मानव यौनरुचि, हिँसा, अधिकार र बदलिँदो परिवेश
-रामशरण गैरे
विषय प्रवेश
वैदिक कालमा नारीहरू धेरै शिक्षित रहेको र सामाजिक, धार्मिक तथा अन्य क्षेत्रमा अग्रगणी रहेका थिए भन्ने कुराको प्रमाण वेदमै पाइन्छ। वेदमा नारीलाई देशको शासक, पृथ्वीको मालिक, साम्राज्ञीसम्मको सम्मान दिइएको छ ।स्त्रीलाई यज्ञ समान पूजनीय, ज्ञान बाँड्ने, सुख समृद्धि ल्याउने, विशेष किसिमको तेज भएकी, देवी, विदुषी, सरस्वती, इन्द्रायणी, उषा, सदैव विजयिनी पनि भनिएको छ । देवकाल मा राजाका रानी तथा राजकुमारीहरूलाई एकदम सुन्दर, सुशील, रूप र गुणहरूले भरिपूर्ण रूपमा चित्रित गरिन्थ्यो। अनि त्यही रूप, गुण यौवनको आधारमा ऋषि मुनिले आशीर्वाद स्वरूप पुत्रलाभका आश्वासन दिने गर्दथे।
परापूर्वकालमा नारीहरू धेरै शक्तिशाली भएकाले प्रतिष्ठित व्यक्तिहरू पनि उनीहरू को आराधना गर्थे। उदाहरणका लागि श्रद्धेय गुरु शंकराचार्य त्रिपुरादेवीको उपासक थिए भने धर्मराज युधिष्ठिर र स्वामी विवेकानन्द देवीको उपासक थिए । सर्वेश्वर श्रीकृष्ण हराएको बेला उनको प्राप्तिका लागि उनका पिता वासुदेवले देवीको उपा सना गरी आफ्ना इच्छा पूर्ति गरेका थिए। जगत् संचालक नारायणकी प्रियको नाम नारायणी हो जसले सबैलाई माया गर्छिन् ।
सृष्टिकर्ता ब्रम्हाजी, पालनकर्ता विष्णु र संहारकर्ता शिव देवीका उपासक थिए र देवीबाट शक्ति पाएर नै उनीहरूले आफ्ना कार्य कुशलतापूर्वक सम्पन्न गरेका थिए । द्रौपदी, यशोदा, देवकी र कुन्ती पनि नारी हुन् जसले पौराणिक कालमा अनुपम कार्यहरू गरेका थिए।ब्राम्ही, बंगलामुखी, त्रिपुरादेवी, कुमारी, माहेश्वरी आदिनामले प्रख्यात नारीहरू भगवती र रुपमती मात्र होइनन् मायावती पनि हुन् । जुन घर तथा समूहमा नारीको सम्मान हुँदैन र जुन मन्दिरमा देवीको प्रसाद हुँदैन त्यहाँ शुभ कार्य हुन सक्दैन ।
वैदिककालमा सम्मानित नारीहरूमा मैत्रेयी, गार्गी, अपाला, घोषा आदिको नाउँ लिन सकिन्छ र यिनीहरू वेदका ज्ञात्री थिए भन्ने कुरा शास्त्रले जनाउँछन्। वेदमा नारी स्वरूप, नारी विवाह, नारी शिक्षा, परिवार वा समाजमा नारीको स्थान, नारी अधिकार अदिको उल्लेखछ। वेदमानारीलाई वीरप्रसूता,सुविज्ञ, यशस्वी, रथ सवार गर्ने, सम्पदाशाली, परिवार,समाजरसृष्टिवाहिका,सेनामाजाने, तेजोमयी, धनधान्य र वैभव दिने भनेर वर्णन गरिएको छ।
मनुस्मृतिमा नारी सम्बन्धि अवधारणालाई व्यापक रूपमा विवेचना गरेको पाइन्छ। यसमा उसलाई मानव पीढ़ीकी वाहिका, घर उज्यालो पार्ने, भाग्यदात्री, र सम्पन्नता को प्रतीकको रूपमा स्वीकार गर्नका साथै नारी अधिकार, परिवार या समाजमा नारीको स्थान, नारीप्रति गरिने दुर्व्यवहार, निश्चित दण्डविधान अदिको चर्चा वृहत् रूपमा गरेको पाइन्छ।
वैदिक युगमा माता दुर्गा भवानीले दानव महिषासुरको वध गरी देवगणहरूको रक्षा गरेको हुनाले मातृशक्तिका रूपमा बडादसैं मनाउने प्रचलन छ । माया, प्रेम, सद्भाव को त्रिवेणीका रूपमा असत्यमाथि सत्यको विजय प्राप्त गरेको खुसियालीमा दसैं मनाउँदै आएको पाइन्छ । शोषित, पीडित र दुःखीहरूलाई शक्ति दिई अन्याय, अत्या चारीलाई परास्त गरी सत्यको विजय गराउने मातृशक्ति दुर्गा भवानीलाई पुजिन्छ । जहाँ सारा नारी दुर्गाका शक्तिस्वरूपा हुन् भनी नारी शक्तिको वर्णन गरिएको छ ।
हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार सम्पत्तिकी देवी लक्ष्मीको पूजा आराधना गरेर मनाइन्छ । लक्ष्मीलाई धनधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । महाकाली लाई शक्तिस्वरूपा, महालक्ष्मीलाई वैभव र ऐश्वर्यकी प्रतीक साथै महासरस्वतीलाई विद्या तथा ज्ञानको प्रतीकका रूपमा पौराणिककालदेखि मानिँदै आएको छ । त्यसैगरी गायत्री, सावित्री, सीता, द्रौपदी आदि नारीको हिन्दु धर्ममा निकै महत्त्व रहेको छ ।
पौराणिककालदेखि प्रचलित‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’भन्ने श्लोकले नेपाली समाजमा जहाँ नारीको सम्मान गरिन्छ, त्यहाँ ईश्वर खुसी हुन्छन् भन्ने विश्वास छ । एक असल महिलाले घरलाई स्वर्गसमान बनाउन सक्छिन् भन्ने पनि आम विश्वास र आस्था पनि छ । पुरानो धर्मग्रन्थ ऋग्वेदमा समाजमा महापुरुष विद्वान् र ज्ञानीको आदर गर्नुपर्छ, परिवारमा नारीको सम्मान गरे मात्र धन आगमन हुने विषय उल्लेख छ ।
वैदिक युगपछि रचिएका धार्मिक ग्रन्थ, संहिता, स्मृतिहरू, ब्राह्मण, पुराण एवं सूत्र हरूको आड लिँदै महिला जातिको कर्तव्य र धर्मलाई वर्णन गरिएको छ । धर्ममा उल्लेख गरिएका विषयलाई धर्मोचित एवं न्यायोचित हुने उल्लेख गरियो । यिनको उल्लंघन गर्नु अक्षम्य महापाप भएको डर देखाइयो।
महिलालाई पौराणिक कालमा विभिन्न आलङ्कारिक शब्दहरू प्रयोग गरेर फुर्क्याइ पुरुषहरूले सधैँ साधनका रूपमा उपयोग गरिएको पाइन्छ भने आजको एक्काइसौँ शताब्दीमा पनि महिलालाई पुरुषप्रधान समाजले ज्यूँकात्यँु पीडा दिएको छ । घरमा आएका पाहुनालाई सेवा सत्कार गर्ने, खेतीपाती गर्ने, घर परिवारलाई खाना पकाउने, लुगा धुने, घरमा कोही बिरामी भए उसको हेरविचार गर्ने, बच्चाको समग्र रेखदेख गर्नेे, घर सफा गर्ने, बजारबाट किनमेल गरी ल्याउने, घरमा पशुवस्तु भए रेखदेख गर्ने आदि सम्पूर्ण काम, प्रत्येक महिलाले भ्याईनभ्याई गरिरहेका हुन्छन् । हाम्रो समाजमा कामको परिभाषा वैज्ञानिक वा प्रायोगिकभन्दा बढी आर्थिक छ । अहिले विश्व अर्थव्यवस्था पुँजीवादी व्यवस्था भएकाले यहाँ हरेक वस्तुको आर्थिक मूल्याङ्कन हुन्छ । तर यस्तो मोलमोलाइको युगमा पनि लैङ्गिक दासत्वको एउटा यस्तो परम्परा जीवित छ जहाँ आज पनि आधा धर्ती ओगट्ने महिला बिना कुनै पारिश्रमिक, बिना कुनै मूल्याङ्कन आया, माली, धोबी आदिको भूमिका निर्वाह गरिरहेका छन् ।
सती प्रथा जस्तो जघन्य अमानवीय कुप्रथा विश्वका कुनै पनि धर्ममा छैन, केवल हिन्दु धर्ममा रहेको छ । छोराको जन्मलाई मोक्ष र स्वर्ग प्राप्तिसँग जोड्ने समाजमा धर्मले नै छोराको महत्त्वलाई स्थापित गरेको छ ।वैदिक वा आदिम युगमा मानव यौनसमाज खुल्ला रहे पनि धर्म नियन्त्रित अँध्यारो मध्य युगमा यस्ता यौनिक छलफल अबैध मानिन्थे।मानव सभ्यता जंगली, सिकारी हुँदै कृषि युगसम्म आइपुग्दा दैनिक व्यवहारगत, कार्यगत कुरामा महिला र पुरुषका कार्य विभाजन हुन थालिसकेको थियो।
पुरुषले आफ्नो शक्तिसँग मात्रै नभएर प्रकृतिको सहयोगबाट नयाँ सिर्जना र उत्पादन गर्न थाल्यो। उसले आफ्नो जीवनका बारेमा सोच्न थाल्यो। खेती गर्नलाई पनि धेरै जनशक्ति आवश्यक हुन्थ्यो, त्यसैले महिलालाई प्रजननका लागि महत्व दिन थालियो। त्यसपछि नै सन्तानको महत्व बढ्न थाल्यो। घुमन्ते मानिस स्थायी रूपमा एक ठाउँमा बस्न थाले। त्यतिबेलैदेखि पुरुषको दिमागमा स्वामित्वको भावना उत्पन्न हुन थाल्यो।
महिला र मातृत्व भन्ने भावनाको पनि विकास हुँदै गयो। यसरी निजी सम्पत्तिको अवधारणाले ऐतिहासिक विकास क्रममा महिलाको सामाजिक स्तरमा कमी हुँदै जान थाल्यो। शासन व्यवस्था नै पितृसत्ता उन्मुख हुन थाल्यो। यो विकासक्रम आजसम्म पनि निरन्तर छ। यस्तै सिलसिलामा विभिन्न धर्म र संस्कृतिको विकास हुँदै गए र पहिले मौखिक आदेशबाट चल्ने शासन कालान्तरमा धर्मग्रन्थ तथा कानुनकै रूपमा विकास भए। महिला पुरुषले संरक्षण गर्ने जिम्मेवारीमा पर्न जान थाले। यही सिलसिलालाई ग्रहण गर्दै जाने क्रममा महिला र पुरुषबीच अग्लो होचोको नियम बन्न थाल्यो।
महिलाहरू स्वयं पनि यी कुरालाई सृष्टि चलाउने आधार मान्दै जान थाले। पुरुषले गर्ने दैनिक कार्य महिलालाई पनि हस्तान्तरण गरिएको थियो, तर प्राचीन तथा पूर्वआधुनिक समयमा आएर कट्टर धार्मिक, सम्भ्रान्त वर्गले बलपूर्वक महिलाका अधिकारमा कटौती गरेर त्यसलाई संस्थागत नै गरे, जसमा धार्मिक ग्रन्थ मनुस्मृतिलाई हिन्दूहरूको आचारसंहिता मानियो ।
हिन्दू बाहुल्य नेपाली समाजमा हिन्दू दर्शनभित्रको जात लगायत व्यवस्थाका कारण आजका दलित र महिला उत्पीडनमा परेका छन्। भलै अहिलेको कानुनले जातीय विभेद तथा छुवाछूतलाई दण्डनीय अपराध मानेको छ। तर अझै पनि विभिन्न चाडपर्वमा अन्य कथित उपल्लो जातका महिलासँगै एउटै लाइनमा बसेर मन्दिरमा पूजा गर्ने सहजता दलित महिलालाई छैन। यी पक्षहरू पनि हाम्रा धर्म र संस्कृतिमा नखुलेका पाटा हुन्।
कविलामा यौन स्वतन्त्रता
प्राचीन हिन्दु समाज मातृप्रधान समाज थियो भनिन्छ । मातृप्रधान यस अर्थमा कि त्यो कविलामा यौन स्वतन्त्रता थियो । यौन स्वतन्त्रता भएका कारण विवाहसंस्था स्थापित नभएकाले स्वच्छन्द यौनसंस्कृति कविला समाजमा थियो । अहिलेको जस्तो परिवारको उत्पत्ति भइनसकेका कारण र शत्रुलाई प्ररास्त गर्ने सीप र साधनको विकास भैनसकेका कारण गुफामा बसेर जीविकोपार्जन गरिरहेको त्यो समाजमा यौन पूर्णतः स्वतन्त्र थियो ।
एक जना महिलासँग कविलाका कैयौँ पुरुषहरूको यौन सम्बन्ध रहने हुँदा बाबुको पहिचान हुन गाह्रो भएकाले शारीरिक महत्वका कारण स्त्रीप्रधान परिवार हुन्थ्यो । त्यस कारण पनि प्राचीन समयमा सन्तानको नाम आमासित जोडिएर आएको पाइन्छ । यसैको निरन्तरताको उदाहरण दितिका सन्तान दैत्य भनेर र अदितिका सन्तान आदित्य भनेर चिनिनु हो ।
पुरुषहरू सिकारका लागि निस्कने र प्राप्त शिखारले सामूहिक रूपमा जीविकोपार्जन गर्ने कविला समाजमा तत्कालीन सौन्दर्य चेतअनुसार सुन्दर मानिएका स्त्रीहरू सबैखाले पुरुषको रोजाइमा पर्ने हुँदा जोडी नपाएका महिलाहरूले पशुसँग पनि संसर्ग गरी यौन चाहना पूरा गर्ने गरेको पाइन्छ ।
विवाहको परिकल्पना
फिरन्ते सिकारी युगमा मानिसहरूको बसोवास व्यवस्थित थिएन । बसोवास एकान्त पनि थिएन, एकअर्काबाट । मानिसहरू समूहमा बस्थे । हुलका सारा मानिसको बसाइ र सुताइ सामूहिक हुने गर्थ्यो । समागमका लागि जोडीहरू बन्थे । महिला–पुरुष आफूले रोजेको जोडीसँग निकट भएर बस्ने र सुत्ने गर्थे । यौनक्रिया त्यही अनुरूप हुने गर्थ्यो । पुरुष र महिलाबीच सामूहिक पतिपत्नीको सम्बन्ध रहन्थ्यो । महिलाका सामूहिक यौनसाथीमध्ये एउटा पुरुष मुख्य यौनसाथी हुन्थ्यो भने पुरुषको पनि सामूहिक यौनसाथीमध्ये एउटा महिला मुख्य यौनसाथी हुन्थे ।
