त्रहरूको उद्धरण गरी जवाफ फर्काउने हाम्रो गलत अभ्यासले वेदलाई विवादास्पद बनाइदिएको छ । धार्मिक भक्तिका नाममा गुरु आशक्ति अभिवृद्धि गर्ने नियतमा वेदमा उल्लेख गरिएको भन्ने दुहाइ दिँदै नियमित उपाङ्ग, धर्मसूत्र, रामायण, महाभारत, पुराणहरू पाखण्डीपूर्ण वाचन गरिने र यसरी वाचन गर्ने धर्मगुरुहरू अद्वितीय, अभिजात, ईश्वरको दूत हुने धारणाले वेदप्रति नयाँ पुस्ताको विकर्षण हुनुको प्रमुख कारक बनिदिएको छ ।
वैदिक ज्ञान यथार्थमा मानिसको दैनिक सोच र कर्मलाई व्यक्तिगत तथा सामाजिक उत्थानको दिशा निर्देशका खातिर उपलब्ध उत्कृष्ट व्यावहारिक ज्ञान हो । वैदिक ज्ञानले व्यक्ति र समाजको लाभ पुग्नेगरी निजी तथा सामाजिक गतिविधिहरू कार्यान्वयनमा नभई नहुने व्यावहारिक सोच विकास गर्न आवश्यक पूर्वाधार उपलब्ध गराउँछ भन्ने यथार्थ आज सम्म पनि हाम्रो समाजमा पुगिरहेको भेटिन्न ।
वेदको यथार्थता हाम्रो समाजमा वाचन गरिने र सुनाइनेभन्दा निकै भिन्न भेटिन्छ । नितान्त निजी र सामाजिक जीवनका व्यावहारिक पक्षहरू र सुदृढ मानव जीवनयापनमा अर्थ राख्ने स्वस्थता, खानपान, तन्दुरुस्ती, अर्थशास्त्र, राजनीति, संस्कृति आदिजस्ता सबै पक्ष व्यावहारिक ज्ञान समावेश छ, वैदिक ज्ञानमा ।
आधुनिक युगमा वेद
वेदमा धेरै विज्ञान छन्। यो यस्तो उस्तो भन्नु भन्दा पनि अध्ययन गरेर प्रयोग वा सिद्ध गर्नतिर लाग्ने हो भने वेद अथाह विज्ञानको भण्डार हो । यसरी वेद एउटा पुरानो ग्रन्थ हो । यो कुनै धर्मको ग्रन्थ भन्नु भन्दापनि यसलाई राम्रो सङ्ग बुझेर अध्ययन गर्ने हो भने हामीले यो आधुनिक युगमा अझै धेरै असम्भव कामलार्इ पनि सम्भव भनाउन सक्छौँ र अझै धेरै विज्ञानका आविष्कार गर्न सक्छौँ ।
ब्रह्माण्डको सृष्टि कहिले भयो ? कसरी भयो?कसरी उत्पत्ति भए यी असंख्य ताराहरू र तारापुञ्जहरू? तिनीहरू के तत्त्वले बने ? बन्ने तत्त्वको निर्माण कसरी भयो ? कसले गर्यो ? यो सृष्टि किन र कसको चाहना वा अवधारणा हो ? ऊ’ को हो र ‘उसले’ यस्तो चाहना किन गर्यो ?यसबाट ‘उसलाई’ र अरूलाई के लाभ हुन्छ? सबैसँग यस्तै प्रश्नहरू छन्। परन्तु यसको ठोस उत्तर आजसम्म कसैसँग छैन। यसबारे सबै अनभिज्ञ नै छन्। यी सब कुराहरू रहस्यकै गर्भमा छन्। अर्थात् उत्तरै नभए पनि यस्ता प्रश्नहरूमा डुल्दा मनलाई भने एकतमासको आनन्द प्राप्त हुन्छ।
आचार्य कणादको अणु सिद्धान्त, पृथ्वी गोलो छ भन्ने भूगोलशास्त्र, खगोलशास्त्र, सूर्य ग्रहण, चन्द्र ग्रहणको समय निर्धारण, सूर्य केन्द्रित अनन्त ब्रह्माण्डको विद्या, भास्कराचार्यले लेखेको ‘लीलावती’ र सन् ११८६ मा सूर्यले पृथ्वीलाई आकर्षण गरेर घुमाउँछ भनेर निकालेको भाष्कर सिद्धान्त जस्ता कुरा पनि हाम्रो शिक्षाका पाठ्यक्रममा नपर्नु भनेको दुःखलाग्दो कुरा हो।
‘लगभग’ पाँच अर्ब वर्षको भयो पृथ्वी। पृथ्वीभन्दा अरू अर्बौं वर्षले जेठो छ, ब्रह्माण्ड। ‘करिब’ चार अर्ब वर्षतिर पृथ्वीमा सूक्ष्म जीव–वनस्पतिहरू देखा परेका थिए। मानिस भने आजभन्दा ‘झन्डै’ पाँच लाख वर्षअघि पृथ्वीमा देखा परेका हुन्। जीव विकासको इतिहासमा वैज्ञानिकहरूको भनाइ यस्तो छ।
पृथ्वीको परिधि ‘पुगनपुग’ ४० हजार किलोमिटर छ। प्रतिघण्टा ‘सरदर’ आठ सय किमिको गतिमा उड्ने जहाजलाई पृथ्वीलाई एक चक्कर लगाउन ‘अन्दाजी’ ५० घण्टा अर्थात् दुई दिनभन्दा बढी लाग्छ। पृथ्वीबाट सूर्यसम्मको दूरी ‘त्यस्तै’ १ करोड १५ लाख किमि जति छ। उक्त जहाजलाई सूर्यमा पुग्नु पर्यो भने ‘कम्तीमा’ २१ वर्ष लाग्छ। बाहिरी अन्तरिक्षका ताराबीचको दूरीको तुलनामा यो दूरीको हिसाब त फेरि हिसाबै होइन।
हाम्रो ‘आकाशगंगा’ तारापुञ्जका अर्बौं उज्याला तारामध्ये ‘सूर्य’ त जाबो एउटा तारा न हो। पृथ्वी र जीव वनस्पतिका लागि भने सूर्य सम्पूर्ण हो। यसैको पुर्पुरोको बलमा पृथ्वीको पुर्पुरो बलियो बन्छ। यसर्थ पृथ्वीको भाग्य सूर्यको निधारमा लेखिएको हुन्छ र सूर्यको ‘आकाशगंगा’को निधारमा। यस प्रकार कसैको पनि भाग्य आफ्नै निधारमा लेखिएको हुँदैन। सबैको भाग्यको ‘रिमोट’ कुनै अर्को ठूलो निधारबाट सञ्चालित हुन्छ।
ब्रह्माण्ड र पृथ्वीको आयुको तुलनामा जीव वनस्पतिहरूको आयु मिलिक्क मिल्केको बिजुलीजस्तै हो। यस्तै यिनीहरूको संख्या अनन्त ब्रह्माण्डमा अवस्थित वस्तुहरूको संख्यामा केही पनि होइन, र पनि हाम्रो आयु–गणितको अंकगणितमा यो एउटा विशाल अंक हो। जीव वनस्पतिको यो संख्या हाम्रो निमित्त भीमकाय संख्या हो।
जीव वनस्पतिको यो संख्याको गणना उहिल्यै हाम्रो सनातन वैदिक विज्ञानले गरिसकेको तथ्य हाम्रा पौराणिक शास्त्रमा उल्लेख छ। वर्तमान समयमा आधुनिक भौतिक विज्ञान अन्तर्गतको जीवविज्ञानले ‘अनुमानित’ तथ्यांकहरू प्रस्तुत गरेको छ। जीव विज्ञानका अनुसार अमिबादेखि मानिससम्मको यात्रामा करिब १ करोड ४ लाख योनिहरू छन् भनिएको छ।
यो अनन्त सृष्टिको सृष्टिपछि फेरि यी योनिहरूको सृष्टिको महान् उद्देश्य के हो ? किन र कसका लागि हो ? यो पनि आजसम्म उनै नियन्ताको गर्भमा लुकिरहेकै छ। हामीले यो रहस्य खोज्न त तम्सिन्छौं। तथापि उपलब्धि उही ‘हातमा लाग्यो शून्य’ भनेजस्तै भइदिन्छ।
पानी हाइड्रोजन र अक्सिजनको यौगिक हो। माथिका प्रश्नहरूको उत्तर महा सागरको पानीबाट हाइड्रोजन र अक्सिजन छुट्ट्याउन खोज्नुजस्तै हो। महान् प्रविधिका सहयोगमा छुट्ट्याउन त सकिएला अर्थात् हाइड्रोजन र अक्सिजन छुट्ट्याउन असम्भव नै त नहोला किन्तु यो सजिलो भने किमार्थ छैन। त्यसो त यो लेखको उद्देश्य पूरा गर्नका लागि त्यो महासागरमा नडुब्दा पनि हुन्छ। मतलब, यस लेखलाई त्यति टाढाको यात्राको जरुरत पर्दैन।
खासमा योनिहरू भनेको पृथ्वीमा पाइने जीव वनस्पतिहरूको जाति प्रजाति अर्थात् तिनीहरूको प्रकार हो। जस्तै कीट योनि, मत्स्य योनि, उभयचर योनि, सर्प योनि, पन्छी योनि, पशु योनि, मनुष्य योनि आदि। जाति र उपजाति भनेजस्तै यी योनिहरूका पनि अनेकौं उपयोनि हुन्छन्। जेहोस्, अमिबादेखि मानिससम्मको यात्रामा करिब १ करोड ४ लाख योनिहरू छन्। जति भनिए पनि ‘पृथ्वीमा’ करिब ८७ लाख योनिले बसोबास गर्छन्।
