वेद नित्य र सनातन हो ,ईश्वर प्रतिस्थापक मात्र हुन् ।
रामशरण गैरे
निधारमा खरानी धस्नु, रुद्राक्षको माला जप्नु, पहेंलो पहिरन लगाउनु, मन्दिरमा गएर घण्टी हल्लाउने लाई धर्म भनेर आममानिसले बुझ्दै आएका छन् ।तर वास्तवमा यस्ता कार्यहरु आत्मा शुद्धिकरणको लागि गरिएको धार्मिक कार्य भन्न मिल्छ तर धर्म भने होइन।‘धर्म धारयते इति धर्म’ भनेर भागवत गीतामा भनेझैं धर्म भनेको आफ्नो गुण ‘धारणा’ गर्नु हो–उत्तरदायित्व बहन गर्नु हो।
धर्म न त विज्ञापनको विषय हो न त बेचविखन गर्ने वस्तु । न त यो देखाउने कुनै वस्त्र वा गहना जस्तो विषय हो न जबर्जस्ती थोपर्ने वा खोस्ने कानुनी विषय नै । विश्वका जुनसुकै नाउँका जति पनि धर्महरू छन् ती सबै धर्मका वेद अनुकूलका अंश धर्म हुन्, वेद विपरीतका अंश अधर्म हुन् ।
किनकि ‘चोदनालक्षणोर्थोधर्मः’ भनी धर्मको अर्थ लगाइएको छ । ज्ञानरहित जुनीले गर्ने कर्म धर्म वा पाप हुँदैनन् । गंगाको पानीमा बस्ने माछो धर्मात्मा र गाई मारेर खाने सिंह पापी हुँदैन किन कि तिनमा कर्मज्ञान हुन्न । ओहो थाहा भएन नि त भूल भो भनेर वेद विपरीतका कार्य गरेर कहिल्यै क्षमा पाइन्न, ईश्वरले दण्ड दिन्छन् । वेद नै संसार रहस्यको मूल हो बाँकी सबै धर्म भ्रम हुन् । ईश्वर पनि वेदका आविष्कारक होइनन् प्रतिस्थापक मात्र हुन्, त्यसैले वेद नित्य र सनातन हो ।
उदाहरणको लागि खुर्सानीको गुण पिरो हुनु,कागतीको गुण अमिलो हुनु हो।खुर्सानी पिरो र कागतीको अमिलो भएन भने यि चिजहरुको अर्थ नै हुदैन।त्यस्तै, पानीको धर्म शितलता दिनु÷प्यास मेटाउनु हो।आगोले सानो ठूलो धनी गरिब यो या त्यो भन्दैन,डढाउँदछ किनकि आगोको धर्म नै पोल्नु÷डढाउनु हो।त्यसैगरी न्यायाधीशको धर्म पीडितलाई न्याय दिनु हो भने प्रहरीको धर्म कानुन पालना गराउनु हो।
राजनेताको धर्म भनेको राष्ट्र र जनतालाई सर्वोपरी ठानेर सेवामा समर्पित हुनु हो।राजाको धर्म भनेको स्नेही पिता बनेर राष्ट्र चलाउनु हो।धर्म छोड्यो भने आफ्नै अस्तित्व बिलाउँदै जान्छ।सिँउडी रोपर सूर्यमुखी फूलको आश गर्नु मूर्खता हुन्छ।बिडम्बना ! धर्मको मर्म कसैले बुझेन्न र घिनलाग्दो कुकृत्य गर्दै हिडें सबैले। फलस्वरुप, निर्दोष नेपाली जनताहरुले धर्मको सहीरुप देख्न पाएनन र सबैमा बितृष्णा जाग्यो।