पुरुषहरू सिकार गर्दै थिए । महिलाहरू परिवार व्यवस्थापनको साथमा बिस्तारै हजारौँ हजार वर्षको अभ्यासमा अभ्यस्त भएका मौसमी जंगली बिरुवा र पशुहरूको घरेलूकरण गर्दै थिए । यसरी जंगलमा देखेका फलफूल, तरुलजस्ता खाद्य उत्पादनलाई हजारौँहजार वर्षको अभ्यासको अनुभवपछि त्यसको घरेलूकरण हुँदै थियो । त्यसैलाई जीवन निर्वाहको आधार बनाउँदै मानिसहरू बिस्तारै खेती प्रणालीमा अभिसारित हुँदै थिए । कृषिक्रान्तिको आरम्भकर्ता निःसन्देह महिलाहरू थिए। महिलाहरू खेतीमा र पुरुषहरू सिकारमा रहने अभ्यासका क्रममा परिवारको प्रधानता महिलामा केन्द्रित थियो ।
आरम्भमा मौसमी कृषि उत्पादनले सिकारको अनियमितताले पैदा गर्ने भोकको संकट टार्न मद्दत गरेको थियो । पछिबाट यसरी घरेलूकरण गरिएका खाद्य उत्पादन र पशुपालनले सिकारको अनिवार्यतालाई अवमूल्यन गरिदियो । अन्ततः बोट बिरुवा तथा पशुहरूको घरेलूकरणले जीवन निर्वाहका निम्ति सिकारमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरिदियो । त्योसँगै उब्जाउको अनुपातको वृद्धि र पशुपालनका लागि जमिन कज्याउने, फैलाउने र त्यसका लागि जमिन हत्याउने प्रतिस्पर्धात्मक प्रचलन बढेर गयो । त्यसको उत्कर्षमा महिलाले सध्याएको जमिन पुरुषको अधीनमा गयो । जमिनमा निर्भर पशुपालन र कृषिको प्रभुत्व जमिनको स्वामित्ववालामा गयो र महिलाको हातबाट सम्पत्ति खोसियो । योसँगै महिलाबाट सम्पत्ति खोसिएर त्यसको स्वामित्व पुरुषको अधीनमा गयो ।
यसले जीविकाका लागि महिलालाई सम्पत्तिको स्वमात्ववाल एक पुरुषसँगको एकनिष्ठ यौनको अधिनस्थ रहने परिपाटीमा बाँधियो । विवाहको परिकल्पना सृष्टिको निरन्तर सञ्चालनका लागि गरिएको हो । यसैले एक पुरुष र एक स्त्री सामाजिक र सांस्कृतिक चलनहरूको आवरणमा मूलतः समागमको लागि राजी हुने र सन्तानोत्पादनमा सरिक हुने परिपाटीलाई समाजले ‘विवाह’ नाम दिएको हो । पुरुष र स्त्रीबीचमा असमानता रहेको कारणले खासगरी स्त्रीजातिलाई पनि भोग्य साधनका रूपमा अथवा श्रीसम्पत्तिको रूपमा केवल आफ्नो कायम गर्न विवाहलाई नैतिक बन्धनका रूपमा व्याख्या गरियो । सबभन्दा पवित्र नाता भनियो ।
विवाहलाई सिन्दूरको परिमाण, अग्निको सात फन्को, खुट्टाको पानी,चुरापोतेमा निहित साधवी स्वरूप, सतित्वको निशानीजस्ता अनेकौं विशेषण र पदावलीहरूसँग गाँसेर यस्तो बनाइयो ताकि कुनै नारीले विवाहेत्तर सम्बन्धबारे सोच्दा पाप-भयले उसको हृदय नै छियाछिया होस् ।यदि विवाहको प्राकृतिक सिद्धान्तकेवल सृष्टिसञ्चालन हो भने एउटै छानामुनि पुरुष र स्त्री जीवनभरि रहनु किन आवश्यक छ त? यही प्रश्नको जवाफ खोज्नेक्रममा विवाहेत्तर सम्बन्धहरूले जन्म लिएका हुन्छन् । भनिन्छ विवाहेत्तर सम्वन्ध एक कला हो।
जतिसुकै पत्नीव्रत पुरुष भए पनि यदि कुनै नारीको निकट हुने र लाभ उठाउनेअवसर पाउने हो भने वेदका मन्त्रहरू उच्चारण गर्दै सुइँकुच्चा ठोक्दैनन् । घरमा अत्यन्तै नारीवादी र पत्नीप्रेमी पुरुषहरूले भाग्यवश आर्जन गरेका यौनवासनाका सफल कथाहरू पुरुष-जमघटमा गौरवको विषयका रूपमा चर्चा गर्न रुचाउँछन् ।विवाह संस्थाको संस्थागत स्वरूप निर्माण हुनुअघिको समयमा, खासगरी सम्पत्तिमाथि निजी स्वामित्वको अभ्यास आरम्भ हुनुअघि महिला र पुरुषहरू समूहमा बस्थे । बहु यौनसाथी छनोट गर्थे । बदलिरहन्थे । जब सिकारी युगबाट मानिस कृषि युगमा प्रवेश गरेर नयाँ सभ्यताको यात्रामा आफ्नो डोब लगाउन अग्रसर भयो, उनीहरूलाई तुलनात्मक तवरले स्थिर संरचना, परिवार र अवस्थाको आवश्यकता सिर्जना भयो ।
जब मानिसले प्राकृतिक तवरले मौजुद स्रोतमाथि बल प्रयोगको आधारमा कब्जा जमायो, त्यसपछि उसको चेतनामा यो सम्पत्ति त मैले लडेर, भिडेर आर्जन गरेको, अरूलाई किन दिने भन्ने निजी र स्वार्थी चेतना आरोपित भयो । प्राकृतिक स्रोतको दोहन र शोषणबेगर सम्पत्तिको अतिरिक्त सिर्जना या निर्माण त उसले केही गरेको थिएन । खालि प्राकृतिक स्रोतको निश्चित हिस्सामाथि उसले आफ्नो हैकम या नियन्त्रण कायम गरेको मात्रै थियो ।
त्यसले मानिसमा निजी आकांक्षा, लालसा र स्वार्थको बीजारोपण भयो । आफू अधीनस्थ रहेको सम्पत्तिको हिस्सेदारका रूपमा आफ्नो योगदानबेगर या संलग्नता बेगर निर्माण भएको परिवारको सदस्यमा हस्तान्तरण गर्ने कुरा ऊ राजी भएन । आफू अधीनस्थ सम्पत्तिको उत्तराधिकारी बन्नका लागि उसलाई बिस्तारै आफ्नै जैविक उत्तराधिकारीको आवश्यकताको आकांक्ष अंकुरित भयो । त्यसले यसअघिसम्म समूहमा रहने र बहुयौनसाथीसँग संर्सगमा रहने अभ्यासबाट महिलालाई बेदखल गर्यो ।
सम्पत्तिको स्वामित्व मुठ्याएर बसेको पुरुषले जतिजना महिलासँग यौन समागम गरे पनि उसको स्वामित्वमा रहेको सम्पत्तिको उत्तराधिकारी बन्नका लागि महिलाले ऊबाहेक अरू पुरुषसँग संर्सग गरेको हुनु नहुने, अन्यथा त्यसरी जन्मिएको बच्चा उसैको हो भन्ने प्रमाण जुटाउन नसकिने तर्क तेर्स्याउँदै महिलालाई एकनिष्ठ यौनमा रहन बाध्य गराइयो । र, त्यसले एक महिला एक पतिको इलो गाड्यो । पुरुष भने आफूप्रतिको एकनिष्ठ यौनको सामाजिक नियमको दाम्लोमा बाँधिएका अनेकन् महिलासँग यौन समागमको अभ्यासमा अभिसारित भएर महिलामाथि कज्याइबाट इषत्का साथ निमग्न भइरह्यो ।
महिलालाई सधैँ पुरुषभन्दा तल्लो दर्जा
पितृसत्तात्मक व्यवस्थामा महिलालाई सधैँ पुरुषभन्दा निच वा तल्लो दर्जाको व्यक्तिका रुपमा लिने गरिन्छ। र, बाल्यकालदेखि नै सोही अनुसारको प्रशिक्षण गराइन्छ। एउटी महिलालाई जन्मिएदेखि मृत्युपर्यन्त‘लिंगकै आधारमा पुरुष महान् हुन्छन्’ भनेर सिकाइन्छ। त्यसैले महिलालाई सधैँ पुरुषको दास वा सेवकको रुपमा नै उभ्याइन्छ। खासगरी श्रीमान र श्रीमतीको सम्बन्धलाई हेर्ने हो भने श्रीमानलाई‘पति’वा‘परमेश्वर’ को दर्जा दिइनुले पनि यो कुरालाई पुष्टि गर्छ। महिला लाई सानै उमेरदेखि पुरुषको दास बन्न, पुरुषको पूजा गर्न र पुरुषकै इशारामा चल्नका लागि प्रशिक्षण गराइन्छ र यसका लागि पूरै व्यवस्था लागिपरेको छ।
बदलिँदो समयसँगै हाम्रो सामाजिक व्यवस्था र मानिसको चेतनामा धेरै परिवर्तन आयो। महिलाको हक अधिकार सुरक्षित गर्नका लागि विभिन्न कानूनहरू पनि बने। यस प्रकारको परिवर्तन आउनुमा कानूनको पनि ठूलो भूमिका छ भन्ने कुरामा दुइमत छैन। कानूनले महिलामाथि हिंसा गर्नेलाई सजाय दिलाउने काम मात्रै गरेको छैन, यसले महिलामाथि हुने गरेका हिंसाको परिभाषा पनि दिएको छ। तर महिलामाथिको मानसिक हिंसा यस्तो हिंसा हो, जसको दोषीलाई कानूनी कठघारामा ल्याउनका लागि ठोस प्रमाण जुटाउन नै धेरै अड्चनहरू हुने गरेका छन्।
हाम्रो सामाजिक व्यवस्थाले महिलालाई पुरुषभन्दा कमजोर बनाएको छ भने पुरुषलाई ‘बलवान’को पगरी भिराइदिएको छ। त्यसैले समाजका धेरै क्षेत्रको नेतृत्व पुरुषले गरेको छ र सारा अधिकार पनि पुरुषलाई नै दिइएको छ। यसै व्यवस्थाले महिलालाई भने पुरुषको दास बन्न र हिंसा सहनका लागि अभ्यस्त बनाएको छ। समाजमा आज पनि महिलामाथि हुने हिंसा र भेदभावको सामान्यीकरण गरिन्छ।
यौन शोषण, बलात्कार र दासता
यौन शाश्वत सत्य हो । यौनबाट कोही पनि अछुतो छैनन् । स्त्री र पुरुषको यौनिक क्रियाकलापबाट मात्रै मानवको सृष्टि हुन्छ । यौन सृष्टि रचनाको प्रमुख कारक हो । हरेक प्राणी भाले पोथी बिचको यौनप्रक्रियाबाट सृष्टि रचनाको बीज धारण हुन्छ । मानवीय यौन भरपुर मनोरञ्जन लिएर जीवन तृप्त गराउने विषय पनि हो । अन्य प्राणीका लागि क्षणिक समयभरि मात्रै भाले पोथीलाई प्रेममा बाँध्ने यौन, मानिसका हकमा नारी पुरुषका बिचमा लामो समयका लागि सुमधुर सम्बन्ध कायम राख्ने एक अति नै आवश्यकता पनि हो । संसारमा भएका जति पनि प्राणीलाई भाले र पोथी गरी दुई वर्गमा छुट्याउने र सबै प्राणी जातिमा नभई नहुने एक प्राकृतिक गुण पनि हो ।
मानवको सबैभन्दा आधारभूत आवश्यकतामा यौन पनि पर्दछ र यौन स्पर्शले जीवनमा ऊर्जाशक्ति दिन्छ। यौनबिनाको जीवनमा मानसिक रोग तथा डिप्रेसनको समस्या पनि हुन सक्छ । यौनलाई सही रूपमा व्यवस्थित गर्न जान्दा जीवन गुणस्तरीय बन्छ, व्यवस्थित गर्न नजान्दा बर्बाद हुन्छ । हरेक प्राणीको जीवनको महत्त्वपूर्ण स्थान लिएर रहेको यौनलाई हाम्रो समाजमा कुन्ठ्याइएका कारण धेरै विकृतिहरू मौलाउँदै आइरहेका छन् । यसबाट पुरुष स्त्री दुवै वर्ग पीडित छ । तापनि ती विकृतिको यातनाको भागिदार सर्वप्रथम महिलाहरू भएका छन् ।
पश्चिमा यौन उदार मुलुकतिर भन्दा, पूर्वेली यौन अनुदार मुलुकमा धेरै यौन विकृतिको सास्ती महिलाहरूले खेपिरहेको देखिन्छ । पुरुषहरूमा महिला मनोविज्ञान एवं संवेदनशीलताको ज्ञान नहुँदा वा भईकन पनि बुझ पचाएर पेस हुँदा कैयौँ महिलाहरू यौन वितृष्णाको मारमा परेका छन् ।तर अधिकांश पूर्वीय देशका महिलाको यौन जीवन प्रायः वैवाहिक बलात्कार शैलीको हुन्छ । लोग्ने नामको लाइसेन्स धारी पुरुषले एकलौटी यौनसुख पाउँछ ।
श्रीमतीलाई कहिल्यै महत्व दिदैन । उपभोग गर्छ पुरुषले । अनि महिला परम्रागत संस्कारको धङधङीमा बाचेका हुनाले उदात्त भएर यौन कर्म गर्नु पाप वा अधर्म सम्झन्छन् । दुवैको यौन सुखमा अतृप्ति हुन्छ ।प्राचीन नेपाली चित्र, मूर्ति आदिमा पनि यौनको प्रचुर उपस्थिति प्रष्ट छ । अझ अनौठो त के छ भने हाम्रो हिन्दू धर्म नै यौन केन्द्रित छ । हामीले सबैभन्दा पवित्र मानेको मन्दिरमा भगवानको प्रतीक मानेर सबैभन्दा फोहोरको रूपमा लिएका लिङ्ग र योनीको पूजा गरिन्छ । पशुपति लिङ्गको प्रतीक तथा गुहेश्वरी योनिको प्रतीक देवी देउता हुन् भन्ने प्रत्यक्ष प्रमाण हुन् । शिव र शक्ति लिङ्ग र योनीका प्रतीक हुन् । लिङ्ग र योनि भनेकै यौनको यथार्थ स्वरूप हो ।