आधुनिक विज्ञानको इतिहास करीब साढे चार सय वर्ष पुरानो छ । भौतिक र जैविक दुनियाँका बारेमा मानिसको ज्ञान बढाउन यसको अहम् भूमिका रहेको छ । यसैले मानव सभ्यतालाई विज्ञानले व्यापक रूपमा प्रभावित गरेको छ । विज्ञानका बीज विश्वका कैयौं संस्कृतिहरू, जस्तै यूनानी, भारतीय, चिनियाँ र इस्लाममा पनि रोपिए तर तिनको सबैभन्दा पहिले अंकुरण यूरोपमा भयो र त्यहींबाट दुनियाँका अन्य भागमा यसको विस्तार भयो ।
दुर्भाग्यवश १६औंदेखि १९औं शताब्दीका बीच यूरोपले पूर्व एवं पश्चिमका कैयौं मुलुक र त्यहाँका मानिसलाई गुलाम बनायो । हुन त, बितेका झ्ण्डै डेढ सय वर्षमा विज्ञान पश्चिमबाट गैर–पश्चिमी मुलुकहरूमा पनि फैलेको छ, तर पश्चिमी उपनिवेशवादका विरुद्ध इतिहासजन्य आक्रोशका कारण त्यहाँका कैयौं मानिसको मन–मस्तिष्कमा आधुनिक विज्ञानप्रति नकारात्मक दृष्टिकोण पैदा भएको छ ।
उनीहरू आधुनिक विज्ञानलाई उपनिवेशवादी सृजना मानेर ठाडै नकारिदिन्छन् अथवा आफ्ना प्राचीन परम्पराहरूमा विज्ञान खोज्छन् । यी प्रतिक्रियाहरू यद्यपि स्वाभाविक हुन्, तर यसबाट के पनि थाहा पाइन्छ भने, वास्तवमा विज्ञान के हो भन्ने कुरा उनीहरूलाई थाहा छैन । आधुनिक विज्ञान न पश्चिमी हो, न उपनिवेशवादी नै, बरू यो त यस्तो मानव उद्यम हो, जो भौतिक संसारका हरेक पक्षलाई उद्घाटित गर्न चाहन्छ । विज्ञानलाई केवल प्राविधिक कुरा मान्नुको सट्टा मानव उद्यम र मानवीय भावनाहरूको उत्कृष्ट अभिव्यक्ति मान्नुपर्छ । यो दृष्टिकोण कलेज र विश्वविद्यालयहरूमा हुर्किंदै गरेको भावी वैज्ञानिक पुस्ताका लागि सहयोगी हुनेछ ।
पहिले–पहिले ‘वैज्ञानिक खोजतलाश’ को अर्थ ‘प्राकृतिक वस्तुहरूको अध्ययन’ भन्ने लगाइन्थ्यो । विज्ञानको यही व्याख्याका कारण यसमा ज्ञानका सबै शाखाहरूलाई सम्मिलित गर्न थालियो । तर, यसका साथसाथै, बिस्तार–बिस्तारै के सोच पनि बन्न थाल्यो भने, जो विज्ञानको अंग होइन त्यो अत्यन्तै निम्नस्तरीय अथवा महत्वहीन कुरा हो । विज्ञान र धर्मका बीच चलेको संघर्ष र विवादको जरो यही सोचमा निहित छ । बिर्सनु नहुने कुरा के हो भने, संस्कृतमा ‘साइन्स’ का लागि प्रयोग गरिएको शब्द ‘विज्ञान’ को अर्थ विवेक र समझदारीसँग जोडिएको छ ।
१६औं र १७औं शताब्दीमा आधुनिक विज्ञानको विकास सँगसँगै त्यसका लागि ‘प्राकृतिक दर्शनशास्त्र’ शब्दको प्रयोग हुन थालेको थियो । अर्को शब्दमा भन्ने हो भने, त्यस बखत विज्ञानको अर्थ थियो, ‘प्रकृतिको दर्शन अथवा प्रकृतिको व्यवस्थित ढंगले गरिने खोज ।’
ऋगवेदमा करिब २०० पटक जति विमानको कुरा आउँछ । तीनतले त्रिभुज आकारको विमान, अश्विनीने बनाएको तीन पांग्रावाला विमान आदि आदि । विमान निर्माणमा स्वर्ण, रजत तथा फलाम धातु प्रयोग गरेको प्रसंग उल्लेख छ । अहनिहोत्र नाम गरेको विमानमा दुई इन्जिन रहेको र अन्य धेरै प्रकारका विमानको वर्णन पाइन्छ ।
कुनै प्रकारको यातायातका लागि प्रयोग गरिने इन्जिनबाट चल्ने बाहनलाई विमान भनिएको छ ।जलयान विमान वायु तथा जलमा चल्न सक्थ्यो भनिएको छ ।महर्षि भरद्वाजले रचना गरेको भनिएको वैमानिक शास्त्रमा त शत्रुद्वारा प्रहार गरिएको दम्भोल गोला र आकाशीय पिण्डबाट आएको वस्तुलाई रोक्ने विधि विधान समेत उल्लेख गरेको साहित्य पढ्न पाइन्छ ।
गुहागर्भदर्श यन्त्र, द्विचक्र काली यन्त्र, ज्वालाशक्ति यन्त्र जस्ता वैमानिक तन्त्र जस्ता संस्कृत पाण्डुलिपिको खोज हुन थालेको खबरले सन्तोष भने गर्नैपर्छ।शिवकर बापुजी तालपडेले सन् १८८५ मा तत्कालीन बम्बई (अहिले मुम्बई) छेउको चौपाटी समुद्र तटमा आधुनिक प्रयोगशाला बनाएर महर्षि भारद्वाजको वैमानिक शास्त्रका आधारमा ऋग्वेदको भनाइ अनुसारको मरुत्सखा विमान बनाएको कुरा त पुष्टि भएकै छ ।
तालपडेले आर्थिक सहयोग माग्दा कम्पनी सरकारले नदिएको, ब्रिटिस इन्डिया कम्पनीले परीक्षण गर्न त्यसको फर्मुला मागेको र तालपडेले नदिने अडान राख्दा जबर्जस्ती खोसेर लगेको इतिहासमा दर्ता भइसकेको छ ।महर्षि भरद्वाजले रचना गरेको भनिएको वैमानिक शास्त्रमा त शत्रुद्वारा प्रहार गरिएको दम्भोल गोला र आकाशीय पिण्डबाट आएको वस्तुलाई रोक्ने विधिविधान समेत उल्लेख गरेको साहित्य पढ्न पाइन्छ ।
गुहागर्भदर्श यन्त्र, द्विचक्र काली यन्त्र, ज्वालाशक्ति यन्त्र जस्ता वैमानिक तन्त्र जस्ता संस्कृत पाण्डुलिपिको खोज हुन थालेको खबरले सन्तोष भने गर्नैपर्छ।महर्षि भारद्वाजको यन्त्र सर्वश्वमा विमान सञ्चालकका लागि निर्देशिका रहेको र शक्ति युद्गम, भूतवाहाग्नि, धूमयान, शिखोद्गम, अंशुवाह, मणिवाह, मरुत्सखा जस्ता विमानका चालकले पालन गर्नुपर्ने नियम समेत दिएको छ भनेर थाहा पाउँदा अर्कै अनुभूति हुने रहेछ।
विश्वब्रहृमाण्ड शान्तिको कामना हाम्रो वेदले गरेको छ । सबैमा मित्रताको भाव जागृत गराउँदै विश्बन्धुत्वको शङ्खघोष वैदिक सूक्तिमा पाउन सकिन्छ । राजनीतिका उत्कृष्ट नमुना वेदमा व्यक्त छन् ।अर्थनीतिको परिचालन र प्रयोगको शिक्षा वैदिक संहितामा यत्र तत्र छरिएका छन् । धर्म, साहित्य, इतिहास भूगोलका भव्यतम अभिव्यक्तिहरू वेदमा व्याप्त छन् । चाहे कौटिल्यको अर्थशास्त्र होस चाहे माघ, कालिदा, भारविका साहित्य । अनि व्यासको इतिहास होस् चाहे पाणिनीको व्याकरण सबै आज पनि अब्बल दर्जामा छन् र रहिरहन्छन् पनि ।
संसारका धर्मग्रन्थहरूमा वेदको प्रत्यक्ष प्रभाव छ त्यति मात्र होइन मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, गुम्बाको स्वच्छन्द भ्रमणबाट के थाहा भयो भने सबैको उच्च भागमा चुच्चो गजुर विविध रूपमा सजिएको छ, तस्मात् कारणात् सबै प्रकारका धार्मिकस्थलहरू आध्यात्मिक उर्जाका श्रोत हुन् ।
धार्मिक क्षेत्रमा बस्नेहरूले धर्मको गलत प्रयोग गरे अझ भनौँ अधर्म गरे । मन्दिर मस्जिद चर्च या गुम्बा दर्शनार्थीका लागि पुण्य कमाउने आधार होला तर पुजारीका मौलवी पादरीका लागि पापकुण्ड हुन सक्छ।जातीय, वर्गीय, भौगोलिक, साम्प्रदायिक, धार्मिक बन्धनबाट परे कतै चेतनाको शान्तलोकमा रमण गर्नु त्यो लोक जिउँदै जाने लोक हो । जुन प्रत्येक मानवभित्र अन्तर्निहित रहन्छ । संस्कृत त भाषा हो यसलाई उल्था गरेर पढे पुग्छ ज्ञान हुन्छ भन्नू र पलास्टिकका लुगा लगाएर धारामा थापिएर नुहाएर शीतल हुन्छ सफा हुन्छ भन्नू उस्तै उस्तै हो ।
करोडौँ शब्द, असङ्ख्य ग्रन्थ, हजारौँ मन्त्र, लाखौँ श्लोक यी सबै उल्था गरेर पढ्नुभन्दा संस्कृत भाषा पढेर सिकेर यस सागरमा हाम फालेर पौडिनुको मज्जा बेग्लै हुने छ । यो पुरातन कालको सभ्यता हो जसको कुनै एक्स्पायर डेट नै छैन । यो कहिले नरोकिने गाडी हो । कुरीतिको चिरफार गर्न पनि यसको पूर्ण अध्ययन गर्न जरुरी छ ।