गहिरो खोज अनुसन्धान आर्यहरु मध्य एशियाका प्रकृतिपूजक समुदाय भएको पुष्टि गरेको छ।उनीहरुको बास स्थान तत्कालीन सिन्धुघाँटी (भारत र पाकिस्तानको बीच) भएको र यिनै सिन्धुबासीहरुलाई पर्सियनहरुले प्रष्ट उच्चारण गर्न नसकी (भाषिक अपभ्रंस भै) सिन्धुलाई ‘हिन्दू’ भन्ने गर्दथे । सिन्धुघाँटीको पुरातात्विक उत्खननमा तिनीहरुले नेपालको ‘पशुपति’ मुद्रा प्रयोग गरेको पाइयो।तिनै ‘हिन्दू’ भनिने सिन्धुबासीहरुको अग्नि,नाग र प्रकृति पूजा,योग ध्यान,ब्रम्ह्ज्ञान जस्ता वैदिक संस्कारहरु भारतबासीहरुले अपनाउँदै आए।
पुरातात्विक खोजअनुसार हिन्दूहरुले इतिहास ३५०० देखि ४००० बर्षसम्मको मात्र छ।तिनै हिन्दूहरुको ‘नासो’ (तत्कालिन बिशाल नेपालका तर अहिले इण्डियाका) बिबेकानन्द,परमहंश,शंकराचार्य जस्ता धार्मिक नेताहरु आत्मासाथ गरी ‘हिन्दू’ नाममा धर्मको प्रभाब फैलाउँदै गए।‘हिमालयं समारभ्यं यावत इन्दु सरोबरम् तम् देव निर्मित देशं हिन्दुस्थान प्रच्छयते’ अर्थात, देबताहरुले बनाउनु भएको हिमालदेखि मकवानपुरको इन्द्र सरोबर सेरोफेरोको भुभाग (देश) मा बस्ने सभ्य र सुसंस्कृत मानिसहरु लाई हिन्दु भनिन्छ भनेर उनीहरुले नै ब्याख्या गरिदिए।
यिनै सुसंस्कृत आर्यहरुको धर्म संस्कार अंगाल्दै गए।उनीहरु पनि हिनताबाट दूर .हिन्दू,समभावको दृष्टि राख्ने धार्मिक समूहको रुपमा आफूलाई स्थापित गराउन खोजिएको पनि देखिन्छ।तर ती हिन्दूहरुले मानीआएको÷पूजी आएको चाडपर्व धार्मिक प्रचलनहरु त नेपालमा वैदिककालदेखि नै चलेको प्रचलनहरु हुन्।रामायण तेत्रायुगको रामराज्यको घटना वर्णित महाकाव्य हो भने महाभारत द्धापर युगको कृष्णको पालामा भएको पाँच पाण्डव र कौरवहरुबीच भएको युद्ध वर्णन गरिएको महाकाव्य हो।
नेपाल अधिराज्यको सिर्जना हुनभन्दा पहिले हिमवतखण्डको रुपमा यो क्षेत्र परिचित थियो। हिमवतखण्डको श्रृषिमुनिहरुको वासस्थान,वेद पुराण ,निति, शास्त्रहरुको उद्गमनभूमि हो । पौराणिक कालमा हिमवतिखण्डमा कैयौ हिन्दु राज्य तथा हिन्दु तिर्थस्थलहरु थिए । पौराणिक कालमा हिमवतखण्डमा वैदिक सनातन हिन्दु धर्मबाट प्रभावित थियो । पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दु कुश, उत्तरमा कैलास मानसरोवर र दक्षिण गंगासम्मको भूभागलाई हिमवतखण्ड भनिन्छ ।शिवजीको बासस्थान कैलाश मानसरोवर हो ।
हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्मको यो आर्यभूमि हो । यस क्षेत्रमा वेद, उपनिषद, पुराणहरु तथा अनेकौँ नीतिशास्त्रको जन्म भएको र यस क्षेत्रलाई यहाँका हिमालहरु र नदीहरुले जसरी सिचित गराएको छ। त्यसरी नै अनेकौँ तेजस्वी श्रृषि मुनिहरुका तपबाँब्ट ज्ञानका आश्रम धारा बग्न पुगेका छन् । बेद ,श्रृति ,स्मृति तथा योगको ज्ञानले यस क्षेत्रलाई सिचित गर्न सकेकाले विश्वमा हिमवतखण्ड नेपाललाई मानव सभ्यताको उदगम र विश्वसभ्यताको जेष्ठभूमि मानिएको छ । धर्म अध्यात्म ज्ञानको क्षेत्रमा नेपाल विश्वको केन्द्र पनी हो ।
यसले विश्वको नेतृत्व गर्ने क्षमता राख्दछ । नेपाल नेपाली महान् सावित गर्छ । आजको नेपाल हिमत्खण्डको भाग हो । जबमुदीप भित्र भरतखण्ड र हिमवत्खण्ड थिए । हिमवत्खण्ड तपोभूमि हो । तपोभुमि भनेको विशाल खोज केन्द्र हो , प्रयोगशाला हो । यस खण्डका हामी वेद ज्ञान सागमा पौडने प्राणी हो । हामीले पत्तो लगाएका छौँ । वेद अपौरुषेय हो । धर्म एक मात्र हुन्छ । त्यो हो संस्कृत देववाणी ,देवलिपी ७४ व्यञ्जन र ३६ स्वर भएको । विश्वका अरु सबै भाखा त्यसैका उपज हुन् । सबै लिपी त्यसैका उपज हुन् । वेदमा ज्ञान विज्ञान जीवन शैली दर्शन विश्व ब्राहमाण्ड परमात्मा पमेशवर जन्म जन्मानतरका कुरा आदि सबै चिज समावेश छन् । यसलाई नै दुवै दानव भनिएको हो । आज पनि त्यो द्धन्द्ध कायम छ ।
मानव सभ्यताका प्रर्वतक कैयौँ ऋषिमुनिहरुको जन्म र कर्मभूमि यही भूमि थियो । सप्तगण्डकीमा काश्यप ऋषि (विश्वामित्र) गोर्खामा वेदव्यास तत्वज्ञानी दार्शनिक राजा जनकको राज्यमा याज्ञवल्कप, गार्गी, मैत्रेयी, गण्डकमा बाल्मिकि ऋषि बाग्मती किनारमा ने मुनि नामक ऋषि र किरातीहरुका ऋषि आकुनीले ख्याती कमाएको उल्लेख छ ।
हिमवतखण्ड नेपालमा कुनै पनि ऋषिमुनिहरु क्स्यप भारद्धाज, विश्वामित्र, कौसिक वशिष्ट, मैत्री, गौतम, जमदग्नी ,सप्तऋषिहरु नेमुनी परशुराम, उपमन्य, मौतगन्य, शाण्डिल्य ,मरिची अंगिरा, गार्गी, यज्ञवल्क्य, मैत्रेयी शाण्डिल्य। मैत्रेयी, ब्इास, पुलह,भुगु माण्डव, जस्ता यस्ता सयौँ ऋषिहरुले तपोभुमि कर्मभूमि हो । यो हिमवतखण्ड नेपाल हो । वेद् उपनिषद्, पुराणहरु यही क्षेत्रकै उपज हुन् ।