तर यौनको कुरालाई छलफल मात्रै पनि महापाप वा अपराध जस्तो ठान्छौँ । यसबाट के प्रष्ट हुन्छ भने हिन्दू धर्म यौन जीवनको बारेमा कठोर छैन तर, बिस्तारै समाज यो विषयमा कठोर बन्दै गयो । पूर्वीय विद्वानहरूले यौनलाई बाहिर प्रकट गर्नै नहुने कुराको रूपमा चित्रण गर्न थाले । समाजले त्यसैलाई स्वीकार्यो । फलतः हामी यौनप्रति कठोर बन्दै गयौं ।
त्यसको अलावा प्राचीन र मध्यकाल युगमा बनेका विभिन्न देवी देवताका मन्दिरका टुँडालमा कामसूत्रमा वर्णन गरिएका यौन समागमका विभिन्न आशन का चित्र, मूर्ति पनि छ्याप छ्याप्ती देखिन्छ । कलामा, धर्ममा यसरी खुल्ला रूपमा यौन विषय पाइए तापनि र पूर्वीय दर्शनमा यौनको विषद् चर्चा भएपनि नेपाली समाजले ‘यौन’ चर्चालाई अझैसम्म खुलेर स्वीकार गरेको पाइँदैन ।
परम्परागत विवाहाबाट पैदा भएका सामाजिक रोग
हाम्रो पूर्वीय संस्कार यौन शिक्षाका हिसाबले युरोपभन्दा धेरै तल छ । यो संस्कार हिन्दु, बुद्ध र मुस्लिम धार्मिक मान्यताबाट प्रभावित भएकोले मात्र त्यस्तो भएको हैन । मुलभूत कारण शिक्षा प्रणाली हो । यौन शिक्षाजस्तो जीवन उपयोगी शिक्षा अहिलेसम्म लागू भएको छैन । यौनबारे बहस हुँदा गिल्का छोडेर हाँसोमा उडाइन्छ । त्यसको महत्वलाई मजाक ठानिन्छ ।
हामीले पढ्ने गरेका र सुन्ने गरेका यौनसम्बन्धी कुरा रामायण, महाभारत र पुराणहरुका मात्र हुन् । महाभारतमा उल्लेखित द्रौपतिको विवाहपश्चात् यौन तृप्तिको प्रसङ्ग होस् या कुमारी अवस्थामा सत्यवती र ऋषि परासर साथै विवाह पछि सत्यवती र सन्तनुको यौन दिनचर्याको कुरा होस् । ती सबैलाई क्षम्य र सम्मानित कर्म मानिन्छ । तर त्यही कर्म समाज वा घरमा घट्यो भने अपराधीकरण गरी ज्यान लिने दिनेसम्मको अवस्था बन्दछ । हामीले यौनकर्मलाई सबै कर्मबाट अलग गरेर नहेरेसम्म त्यसभित्रको पवित्रता देखिँदैन ।
पौराणिक कालका महर्षि याग्याँ बाल्क्य, दसरथ,कृष्ण राधा र अनन्त गोपिनी सँगको यौनसंवाद र सम्भोग पूजनीय हुन सके पनि अहिलेको सहमतीय सम्भोग लाई विचारै नगरी अपराधीकरण गरिन्छ । हाल नेपालमा जंगबहादुर अगाडि पछाडि कुन राजा, राणा, भारदार र मुखियाका एउटा यौन साथी छन् ? त्यस्तै महिलाहरुमा पनि लुकीछिपी आफ्नो पवित्र यौन चाहना मेट्ने गरेका उदाहरणहरुलाई आधार बनाएर दुष्ट्याइँ पूर्वक समाचारहरु बनाउने गरिन्छ । पुरुष अधिपत्य भएको र महिलालाई यौन स्वतन्त्रता नदिई आफूले मात्र भोग्न खोजेका उदाहरणहरु अनगिन्ती छन् ।
सिकारी युगमा मानिसको जीवन अस्थिर थियो । बसाइ अस्थिर थियो । यौनसाथी अस्थिर थिए । समागम हुन्थ्यो । बच्चाको उमेरवृद्धिसँगै परिवारको संरचना बदलिइ रहन्थ्यो । बिस्तारै आर्थिक उत्पादनका साधनहरूको स्थिरतामा मानवजीवन अभिसारित हुँदै गएपछि अस्थिर पारिवारिक जीवनले पनि स्थिरताको बाटो समात्न थाल्यो । अब जीवन निर्वाहका साधन स्थिर हुन थाले । त्योसँगै बसाइ, परिवार, यौनजोडीहरू पनि स्थिर हुन थाले । यो स्थिरताको आरम्भकालसम्म पनि समाज मातृप्रधानताको जगमा उभिएको थियो भन्ने कुरा प्रद्वेषीले दीर्घतमालाई घरबाट निकाल्ने र नदीमा लगेर बगाइदिन दिएको आदेश उनका सन्तानहरूले कार्यान्वयन गरेको प्रसंगबाट बुझ्न सकिन्छ । बिस्तारै सम्पत्तिको अधिपति र उत्तराधिकारी पुरुष हुने अभ्यासले समाजलाई पुरुषप्रधान बनाइदियो ।
जब सामूहिक उत्तरदायित्व र सामूहिक जीवनपद्धतिबाट मानिस व्यक्तिगत सम्पत्ति र व्यक्तिवादी जीवन पद्धतितर्फ बाध्यतावश बदलिने परिस्थिति बन्यो, उनीहरुले राज्य वा त्यस्तै प्रकारको आफू नियन्त्रित क्षेत्रको घोषणा गरे । त्यसपछि सामूहिक जीवन पद्धति छिन्नभिन्न भयो ।
त्योबेलाको जोडी र त्यो जोडीको स्त्रीबाट जन्मेका बच्चा लिएर मानिसले आफ्नो बास बनायो । आमा बच्चाको स्याहार र बाबुको खेतीपातीको साथै तात्कालिक खानाको जोहोले जीवन पूर्णरुपमा व्यस्त हुनु पर्ने परिस्थितिको सृजना भयो । त्यही निजी सम्पत्ति र तात्कालिक दायित्वले मानिसलाई आफ्नो प्राकृतिक अधिकार र रुचि स्थगित गर्न बाध्य बनायो ।
ती सबै बाध्यताको कारण एक खालको परिस्थिति भए पनि मानिस एउटै यौन साथीबाट पूर्णत अझैसम्म तृप्त हुन सकेको देखिदैन । उसको प्राकृतिक पोलिगामस चरित्र यथावत् छ । तृप्त भएजस्तो देखिने उसको दमित बाध्यता हो ।
दास युगपछि भित्रिएको छनौट स्वतन्त्रताबिनाको यौन संकुचन र यौन दासताको प्रतिक परम्परागत वैवाहिक शैली तहसनहस बनाइनु पर्छ । त्यसले धार्मिक विभेद मात्र नभएर जातीय विभेदलाई अधिकतम बढावा दिएको छ । एउटै जात विशेषसँग मात्र विवाह गर्न अनुमति दिने त्यो विवाह पद्धति नश्लीय विकास र अन्तर्घुलनको बाधक मात्र बनेको छैन, त्यसले बलात्कार, हिँसा र मानव बीचको प्राकृतिक र मानवीय सद्भावलाई बलजफत भत्काउँदै लागेको छ । जातीय द्वेष, यौनहिँसा वा शोषण, विभेद र सति, दाइजो, देउकी, कुमारी लगायतका प्रथा यौन स्वतन्त्रता विरुद्धका कुरा हुन् । समाजशास्त्रीको मतानुसार यी सब परम्परागत विवाहको फोहरबाट पैदा भएका सामाजिक रोग हुन् ।
पुरुष प्रधान समाजले यौन स्वतन्त्रतालाई पुरुषमा मात्र सिमित गरिदिएर यौन हिँसालाई बढावा दिएको छ । यौनहिंसालाई ढाकछोप गर्न यौनलाई लुकाउनु पर्ने लाज कर्म बनाइएको हो ।यौनलाई लुकिकर्म बनाएपछि धार्मिक गुरुकुलमा ब्रम्हचारीद्वारा, चर्चमा पादरीद्वारा, गुम्बामा लामाहरुद्वारा, मस्जितमा मुल्लाद्वारा, राजघरानामा राजा र उसका उच्च रजौटाद्वारा गरिने सम्पूर्ण बलात्कारहरु लुकाउन सजिलो भयो । त्यही कारण हो, सामाजिक सद्भावसहितको प्राकृतिक यौनलाई लाजलाग्दो बोल्न, भन्न र देखाउन नहुने कर्म बनाउनुको अर्थ । यौन परिपूर्तिको सहज प्राकृतिक अधिकारको मार्ग विभिन्न कारणले थुनिदिएर बाध्यकारी विवाहले यौनस्वतन्त्रताको मानव अधिकार समाप्त पारेको छ ।
मानवको आधारभूत आवश्यकता यौन
यौन सृष्टि रचनाको प्रमुख कारक हो । हरेक प्राणी भाले पोथी बिचको यौनप्रक्रिया बाट सृष्टि रचनाको बीज धारण हुन्छ । मानवीय यौन भरपुर मनोरञ्जन लिएर जीवन तृप्त गराउने विषय पनि हो । अन्य प्राणीका लागि क्षणिक समयभरि मात्रै भाले पोथीलाई प्रेममा बाँध्ने यौन, मानिसका हकमा नारी पुरुषका बिचमा लामो समयका लागि सुमधुर सम्बन्ध कायम राख्ने एक अति नै आवश्यकता पनि हो । संसारमा भएका जति पनि प्राणीलाई भाले र पोथी गरी दुई वर्गमा छुट्याउने र सबै प्राणी जातिमा नभई नहुने एक प्राकृतिक गुण पनि हो ।
मानवको सबैभन्दा आधारभूत आवश्यकतामा यौन पनि पर्दछ र यौन स्पर्शले जीवनमा ऊर्जाशक्ति दिन्छ । यौनबिनाको जीवनमा मानसिक रोग तथा डिप्रेसनको समस्या पनि हुन सक्छ । यौनलाई सही रूपमा व्यवस्थित गर्न जान्दा जीवन गुणस्तरीय बन्छ, व्यवस्थित गर्न नजान्दा बर्बाद हुन्छ । हरेक प्राणीको जीवनको महत्त्वपूर्ण स्थान लिएर रहेको यौनलाई हाम्रो समाजमा कुन्ठ्याइएका कारण धेरै विकृतिहरू मौलाउँदै आइरहेका छन् । यसबाट पुरुष स्त्री दुवै वर्ग पीडित छ । तापनि ती विकृतिको यातनाको भागिदार सर्वप्रथम महिलाहरू भएका छन् ।
पश्चिमा यौन उदार मुलुकतिर भन्दा, पूर्वेली यौन अनुदार मुलुकमा धेरै यौन विकृतिको सास्ती महिलाहरूले खेपिरहेको देखिन्छ । पुरुषहरूमा महिला मनोविज्ञान एवं संवेदनशीलताको ज्ञान नहुँदा वा भईकन पनि बुझ पचाएर पेस हुँदा कैयौँ महिलाहरू यौन वितृष्णाको मारमा परेका छन् ।
मानिस ‘पोलिगामस’ प्राणी
यौनरुचिको आधारमा पनि जीवहरुलाई एकल र बहुयौन आनुवंशिकताको गुण भएका भनेर वर्गिकरण गरिएको छ ।मोनोगामस भनेको जीवनभर एउटै मात्र विपरीत लिङ्गी जोडीबीच यौनसम्बन्ध कायम गर्ने प्राणीलाई बुझाउछ । त्यसैले मोनोगामस एकल प्राकृतिक तथा अनुवंशिक यौन गुण हो । जसको लागि जीवनभर एउटै यौन साथी प्रथम र अन्तिम हुन्छ । व्यक्तिवादी समाज व्यवस्थाले कृषि र दास युगपछि मानव समुदायले पनि कृतिम दवाबवश यी गुणहरु विकास गर्दै लागेको देखिए पनि बहुविवाह, बेश्या गमन, बलात्कार वा अन्य स्वरुपमा मानिसले आफ्नो प्राकृतिक बहुयौन रुचि राख्ने स्वभाव पूर्णरुपले बदल्न सकेको छैन । शास्त्रीहरुको तर्कानुसार मानिसको सामाजिक कानुन वा चलन मोनोगामी भए पनि समाज मानिसको मनोविज्ञान यौन साथी बदलेको कल्पना र सपनाबाट प्रायः उत्तेजित रहन्छ ।
जीव वैज्ञानिकले बताए अनुसार मोनोगामी जोडीहरु प्राकृतिक रुपमा चिन्ने तरिका उसको शारीरिक बनावटले हो । जसका भाले पोथीको आकार समान हुन्छ, लिङ्ग र स्तनबाहेक अन्य तरिकाले पहिचान गर्न सकिँदैन ।
अध्यायनले के देखाएको छ भने, मानिस मात्र नभएर प्रकृतिमा रहेका प्राणीहरुमध्ये ३ देखि ५ प्रतिशत जीवात्माहरु मात्र एक यौन साथीसँग सम्भोग गर्ने प्राणीअन्तर्गत पर्दछन । उनीहरुको यौन जीवनको अनुसन्धानबाट यो पत्ता लागेको छ कि पहिलोपटक छनौट गरेको जोडीमध्ये एक मर्यो वा हरायो भने बाँचेकोले जीवनभर अर्को यौन साथी खोज्दैन र यौनसम्पर्क पनि गर्दैन । अनुसन्धानले प्रमाणित गरेअनुसार जनावरमा फ्याउरो, ब्वाँसो, सिल र डल्फिन (अफ़र्स ) मात्र त्यो यौन वर्गमा पर्दछन् ।
विभेदकारी एकल यौनजीवन पद्धति
आधुनिक मानिस एकल जोडीको बाध्यकारी कानुनमा कसिन बाध्य बनाइए पनि उसले किन एकल जोडीबाट पूर्ण यौन आनन्द लिन सक्दैन ? यसका केही कारणहरु छन् । एउटा कारण उसको यौनसम्बन्धी प्राकृतिक स्वभाव कस्तो थियो, कस्तो विकासक्रमबाट गुज्रियो र हालको मानव यौनमनोविज्ञान कस्तो छ ? भन्ने हो भने अर्को जीवले प्रकृति प्रदत्त केही गुणहरु बदल्न अन्य आनीबानीको तुलनामा ज्यादै लामो समय लिने भएकोले पनि हो । अहिलेसम्म खोजिएका वैज्ञानिक तथ्यहरुबाट के निचोडमा पुग्न सकिन्छ भने ब्यासो, फ्याउरो, वेभर्स (एक प्रकारको डल्फिन), अफ़र्स (सिल) जस्ता केही प्राणी र केही चराका प्रजाति हरुले आफ्नो यौनप्रवृतिलाई बदल्न त्यति प्रयास गरेनन् । ती आफ्नो युगभरि यौनिक प्रवृतिमा एकप्रति समर्पित रहिरहे । ती प्राणीहरुलाई समाज वैज्ञानिकहरुले मोनोगामस प्राणी भनेर नामाकरण गरेका छन् ।