भगवत गीता वास्तवमै भगवान् कृष्णको कृति हो। कृष्णले अर्जुनलाई आकारमा आफ्नो विराट स्वरूपको दर्शन दिएका थिए। फलतः हामी जीवहरू वा प्रजातिका बेग्लाबेग्लै आकारमा जन्मिने गर्छौं। यसप्रकार वेदलाई ज्ञानको निष्कर्ष, विज्ञानको उत्कर्ष, जीवाजीवहरूको संस्कृति र तद्नुसारको संस्कार हो। यो अनन्त जगत्को निचोड हो भनेर भन्दा गलत हुँदैन।
गीताका अनुसार पुनर्जन्मका योनिहरू पूर्वजन्मका कर्मले निर्धारण गर्दछ। कर्मानुसार कसैलाई नीच योनि त कसैलाई उच्च योनि प्राप्त हुन्छ। परन्तु मकैका दानाबाट मकै नै, आँपको खोयाबाट आँप नै जन्मिएजस्तो मनुष्यहरू पनि अर्को जन्ममा मानिसै भएर जन्मिनुपर्ने अर्थात् आफ्नै जातिमा जन्मिनुपर्ने तर किन तिनीहरूलाई अन्य पशुको योनिबाट जन्मिन्छन् भनिएको?यो कुराले हाम्रो दिमागमा कतै यो ८४ लाखको अवधारणा मात्रै एक मिथक त होइन, मिथ्या मात्रै त होइन भन्ने पनि लाग्न सक्छ। तर त्यसो भने होइन।
जसरी मानिसले पुराना कपडा फालेर नयाँ कपडा लगाउँछन्, त्यसैगरी जीवात्माले पनि पुराना शरीरहरूलाई त्यागेर नयाँ शरीर ग्रहण गर्छ। अर्थात् भगवान्को निगरानीमा ८४ लाखका प्रजातिहरूमा ससर्त आत्मा आफ्नो पूर्वजन्मको कर्म अनुसार निरन्तर गुज्रिरहेको हुन्छ। मृत्युको समयमा आत्माले पुरानो शरीरलाई छाडेर नयाँ शरीर धारण गर्छ।
दर्शनको पाटो छुट्टै छ। साङ्ख्यदर्शन माक्र्सको चिन्तन भन्दा निकै उचाइमा उभिएको छ । चार्वाक दर्शन आजको भौतिकवादीको महा गुरु हो । चाहे वेदान्तका द्वैताद्वैत हुन् चाहे न्ययका प्रमाण प्रमेय सबै जीवन दर्शनका आदि स्रोत हुन् । चाहे वैशेषिकको अणुवाद होस् चाहे मीमांसाको कर्मफल सबै हम्रै जीवनलाई सत्मार्गमा अघि बढाउने मूल मन्त्र हुन् । आजको विश्व परिवर्तनमा यस्ता दर्शनको अवलम्बन नितान्त आवश्यक छ ।
यिनै दर्शनबाट विमुख भएर नै आज विश्मा अन्धकारको आँधी छाएको हो । जीवनको सार तत्व बुझन् नसकेर नै अजको विश्व मानव मदिराको मातमा मुर्झाएको छ । समस्त मन विचलित भएका छन् अनि निराशाका साङ्लाले निरन्तर निमोठिरहेको छ मान्छेलाई ।
हो आज अमन चैन हराएको छ । चिन्ताको चङ्गुलमा फसेर कर्तव्यहीन बन्दैछ मान्छे ।स्वयं अमृतको घडा बोकेर अन्धकारमा विष खोजिरहेको छ । अतः अब जाग्नुपर्ने समय आएको छ। आनन्दको मुहान नै मारेपछि मन विचलित हुनु स्वभाविक हो । यो केवल नैतिकता विमुख हुनुको परिणति हो । किनकि ‘स्वधर्मे निधनं श्रेय’(गीता) त्यत्तिकै भनिएको होइन । स्वधर्म भनेको स्वसंस्कृतिको संरक्षण हो । आफ्नो कर्तव्यको पालना हो । सत्यको मार्गमा लाग्नु हो । परोपकारी बन्नु हो ।
यसैले हामी सभ्यता र संस्कृतिमा धनी छौँ । हाम्रा आफ्नै मूल्य मान्यता छन् । सबैको कल्याण चाहने, सबैलाई बन्धुसमान व्यवहार गर्ने, आफू जस्तै अरुलाई पनि देख्नसक्ने चेतनाको दीयो बोकेका हामी स्वयं बत्तीमुनिको अध्यारो बन्नु हुँदैन । हाम्रा संस्कृति र सभ्यताको खोज गर्नु, आफ्नै पन र प्रकृतिलाई आजको परिवेशमा हुर्काउनुपर्दछ ।
टुपी, श्राद्ध, व्रत र तीर्थ नै धर्म हो भन्ने मानसिकताले सनातन धर्ममा भएको ज्ञानको महत्वलाई ओझेलमा पारेको छ। सेवा नै धर्म हो, अरू सबै कपोलकल्पित हुन् भन्ने आंशिक सत्यले वास्तविक धर्मबाट नेपाली समाजलाई विमुख बनाएको छ। जब हाम्रो एउटा आँखाले वेद, उपनिषद्, गीता, दर्शन, नीति, पुराणहरू देख्थ्यौं तब अर्को आँखाले विकृत, अधर्म र विसंगतिले भरिएको समाज पनि देख्थ्यौं। गौरवशाली अतीत हुँदाहुँदै पनि किन आज हाम्रो आँखामा ज्ञानको अन्धोपना छायो? किन हामीले हाम्रा पूर्वज ऋषिमुनिहरूको ज्ञान तथा दर्शनलाई अपनाउन सकेनौं? किन दियोमुनिको अँध्यारो भयौं?
किन टाढाटाढासम्म सम्मानित रहेको हाम्रो पूर्वीय दर्शन आज आफ्नै घरआँगनमा अपमानित हुन पुग्यो? यो विषयमा अब नेपालका विद्वान्, राजनीतिज्ञ, धार्मिक गुरु, युवा विद्यार्थी तथा समस्त चेतनशील वर्गले भित्रैदेखि आत्मसात् गर्नुपर्ने देखिन्छ।सनातन धर्म भनेको प्राकृतिक सृष्टिका साथसाथै उदय भएको हो । जसको नाश छैन साथै उत्पत्ति पनि छैन । भईरहने र रही रहनेलाई सनातन धर्म भन्दछन् । त्यस्तै हिन्दू धर्म पनि सनातन धर्मको अभिन्न अड्ड मानिएको छ । जस्तो आत्मा र परमात्माको भिन्नता छैन नाम अलग भएतापनि कारण बस्तु एक हो । नबुझ्नाले द्वैत दृष्टि देखिएको मात्र हो । मूलतः सनातन धर्म र हिन्दू धर्म एक आपसमा बाधिएर प्राकृतिक सृष्टिको साथ साथै आएको हो । यसमा आदि अन्त्य केही पनि हुदैन, छैन ।
धर्मका मूल दुई अर्थ छन्: गुणबोधक अभिलक्षणा (पानीको बग्नु, हावाको चाल हुनु) र धारण वा वरण गरिएको आचरण । यस हिसाबले धर्म विज्ञान र अध्यात्म दुवैसँग जोडिन्छ । प्राकृतिक गुणवर्णनतिर जाँदा यो विज्ञानमय हुन्छ । वरण गरिएको विश्वासमा आधारित आचार वा मतावलम्बी हुन गए त्यो अध्यात्ममय हुन जान्छ ।वस्तु र विश्वास दुवै विज्ञानका अध्ययन क्षेत्र हुन्- खालि विज्ञानको फाँट विभाजनका कारण फरक जस्ता देखिन्छन् । नेपालमा सनातन धर्मलाई हिन्दू धर्म भनेर व्याख्या गरिने गरेको पाइन्छ तर नेपालको प्रागऐतिहासिक पाटोलाई हेर्दा सनातन र हिन्दू धर्म एकै थिएनन् र होइनन् भन्ने देखिन्छ ।
वैदिक सनातन धर्म सत्य र ऋतको एकीकृत स्वरूप
वैदिक सनातन धर्म सत्य र ऋतको एकीकृत स्वरूप हो | नेपाल ऋषिले निर्माण गरेको सनातन वैदिक धर्मप्राण मौलिकता युक्त राष्ट्र हो र वैदिक, जैन बौद्ध, किरात धर्म र संस्कृतिको उद्गमस्थल हो | प्राचीनवैदिक, जैन तथा बौद्ध साहित्यहरूमा धर्म शब्दको प्रयोग नितान्त फरक अर्थमा प्रयोग गरिएको छ | अनुवादले निम्त्याएको त्रासदिमा मनु, पराशर, जैमिनी जस्ता प्राचीनतम ऋषिहरूले गुणहरूका लागि प्रयोग गरेको “धर्म” शब्द सम्प्रदायको साँघुरो घेरामा थुनिएको छ | बाइबलको काल निर्धारणलाई प्रमाणिक मान्ने पूर्वाग्रही परम्पराले वैदिक संस्कृतिको प्राचीनता उपर धेरै समस्याहरू आमन्त्रित गरेको छ तर वैदिक संस्कृतिको प्राचीनता अस्वीकार गर्नेहरू क्रमशःपराजित हुँदैछन् |