हाम्रो वैदिक सभ्यतालाई आर्य (हिन्दू) हरुले पैचो लिएर गएको कुरा हामीहरुले बिर्सियौ र उही सभ्यता संस्कार घुम्दै फिर्दै नेपालमा हिन्दू नामको धर्म भित्रिएको कुरामात्र देख्यौ र त्यही धार्मिक समुदायको चर्को नारा सुनेर मख्ख पर्यो ।बाउ बाजे र पूर्खा भुसुक्क बिर्सियौ।कताकता घैटोमा घाम लागेर होला ‘वैदिक सनातन धर्म हिन्दू राष्ट्र भनेर कुर्लिन पनि थालिएको छ आजकल।जुन शब्दावली अत्यन्त बिरोधाभाषपूर्ण छ।बूढो बाजेको पेडा पसल भनेजस्तै हो।कहाँको वैदिक सनातन धर्म कहाँको अस्ती भर्खर जन्मेको चल्ला हिन्दू धर्म।उनीहरु पनि हाम्रै बैदिक सनातन धर्म मान्छन भनेर बुझ्नु पर्दछ।स्मरणरहोस्,हिन्दू शब्द नेपाल र भारतको पुरानो शब्दकोष, शास्त्रहरुमा कतै पनि उल्लेख भएको पाइँदैन।
२५२६ बर्षअघि नेपालको लुम्बिनी–कपिलबस्तुमा जन्मिनुभएका शाक्यकुलका सिद्धार्थ गौतमले दरबारको सुखसयल परित्याग गरी सत्यको खोजीमा लाग्दा अनाचक बोधीज्ञान प्राप्त भयो।उक्त ज्ञान ४ आर्य सत्यहरु र अष्टाङ्गीक मार्ग नै बौद्ध सम्प्रदायको मुल सारतत्व हो।बौद्ध धर्मका प्रबर्तक÷शान्तिका दूत भनेर विश्वले भगवान बुद्धलाई पूज्दै आएको छ।भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा राखिएको ‘अशोक स्तम्भ’ देवान पियन पियदासिन वितसिवसा भिसितेन ……ज्वलन्त प्रमाण हुँदाहुँदै पनि इन्डियाले नक्कली लुम्बिनी बनाएर बुद्ध इन्डियामा नै जन्मिएको भ्रम फिजाउने दुष्प्रयास पनि गरेको थियो।
मत्स्य कुमो बराहश्च नरसिंह वामन : रामो रामश्च रामश्च बुद्ध कल्की तथै व च ।। भनेर बैदिक धर्मशास्त्रले बुद्धलाई विष्णुका १० औं अवतारको रुपमा चिनाएको छ।त्यसो हुनाले बौद्ध सम्प्रदाय पनि वैदिक सनातन धर्मको हाँगो हो।लुम्बिनीमा प्रादूर्भाव भएको बौद्ध सम्प्रदाय आज चीन तिब्बत,थाइल्याण्ड,कोरिया,जापान, बर्मा, भियतनाम, मलेसिया, श्रीलंका,भारत,अमेरीका,यूरोपका धेरै राष्ट्रहरुमा स्थापित धर्मको रुपमा लिइन्छ।पश्चिमेली मुलुक त बौद्ध धर्मप्रति आकृष्ट छन्।अनुयायी बनेका छन् तर पनि बौद्ध धर्म वैदिक सनातन धर्मको अंश÷पुत्र भनेर भेउ पाउन सकेका छैनन्।
सनातन भनेको वेद, पुराण जन्मिनुभन्दा पनि अघिको हो। आदि- अनादिकालदेखि चल्दै आएको आध्यात्मिक मत अर्थात् वैदिक सनातन, मुन्धुम सनातन, त्रिपिटक सनातन, बोन सनातनको साझा शब्द सनातन भनियो भने त्यो वैज्ञानिक संज्ञा हुन्छ। बृहत् नेपाली शब्दकोशले सनातनको परिभाषा यसरी दिएको छ पनि- ‘धेरै अघिदेखि चलिआएको परापूर्वदेखिको, प्राचीन।’रुद्रको वन्दनाबाट ऋग्वेद शुरू हुने हुँदा वैदिक सनातन भनिएको हो। ‘यस धम्मो सनन्तनो’ (यो धर्म सनातन हो) बुद्धले भनेका हुँदा यहाँ त्रिपिटक सनातन भनिएको हो।