यौनको प्राकृतिक नियमलाई मानिसले प्राकृतिक रुपमा नै बग्न दिएको भए विभिन्न रोग , सामाजिक विसंगति र यौनहिंसाको जन्म नै हुने थिएन ।मानवदेखि नै मानवको यौनिक विकासक्रमलाई हेर्ने हो भने मानिस मोनोगामस प्राणी हैन । मानिस बहुयौन साथीसँग सम्भोग गरेर यौनआनन्द लिने वा यौन साथी बदलिरहने ‘पोलिगामस’ प्राणी हो । मानिसको प्राकृतिक गुण अनुसार जीवनभर एउटा यौनसाथीसँग सम्भोग गरेर उसले यौनिक सन्तुष्टि लिन नसक्ने प्रमाणहरु अन्त कतै खोजी रहनै पर्दैन । उसले आफ्नो यौन साथीबाहेक अन्यसँग पनि सहवासको कल्पना गर्छ, उत्तेजित भैरहन्छ र सहवासको प्रयास गर्छ । तर कानुनी बाध्यता, परिस्थिति, सामाजिक प्रक्रिया र चेतनाको विकासक्रमले मानिसलाई क्रमशः पोलिगामसबाट मोनोगामसतर्फ घचेटी रहेको देखिन्छ ।
अहिलेको यौनिक चरित्रको कथित संक्रमणकालीन अवस्था मानिसको प्राकृतिक र आनुवंशिकताको गुणविपरीत मात्र नभएर मानिसले मानिसमाथि शक्तिको आडमा थोपरिएको निजी सम्पति बेष्ठित उपरिसंरचना, कथित धार्मिक, नैतिक र सामाजिक नीतिनियमहरुको बलजफ्ती परिणति हो ।
सामाजिक विकाससँगै मानिसको प्राकृतिक यौनप्रवृतिलाई एकैसाथ बदल्न खोज्दा आएको भयानक हिँसामध्ये बलात्कार पनि एक हो । यौनको प्राकृतिक नियमलाई मानिसले प्राकृतिक रुपमा नै बग्न दिएको भए विभिन्न रोग , सामाजिक विसंगति र यौनहिंसाको जन्म नै हुने थिएन । यो खोजलाई त्यति गहिराईमा पुगेर बहस गर्ने साहस गर्नुलाई हाम्रो समाजमा अझै पनि दुस्साहसको रुपमा लिइन्छ ।
एकै समय वा फरक फरक समय र स्थानमा फरक फरक यौन साथीहरुसँग सम्भोग गर्न रुचाउने प्राणी पोलिगामस हो । ग्रीक शब्द पोलिगामिया बाट पोलिगामी शब्द आएको हो । मोनोगामि वर्गका प्राणीले एक यौन साथीसँग जीवन बिताइदिन्छ भने पोलिगामी यौन वर्गको विशेषता बहुयौन साथी बनाउनु वा बनाउने चेस्टा गरिरहनु हो । यो वर्गका भाले पोथी समान हुँदैनन् । यो वर्गका भाले वा पुलिंगीहरु पोथी वा स्त्रिलिङ्गी भन्दा १० प्रतिशत अग्ला र २० प्रतिशत शारीरिक वजन बढी भएका हुन्छन् । उनीहरुको लिङ्ग पहिचान गर्न त्यति गाह्रो हुँदैन । हेर्दै स्त्री र पुरुष फरक देखिन्छन् ।
मानिस शक्तिशाली शासकहरुद्वारा लादिएका कथित नैतिक, सामजिक र धार्मिक नीति नियमहरुको परिबन्दले निर्धारण गरेको विभेदकारी एकल यौनजीवन पद्धति (केवल स्त्रीको लागि मात्र बाध्यकारी) लाई अपनाउँदै आइरहेको देखिन्छ ।
उन्मुक्त यौन स्वतन्त्रता
अहिले विकसित र चेतनशील देशहरुमा समान र सहमतिमा उन्मुक्त यौन स्वतन्त्रताका बारेमा छलफल र बहस घनिभूत रुपमा हुँदै आएका छन् । उनीहरुले सबै किसिमका व्यक्तिवादी र सामान्तवादी सामाजिक व्यवस्थाले निर्धारण गरेका अन्यायपूर्ण दवाबहरु तोडेर यौनको प्राकृतिक बहावलाई नरोक्न आह्वानसमेत गरेका छन् ।
समाजशास्त्रीका मतानुसार यौनलाई वर्तमान समाज व्यवस्थाले जतिसुकै गोप्य, घिनलाग्दो, कसैलाई भन्ने नहुने रहस्यमयी बनाउन खोजे पनि मानिस फरक फरक अवस्थामा बहुयौन साथीसँग सम्भोगको बाटोमा लुकेर भए पनि हिँड्न छोडेको छैन । आफ्नो नीजी पत्नी वा पतिबाहेक अन्य सुन्दर वा सुन्दरीसँग यौनिक रुपमा लालायित भैरहने, फरक फरक यौन साथी बनाएर विभिन्न आसनको यौन कल्पना गर्दै यौनरस बगाइरहने र यौन साथी बदल्ने चेस्टामा तरंगीत भैरहने स्वभाव विकासक्रमको युगान्तकारी अन्तरालमा विकास गरेको गुण हो।
मानवको आधुनिक समुदाय एकल यौन बाध्यतातर्फ
कृषि युगको शुरुवातले मानिस घुमन्तेबाट रैथाने र निजी सम्पतिको मालिक बन्न पुग्यो ।समाजशास्त्रीका अनुसार मानवको आधुनिक समुदाय एकल यौन बाध्यतातर्फ धकेलिनुका पछाडि केही बाध्यताहरु छन् । तिनै बाध्यताहरुले मानव विकासको पछिल्लो चरणमा आफ्ना यौनिक अधिकारबारे आवाज उठिरहेको छ । निजी सम्पत्तिको प्रादुर्भाव, बच्चा जन्मदर अधिक भएकोले हुर्काउने निजी दायित्व, कथित धार्मिक र सामाजिक अन्धता आदि कारणले मानिसले यौन साथी छनौट र यौन स्वतन्त्रता गुमाएको हो । कृषि युगको शुरुवातले मानिस घुमन्तेबाट रैथाने र निजी सम्पतिको मालिक बन्न पुग्यो । त्यही सम्पत्तिको लोभले चाहाना भए वा नभए पनि बाँच्नको लागि श्रम गरेका जोडी स्थाई रुपमा सँगै बस्न र एकल रुपले सहवास गर्न बाध्य भए ।
शिकारी वा ढुंगे युगको कविला समाजसम्म मानिसले आफ्नो यौन साथी चिम्पान्जीले जस्तै बदलिरहन्थे । यौनको लागि महिलाको स्वीकृति निर्णायक हुन्थ्यो । त्यस्तै समूहको सबैभन्दा बलवान पुरुषमात्र स्त्रीको रोजाइमा पर्दथे । त्यसैले त्योबेला जन्मेका बच्चा अधिक स्वास्थ्य र बलिया हुन्थे । जन्मेका सबै बच्चाहरु आमाको माया र सामूहिक रेखदेखमा हुर्कन्थे ।
त्योबेला यौनको लागि अनुवांशिक र प्राकृतिक अदृश्य नियम थियो । त्यहाँ दवाबमूलक वैधानिक नियम कानुन हुन्थेन । दुबैको ईच्छा अनुसार यौन साथी रोजेर सम्भोग कार्य सम्पन्न हुन्थ्यो भने अर्कोपटक पुरानै यौन साथीसँग सम्भोग गर्न कोही बाध्यकारी थिएन । आवश्यकता अनुसार यौन साथीको छनौट र सम्भोग गर्न महिला र पुरुष स्वतन्त्र हुन्थे । पुरुषमाथि प्रकृति हावी थियो र महिलाको स्वीकृति सर्वस्वीकार्य हुन्थ्यो ।
हिन्दु धर्मशास्त्रका कथाअनुसारका “ब्रम्हा”ले कसरी सृष्टि गरे, थाहा भएन । मानव सृष्टि यौनमा निर्भर छ । सम्भोग सधैंभरि सबैलाई स्वर्गीय आनन्द दिने प्राकृतिक शारीरिक संघर्षण क्रिया हो । जसमा स्त्री पुरुषको समान भूमिका, रुचि र त्याग हुनु जरुरी हुन्छ । त्यसैले सम्भोग अधिकार हो भने एकभोग (एकको चाहानामा मात्र हुने बलात्कार) अपराध । सम्भोगतर्फ जीव आकर्षित हुनुको मूल कारण त्यही चरम तृप्ति हो । सन्तान उत्पादनको लागि प्रकृतिले जीव जगतलाई त्यसैगरि आकर्षण, घर्षण, स्खलन र चरमानन्दको शृष्टिकला दिएको छ । त्यसको लागि जीवको प्राकृतिक स्वाभाव, रुचि, शारीरिक भिन्नता, यौन साथी छनौटको तरिकासमेत प्रदान गरेको छ ।
माथिबाट लादिएको दवाबका कारण मुस्लिम बाहुल्य तथा पूर्वीय समाजका अनगिन्ती मानवहरु यौनबारे खुलेर कुरा गर्न सक्दैनन् । खुल्लारुपमा यौन चाहनाबारे आफ्नो छनौटको साथीसँग समेत इच्छा प्रकट गर्न सक्दैनन् । यौन साथी फेर्नु पर्ने कारणबारे गरिने बहस त झन् टाढाको कुरा भयो । खुल्लारुपमा यौन चाहना पूरा गर्ने बहस किन हुन सक्दैन ? यौन स्वतन्त्रता आहार खोज्ने स्वतन्त्रताभन्दा कमजोर किन बनाइयो ? आखिर त्यो पनि प्राकृतिक आवश्यकता न हो । पश्चिमी समाज यौनको बहसमा यसरी खुल्ला हुँदैछ र अब यौन प्राकृतिक गुण अनुसार बग्न दिनु पर्छ भन्ने मान्यता पनि स्थापित हुँदैछ ।
तर धार्मिक रुढीग्रस्त समाजमा स्वतन्त्र रुपमा यौन साथी छनौट गर्नबाट वन्चित गरिन्छ । यौन आवश्यकतालाई धार्मिक, वर्गीय र जातीय आधारमा बैध र अबैधको बिल्ला भिराएर हिँसा गर्ने र ज्यानसमेत लिने गरिन्छ । प्राकृतिक नियम अनुसार सहमतिय सहवास, साथीको छनौट र यौन चाहना व्यक्त गर्ने अधिकार स्वतन्त्र छ । सुद्ध यौनचाहनाले प्रस्ताव प्रेरित छ र सम्बन्ध प्रेमपूर्ण छ भने त्यो यौन प्राकृतिक रुपमा बैध हो । त्यसको लागि विवाह वा सामाजिक मर्यादा पूरा गर्न जरुरी छैन ।
प्राकृतिक यौन अधिकार मानिसको नैसर्गिक अधिकार
प्राकृतिक रुपमा स्वतन्त्रतापूर्वक यौन साथीको छनौट र हेराफेरी गर्ने प्राकृतिक अधिकार हुँदाहुँदै पनि व्यक्तिवादी समाजमा यौन आकर्षणका आयामहरु सामाजिक प्रचलन र व्यक्तिगत रुचि अनुसार फरक पर्न सक्छ ।सामाजिक घर्षणको कारण दमित चाहनाहरु बाँध फ़ुटे झैँ कलमको सहाराबाट बाहिर निस्कन्छन् जसलाई हामी साहित्य वा यौन साहित्य भन्दछौं । प्रेम या यौन साहित्यको मूलकारण पनि कथित व्यक्तिवादी सामाजिक नैतिकताले हाम्रो प्राकृतिक र जैविक अधिकार थिचिनुबाट विष्फोट हुँदै गरेको मनोवैज्ञानिक विद्रोह हो ।
प्राकृतिक रुपमा स्वतन्त्रतापूर्वक यौन साथीको छनौट र हेराफेरी गर्ने हाम्रो प्राकृतिक अधिकार हुँदाहुँदै पनि व्यक्तिवादी समाजमा यौन आकर्षणका आयामहरु सामाजिक प्रचलन र व्यक्तिगत रुचि अनुसार फरक पर्न सक्छ । तर सबै किसिमका यौन आकर्षणका शैलीहरुको केन्द्रिय महत्त्व भनेको सम्भोग हो ।
अघि नै भनियो, मानव स्वभावैले दुईभन्दा बढी यौन साथी छनौट गरेर सम्भोग गर्ने अनुवांशिक र प्राकृतिक गुण भएको प्राणी भए तापनि समाजको बनौट, विकसित नीति नियम, मानसिक विकास वा चेतनास्तर र उत्तरदायित्वको अभिवृद्धिसँगै मानिसको यौन परिवेश पनि निजी हुँदै गएको छ । चेतनाको वृद्धि मानिसमा मर्यादित, जवाफदेही र सुरक्षित यौन सम्पर्क गर्ने, यौन आनन्दसँगै सन्तान हुर्काउने दायित्वसमेत मात्र एक जोडीले पूरा गर्नुपर्ने भएकोले मानिसले आफ्ना प्राकृतिक यौन रुचिलाई क्रमिक रुपमा बदल्न बाध्य पारिएको छ ।
यौनको प्राथमिक आवश्यकता सन्तान उत्पादन मात्र नभएर चरम आनन्दको उपभोग गर्नु पनि हो । अहिलेको सामाजिक परिवेश अनुशार सन्तान हुर्काउनको लागि जोडी बदल्नु वा यौनलाई मात्र प्रधानता दिनु हितकर मानिदैन । सामूहिक जीवन पद्धति अनुसार बाँच्ने र बच्चा हुर्काउने जीवन पद्धति भत्की सकेकोले बाध्यतावश इच्छा अनुसार यौन साथी बदलिरहने आफ्नो जैवीक अधिकारलाई दबाएर बाँच्न आधुनिक मानव बाध्य छ ।
त्यसैले विकसित देशका समाजशास्त्रीहरुले प्राकृतिक यौन अधिकार मानिसको नैसर्गिक अधिकार भएकोले प्राकृतिक अधिकारलाई राज्यले मान्यता दिनुपर्ने आवाज उठाइरहेका छन् । यौन अधिकारको लागि अब सम्भोग क्रान्ति आवश्यक भएको तर्कसहित सेमिनार, अन्तरक्रिया र बहसलाई स्कूल, कलेज र सार्वजनिक सभाहरुमा घनिभूत बनाउँदै लागेका छन् । द्रुतगतिमा पश्चिमा राज्यहरुमा कानुनी मान्यताहरु पनि फेरिंदै गैरहेका छन् । लिभिङ्ग टुगेदरलाई कानुनी मान्यता दिने देशहरु धेरै भैसकेका छन् ।