हिन्दू धर्मसंग सरोकार राख्ने, हिन्दू धर्मलाई पटक्कै मन नपराउने र आफुलाई नास्तिक भन्ने यी तीनै प्रकल्पका व्यक्तिहरूले हिन्दू धर्मको प्राचीनतालाई अस्वीकार गर्न सक्दैनन् | उनीहरू चाहेर वा नचाहेर हिन्दू संस्कृतिको प्राचीनतालाई स्वीकार गर्न बाध्य भएका छन् | आज कसैलाई स्वीकार्य भएपनि नभए पनि वैदिक हिन्दू सनातन धर्म विश्वको सबैभन्दा प्राचीन, विविधतापूर्ण र सबैभन्दा बढी धार्मिक ग्रन्थहरू भएको जीवन्त संस्कृतिका रूपमा स्वीकृत भएको छ |
प्राविधिक रूपमा प्राचीन जैन र बौद्धहरूको मात्रिशक्ति पनि वैदिक सनातन संस्कृतिनै हो | उनीहरू स्वतन्त्र धर्म हुन्रछन् |जैन र बौद्धहरूले वेदलाई “ज्ञानको, धर्मको, मोक्षको सबैभन्दा आधिकारिक र अपौरुषेय” प्रमाणिक ग्रन्थ हो भन्ने तत्थ्यसंग विमति राख्छन् | स्वतन्त्र धार्मिक समूह भएको नाताले वेदलाई “समग्र प्रमाणको रूपमा स्वीकार्न नगर्नु” स्वाभाविक हो तर “वेदलाई मान्दैनन्” भन्नु उचित होइन | जैन तथा बौद्ध साहित्यहरू वैदिक र उपनिषदीय ज्ञानले भरिपूर्ण छन् |
एसैगरी शिख, कृष्णप्रणामी, कवीरपन्थी आदिजस्ता आधुनिक पन्थहरूपनि वैदिकनै हुन् । उपासनाका दृष्टिले हिन्दूनैहुन् |केही अपवाद पनि छन् ती छेपारोझैं रङ्ग परिवर्तन गर्ने पन्थहरूको जतिसक्दो छिनोफानो हुनुपर्छ | मुसाईहरूको भलो गर्न हिन्दूको अभिनय गर्नेहरूसंग सावधान रहनुपर्छ र सावधान गर्नुपर्छ | यदि कसैले आफ्नो गुरू आदेश पालन गर्दै आफ्नो गुरुवाणीलाई वेद भन्दा उच्च तहमा राख्छ न्भने उनीहरूको आन्तरिक विश्वास र आस्था हो |
हिन्दू संस्कृतिमा विकसित भएका सम्प्रदायहरूले छुट्टै उपासना पद्धतिहरूको विकास र अभ्यास गरेतापनि उनीहरू वेद, उपनिषद्तथा पूरानहरूकै वरिपरी घुमिरहेका हुन्छन् | हिन्दू संस्कृतिका पक्षधरहरूले “सनातन संस्कृति” नै सङ्कटमा परेको अवस्थामा एकअर्कोमा दोषारोपण, दोषहरूको खोजि निधि र शास्त्रीय र अशास्त्रीयको गोलघरमा पस्नु हुँदैन |
वैदिक सनातन धर्मको प्रचलित नाम “हिन्दू” हो | यदाकदा केही सर्वसाधारणसहित विद्वानहरूले पनि “हिन्दू” मुसलमानहरूले राखेको “हीनताबोध” नाम जनाउने भएकोले “”सनातन धर्म” भन्नुपर्छ भन्ने अभिमत राख्नु भएको पढ्न र सुन्न पाइन्छ | हिन्दू धर्म र सनातन धर्मको विवाद मूलत: सृजित हो | वैदिक सनातन संस्कृतिको प्राचीनता, मौलिकता, साहित्यिक प्रचुरता र गहनता तथा वैश्विकताबाट पिरोलिएकाहरूले”एकआपसमा द्वन्द सृजित” गराउने मनसाय रोपेको विषवृक्ष हो | सनातन धर्म भन्नु र हिन्दूधर्म भन्नुमा कुनै फरक छैन | सनातन धर्म भन्नेले सनातन धर्म भनौं, हिन्दूधर्म भन्नेले हिन्दूधर्म नै भनौं |
आदि योगीका रूपमा भगवान् शिवलाई मानिन्छ। वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख भएको पाइन्छ। योग प्राचीन ऋषि मुनिहरूको अनवरत तपस्या र साधनाबाट विकसित भएको हो।नेपालमा प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो।योगको विकास क्रममा खास गरी नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ।
नेपालभूमि धर्म, सभ्यता र संस्कृताको सुन्दर बँगैचा
अनन्तकालदेखि नेपालभूमि धर्म, सभ्यता र संस्कृताको सुन्दर बँगैचा हो । यही भूमिमा प्रादुर्भाव भएका बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख आदि सबैको मूल वैदिक सनातन हिन्दु धर्म र संस्कृति हो ।नेपालमा बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख आदि सहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन (हिन्दू) धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनता बसोबास गर्दछन् । यसले नेपालको विशिष्टता झल्काउँदछ ।
यस्तो तथ्य र तथ्यांकलाई नजरअन्दाज गरेर, हाम्रो मौलिकतालाई बिर्सिएर, हाम्रो शक्ति र एकतालाई खण्डित गर्ने गरी लिइने निर्णयले नेपाल र नेपालीलाई कमजोर बनाउँदै लैजाने छ । नागरिक जति शिक्षित हुन्छन्, जति बढी चेतनाको उचाइमा पुग्छन्, जति सम्पन्नता थपिँदै जान्छ त्यति नै आफ्नो मौलिक परम्परा, सभ्यता र संस्कृतिप्रति अपनत्व लिँदै जान्छ, त्यसमा गर्व गर्दछ र त्यसलाई आफ्नो वास्तविक पहिचान ठान्दछ । यसको पुष्ट्याइँ खोज्न वर्तमान विश्वलाई नै नियाल्दा काफी हुन्छ भन्ने लाग्दछ ।
शैव संस्कृति भन्नाले शिवको पूजा गर्ने, अनुसरण गर्ने भन्ने बुझिन्छ। र, यो अरुभन्दा सनातन, विशिष्ट अनि सर्वोच्च रहेको बुझ्न सकिन्छ। यसभित्र पनि विभिन्न ४ सम्प्रदाय विद्यमान छन्। पाशुपत, कालामुख, कापलिक र लिंगायत। इतिहासमा शैव संस्कृति संसारभर अनुसरण भएका तथ्यहरू भेटिन्छन्। शिवलिंग अर्थात् शिवको प्रतीक संसारका विभिन्न देश वा स्थानबाट उत्खनन भएका छन्। भ्याटिकन सिटी, मेसोपोटामिया, मक्का– मदिना, रुस, कम्बोडिया, थाइल्यान्ड आदि ठाउँ यसका उदाहरण हुन्। यस तथ्यलाई आधार मान्ने हो भने के शिव वा शैव संस्कृति संसारका प्राचीन पेगान सभ्यता, स्लाव सभ्यता, माया सभ्यता, इनका सभ्यता आदिमा पनि अनुसरण गरिएको थियो ? किनकि यी सबै सभ्यतामा समानता छ जसमा बहुलवाद अनुसरण गरिएको छ जसमा प्रकृतिको पूजा गरिन्थ्यो।
शैव संस्कृतिअन्तर्गतको सामाजिक प्रणाली साम्यवादी
शैव संस्कृतिअन्तर्गतको सामाजिक प्रणाली साम्यवादी थियो, स्त्री – पुरुषलाई समान दर्जा थियो अर्थात् शैव संस्कृति भनेकै पुरुष र प्रकृतिको सम रूप थियो। उदाहरणका लागि, हामीले देखेका हरेक आकृतिमा शिव र पार्वतीलाई समान हैसियतमा चित्रण गरिएको छ। उनीहरू समान स्थानमा बसेका हुन्छन् जसको अर्थ भेदभावरहित समतामूलक अवस्था दर्शाउनु हो। शिवलाई अर्ध नारेश्वर पनि भनिन्छ जसको अर्थ आधा नारी र आधा पुरुषको विम्ब हो।
हाम्रा हरेक सभ्यताजस्तै किराँत, बोन आदिमा पनि शिवलाई प्रमुख शक्ति वा देवताका रूपमा स्थान दिइएको छ। सारांशमा शैव संस्कृति प्राचीन–वैदिक कालदेखि अनुसरण हुदै आएको र यो समतामूलक, भेदभाव रहित, सुसंस्कृत एवं समृद्ध रहेको पुष्टि हुन्छ।
शिव, हिन्दू धर्मको त्रिभुज (तीनवटा प्रमुख देवता ब्रह्मा, विष्णु र महेश) मध्यका सर्वोच्च देवता हुन्। शिवलाई विनाशको देवता पनि भनिन्छ। तर, एक प्रसंगमा शिवको व्याख्या गर्ने क्रममा सद्गुरुले शिवको अर्थ ‘जो अस्तित्वमा छैन वा जो छैन’ हो भनेका छन्। अर्को शब्दमा शिव गैरशारीरिक वा अ–भौतिक भनेका छन्। जसको कुनै सीमा छैन, अनन्त छ।भौतिक भन्नाले जुन चिज, जसलाई हाम्रा पाँच इन्द्रीयले महसुस गर्न सक्छन्।यस अतिरिक्त, आदियोगीलाई पनि शिव भन्ने गरिएको छ, किनकि जसले बुझेको छ जुन छैन र त्यो नै परम सत्य हो। उनका अनुसार यस परम सत्य बुझ्ने जो पनि शिव हुन सक्ने उनको मत छ।