किनभने सनातनलाई विकृत पारेर हिन्दू बनेको वैष्णव मत सक्कली सनातन शैव धारको सबैभन्दा ठूलो निन्दक हो। धर्मसापेक्ष पन्थ निरपेक्ष हुनुपर्छ भन्ने मान्यता विपरीत वैष्णव धारमा एकअर्काको पन्थप्रति घृणा व्यक्त गर्ने, छोइछिटो गर्ने घना संस्कृति छ तर भ्यागुता, मुसा र अझ सकेदेखि ठूला ठूला जनावर समेत खाने विषधर स्वयंबाट रूपान्तरित विष्णु भन्ने नाम स्वयं अहिंसात्मक कसरी हुन सक्छ? स्वयंले हिन्दू ट्याग लगाइदिएकाहरूलाई नै स्वयं घोषित हिन्दूले घृणा र निन्दा गर्ने यो चलन दक्षिणबाट मनुस्मृति हुँदै नेपाल भित्रिएको हो।
यो हाम्रो सनातन धारको हुँदै होइन।सनातन मतको मान्यता चाहिं के हो भने जसले जे र जस्तोसुकै मत, देवता, पन्थ मानोस् त्यो उसको खुशीको कुरा हो। निन्दा गर्नु असभ्यता र असंस्कृति हो। तर यसको यही उदारता अहिले सबैभन्दा बढी इसाई, इस्लाम र हिन्दू धर्मवादीहरूको पनि प्रकोप र प्रहारमा परेको छ।
वैदिक वेदमा दिएको शिक्षाअनुरुप चलेको समाज र संस्कारहरु ।सनातन अति प्राचीन, आदिमकालदेखि, सृष्टिको सुरुवातसँगै ।धर्म अन्तरनिहीत गुृणलाई धारणा गर्नु । उत्तरदायित्व बहन गर्नु । सत्मार्गमा हिड्नु प्रकृतिको नियमको पालना गर्नु, कर्मको फल प्राप्ति हो ।यहाँ भनिएको शब्दार्थअनुरुप जाने हो भने अति प्राचीनकालदेखि वैदिक संस्कार अनुसार चलिआएको धर्म नै बैदिक सनातन धर्म भन्ने बुझिन्छ ।
वेद भनेको ज्ञानको भण्डार र ईश्वर प्राप्तिको सुमार्ग हो । यो अगाडिको कल्पसम्म वेद हावामानै ध्वनीको रुपमा तरङ्गीत हुन्थ्यो र तन्त्रका ज्ञाताहरुले मात्र वेद पढ्न सक्दथे । यही कल्पको तेत्रायुगमा नेपालको दमौलीमा जन्मनु भएका महर्षि वेदव्यासले ४ वेद १८ पुराणलाई संस्कृत भाषामा लिपिबद्ध गरिदिनुभयो।हिजो आज पश्चिमेलीहरुले हाम्रो भाषालाई ईश्वरको भाषा न्यम भनेर बुझ्न थालेका छन्।
जगत कल्याणको निम्ति लेखिएको चार वेद भित्र ईश्वर, योग–ध्यान, असल जीवन पद्दति, ज्योतिषशास्त्र, बास्तुशास्त्र, अर्थशास्त्र, कला–संगीत साहित्य, आयुर्वेद,बैज्ञानिक आविष्कारहरु आदि इत्यादी कुराहरु उल्लेख गरिएका छन्।सम्पूर्ण साहित्य,बैज्ञानिक आविष्कार र धार्मिक ग्रन्थहरुको मूलश्रोत भनेको वेद नै हो । यसरी हेर्दा वैदिक सनातन धर्म ईश्वर प्राप्तिको सुमार्ग देखाउने र सभ्य सुसंस्कृत समाजको निर्माण गर्ने ज्ञानको भण्डारको रुपमा फैलिएको संजाल हो।