यसरी समाज सामूहिक मैथुन, एक मुख्य यौनसाथी र अन्य थुप्रै सहायक यौनसाथी हुँदै एकनिष्ठ यौनको धारामा प्रवाहित हुन पुग्यो । मानवसमाजले आफ्नै अनुभव र सामाजिक आवश्यकताको बलमा संकथित गरेको एकनिष्ठ यौनको व्यवस्था यताको समयमा स्वास्थ्य विज्ञानको कोणले पनि उपयुक्त रहेको देखिएको छ । तर, एकनिष्ठ यौनको संहितामा महिलालाई बाँधेर पुरुष भने निर्बाध बहुयौन भोगमा लागिरहेको छ । एकनिष्ठ विवाह र यौनको अवधारणामा उभिएर पुरुषले महिलालाई आफ्नो निजी माल (सामान)मा परिणत गरिरहेको छ । महिलाबाट उनको स्वतन्त्रता खोसेर आफ्नो हैकमले महिलालाई कज्याउने काम गरिरहेको छ ।
आजको दिनमा उदार र खुला भनिने पश्चिमा समाजमा पनि विवाह महिलामाथि पुरुष नियन्त्रणको चेतनाबाट संकथन भएको पाइन्छ । पश्चिममै पनि विवाह दर्ता निजी सम्पत्तिमा हिस्सेदारीका लागि अनिवार्य सर्तका रूपमा उपस्थित छ । रोमबाट विवाहमा रिङ लगाउने प्रचलन आयो, जो आज औँठी लगाइदिने प्रचलनका रूपमा विघटित छ । रिङ दुवैलाई सधैँभरिलाई बाँधिराख्ने भावका खातिर पहिरिने प्रचलन थियो, अब निजी सम्पत्तिको वैभव प्रदर्शन गर्ने आडम्बरका रूपमा विचलित भएको छ ।
पछिबाट धार्मिक संस्थाहरू शक्तिशाली भएर आएपछि यो जोडी श्रीमान्–श्रीमती यसकै हो भनेर गवाही दिनुपर्ने अवस्था आयो, सम्पत्ति र सन्तानको स्वामित्वमाथि विवादको सिर्जना भएपछि । त्यसपछि विवाहमा दुवैतर्फका साक्षीहरू सामेल हुने प्रक्रिया अभ्यासमा आयो । धर्म र रीत प्रवेश गरेपछि त्यो प्रक्रिया लामो हुन गयो । भोजभतेर र नाचगान थपियो । एउटा परिवारमा जन्मे–हुर्केको महिला अपरिचित घरमा जाँदा, पठाउँदा रुवावासी हुने अवस्था आएपछि त्यसलाई बिर्साउन र चीत्कारलाई पाश्र्वमा लानसमेत बाजागाजाको करतलध्वनि समावेश गरियो । एउटाबाट सुरु भएर त्यसबाट द्रवीभूत हुँदै थप मानिसहरू चीत्कारपूर्ण अवस्थामा पुग्न नपरोस् भन्ने भाव पनि संकथित थियो त्यसमा ।
अझ पहिलेबाट पराजिततर्फकी महिलालाई जबर्जस्ती कब्जा गरेर घिसार्ने क्रममा महिला र पराजितहरूको चर्को रुवावासी हुने गथ्र्यो । त्यसलाई दबाउन पनि र महिला लैजानेकोमा रातभर गानाबजाना गरिएको हुनसक्ने तर्कहरूलाई नजरअन्दाज गर्न सकिन्न । यौवनावस्थामा प्रवेश नै गरिनसकेका कलिला छोरीहरू त्यसरी लाने र विवाह गरी पठाउने अभ्यासले समागमको पहिलो अभ्यास क्रममा बालिकाको चीत्कारपूर्ण कोलाहललाई दबाउन पनि रत्यौलीजस्ता शीर्षकका गानाबजानाको होहल्लापूर्ण परिवेश निर्माण गरिएको देखिन्छ ।
यौन संकुचनमा स्वतन्त्रताको खोजी
आधुनिक मानव सम्प्रदायले प्राकृतिक रूपमा प्राप्त हुन आएको यौनिक गतीविधिलाई सही एवं विवेकसम्मत ढंगले प्रयोग गर्न नजान्दाको प्रतिफल भन्नु नै विकृतिमूलक यौन दुर्घटनाको भयाभय रूप हो ।
यौनजन्य स्वतन्त्रतालाई विश्वका कयौँ मुलुकले मानविय स्वतन्त्रतासँग तुलना गर्दै न्यायिक स्वतन्त्रताको खोजी गरिरहेको पाईन्छ । यद्यपि यस प्रकारका व्यवहारलाई स्वतन्त्रताको नाममा उदारीकरण गर्ने हो भने नेपालजस्तो यौनजन्य शिक्षाको अभाव रहेको मुलुकमा यौनीक दुर्घटनाहरू निम्तिने सम्भावनालाई सहजै इन्कार गर्न मिल्दैन ।
किनकि, प्रस्तुत विषयमा संकुचित अवस्थामा समेत स्वतन्त्रताको चाहना राख्ने मानव समूह यदि राज्यको कानुनद्वारा वाध्ने प्रयत्न नगर्ने हो भने यौन विकृतिको रूप के होला सजहै अनुमान लगाउन सकिनेछ । तसर्थ, यसलाई बहसको विषय बनाउनुभन्दा पनि केही हदसम्म संकुचित अवस्थामा नै रहन दिनु नेपालजस्तो मुलुकको लागि न्यायसंगत कदम मान्न सकिन्छ । तर यसो भन्दैमा आजको एक्काइसाँै शताब्दीको आमनेपाली जनमतको यौनिक स्वतन्त्रतालाई भने कुनै हालतमा कुण्ठित गर्न मिल्दैन ।
संकुचित अवस्थामा रहेको यौन व्यवहारलाई स्वतन्त्रताको नाममा प्रस्फुटन हुन खोज्ने प्रवृत्तिले गर्दा उत्पन्न हुने परिस्थितिजन्य व्यवहारलाई मानव समुदायले समयानुकूल नियन्त्रण गर्न नसक्दाको परिणाम नै यौनजन्य दुर्घटना हो । घटना पश्चात्ः पश्चातापबाहेक अन्यथा केही पनि हात नलाग्ने हुँदा समयमै विवेक पु¥याउनु दुर्घटना न्यूनीकरणमा सहयोगीको भूमिका निभाउनु हो ।
समग्रमा हेर्दा प्रस्तुत तथ्यले विशेष महत्व राख्ने हुँदा सावधानी अपनाउँदै आफ्नो सदाचारयुक्त नैतिक व्यवहारलाई क्रमबद्ध रूपमा स्थापित गर्दै लैजानुपर्ने हुन्छ । निश्चित रूपमा यौनीक स्वतन्त्रता मानवीय यौन व्यवहारमा निर्भर रहने एवं प्राकृतिक विषयवस्तु भएको हुँदा कानुनत यसलाई व्यवस्थित गर्नाले यौन अपराधको दरमा केही हदसम्म भए पनि नियन्त्रण गर्न सघाउ पुग्ने देखिन्छ । जसलाई अवश्य पनि सामाजिक मुल्य एवं मान्यताका अतिरिक्त व्यक्तिगत नैतिक चरित्रले बाध्ने प्रयास गर्ने हो भने यस क्षेत्रमा सकारात्मक नतिजा हासिल गर्न सम्भव रहला । यौन स्वतन्त्रता अपवादबाहेक धेरै हदसम्म विपरीत लैंगीय व्यवहारमा निर्भर रहने तथ्यलाई अन्यथा लिन मिल्दैन ।
तथापि, लैंगीय मानवअधिकार हनन् नहुने अर्थमा यसलाई लिँदै व्यवहारत सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने हुन्छ । जसबाट प्रत्येक लैगिंक समुदायले आफ्नो यौनिक अधिकारको रक्षा गर्न समक्ष रहेको विश्वास लिने छन् । राज्यद्वारा प्रदान गरिएको यौन तथा प्रजनन् स्वतन्त्रतालाई गलत अर्थमा उपयोगमा ल्याउदा सामाजिक विकृतिको प्रादुर्भाव भई आपराधिक समूहको बाहुल्यता बढ्न जाने देखिन्छ ।
यद्यपि, सामाजिक मूल्य एवं मान्यताप्रति प्रतिबद्ध रहदै आएको पुरात्तन यौन सम्बन्धि सोचलाई क्रमशः परिवर्तन गर्न बदलिँदो सामाजिक परिवेशमा सकारात्मक यौनशिक्षाको आवश्यकता अति नै जरुरी भइसकेको छ । जसले केही हदसम्म भए पनि स्वतन्त्रताको नाममा कायम रहँदै आएको बालविवाह, अनमेल विवाह, बहुविवाह एवं बहुपति जस्ता सामाजिक कुरीतिलाई अन्त्य गर्न सहयोग पु¥याउने छ भन्ने विश्वास लिन सकिनेछ ।
यसका अतिरिक्त यौन स्वतन्त्रताको जानजान उपहास गर्दै विषेशगरी नारी समुदायप्रति गरिने असान्दर्भिक यौनशोषण एवं मानसिक रूपमा गरीने यौन प्रताडनलाई कुनै पनि हालतमा क्षमा दिन मिल्दैन । यो विशुद्ध यौन दुव्र्यवहारले भरिएको सामाजिक विकृति मात्र हो । तसर्थ, स्वतन्त्रताको नाममा अन्य कुनै विपरीत लैंगीय समूहलाई कुनै पनि हालतमा यातना दिनु वा दिन खोज्नु स्वतन्त्रताको भावना एवं मर्मविपरीतको कार्य हो ।
आफ्नो यौन स्वतन्त्रताको खोजी गर्दा अर्को कुनै लैंगीय समूहलाई हतोत्साही बनाउने कार्य न्यायसंगत हुन सक्दैन । यस प्रकारका गतिविधि मनोवैज्ञानिक यौन विकृतिबाट उब्जेका असामाजिक कार्यका अनेकन रूपहरू हुन् । जुन वर्तमान परिप्रेक्ष्यमा पाश्चात्य संस्कृतिको अनुशरण गर्ने क्रममा मुलुकभित्र भित्रिएका अनेकन विकृतिहरू मध्येको एक विकृति रूपमा यौनजन्य विकृतिलाई लिन सकिन्छ । किनकि, सामान्यतया नेपाली समाजले अभद्र यौनव्यवहारलाई सहज रूपमा स्विकार गर्ने वातावरण हालसम्म पनि तयार भएको पाइँदैन ।
सामाजिक मूल्य एवं मान्यताअनुसार नारी एवं पुरुष बीचको सौहार्दपूर्ण यौन व्यवहार नै उच्चत्तम यौन परिवेश हो । जसले एक आपसमा रहेको भावनात्मक प्रेमको अभिवृद्धि गर्दै अपराधरहित मानव मात्रको यौन स्वतन्त्रताको रक्षा गर्दै न्यायिक समाजको प्रतिस्थापन गर्ने कार्यमा सहायकसिद्ध भूमिका निर्वाह गर्ने देखिन्छ । यथार्थमा यस व्यवहारलाई यौन संकुचनभित्रको स्वतन्त्रताको रूपमा परिभाषित गर्न सकिन्छ । किनकि विश्वका कुनै पनि स्थानमा जतिसुकै यौन उदारीकरणको नारा दिएता पनि वास्तवमा यौन भन्ने कुरा संकुचित अवस्थामा नै रहेकै हुन्छ भन्दा फरक नपर्ला ।
प्रस्तुत विषयलाई स्वतन्त्रताको नाममा खुला छाड्ने प्रयत्न गर्ने हो भने मानव समुदाय एवं पशुबीच कुनै प्रकारको तात्विक विभेद रहने छैन । अतः संकुचन भित्रको कौतुहलताले नै नारी एवं पुरुष सम्प्रदायमा यौनिक आस्वादनको अतिरिक्त आत्मसन्तुष्टि प्राप्त गर्न सम्भव रहेको मान्न सकिन्छ । सामान्यता यौन स्वतन्त्रताभित्र मानवअधिकारसहितको व्यक्तिगत स्वतन्त्रतालाई निःशर्त रूपमा स्थापित गर्ने चेष्टा गरिएको हुन्छ । जसका लागि सम्बद्ध राज्यको कानुन, अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारका न्यूनत्तम बुँदाहरू आकर्षण हुने गर्दछन् । यस प्रकारका यौनजन्य दुर्घटनाहरू कुन अवस्थामा कहाँ र कहिले हुन्छ भन्ने कुरालाई सहजै अनुमान लगाउन कठिन हुने हुँदा उल्लेखित मानवअधिकार लगायतका विषयलाई यौन स्वतन्त्रताभित्र समाविष्ट गर्न खोजिएको मात्र हो । जसमा आम जनसमुदायको स्वास्थ्य प्रति सहज रहनसमेत सचेत गरिएको हुन्छ ।
तसर्थःव्यक्तिगत तवरले विवाहको लागि इच्छुक वा अनिच्छुक भन्ने कुराको निक्र्योल गर्ने अधिकार सम्बद्ध नारी एवं पुरुष वर्गलाई प्रदान गरिनु यथार्थमा यौन स्वतन्त्रताको विस्तृत रूप हो । जसले धेरैहदसम्म यौनजन्य विकृति न्यूनीकरण गर्नुको साथै आधुनिक नेपाली समाजमा बढ्दै गएको पारपाचुकेजस्ता वैवाहिक सामाजिक समस्या समाधान गर्ने कार्यमा उल्लेख्यनीय सकारात्मक भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिन सकिन्छ । जसका लागि विद्यालय तहदेखि नै यौन शिक्षाका आधिकारिक धारणा प्रष्ट्याउनु जरुरी छ । साथै, उपयुक्त यौन साथीको पहिचानसहितको धारणालाई स्वतन्त्र रूपमा चयन गर्ने परिपाटीको विकासले यस क्षेत्रमा धनात्मक परीणाम हासिल गर्न सम्भव रहन्छ । यौन शिक्षा सहितको स्वतन्त्रताको प्रत्याभूतिले संकुिचत अवस्थामा रहेको यौन व्यवहारमा स्वतन्त्रताको अनुभूति हुने देखिन्छ । यस अवस्थापश्चात्ः यौन विकृति रहित आदर्श समाजको चाहनासहितको परिकल्पना साकार हुने कार्यमा महत्वपूर्ण सफलता हासिल गर्न सम्भव रहन्छ ।
प्राकृतिक अधिकार कि सामाजिक नियम ?