शिवलाई ‘यक्ष्य स्वरूप’ पनि भनिएको छ जसको अर्थ हुन्छ तीन प्रकारका प्राणीहरू जो मानव होइनन्। त्यसो भए के शिव भनेको मानव बुद्धि ( चेतना) को सर्वोत्तम उपयोगको स्थिति वा परम सत्य हो? यदि हैन भने, के शिव अलौकिक थिए ? जो छुट्टै ग्रह, पिण्ड वा लोकबाट आएर मानव बुद्धि (चेतना), विवेक र चिन्तनको प्रवर्द्धक बने?धर्मशास्त्रअनुसार शिव सधैँ गणहरूको वरिपरि हुने गर्थे अर्थात् गणहरू नै शिवका परम मित्र थिए तथापि शिवका अनुयायीहरू थिए, श्रीमती थिइन्, प्रशंसकहरू थिए। गणहरू (नन्दी, भृंंगी, वीरभद्र, चन्देश्वर आदि), जसलाई पुराणमा विकृत प्राणीका रूपमा व्याख्या गरिएको छ।
उनीहरूको अंगहरू (हात–खुट्टा ) मा हाड हुँदैनथ्यो र ती अंग शरीरका अनेक भागबाट उत्पत्ति हुन्थ्यो। के यी गण त्यतिबेलाका मानव जाति वा मानवमा विकसित हुने क्रमका जीव थिए?अझ, शिवलाई विशाल कद भएको, ऊर्जाशील, ध्यानापरणीय आदि व्यक्तित्वले व्याख्या गरिएको छ। शिव लगभग ९ फिट अग्लो रहेको जिकिर गरिएको छ। शिव गणहरूको वृत्तमा हुने र शल्य ज्ञानको प्रयोग भएको कुराको पुष्टि, उनका पुत्र गणेशको शिर काटिएपश्चात् उनले आफ्नै साथीमध्येको गणको शिर काटेर गणेशको टाउको जोडेको घटनाले गर्छ।
त्यसैले गणेशलाई ‘गणपति’ भनियो तर मानिसले त्यो हात्तीको टाउको भएको सम्झिएका छन्। त्यो हात्तीको टाउको र सुँड नभई गणको टाउको र अंग हो जुन हाडरहित थियो। यदि हात्तीको टाउको हुन्थ्यो भने उनलाई ‘गजपति’ भनिन्थ्यो होला किनकि गजको अर्थ हात्ती हो। तर, उनी गजपति हैन, गणपति हुन्। पछि शिवले गणेशलाई गणहरूको अगुवा बनाएको विश्वास छ। तसर्थ उनी गणपति भए, मतलव गणहरूको अगुवा।
यसबाहेक, शिवको कोही पनि जैविक सन्तान छैनन्। उनलाई हरेक पुराण, वेद वा कथाहरूमा जहिले पनि वयस्क वा एकै उमेरमा चित्रण गरिएको छ। यसको मतलव के शिव कुनै एक निश्चित समयका लागि आएर फर्किए वा के शिव भनेको कुनै छुट्टै विशिष्ट मानव जाति वा जीव प्रकार हो ? जसको विभिन्न कालखण्डमा जाने–आउने क्रम थियो र जारी छ?
शिव मात्र हैन, हामीले मानेका अरु देवी–देवताहरूको पनि आउने जाने क्रम भएको बुझ्न सकिन्छ। उदाहरणका लागि, त्रेता युगमा पनि जब हनुमानले लंकामा आगो लगाएर सखाप हुन्छ, त्यसबखत पनि रावणले विश्वकर्मालाई बोलाएर (अर्कै लोकबाट) केही दिनमै लंकाको पुनर्निर्माण गराएका थिए। जो त्यस कालका अत्यन्त प्रखर अभियन्ता (इञ्जिनियर) जसको कला– कौशल, सीप र ज्ञान पृथ्वीमा बस्ने प्राणीको भन्दा अधिक र परम भएको हुन सक्छ।
अब एउटा प्रश्न आउन सक्छ, यदि हाम्रा सबै देवी–देवता बाहिरी दुनियाँबाट आएका हुन् अथवा बाहिरी दुनियाँमा स्थित छन् भने अहिलेको युगमा किन देखा परेनन्? किनकि अरु युग सत्य युग, त्रेता युग अनि द्वापर युगमा यी परम ज्ञानीहरूको देवी –देवतासँग संवाद भएको, भेट भएको आदि घटना वर्णन गरिएका छन्।
सायद कुनै कालखण्डमा उनीहरूसँग हुने संवादको मार्ग टुट्यो कि? नष्ट भयो कि? तत्पश्चात वर्तमान मानव चेतनाले त्यो टुटेको मार्ग जोड्न सकेको छैन वा प्रयासरत छ। वैदिक दर्शनको त्रिभुजमा ब्रह्मा, विष्णु र महेश( शिव) लाई सर्वोच्च मानिन्छ। ब्रह्माको अर्थ रचयिता, विष्णुको अर्थ पालनकर्ता (संरक्षक) र शिव अर्थात् विनाश भनेर बुझिन्छ।
शिवको प्रतीक शिवलिंग जसले यस ब्रह्माण्डको सम्पूर्ण शक्ति (ऊर्जा) को प्रतिनिधित्व गरेको छ। शिवसँग सम्बन्धित कुनै पनि उत्पत्ति वा भौतिक आवरणको वर्णन छैन। शिवलिंगलाई वर्णन गर्दा तल्लो भाग ब्रह्मा, मध्य भाग विष्णु र माथिल्लो भाग शिव भनेर व्याख्या गरिन्छ। शिवलिंगको दीर्घवृत्ताकारको अर्थ ब्रह्माण्ड जसको न कुनै सुरुवात छ न कुनै अन्त्य।
यस अलावा, ब्रह्माण्डमा रहेका सबै भौतिक पदार्थ परमाणुबाट बनेका हुन्छन् जसमा प्रोटोन, न्युट्रन र इलेक्ट्रन समावेश हुन्छ जुन शक्ति (ऊर्जा) को प्रारूप हुन्।प्राचीनकालमा प्रोटोन, न्युट्रन र इलेक्ट्रन थिएन तसर्थ परम ज्ञानीहरूले लिंगम, विष्णु र ब्रह्मा शब्द प्रयोग गरेर परमाणुको व्याख्या गरेका छन्।त्यसैले, प्रकृतिको सबैभन्दा सानो रूपलाई दर्शाउन, प्राचीन ऋषिले शिवलिंगको प्रयोग गरेको बुझ्न सकिन्छ।
शिवलिंग त्यही परमाणु संरचनाको वर्णन गर्न प्रयोग भएको हुन सक्छ। परमाणु संरचनामा प्रोटोन र न्युट्रनलाई इलेक्ट्रनले (प्राणु र नाभीकणलाई नाभिकबाह्ले) घेरेको हुन्छ। धन आवेश अर्थात् सकारात्मक विद्युतीय गुण (चार्ज) भएको विष्णु अर्थात् प्रोटोन, उदासीन अर्थात् विद्युतीय गुण (चार्ज) विहीन शिव अर्थात् न्युट्रन र ऋण आवेश अर्थात् नकारात्मक विद्युतीय गुण (चार्ज) भएको ब्रह्मा अर्थात् इलेक्ट्रन। यी तिनै तत्वको समिश्रणले शक्ति (ऊर्जा) निर्माण हुन्छ।
यदि, हामीले विष्णुको आकृति हेर्यौँ भने त्यहाँ ब्रह्मालाई विष्णुको नाभीकमल मानिएको छ र ब्रह्मालाई कमलको फूलमा विराजमान भएको देख्छौँ जसको अर्थ इलेकट्रन (ब्रह्मा) को प्रोटोन ( विष्णु) प्रति आकर्षित हुने र घेर्ने प्रकृति उजागर हुन्छ। किनकि यी दुईको विपरीत विद्युतीय गुण (चार्ज) हुन्छ। त्यस्तै न्युट्रन (शिव)लाई केन्द्रीय परमाणु मानिएको छ। तसर्थ शास्त्रअनुसार शिवलाई भंग वा अलग गरेन भने शान्त रहन्छ। शिव शान्त रहँदा शक्ति (ऊर्जा) ले रेणुकाको रूप धारण गर्छ।
रेणुका अर्थात् परमाणु संयोजन गर्ने क्षमता जसले रेणु उत्पादन गर्छ। रेणु अर्थात् अणु (अंग्रेजीमा मोलेकुल)। दुई परमाणुबाट अणुको उत्पत्ति हुन्छ। तसर्थ वैदिक दर्शनमा शिवलाई शक्तिसँग समायोजन गरिएको छ। त्यसैले शक्तिलाई शिवको अर्धांगिनी, जीवनको हिस्साको रूपमा चित्रण गरिएको छ। र, सधैँ शिवको साथमा राखिएको छ। जब–जब शक्तिलाई शिव (नाभीकण)बाट अलग गरिन्छ तब महाविपत्ति घटित हुन्छ जसको अर्थ शक्ति आतंकमा बदली हुनु हो। यसलाई वैदिक दर्शनमा महाकाली, रुद्रायणीको रूपमा चित्रित गरिएको छ।
