विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैदको फैसला गरेको छ । कैदसँगै अदालतले उनीविरुद्ध ३ करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही बराबरको बिगो तिर्ने सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारु तथा रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद र सोही रकम जरिवाना तथा बिगो तिर्ने फैसला सुनाइएको छ ।
उनीहरू दुवैलाई अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेकोमा बिहीबार सजायको फैसला सुनाइएको हो ।