त्यसैले कथित आधुनिक युगको उपभोक्तावादी समाजले पछ्याएको वैवाहिक पद्धतिको छहारीमा लुकाइएको बलात्काररुपी यौन आतंक अमानवीय छ । त्यो बजारमा बेच्न राखिएको यौन अपराधभन्दा अझै डरलाग्दो छ । अत: त्यो बाध्यतापूर्ण वैवाहिक यौनहिँसा, पद्धति र त्यसपछि हुने अनेकथरीका दवाबमूलक गोप्य यौनसंस्कारलाई खारेज गर्नु जरुरी छ ।
यौनजस्तो परम् आनन्द र स्वर्गानुभूतिको प्राकृतिक बरदानलाई दास युगसँगै हिंसात्मक र गोप्य बनाउँदै लगियो । त्यसको प्रमुख कारण हरुवा कविला पक्षका दुवै लिङ्गीको यौन स्वतन्त्रतालाई समाप्त पार्नु थियो । हरुवा कविला महिलामाथि हुने यौन बर्बरता मानिसले देखे भने विद्रोह हुन्छ भन्ने भय आततायी वर्गलाई थियो । त्यसैले त्यो यौन बर्बरता कायम राख्न उनीहरुले अँध्यारो र असहजताको बाटो रोजे ।
सम्भोगजस्तो पुज्य र श्रृष्टिको माध्यामलाई गोप्य र रहस्यमय बनाइयो । सत्ता र शक्तिको दुरुपयोग गरेर अपहरण र लुटको सहारामा मालिक वर्गले यौनलाई कब्जा गर्यो । त्यसलाई प्रकृतिको बहावसँग बग्न दिइएन । यौनलाई बर्बरता र सनसनीपूर्वक लुट्न थालियो । यौनलाई युद्धमा, जुवामा र राजघरानाका नाचघरानामा तमासा देखाउने साधन बनाइयो ।
यस्ता अनगिन्ती घटनाहरु इतिहासदेखि अहिलेसम्म आदर्श र बहादुरीपूर्ण मानिँदै आएको छ । त्यसैले ती सबै मान्यताहरु स्थापित गर्नुको उद्यस्य भनेको मानवको स्वतन्त्रतापूर्वक यौन साथी खोज्ने र स्वतन्त्र यौनसम्बन्ध कायम गर्ने अधिकारलाई समाप्त पार्नु हो ।एउटा पुरुष वा महिलाले आफूलाई मन परेको वा छनौटमा परेको साथीसँग सुरक्षित यौनसम्बन्ध कायम गर्नु पटक्कै अपराध हैन । त्यो उसको प्राकृतिक आत्मनिर्णयको अधिकार हो । तर हाम्रो उपभोक्तावादी र व्यक्तिवादी समाजमा कुनै पनि अप्राकृतिक बन्धन तोडेर गरिने यौन सम्बन्धलाई अपराध मानिन्छ ।
जुन मानव अधिकारको आधारमा अर्को जधन्य अपराध हो । यही बन्धन र सम्बन्धले गर्दा संसारभर सयौं हत्या र यौनहिंसाका घटनाहरु घट्ने गरेका छन् । अझ मुस्लिम समाजमा यौन स्वतन्त्रताको अवस्था अत्यान्त नाजुक छ । त्यो समाजमा केटीलाई शिक्षा ग्रहण गर्ने र आफ्नो यौन साथी चुन्ने न्युनतम स्वतन्त्रतासमेत दिइएको छैन । जहाँ महिलाको अवस्था अझै नारकीय छ ।महिलाहरुमा यौनिक स्वतन्त्रता नहुनु एक वर्ग विशेषको यौनिक दमन हो । यदि मानिसको प्राकृतिक, अनुवांशिक र वैज्ञानिक कारणलाई आधार मान्ने हो भने मानिस पूर्णरुपमा पोलिगामी प्राणी हो । एकातर्फ महिलाको स्वतन्त्रता, शिक्षा, समानता एवं अधिकारहरूको सवाल छ भने अर्कोतर्फ महिलालाई भोग्या, बच्चा उत्पादन गर्ने उपकरण मात्र मान्ने धार्मिक, सामाजिक संस्कार, विधान, प्रथा र अन्धविश्वास विद्यमान छ ।
विडम्बना के छ भने पुरुषको वर्चस्वलाई स्थापित गरेर महिलाको मर्यादालाई अपदस्थ गर्ने संस्कार, रीतिरिवाज र प्रथाहरूलाई आगामी पिँढीसम्म संवाहित गर्नेहरूमा अधिकांश महिलाहरू नै हुन्छन् । उनीहरू आफ्नो अज्ञानता वा अशिक्षाका कारण यस्ता संस्कारलाई आफ्नो धर्मका रूपमा पालना गर्छन् । छोरीहरूलाई बच्चैदेखि तिनै संस्कार सिकाउँछन् । समाज विज्ञानले सामाजिकीकरण रूपमा परिणत गरी निरन्तरतामा जोड दिँदै गलत अभ्यासका रूपमा चलिरहेको छ ।
आजको एक्कासौं शताब्दीमा महिलालाई पुरुषको दासत्व र आधिपत्यबाट मुक्ति दिलाएर उसको अस्मितालाई सम्मानित, प्रतिष्ठित गरौं, ताकि महिला र पुरुष समानताको माध्यम र संवेदनामा आधारित परस्पर पूरक सम्बन्धलाई विकसित गर्नमा सहायक हुन सकोस् । महिला र पुरुष सँगसँगै सम्मानित र मर्यादित जीवनले नै राज्य, समाजमा न्याय स्थापित गरी मानवअधिकारको संरक्षण गर्छ । धर्मका राम्रा पक्षको अनुसरण गरौं, खराब भाष्य र कुप्रथालाई जरैदेखि फालौं । तब मात्र न्यायपूर्ण समाजको निर्माण हुनेछ ।गाँस, बास, कपासजस्तै यौन पनि नैसर्गिक मानवीय आवश्यकता हो भनी रटान लाएर कैयौं वर्षहरू बितिसकेका छन् ।
यौन विचलन
मानिसको असीमित यौन चाहना र बन्धनयुक्त यौन व्यवहार यौन विचलनको कारण हो। विशेषगरी यौनलाई अझै लज्जापूर्ण वा खराब कार्यका रूपमा परिभाषित गर्ने नेपाली समाजका युवामा यौन विचलन बढ्दै गएको छ। प्रविधिको विकाससँगै विश्वसँग नजिकिएका युवाहरूले यौनमा पनि विश्व समुदायकै सिको गर्न खोज्छन्। यौनसँग सम्बन्धित कुराहरू हेर्ने/पढ्ने कुरामा सहज पहुँच छ। यही कारणले सेक्स चाहना बढ्दै गएको छ तर यौनका विषयमा खुल्न नचाहने नेपाली समाजले यौनको सहज उपलब्धता दिँदैन। यौनका विषयमा खुलेर छलफल पनि नहुने हुनाले एकप्रकारको सीमा कोरिएको हुन्छ। यही आकांक्षा र सीमाको द्वन्द्वले यौन कुण्ठा बढाउँछ। कुण्ठाले जन्माउने डर, चिन्ता, लाज र हीनताबोधले उसलाई आफ्नै नजरमा गिराउँछ।निसले पारिवारिक जीवनयापन गरेर घरजम गर्न थालेदेखि नै यौन सम्पर्कले सहवासको रूप धारण गरेको हो। सामान्य यौनसम्पर्क र सहवासमा शाब्दिकमात्र होइन, तात्त्विक फरक पनि छ। यौन सम्पर्क एउटा जैविक कर्म हो। सबै जीवमा अर्को पुस्ता पैदा गर्न यौन सम्पर्क राख्ने क्षमता विकास हुनु सृष्टिको आवश्यकता हो। त्यस्तो यौन सम्पर्कको प्रक्रिया भने जीवको जात र विकासको क्रमअनुसार फरक हुन्छ। सहवास सृष्टिको सर्वश्रेष्ठ जीव मानिसको अर्को पुस्ता जन्माउन जरुरत पूरा गर्ने माध्यममात्र नभएर जोडीहरू सहअस्तित्वमा बसेर एकअर्काका गुणहरूको समन्वयका माध्यमबाट रसपूर्ण पारिवारिक जीवन व्यतीत गर्न ऊर्जा दिने प्रक्रिया हो। त्यसैले सहवासमा दुवै पक्षका आवश्यकता र सहजताको उच्चतम कदर हुनैपर्छ। स्वस्थ सहवासका लागि स्वस्थ यौन मनस्थिति र स्वास्थ्य यौन व्यवहार दुवै उत्तिकै आवश्यक हुन्छन्।
नेपालमा महिलाको अवस्था
‘जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवता रमाउने गर्दछन्’ यो भावार्थलाई पुष्टि गर्न हाम्रा वेद, पुराणलगायतका धर्मग्रन्थ कहीं चुकेका छैनन् । हिन्दु धर्मले महिलामाथि कुनै भेदभाव गरेको देखिदैन बरु महिला शक्तिको प्रचार गर्नुका साथै महिलालाई उच्च दर्जामा राखेको कुरा हाम्रा धार्मिक ग्रन्थहरुले महिलालाई दिएको स्थानबाट पुष्टि हुन्छ । माता, देवी, सरस्वती, आदि नामबाट अहिले पनि महिला र महिला शक्तिलाई सम्मान गरिरहेको छौं । तर यो सम्मान प्राचिन युगका महिलालाई मात्र दिइरहेका छौं । किन त्यही व्यवहार अहिले हामीले व्यवहारमा उतार्न सकेका छैनौ ? यो सोचनीय विषय बन्न पुगेको छ ।
महिलाहरूले विगतदेखि घर–धन्दामा आफ्नो समय विताउने र बाहिरी कामको लागि पुरुषको भर पर्ने चलनको विकास भएसँगै महिलालाई कमजोर शक्तिको रूपमा चित्रण गर्न थालिएको इतिहासले बताउँछ । खासगरी नेपालमा महिलाहरुको अवस्था र स्थितिलाई नियालेर हेर्दा महिलाहरु पुरुष भन्दा धेरै पछाडि छन् भन्ने कुरा उनीहरुको शैक्षिक स्तर, राजनितिमा भएको सहभागिता, सरकारी वा अन्य जुनसुकै क्षेत्रमा भएको सहभागिता, स्कूलहरुमा छात्राहरुको संख्या आदि कुराहरुबाट प्रष्ट हुन्छ ।
वास्तवमा गाउँघरमा त महिलाहरुले आफ्ना घरमा खाना पकाउने, खाना खुवाउने, वच्चाहरुको स्याहार गर्ने, भाँडा माझ्नेदेखि लिएर घरको अन्य सवै काम गर्नुपर्छ । त्यसको साथै आफूले नसक्ने काम समेत जिम्मा लिई पूरा गर्नुपर्ने, पूरा गर्न नसकेमा लोग्नेको कुटाइ खानुपर्ने वा भोक–भोकै बस्नुपर्ने हुन्छ । त्यतिन्जेलसम्म पुरुषहरु आनन्दले गफ मारेर बस्ने वा अरु कुनै मनोरञ्जनात्मक काम गर्छन् । महिलाहरुलाई सन्तान उत्पादन गर्ने र पुरुषहरुको मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्ने चलन अझै पनि धेरै ठाउँमा देख्न सकिन्छ । यी घटना र हिंसा हुनुमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको अभाव नै प्रमुख कारण देखिन्छ ।
विगत केहि वर्षयता राजनैतिक चेतनाको विकाससंगै महिलाहरुले पनि घरबाहिर निस्केर काम गर्न थालेको देख्न सकिन्छ । यसले के देखाउछ भने अन्य देशको तुलनामा राजनीति क्षेत्रमा नेपाली महिलाहरू धेरै अगाडी बढेका छन् । कानुनले नै महिलाहरूका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि निर्वाचनमा थप आरक्षणको व्यवस्था गरिएको छ । महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था गरिएको छ । यसले महिलामा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग गरेको छ । महिला हिंसा विरुद्धका थुप्रै कानुनहरू बनेका छन् । महिला हिंसा कम गर्न महिलाप्रतिको शोषण, उत्पीडन, हिंसा, अत्याचार, दुव्र्यवहार अन्त्यका निमित्त थुप्रै कानुन बनेका छन् ।