हाम्रो वैदिक सभ्यतामा यसको व्याख्या शिव – शक्तिको अवधारणाले गर्छ। त्यस्तै, अरु सभ्यतामा अरु कुनै नाम हुन सक्छ। जस्तैः ताओ सभ्यतामा यिन – यांगले दर्शाउने गरेको छ।यसका विभिन्न भाषिक बोध छन्, नारी र पुरुष, नकारात्मक र सकारात्मक आदि। यी सबै हामीमा र हाम्रो वरिपरि हुने ऊर्जाको वर्णन हो। जस्तैः सूर्यमण्डल पनि त्यही परमाणु संरचनाको विराट रूप हुन सक्छ जसमा सूर्य नाभीकण अनि ग्रह र चन्द्रमाहरू प्राणु र नाभीकबाह् नहोलान् भन्न सकिन्न। यी सबै चिज छर्लंग हुन मानव चेतना सर्वश्रेष्ठ अवस्थामा हुन अनिवार्य छ। यो अज्ञानताबाट मात्र सम्भव छ किनकि हाम्रो अज्ञानता असीम छ। हामीले अज्ञानता स्वीकार गर्दा, हाम्रो चेतना परम हुन्छ। किनकि हामी पहिल्यै निष्कर्ष वा सीमित ज्ञानको स्थितिमा रह्यौँ भने मानव चेतना परम हुन सक्दैन। तसर्थ, निष्कर्षमा हैन चेतना वृद्धिको प्रक्रिया र मार्गमा समर्पित हुन अत्यावश्यक छ।
वैदिक सभ्यता र नेपाल
विश्वकै अनुपम प्राकृतिक आभूषणयुक्त देश । पृथ्वीको धुरी नेपाल । भौगोलिक रूपमा मात्र यो भूखण्ड अब्बल छैन । बरु योग, संस्कृत भाषा, आयुर्वेद, खगोल विज्ञान एवं विश्वकै दुर्लभ संस्कारको उद्गम भूमि नै नेपाल हो । यही भूमि वा हिमवत्खण्डमा सृष्टिको प्रथम बीज उत्पन्न भएको थियो । जसलाई नेपालको कालीगण्डकी नदीमा उत्पन्न भइरहेका शालिग्राम अर्थात् करोडौं वर्ष जीवाष्मले प्रमाणित गरिरहेको छ । यस्तै मुस्ताङको ओढारमा उत्खनन गरिएको २८ हजार वर्ष अघिदेखिको प्राचीन चित्रकलाले पनि ध्यान र योग नेपालबाटै प्रारम्भ भएको प्रमाण मिल्छ ।
शिवजीको क्रीडा र साधना स्थल, अनेकौं महापुरुषको तपोभूमि, पाणिनि ऋषिले माहेश्वराणि सूत्राणिको सूत्रपात गरेको स्थल, अष्टावक्र, ऋषि, राजऋषि जनक, गौतम बुद्ध, नाथ परम्पराका मत्स्यन्द्रनाथ, गोरक्ष नाथ, स्वामी प्रपन्नाचार्य, राष्ट्रयोगी नरहरिनाथ, खप्तड बाबा, योगमायालगागायत योगीहरूको तपोस्थल नै विश्वम सर्वप्रथम योग प्रारम्भ भएको स्थल हो । १९४७ अगस्ट १५ अर्थात् ७५ वर्ष अघिसम्म इन्डिया छुट्टै देशको रूपमा अस्तित्वमा थिएन । २६ जनवरी १७८८ सम्म वा लगभग साढे २ सय वर्ष अघिसम्म अष्ट्रेलिया अस्तित्वमा थिएन । ४ जुलाई १७७६ अर्थात् लगभग अढाई सय वर्ष अघिसम्म अमेरिका अस्तित्वमा थिएन तर नेपालको चाँगुनारायण नै सन् ४६४ वा लगभग ३ हजर वर्ष पहिल्यै बनेको थियो ।
दशौं शताब्दीअघि लिखित शिव पुराणमा ‘नयपाल इति नेपाल’ भनेर उल्लेख हुनु, माता पार्वतीकै जन्म स्थलको रूपमा पर्वत जिल्ला देखिनु, ऋषि पराशरले तपस्या गरेको स्थल नवलपरासीकै रूपमा भेटिनुजस्ता कारणले योग भूमि नेपाल, शिव भूमि हिमालय खण्ड नेपाल नै रहेको भेटिन्छ ।
उच्च हिमाल सगरमाथासहित ८ हजार मिटर माथिका १४ वटा हिमाल र अन्य नामकरण भएका ८६६ हिमाल नेपालमै रहेको देखिन्छ । पुराण, वेदले उच्च हिमाल र हिमवत्खण्ड नेपाल नै रहेको, पार्वतीका अङ्ग पतनका स्थलहरूमा विभिन्न पीठहरू रहेकाले पनि नेपाल शिव र योगको आदि भूमि रहेको यथेष्ट प्रमाण मिल्छ । ऐतिहासिक विवरण, पौराणिक ग्रन्थ, पुरातात्त्विक स्रोत र भूगर्वको प्रमाणले पनि नेपाल विश्वकै सर्वप्राचीन योग प्रादुर्भाव भूमि रहेको पाइन्छ ।नेपाल र नेपाली सनातन धर्म, संस्कृतिका अनुयायी तथा उत्तराधिकारी हौँ ।
हामी सनातनीले विश्वका कुनै पनि पन्थ वा सम्प्रदायको विरोध गर्दैनौं । हरेक नेपालीले (धर्मपरिवर्तन गरेर इसाई, मुस्लिम बनेका वा परम्परागत मुसाई वाहेक) विश्वका जुनसुकै उपासना पद्धतिले ईश्वरकै प्राप्ति हुन्छ भनेर सम्मान गर्छौं । आजको तनावग्रस्त विश्वका लागि सनातन धर्ममात्र एकमात्र निर्विकल्प साधना हो जसले विश्व–भातृत्वका आधारमा दिगो शान्ति स्थापना गर्न सक्छ । त्यसैले हरेक सनातनीले अधिकतम सद्गुणहरूको अवलम्बन गर्दै सनातनधर्मका मूलभूत सिद्धान्त तथा व्यबहारलाई विश्वसामु पसिक्नुपर्छ ।
आजको विश्व सनातन धर्मलाई जान्न र मान्न लालायित छ, भोको छ । विश्वका मान्छेहरू सनातन धर्मका अविनाशी गुणहरू प्राप्त गर्दा अत्यन्त शान्ति र सुखको अनुभव गर्ने छन् । “हरेक आराधना पद्धति ईश्वरकै प्राप्तिका मार्ग हुन्“ भन्ने उदात्त तथा सनातन विचार भएको कुनै पनि हिन्दूले धर्मपरिवर्तन गराउंदैनन् र धर्मपरिवर्तन गराएर कसैलाई हिन्दू बनाउने आवश्यकता पनि छैन । एक पटक सनातन धर्मका मूलभूत गुणहरू जानेपछि, बुझेपछि र साधना गरेपछि मान्छेहरू स्वतः विचार परिवर्तन हुन्छ । संसारको हरेक व्यक्ति प्राकृतिक रूपमा हिन्दू नै हुनेहुँदा हृदयपरिवर्तन हुन्छ, चोला होइन ।
हामीले मान्दै आएको सनातन धर्म यति विशाल र शाखायुक्त भएको छ कि यसभित्र आजको पुस्तासँग हजारौं प्रश्नहरू छन्, जिज्ञासाहरू छन् तर तिनको एकमुष्ट र एकसमान समाधान कतै उपलब्ध छैन । सबैभन्दा अग्लो मन्दिर बनाउने प्रतिस्पर्धा त हुन्छ । तर, प्रश्नै प्रश्न बाँचिरहेको नयाँ पुस्तालाई कसरी धर्मसंस्कृतिको शिक्षा दिने भन्नेबारे कसैको ध्यान पुग्दैन । शिक्षा परको कुरो भयो र ऐच्छिक भयो । तर, सामान्य प्रश्नको उत्तर दिनेसम्मको ज्ञान हामी आफैंलाई छैन ।
जसरी गैरहिन्दूहरू संस्कृतलाई हिन्दू धर्म मानेर पढ्न हिच्किचाउँछन्, त्यस्तै केही हिन्दूहरू पनि संस्कृत पढ्नुलाई नै हिन्दू हुनु भन्ने गलत मान्यता बोक्दा रहेछन् । केहीलाई लामो टुप्पी, सेतो या पहेँलो कपडा, तोकिएको खाना र संस्कृतका केही श्लोक नै धर्म हो जस्तो लाग्छ । भारत आज हामीले राजनैतिक मानचित्रका आधारले हेर्छौं तर त्यो होइन प्राचीन धर्म, संस्कृति, वैदिक ज्ञान आदिमा भारत यति देखिएको चित्र मात्र होइन । यहाँको जीवन शैली, संस्कृति, संस्कार, ज्ञान केवल आज हामीले मानचित्रमा छुट्टिएका भारतको मात्र कुरा होइन ।
पश्चिममा पारसी सभ्यता, उता उत्तरमा हिन्दुकुश पहाड, यता हिमालय (पूर्वमा बर्मा, हाल म्यान्मार) तथा थाइलैण्डसम्म फैलिएको भूभाग । अनेक राजा महाराजाहरूद्वारा शासन गरिएका देशहरू । तर धर्म, संस्कृति, संस्कारले भित्रबाट एक भारतको आत्मा भनेको वेद, उपनिषद्, रामायण, गीता, महाभारत, अठार पुराण आदि हुन् । यी हाम्रा प्राण हुन् । हामी आज आफूलाई नेपाली भनेर अलग्गै पनि राख्न खोज्छौं । हाम्रो भाषा, रीति-रिवाजले कालान्तरमा केही रुप फेर्नाले हामी आफू अलग भएको भान गर्दछौं । तर भित्र हामीसँग भारतीय ज्ञान दर्शन अवश्य छ । हामीले त्यसको साधना गर्न सकेका छैनौं अथवा गर्न चाहेका छैनौं ।