यति हुँदा पनि नेपालमा महिलामाथि हुने हिंसाका विभिन्न स्वरूपहरू छन् । बहुविवाह, बाल विवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जबर्जस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, छाउपडी प्रथा, वादी प्रथा, देउकी प्रथा आदि महिला हिंसाका केही रूप हुन् । नेपालको सन्दर्भमा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा महिलामाथि हिंसा रहेको पाइन्छ । हिमाल, पहाडदेखि तराई(मधेससम्म, उच्च घरानादेखि सुकुम्बासी झुपडीसम्म, राजनीतिज्ञदेखि मतदातासम्म जहासुकै र जोसुकैबाट तथा जतिबेला पनि महिला हिंसा हुन सक्ने सम्भावना रहेको छ।
महिलाहरूलाई बोक्सीको आरोपमा यातना दिने क्रम रोकिएको छैन । बलात्कारका घटनाहरूमा कमी आउन सकेको छैन । बालविवाह, बहुविवाहका घटना तथा महिला बेचबिखन तथा ओसारपोसारका घटनाहरू वृद्धि भइरहेका छन् । वार्षिक हजारौँको सङ्ख्यामा घरेलु हिंसाका घटना भइरहेका छन् । महिला हिंसा र दुव्र्यवहार अन्त्य गर्नका लागि विभिन्न क्षेत्रबाट प्रयास गरिए पनि महिलाप्रतिको उत्पीडन अन्त्य भएको छैन ।
पुरातनबादी सोच र पुरुषबादी मानासिकतामा शुद्धिकरण नभए सम्म नारी मुक्ति कतै सम्भव छैन । महिला माथि हुने यातना, हिंसा, बालिका भुरुण हत्या, बलात्कार, बाल विवाह, बहुविवाह, अपहरण, तस्करी, बेचविखन, महिलाहरूमा आइपर्ने कठिनाइबारे चेतना जगाउन, महिला मानव अधिकारलाई विश्व व्यापी बनाउन, महिलाहरूप्रति गरिने सबै प्रकारका भेदभाव अन्त्य गर्नका लागि संयुक्त राष्ट्र सङ्घीय महासभाद्धारा महिला विरुद्ध भेदभाव उन्मुलन महासन्धि पारित गरिएको छ । तर यसले मात्र समस्याको समाधान गर्न सक्दैन। पुरातनबादी सोचमा परिवर्तन र पुरुषबादी मानासिकतामा शुद्धिकरण हुनसके मात्र समानताको व्यवहार देख्न सकिन्छ ।
समाज परिवर्तनशील छ । परिवर्तित समय, सोच, चिन्तन र विचारले हाम्रो जीवनशैलीमा ल्याएको परिवर्तनलाई हामी नकार्न सक्दैनौं । एकाइसौं शताब्दीमा आइपुग्दा हाम्रो समाजले धेरै फड्को मारिसकेको छ । हिजोको ढुङ्गे युगबाट समाज परिस्कृत भएर यहाँसम्म आइपुग्दा मात्र नारी मानव भएकाछन।शताब्दीऔं अघिको समाज र वर्तमान समाजमा आकाश पातालको फरक छ । सामाजिक परिवर्तनसँगै मान्छेको सोचाइ र बौद्धिकतामा पनि आमूल परिवर्तन आइसकेको छ । यसलाई हामीले कसरी उत्कृष्ट र मर्यादित बनाउने भन्ने विषय हाम्रो मानसपटलमा जटिल प्रश्नको रूपमा रहेको छ ।
परिवर्तनको संघारमा उभिएको समाजलाई देश र समाजको समग्र विकाससँग जोड्नका निम्ति राज्यले बनाउने नीति, कार्यक्रम र योजनाले सामाजिक तथा आर्थिक समृद्धिको बाटो लिन सक्छ । देश विकासको गतिमा डोर्याउनका लागि सबैको समान सहभागिता जरुरी हुन्छ । समृद्ध मुलुकको प्रतिबिम्ब विशेषत: महिला र पुरुषको उच्च सहभागिता हो तर समान सहभागितालाई वाक्य र बोलीमा जोडिरहँदा मलाई मेरो समाज र देशको समसामयिक परिस्थितिले घच्घच्याउन थाल्छ ।
नेपाली समाज हिजोको ढुङ्गे युगबाट यहाँसम्म परिवर्तन भएर आइपुग्दा पनि नारीप्रतिको पितृसत्तात्मक सोच भने ज्युंका त्युं छ । नारीहरू सङ्कुचित सोचको घेराबन्दीबाट उम्कन सकेका छैनन् । बेलाबखत नारी हकअधिकार र उन्मुक्तिका कुरा गरे पनि, समयले जतिसुकै फड्को मारे पनि, नारीहरू पितृसत्तात्मक अवस्थाबाट माथि उठ्न सकेको अवस्था देखिदैन ।
परापूर्वकालदेखि पुरुषप्रधान समाजमा नारीहरू पुरुषार्थको सिकार भइरहेका छन् । हरेक तवरले कमजोर छन् नारीहरू भन्ने नराम्रो सोचको खोल ओढेको छ समाजले । विगतभन्दा वर्तमानमा नारी समानताका निम्ति केही पहल भए तापनि ती केवल अक्षरहरूमा मात्र सीमित छन् । नारी समानताका निम्ति न्यायोचित रूपमा नीति निर्माण हुन भने सकेको छैन ।नेपालको आधा जनसंख्या महिलाले ओगटेका छन् । तर हरेक तह र पदमा ८० प्रतिशतभन्दा बढी पुरुषकै बाहुल्य छ । राज्यले आरक्षणको रूपमा केही प्रयास नगरेको पनि होइन, तर नीति निर्माण र तहमा पुरुषकै हालीमुहाली रहेको छ ।प्रेमका नाममा हिंसा जन्मदै छन्, पारिवारिक प्रेम र सद्भाव टुट्दै छ । यसले देखाउँदैछ कि परिवर्तनका नाममा हाम्रो समाज कता मोडिदैछ ?
सामन्ती समाजमा महिला चौघेरामा मात्र सीमित थिए। अहिले महिलाका आवाज बुलन्द हुन थालेका छन् । समान सहभागिताका लागि समान योग्यता, सीप र अवसरको खाँचो छ । नयाँ संविधानले महिलाको लागि अवसरका विभिन्न क्षेत्रलाई फराकिलो पारिदिएको छ । केन्द्रीय र प्रदेश संसदमा महिलाहरूको उपस्थिति बढाएको छ । समावेशीकरणको सिद्धान्त स्थापित भएसँगै राजनीतिक सचेतनामा वृद्धि भएको छ तर यति मात्र पूर्ण छैन । महिलाले हरेक क्षेत्रमा आफैँ निर्णय गर्न सक्ने क्षमताको विकास हुन सक्नुपर्छ । महिलामा आएको गतिशीलताले मात्र परम्परागत अवस्थाबाट एक पाइलाअगाडि बढाउन सक्छ ।
वास्तवमा महिलाहरू सामाजिक, आर्थिक, राजनीतिक लगायत सबैजसो छेत्रमा भेदभावपूर्ण व्यवहार भोगिरहेका छन् । महिलामाथि हुने हिंसा, बेचबिखन, बलात्कार, अपहरण, लैंगिक विभेद र शोषणजस्ता विकृतिबाट आज पनि महिलाहरू पीडित भएर बाँचिरहेका छन् ।
परम्परागत कुसंस्कार छोरा र छोरीबीच गरिने भेदभावले पनि यो कुरीतिको जड उखेलिन सकेको छैन । महिलाहरूले पुरुषसरह मजदुरी गर्दा समान ज्याला पाउँदैनन् । शारीरिक बनावटको भिन्नताका कारण उनीहरूबीच रूप, भाव, शक्ति, सामर्थ्यमा भिन्नता आएको हो । तसर्थ शारीरिक बनावटको भिन्नताको कारण महिलामाथि हुने भेदभावको अन्त्य हुनुपर्छ । विगतमा सतीप्रथाको नाममा आफ्नो श्रीमानको चितासँगै जिउँदै जलेर नारीहरूले मर्नुपर्थ्यो ।
सतीप्रथाको अन्त्य भए पनि नेपालमा छाउपडी, बोक्सी, छुवाछूत, कुमारी, दाइजो तथा बालविवाह जस्ता प्रथा अझै अशिक्षित ठाउँहरूमा छन् । छाउ भएको बेला १३-१४ वर्षको बालिका हुँदादेखि छाउघरमा बस्नुपर्ने पीडाबाट आज पनि नेपालका पश्चिमी भेगका महिलाहरू गुज्रिरहेका छन् । महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने चलन नेपाली समाजमा विद्यमान नै छ । समानताका खोक्रा भाषणले मात्र नारी स्वतन्त्रता जन्मिदैन, बिगुल फुकेर मात्र हुँदैन, व्यवहारिकतामा लागू हुनुपर्छ ।
यौन व्यवसाय, सर्कस लगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा वर्षेनी लगभग पाँच हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदैआएको छ । त्यस्तै रोजगारिका लागि खाडीलगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।
जहाँ महिला वर्ग अन्यायले थिचिएका छन्, हिंसामा परेका छन् । देशमा दिनानुदिन बढेको बलात्कार, जबरजस्ती करणीलगायत हिंसाले महिला त्रासमा छन् । देशमा जति नै महिला नेतृत्व उदाए पनि महिला हिंसाका घटनामा भने कमी आउन सकेको छैन । कहीँ प्रतिशोध र व्यक्तिगत दुस्मनीका कारण किशोरीमाथि एसिड फ्याँकिएका छन् त कहीँ दाइजो नल्याएको निहुँमा महिला जिउँदै जलाइएका छन् । पारिवारिक हिंसा, सामाजिक हिंसाले गर्दा देश मन्दविषको सिकार हुन पुगेको छ ।
राजनीतिक रूपमा देशले ठूलो फड्को मारेको छ । देश संघीयतामा गइसकेको छ । राष्ट्र प्रमुख महिला भए पनि आम महिलाले अनुभूत गर्न पाएका छैनन् ।महिला हिंसा अन्त्यका लागि महिलालाई सामाजिक, राजनीतिक क्षेत्रमा समान अवसर र शिक्षामा प्राथामिकता दिन जरुरी छ । महिलाहरूलाई पुरुषसरह विकास कार्यमा सहभागी बनाउनका लागि महिला सशक्तिकरणको धारणाको विकास १९८० मा गरिएको थियो र पनि महिलाहरूले शिक्षा, रोजगारी तथा सार्वजनिक र राजनीतिक जीवनमा सहभागीताको अध्ययन गर्दा महिलाको संख्या न्यून छ ।
बढ्दो सहरीकरण, एकल परिवारको अभ्यास, वैदेशिक रोजगारी, व्यस्त जीवनको भागदौड, बढ्दो डिभोर्स, व्यक्तिगत स्वतन्त्रताको अभ्यास, ढिलो विवाह, तनावका बीचमा समाजमा देखिने समस्यालाई सतही रूपमा जसरी प्रस्तुत गरिएका हुन्छन् तिनको अध्ययन र विश्लेषण पनि समयसापेक्ष हुनपर्छ । यौन स्वतन्त्रतालाई अपराधको रूपमा लिने वा अधिकारका रूपमा ? अनेक बहस होलान् । तर, बढ्दै गइरहेको खुलापनलाई अस्वीकार गर्न सकिँदैन ।
हाम्रो संस्कार, पारिवारिक मूल्य–मान्यताले यौनलाई सीमित घेरामा राखेको छ । तर, बदलिँदो परिवेशले स्वतन्त्रता खोजिरहेको छ । लामो समयसम्म श्रीमान्–श्रीमती एक–अर्काबाट टाढा रहनुपर्दा जागृत हुने कुण्ठित भावना, एक्लो जीवनको निराशा आदिले यौन स्वतन्त्रता खोज्न थाल्छ । तर, समाजले संस्कार र आचरणको बार लगाइदिन्छ । यही द्वन्द्वमा मानिसका इच्छा–आकांक्षा दमित मात्र होइन, विभिन्न स्वरूप लिएर प्रस्फुटन हुन थाल्छन् ।
आजको एक्काइसौँ शताब्दीमा आएर महिलाहरुप्रतिको हिंसा बर्बर छ । कुटपिट, बलात्कार, हत्या, आगो लगाएर मारिनु , तेजाव खन्याइनुजस्ता शारीरिक र मानसिक घरेलु हिंसाबाट ग्रसति छन् महिला । यी यस्ता यातनाबाट मुक्ति पाउन नसक्नुमा सामाजिक, राजनैतिक, धार्मिक र आर्थिक पक्ष महिलामुक्ति विरोधी देखिएका छन् ।