किराँत, हिन्दू र बौद्ध धर्म नै सनातन धर्म
साधारण अर्थमा सनातन भनेको शाश्वत या सधैं कायम रहेको भन्ने बुझिन्छ। सनातन धर्म भन्ने बित्तिकै कतिपयले हिन्दू धर्म बुझ्छन्। तर, सनातन धर्म भनेको प्राचीन कालदेखि निरन्तर प्रयोगमा रहेका सबै धर्म हुन्। नेपालको सन्दर्भमा किराँत, हिन्दू र बौद्ध धर्म नै सनातन धर्म हुन्।
आज हिन्दू शब्दले वैदिक सनातन संस्कृतिको प्रतिनिधित्व गर्छ| सत्रौं शताब्दिमा अंग्रेजीको“रेलिजन”शब्दलाई धर्म शब्दको पर्यायवाची मानेर अनुवाद गर्न थालियो | विदेशी सम्प्रदायहरूलाई “धर्म” शब्दमा बुझ्ने/बुझाउने प्रचलन बढ्दै जाँदा हिन्दू सनातन संस्कृतिलाई समेत “विदेशी सम्प्रदाय”का दुर्गुणसंग गाँसेर मानसिक व्याख्या गर्न थालियो | वैदिक सनातन संस्कृति र विदेशी सम्प्रदायहरूलाई “धर्म”को डोकोमा हालेर बुझ्ने/बुझाउने”विदेशी सम्प्रदायहरूको षड्यन्त्र” सफल हुँदा सनातनीहरूमा”हिन्दू र सनातन”मा मसिनो विवाद उत्पन्न भएको हो |
इसाईहरू ज्यादै एकलकाटे, घृणावादी र आफु बाहेक एकअर्काको धार्मिक तथा सांस्कृतिक अस्तित्वलाई अस्वीकार गर्ने भएकाले तिनकैतहमा हिन्दूलाई “धर्म”का रूपमा सम्बोधन गर्दा र सर्वसाधारणले मुसाईहरूका अत्याचारको भारीसमेत हिन्दूहरूले बोक्नु परेको छ | अव सबै मिलेर यो बोझ उतार्नु पर्ने छ |
वैदिक संस्कृतिरुपि वृक्षका स्वतन्त्र शाखाका रूपमा जैन, बौद्ध र शिखहरू विकसित भएका हुन् | जैन, बौद्ध र शिखहरू सनातनी हुन् तर हिन्दू होइनन् | प्राचीन वैदिकहरूले यो सत्यलाई आत्मसात गर्दा “जैन, बौद्धरशिख”हरूसंग समान तहको विश्वसनीय सम्बन्ध स्थापित हुन्छ | एकैवृक्ष, एकै धरातल. एकै प्रकारका भाषाहरू र एकै प्रकारका आचार व्यबहार भएका “सनातनी” बीच अधिकतम सहकार्य गर्नुको विकल्प छैन | तक्षशीला आदि प्राचीन गुरुकुलहरूमा समेत“श्रमण र ब्राह्मण”दूवै सनातनीहरूले समान तहमा शिक्षादीक्षा प्राप्त गर्ने र स्नातक भएपछि आ-आफ्नो मतको यशोवर्धन गरेको इतिहास नै “सहकार्य”को बलियो ऐतिहासिक प्रमाण हो, यही नै समावेशीपनको गम्भीर दसी हो |
सनातन संस्कृति प्राकृतिकरूपमा उदारवादी समाज अवश्य हो तर धर्म निरपेक्षतावादी होइन | सन्१७४७देखि सनातनीहरूलाई क्रमशःउदारवादी बनेर “विदेशी सम्प्रदायहरूका क्रियाकलापलाई” स्वीकार गर्न उक्साउने योजनास्वरूप तय गरियो | यो षड्यन्त्रमा विदेशी सम्प्रदायहरूलाई “उदारवाद” बन्ने आवश्यकता थिएन भने हिन्दू, बौद्ध तथा जैनहरूलाई हदैसम्मको उदार बन्न उक्साईयो | एस्तो उक्साहट चिन्तनकोअंग बनेपछि “धर्मनिरपेक्षता”का रूपमा संस्थागत भयो | आज यही उदारता हिन्दू, जैन तथा बौद्ध र आदिवासी जनजातिहरूका लागि आत्मघाती बनेको छ |
वैदिक सनातन हिन्दू, जैन तथा बौद्धहरू विश्वका सबैभन्दा प्राचीन संस्कृति र सभ्यताका अंश हौँ भन्ने तत्थ्यमा शक्तिशाली पूर्वाग्रहको मानसिक र बौद्धिक विकास हुनुपर्छ| हामी हिन्दू, हौँ, हामी जैनी हौँ, हामी बोन हौँ, हामी किराती हौँ र हामी बौद्ध हौँ ।जस्तो प्राकृतिक पूर्वाग्रहको जनजनस्तरसम्म विस्तार र विकास नभएसम्म नेपालका मौलिक धर्म, संस्कृति र असल संस्कारहरूको विकास वा पुनर्जागरण हुनै सक्दैन | पुनर्जागरणको अर्थ हो विदेशीहरूले योजनापूर्वक आफ्नै धर्म, संस्कृतिप्रति“निरपेक्ष” बनाएको हामी सनातनीहरूको मानसिक तथा बौद्धिकतामा “पूर्वाग्रह”को पुन:स्थापित गर्नुपर्छ भन्ने हो |
हिन्दू, जैन, बौद्ध, बोन तथा किराती जस्ता रैथाने धार्मिक तथा सांस्कृतिक समुदायको सबैभन्दा बलियो शत्रु तिनको मन तथा बुद्धिमा रहेको “निरपेक्षता”को चेतना हो | विदेशीहरूलाई आदर गर्नु हाम्रो संस्कृति हो तर उदारताका नाममा आफ्नै धर्म, संस्कृति र ज्ञान प्रतिनिरपेक्षताको आवरण ओढेर आफ्नै धर्म, संस्कृति तथा सभ्यताको विनाश हेर्नु “सांस्कृतिक-आमहत्या”हो |
अव हामीले आफ्नो धर्म, संस्कृति तथा ज्ञानमा (सजगतापूर्वक) गौरवकासाथ पूर्वाग्रहमा अडीग रहने “शक्ति”को विकास गर्नुपर्छ | आरोपित उदारता र निरपेक्षता यी दूवै शब्दहरू आत्मघाती छन् | आफ्नो मौलिक धर्म संस्कृति प्रति गहिरो पूर्वाग्रह गर्ने र विदेशी सम्प्रदायहरू प्रति पृथ्वीनारायणको पूर्वाग्रहनै सनातनिको वास्तविक शक्ति हुनेछ |
उदारता, वैश्विकता, करुणा र समतामूलक समाजको निर्माणको सैद्धान्तिक तहमा विश्वका कुनै पनि राजनैतिक, धार्मिक तथा सांस्कृतिक सिद्धान्तहरूका तुलनामा सनातन धर्म सबैभन्दा स्वीकार्य र सहज छ | विदेशमा विकसित भएका र विदेशीहरूकै करबलले भारत वर्षमा “धर्मको रूपमा” सम्मान प्राप्त भएका विदेशी सम्प्रदायले जतिसुकै प्रयत्न गरे पनि ती वैश्विक रूपमा स्वीकार्य हुँदैनन् | एउटा धार्मिक पुस्तक, पक्षपाति परमेश्वर, अन्यको धार्मिक अस्तित्व स्वीकार्न नसक्ने अतिवादी चिन्तन र स्वर्गको एकमात्र प्रवेश आफुमात्र भएको पूर्वाग्रहले ग्रसित साम्प्रदायिक कठोरताले गर्दा उनीहरूमा वैश्विक बन्ने कुनै सम्भावना नै छैन |
विदेशी सम्प्रदायहरुले गरेका ऐतिहासिक अत्याचारहरूको दोष वैदिक हिन्दू, जैन, बौद्धलगायत नेपाल र भारतका रैथानेहरूले अनावश्यक रुपमा भोग्नु परिरहेको छ | रिलिजनको अनुवाद धर्मका रूपमा गरिएकाले इतिहासमा एकजना उपर पनि अत्याचार नगरेको सनातनीहरूले विदेशी धर्मकै तहको घृणा खप्नु परिरहेको छ |
वैदिक संस्कृतिको वृक्षमा विकसित भएका वा भारतवर्षको भूभागमा विकसित र सघन भएका सम्प्रदायहरूले आफ्नो विस्तारका लागि सधैं “शास्त्रार्थ”को उपयोग गरे | निर्धारित शर्तअनुसार विजेताको शिष्यत्व स्वीकार गर्ने र सोहीअनुसार साधना र जीवन पद्धति अपनाउने भारतवर्षको बौद्धिक विशिष्टता हो | इतिहासको कालक्रममा सनातनी, बौद्ध, जैन सबै विजेता रहे र सबै विजित पनि रहे |
भद्रतापूर्ण सहमतिको कार्यान्वयन श्रद्धाका साथ गरिने हुँदा हिन्दू-बौद्ध, बौद्ध-जैन, जैन-हिन्दूआदि धार्मिक (आस्था समुदाय) समुदायहरू बीच इतिहासको कुनै कालखण्डमा पनि रक्तपातपूर्ण सङ्घर्ष भएका छैनन् | क्रुसेड र जिहादजस्ता क्रूरतम विनाशकारी युद्ध भएनन् | बसुधैव कुटम्वकम्, स्वंस्वं चरित्र शिक्षेरन् पृथ्वीब्या सर्वमानवा, विश्वात्मन, विश्व बन्धुत्वजस्ता चिन्तनहरू विषयमा भारतवर्षमा विकसित भएका सम्पूर्ण धार्मिक समुदायहरू बीच भद्र सहमति छ र यो सहमति आज पनि जस्ताको तस्तै घनिभूत छ |