राजनैतिक पक्षबाट हेर्दा देशमा विभिन्न कालखण्डमा ठूलठूला राजनीतिक परिवर्तन नभएका हैनन् । महिला हकहितका कुरालाई लिएर भाषण र नाराहरु नचर्किएका हैनन् तर महिला हकहितका धेरै कुराहरु नारा भाषण र प्रतिबद्धता पत्रमा मात्रै सीमित रहन पुगेजस्तै भए । महिलाहरुलाई छुट्याइएको आरक्षण कोटालाई नै सबैभन्दा ठूलो उपलब्धि ठानियो ।एउटी महिला घरव्यवहार छोडेर राजनीतिमा लाग्न, समय दिनसक्ने अवस्था ज्यादै चुनौतिपूर्ण छ । आउनै चाहँदा पनि ठूलै विद्रोह गरेर आउनुपर्ने अवस्थाको सिर्जना हुन्छ। आफ्नो परिवारको साथसहयोग पाउनुको साटो कतिको त आफ्नो घरव्यवहार त्याग्नुपर्ने अवस्थासम्म नबनेको होइन । त्यो अवस्थाबाट बल्ल सदनसम्म अर्थात प्रतिनिधित्व गर्ने ठाउँसम्म पुग्छन् । पुगे पनि त्यहाँ उसका कुराको सुनुवाइ बिरलै हुन्छ । पुरुषकै कुरा र निर्णयलाई समर्थन जनाउने र ताली पिट्ने काम भएको अवस्था छ ।
धार्मिक पक्ष यस्तो छ कि ,धर्मशास्त्रहरु जम्मै मानवको ढुङ्गेयुगमा बनेका छन् र आँखा चिम्म गरी तिनैलाई पूजा गरिँदैछ अझसम्म । ती जम्मैले पुरुष सत्तालाई उच्चस्थान र महिलापक्षलाई तल झार्ने काम गरेका छन् । त्यो समयमा शायद पुरुषले महिलालाई कमजोर बनाउनकै लागि मात्र धर्मशास्त्र बनाएका हुन् कि जस्तो लाग्छ । जस्तो स्वस्थानीकै कथालाई लिऊँ , त्यहाँ एउटी पाँचवर्षे बालिका सत्तरीवर्षे बृद्ध पुरुष त्यसमा पनि गाँजाभाँड, खाएर मात्ने मतुवालाई पतिपरमेश्वर भनेर पूजा गरेको, ऊसँग सम्बन्ध गाँसेर उसकै आदर्श पत्नी बनेको कथा छ । नारीको जन्म पुरुष भोग्यको लागि मात्र हो र ठानिएको छ ।
धर्मशास्त्रले यसलाई नै बढावा दिइरहेको पाइन्छ । त्यही स्वस्थानी व्रत लिन पाउँदा अहिलेसम्म पनि अधिकांश महिलाहरु आफूलाई गौरवशाली ठान्दै आएको अवस्था छ। यस्तै गरी कहीँकतै पूजाआजा जस्ता धार्मिक कार्य भयो भने पुरुषको उपस्थिति शून्यप्रायः र महिलाहरुको भिड देखिनुको कारण पनि यही हो कि धर्मशास्त्रले महिलाहरुमा भ्रम सिर्जना गर्दिएको छ। परपुरुषसँग लाग्ने महिला अर्को जन्ममा गएर … बन्छे, केके गरी भने के के बन्छे जस्ता कुरा पुराणमा यस्तो कुरा फलाकिन्छ ।भन्ने बेलामा आधाआकाश महिला भनिए तापनि व्यवहारचाहिँ परम्परा धान्ने जिम्मेवारी पूरै आकाश महिलाको हो जस्तो गरिँदै आएको अवस्था छ ।
त्यस्तै अर्को चित्त नबुझ्दो नियम छ । एउटी छोरीमान्छे जन्मेपछि अर्काको गोत्रमा परिणत हुनुपर्छ । जोसँग रगतको साइनो जोडिएको छ। रक्तसमूह मिल्छ। उसैले पिण्डदान गर्न नहुने, दागबत्ती दिन नहुने, काजकृयाजस्ता हरेक कर्ममा छुनसमेत नभई अलग रहनुपर्ने । पराइघरमा गएर जोसँग न वंश, गोत्र मिल्छ न रगत मिल्छ। उसैले गरेको दान दक्षिणबाट पितृपार तर्नेजस्ता पुराना धार्मिक नियमहरु अझसम्म बिरालो बाँधेर श्राद्ध गरेको पाराले चलिरहेका छन्य । यसको विरोध गर्ने साहस जुन महिलाले गर्छे धेरैको नजरमा आलोचनाको पात्र बन्न पुग्छे । यस्तो विभेदपूर्ण धर्मशास्त्रलाई पूजा गर्न बाध्य छौँ हामी अझै ।
राजनितिक परिवर्तनको मात्रै आवश्यकता ठानियो, धार्मिक परिवर्तनको आवश्यकता छ कि छैन गम्भीर भएर सोच्ने बेला आएको छ ।
सामाजिक पक्ष पनि महिलामुक्ति विरोधी नै देखिन्छ ।समाजमा पुरुष र महिलालाइ हेर्ने दृष्टिकोण आकाश जमिन फरक छ । ठूलो कुरा किन लिनु सानो कुरालाई नै लिऔँ न , छोरीलाई जन्मेर हातखुट्टा लाग्नेबित्तिकै सानोतिनो काममा आमालाई सघाउन प्रेरित गरिन्छ तर छोरालाई के कुरामा प्रेरित गरिन्छ त भन्दा उफ्रिन, डुल्न, खेल्न, पढ्न, कुद्नजस्ता मानव विकासका हरेक क्षेत्रतिर प्रेरित गरिन्छ । उसले लाउने कपडासमेत छोरीलाई धुन लगाउने, खाकै थालमा चुठ्न लाउने गरिन्छ । जताततै छुट पाएपछि मात्तिएर बदमासतिर लाग्यो भने पनि भन्ने गरिन्छ—“छोरोमान्छे यस्तै हो नि ।”
छोरा र छोरी बराबर कष्ट सहेर जन्माएको हुन्छ, दसधारा दुध ख्वाउने हुर्काउने तरिका उही हुन्छ तर छोरीप्रतिको सोच फरक हुन पुगेको हुन्छ । छोरी जन्मनासाथ हरेक छोरीका बा-आमालाई नपढ्ली कि, राम्रो काम गर्न सक्ने नहोली कि , शाहसी र निडर नहोली कि भन्ने चिन्ता हुनुको सट्टा गतिलो घर पो नभेट्ली कि, बिकामे संस्कार सिक्ली कि,अर्काको घरमा पति सासुससुरा नन्ददेवर लगायत पराइको घर रिझाएर खान सक्ने नहोली कि भन्ने कुराको चिन्ताले सताउन थाल्छ । अझ भनौँ न छोरीको भ्रुण पत्ता लाएर भ्रुणहत्या गर्नेको सङ्ख्या पनि कम छैन समाजमा ।
प्रमुख कुरा त एउटी महिला विवाहपछि अर्काको घर जानु नै महिलालाई हिंसाातिर धकेल्नु हो। महिला शोषणको खुल्ला प्रमाण यहीँबाट छर्लङ्ग हुन्छ । किनभने जब एउटी महिला बिहेपछि अर्काको घर प्रवेश गर्छे । त्यहाँ ऊ ल्याइएकी झुत्री कहलिन्छे । बिहे भएर अर्काको घर गइसकेपछि उसका सम्पूर्ण इच्छा, चाहना र रहरको अन्त्य हुनपुग्छ भन्दा फरक पर्दैन । उसले एउटी निरीह प्राणीझैँ दाम्लामा डोरिनुपर्ने हुनपुग्छ । यहाँ जा, त्यहाँ नजा, यो गर त्यो नगर ,यसो भन त्यसो नभन ,यस्तो लुगा लगा त्यस्तो नलगा अरे ।
एउटी घरेलु कामदारको रुपमा रहनुपर्ने हुन्छ उसले । आफ्नो लोग्ने र लोग्नेका परिवारलाई खुसी पार्ने,रिझाउने, सन्तानलाई कसरी हुर्काइबढाइ गर्ने, जहिले तहिले घरभित्रको सुसेधन्दामा जोतिइरहनुपर्ने जस्ता कुरामा मात्र परिश्रम गर्नुपर्ने र दिमाग पनि त्यसैमा लगाउनुपर्ने हुन्छ । त्यति गर्दा पनि अपजसकै भारी मात्र बोक्नुपर्ने, अन्यत्र सोचविचार गर्नेतिर मन जाँदैन । जसले गर्दा बिहेअघि चल्दै गरेको आफ्नो पढाइ पूरा गर्ने जाँगरसमेत मर्न जान्छ धेरै महिलाको ।
लोग्नेले जतै गएर जोसँग हाँसखेल गरे पनि मौका पर्दा कसैसँग अन्यत्रै रात काटेर आए पनि समाजले उसलाई छुट दिन्छ । उखानै बनाइन्छ मर्दका दशओटी भन्ने । तर स्वास्नीको त्यही व्यवहार थाहा पायो भने सह्य हुँदैन । त्यसैको जिम्मा लाएर पठाउनुपर्छ भन्दै औँला उठाउँदै कस्सिन्छ समाज पनि ।
हुन त हरेक कालखण्डले थुप्रै राजनीतिक परिवर्तन ल्यायो तर सामाजिक परिवर्तनपट्टि अर्थात समाजको संरचनामा परिवर्तन ल्याउने कुरामा कमै सोचिए । ती परिवर्तनले सामाजिक संरचनामा पनि परिवर्तन ल्याउनुपर्थ्याे । एउटी छोरीमान्छेलाई बिहेपछि लोग्नेको घर (अर्काको घर )पठाउनु भनेकै हिंसामा धकेल्नु हो । स्त्री जब अर्काकाे घर जान्छे, तब ऊ त्यो घरको दासी हुनपुग्छे । ऊ चाहे जतिसुकै ठूलो या खान्दानी परिवारकै किन नहोस् मन परे दयाकी पात्र बन्छे नपरे ल्याइएकी झुत्री भन्दै मनलाग्दाे हिंसा गरिइन्छ । सकेसम्म गाली बेइज्जत गर्ने, कुट्ने, चिथोर्ने, मानसिक यातना दिने, घर निकाला गर्ने, कति छोरीलाई रुपियाँपैसामा तौलेर डढाउने, रेट्ने, मार्नेजस्ता जघन्य अपराध गरिन्छ । समाज नै उसको पक्षमा नभएपछि को सुन्ने उसको चिच्याहट र बिलौना ।
राजनैतिक परिवर्तनसँगै समाजको संरचनामा पनि फेरबदल भएर महिलालाई बिहेपछि अर्काको घर जाने प्रचलन बन्द गरेर छुट्टै घरको व्यवस्था गर्दिनुपर्थ्याे । त्यसो हुँदो हो त छोरीले बिहेपछि लोग्नेको घर हैन । म आफ्नो घर जाँदैछु भन्ने आत्मबल दह्राे पार्न सक्थी । हिंसित हुनुपर्ने अवस्था अवश्य घट्ने थियो होला ।
अन्त्यमा
अहिलेको नयाँ संविधानले छोरा र छोरीलाई बराबर अंश दिने कुरा र यही पुरानै सामाजिक संरचनाबीच कुरा बाझिएको छ किनभने अंश लिएपछि त छोरीले छोराझैँ निर्धक्क अंश लिएर आफ्नो तरिकाले जीवनयापन गर्न पाउनुपर्थ्याे । त्याे खोइ अवस्था ? अंश त कोशेलीजस्तो पोको पारेर अर्काको घर लगिएपछि आफ्नो खुसी होला त त्यहाँ ? अवश्य नहोला । बरु आफूले माइतिमा पाएको अंश अर्कालाई बुझाएर, अर्काकै अधिनमा चल्नुपर्ने अवस्थाको सिर्जना सहजै अनुमान लाउन सकिन्न र ?
आर्थिक पक्ष हेर्ने हो भने पनि महिलाको अवस्था प्रायः दयनीय नै छ । जब आर्थिक पक्ष कमजोर छ तब स्वतः उसको मनोबल कमजोर हुन्छ । अहिले पछिल्लो चरणमा आएर केही कतै वैदेशिक रोजगारीले गर्दा महिलाको हातमा सम्पत्तिको अधिकार आएको देखिए तापनि बहुसङ्ख्यक महिलाहरुको अवस्था यस्तो छ । जो बिहान झिसमिसैदेखि बेलुका आधारातसम्म घरव्यवहारकै काममा घोटिँदा पनि आफूलाई चाहिने आवश्यकीय वस्तु खरिद गर्ने पैसाको लागि कति गाली सहेर श्रीमानसँग हात पसार्नुपर्ने अवस्था छ । खुस परे देलान् । नपरे भन्लान्– “पाँचपैसाको कमाइ छैन, दसपैसाको खर्च । पैसाको साटो व्यङ्ग्य, गाली, हप्की, दप्की देलान् । कति छोरीमान्छेहरु यी यस्ता समस्याबाट केही राहत मिल्ला कि भन्ने सोचेर वैदेशिक रोजगारीको बाटो रोज्न पुग्छन् । त्यहाँ उनीहरु अझ बढी शोषित हुनुपरेको अवस्था पनि छ ।
यदि हरेक महिलाको श्रमको मूल्याङ्कन भइदिए, उनीहरुले दुई-चार पैसाको लागि गाली खाँदै हात पसार्नुपर्ने अवस्था आउने थिएन होला पक्कै र हिनताबोधमा बाँच्नुपर्ने अवस्थाको अन्त्य हुने थियो होला ।त्यसैले लाग्छ, हरकोहीले धार्मिक, आर्थिक, सामाजिक, राजनैतिक दृष्टिकाेणबाट नारीदिवस मनाउनुपर्छ । महिलामुक्तिका लागि मानिने बाधकहरू सब मिलेर फुकाउनु पर्छ ।