नेपाल वैदिक र अवैदिक सम्प्रदाय मात्र होइन चीन तथा तिब्बतमा विकसित भएका धार्मिक तथा सामाजिक चिन्तनहरुको पनि मिलन थलो हो | वैदिकहरूको विशिष्टता अनुरुप नै पूर्वमा विकसित भएका धार्मिक तथा सामाजिक चिन्तनहरू बीच प्राकृतिक समावेशीता छ | सबै सम्प्रदायहरूमा आफुलाई जीवित राखेर अरूलाई आत्मसात गर्ने अदभूत क्षमता छ | “अरूलाई दीक्षित गर्नु, शिक्षित गर्नु र अर्काका असल आचारव्यबहारहरू आफुमा अन्तर्निहित गर्नु” वैदिक संस्कृतिको वैश्विक विशिष्टता र महानता हो |
आज क्रमशः विश्वले वैदिक संस्कृतिको यो महान् बैचारिक उदारता, समावेशीपन तथा स्वीकार्यतालाई आत्मसात् गर्दैछ | यदि कुनै संस्कृतिले आजको वैश्विक आवश्यकतालाई सम्बोधन गर्न सक्छ भने त्यो वैदिक संस्कृति (हिन्दू, जैन, बौद्ध, किराती) नै हुन् | क्रुसेड र जिहादमा अल्मलिएकाहरू र साम्यवाद, पूँजीवाद, समाजवादको छलकपटमा अल्मलिएकाहरूका लागि वैदिक- विश्वको ढोका सधैं खुला छ | उनीहरूमा स्वागत छैन हामीहरूमा तिरस्कार छैन | वैदिक-संस्कृति विश्वमानवताको उन्नत आवह्वान हो | भारतमा एउटा ठूलो जमातले आफूलाई हिन्दूभन्दा पनि भारतीय संस्कृतिको अनुयायी भन्न रुचाउने गरेको पाइन्छ।
नेपाल हिन्दू अधिराज्यको इतिहासको दोस्रो खण्डमा फ्रान्सेली विद्वान सिल्भाँ लेभी “भारतको वास्तविक चित्र नेपाल हो |” जतिवेला लेभीले यो विचार प्रयोग गरेका थिए, भारतमा कमसेकम ५३४ बटा राष्ट्रहरू थिए तर नेपाल एउटा थियो|अंग्रेजहरूले भारतीय राष्ट्रहरूमा धेरै प्रकारका “विषवृक्ष”हरू रोपेका थिए | ती विषवृक्षहरूको राप नेपालमा प्रवेश गरेर विकसित हुँदैगर्दा पृथ्वीनारायण शाहले निमोठेर “असली हिन्दूस्थान” जीवित राख्न सफल भएका थिए | भारतको वास्तविक चित्र र असली हिन्दूस्तान यी दुई शब्दहरूले नेपाल सांस्कृतिक, धार्मिक र सामाजिक क्षेत्रमा वैदिक सभ्यताको “असली थलो” का रुपमा स्वीकृत छ भन्ने सिद्ध हुन्छ |
मुस्लिम र अंग्रेज आक्रमणकारीको कोपबाट जेजति धर्म, संस्कृति र सभ्यता आधुनिक भारतले जे-जस्तोरूपमा उत्तराधिकारमा भारतले प्राप्त गरेको छ, तेसमा उ रमाउन बाध्य छ तर नेपाल भने “यथारूप” मै सुरक्षित भएको हुँदा “असली हिन्दूस्थान” र भारतको वास्तविक चित्र बनेर जीवन्त छ | हामी नेपालीहरू आफ्नो एस्तो विशिष्ट अवस्थाप्रति गौरवान्वित हुनुपर्छ |
आजको पृथ्वीनारायण शाह र सिल्भाँ लेभीको नेपाल धर्मनिरपेक्षताको आवरणमा मुसाईका हातमा पुगेको छ | मुसाईका मतियार राजनैतिक शक्तिहरू विभिन्न प्रपंच रचेर वैदिक सभ्यताको नामोनिसान मेटाउन लागि परिरहेका छन् | एस्तो अवस्थामा, नेपाली समाजलाई आफ्नो प्राचीनता र वैश्विक स्वीकार्यतामा पूर्वाग्रही बन्न शिक्षित, प्रशिक्षित तथा उत्प्रेरित गर्न आवश्यक छ |
अन्य मानव-संस्कृतिहरूझैं सनातन संस्कृतिमा पनि केही समस्याहरू छन् | छुवाछुत पनि एउटा अस्वीकृत भैसकेको तर सामाजिक तथा सांस्कृतिक रूपमा जीवित रहेको चलन हो | समय र परिस्थितिको आवश्यता अनुसार परिवर्तनशील हिन्दू संस्कृतिले छुवाछुतलाई अस्वीकार गरिसकेको छ | “वैदिक वृक्षका हरेक अंगहरू समान हुन्”भन्ने चेतनालाई हिन्दूहरूले स्वीकार गरिसकेका छन् |
सभ्यताले हामीलाई राम युगौंयुग पहिले दिएको थियो । हामी राममय बन्यौं, रामायणमा रमायौं त्यहाँ हामीले आफ्नोपन पायौं । हाम्रो मुटुको धडकनमा वेद छ, उपनिषद् छ, रामायण छ, महाभारत छ । त्यो पुरानो कुरा हामीलाई सरल सहज भाषामा प्रस्तुत भएको पाउँदा अति प्रिय लाग्यो । यहाँ आजको कुरा अलिकति थपौं, हामी महान् चिन्तक, विद्वान्, जनसाधारण नर-नारी आज कुनै गहन कार्यमा संलग्न हौँ, त्यहाँ कसैले नेपाली सुरिलो लोकधुन बजावश हाम्रो मन नाच्न थाल्छ । त्यो हामीमा पचेको छ । राम त्यस्तै हामी भित्र पचेका हुन् । वेद पुराण हामीभित्र छ । हाम्रो मन छुन्छ । त्यो हाम्रो आफ्नोपनसँग आफूमा समाहित चीज हो ।
आधुनिकता परिवर्तनका नाममा हामीले बिर्सन चाहे पनि हाम्रो आफ्नोपन भने हाम्रो पुराना सभ्यताले दिन्छ । कहिलेकाहीँ पुरानो सभ्यतालाई बाहुनवाद भनी हामी उडाउन खोज्छौं । कर्मकाण्डीय पद्धतिलाई हामी सबै पूर्वीय सभ्यता मान्न लागेका कारण हाम्रो विचार यस्तो भएको हो । कर्मकाण्ड़ विधि एक पूजा आराधना पद्धति हो । वेद-उपनिषद् आदिका अंग अवश्य हुन् । तर ज्ञानका भण्डार आजको विज्ञान, औषधी, ज्ञान आदि यिनैबाट हामीले पाउँछौं । यसविना हामी जरा नभएका रूख सरी हुन्छौं ।
बुद्ध हाम्रा हुन् । राम कृष्ण गर्दै हामी अझै पछि पुग्छौं वेद उपनिषद्मा । गहिरो ज्ञान, अजर संस्कार हामीले हाम्रा धरोहरबाट पाएर आएका छौं । भारतीय संस्कृतिभन्दा हामीलाई हामीभन्दा परको पनि लाग्छ । तर यो उप महाद्वीपको संस्कृति हो । कुनै एक राजनीतिक सीमाको होइन । माथि-माथि सतहमा आफ्नो-आफ्नो हुन खोजे पनि हामी थोपा-थोपा भएर बिलाउँनै छौं । पछि विकाससँगै सामाजिक परिवर्तन अलग हो । आफ्नो प्राचीन धरोहरको गौरवता रहे मात्र जातीयताको जग दर्बिलो हुन्छ । हाम्रो जातीयताको जग फितलो छैन । महान संस्कृति, महान ग्रन्थ, विविध परम्परामा एक दर्बिलो चर अथवा जगसँग बाँचेका हामी जाति हौं ।
इण्डोनेशियाले आज आफ्नो आस्था सबै इस्लाम लिएर अर्कै संसारमा बाँचेको छ । तर त्यस देशको हवाजहाज गरुड़ नामले आज पनि उडेको छ । त्यहाँ रुपियाँमा भगवान गणेशको फोटो आज पनि अंकित छ । उनीहरू यसो गरेको आफ्नो पूर्खा, प्राचीन सभ्यताको रक्षण भनी मान्दछन् । हामी त प्राचीन आस्थामा बाँधिएका छौं । हाम्रा ग्रन्थहरू प्राचीन हुन् । हाम्रो ज्ञान प्राचीन हो । यी महान् व्यक्तिहरूबाट आदर सम्मान गरिएको वेदान्तका अंश हामी, यसको संरक्षण गरौं । विकास गरौं, विस्तार गरी आफू बाह्य होइन भित्री दर्बिलो बनौं । ज्ञानका समुद्रमा डुबौ जीवन सार्थक बनाउँ ।
सलील ज्ञावलीको यस प्रयासलाई व्यापक गरी आफूलाई चिनौं । आफूलाई चिने आफ्नो हीनताबोध हट्ने छ , स्वाभिमान जाग्नेछ । हाम्रो स्वाभिमान बेलाबेला डगमगाउन खोज्छ । यसैले हामी आफैँमा शंका गरिरहेका हुन्छौं । अर्काको असल हाम्रो कस्तो-कस्तो ? यो शंका मनमा रहे हामी उन्नतितर्फ लाग्न सक्दैनौँ । ज्ञावलीका यस पुस्तकबाट उत्प्रेरणा लिँदै हामी आफ्ना जरा बलिया बनाऔं ।