कुनै एउटा जाति बिशेष वा समुदायले अपनाएको संस्कार वा दर्शन हुँदै होइन।यहाँ सूर्य (अग्नी), पञ्चतत्व (प्रकृति) को पूजा÷उपासना गरेको मात्र पाइन्छ।हुन पनि सूर्य र प्रकृतिको अनुपस्थितिमा कुनै पनि जीव–जीवात्मा र बनस्पतिको अस्तित्वको कल्पना पनि गर्न सकिदैन।ब्रम्हाण्डका श्रृष्टिकर्ता सत्गुरु गोरखनाथ शिव बाबा प्रकृतिका मालिक, नागराजा–परम ज्योति हुनुहुन्छ ‘शिव’ भनेको प्राण हो ।
शिवको ( ईश्वर ) ई उडेर गएपछि हामी शव (मुर्दा) मा परिणत हुन्छौ।बिष्णुलाई पालनकर्ता र महेश्वरलाई संहारकर्ता (पुनः श्रृष्टिको खातिर भष्म गर्ने) को रुपमा बैदिक सनातन धर्मले भन्दै आएको छ।कल्प युग र देशकाल परिस्थिति अनुरुप देव–देवताहरु, ऋषिमुनिहरु,धर्मप्रबर्तक र शान्तिका दूतहरु यस धर्तीमा आउने गर्दछन्।सबै लाई सत्गुरु गोरखनाथ ‘शिव’ बाबा बाट खटाइएको हुँदोरहेछ।सबै धर्म समुदायको पबर्तकहरुले म ईश्वरको पुत्र हुँ भनेका नै छन्।
बाबा सत्गुरु गोरखनाथ ब्रम्हाण्डको परमज्योति स्वरुप भएतापनि हामी सबै जीव जीवात्माको कण–कणमा बास गर्नुहुन्छ।कुनै घमण्डी भौतिकवादीले अहिले अध्यात्मलाई खैरो खनेता पनि पछि उसले बुझ्दै जान्छ “म अदृश्य शक्तिद्धारा संचालित छु।
प्रकृतिको नियममा बाँधिएको छु ,बिज्ञानको अन्त्य भएपछी अध्यात्मको शुरुवात हुनेरहे छ” भनेर आत्माज्ञान जाग्न थाल्दछ।स्मरण रहोस्,आफ्नै दर्शन अनुरुप संस्कार मान्दै आएको कुनै समुदाय वा जाति बिशेष लाई सम्प्रदाय भनिन्छ । समस्त प्रकृतिपुजक, हिन्दु, बौद्ध, स्लाम, शिख, क्रिश्चियन, यहूदी, जैन इत्यादी सम्प्रदायहरु ॐकार परिवारभित्रकै सदस्यहरु हुन्।
ठाँउ र भाषाको कारणले उनीहको दर्शन थोरै फरक भएतापनि मुख्यत बैदिक सनातन धर्मले भने जस्तै असल मानिस बन,कर्म शुद्धिकरण गर,प्रकृति र सकल प्राणीलाई प्रेम गर भन्ने कुरा नै सबै सम्प्रदायदायहरुको धर्म हो जसलाई मानब धर्म भनिन्छ।बाटो र बिधिमात्र फरक छ,गन्तव्य एउटै छ।
सबै धर्महरुमा–पञ्चशील,सदाचार,सत्मार्ग,मानबता,कर्मको फल र ईश्वर प्राप्ति जस्ता मूलभाव एउटै हुन्छ।उच्चाहरणमा थोरै फरक भएतापनि सबै धार्मिक सम्प्रदायदायहरुले ॐको उच्चारण गरेका हुन्छन्।सूर्य र पञ्चतत्व (प्रकृति) लाई पूजा गरेकै हुन्छन्।नाग–त्रिशुल र शिवलिंगलाई सबैले आराधना गरेकै हुन्छन्।त्यसैले हामी नेपाली हरुले अल्मलिनुपर्ने ठाउँ छैन।
पुरातात्विक खोज अनुसारनै पनि बैदिक सनातक धर्म करिब ३ लाख बर्ष अघिदेखि चलिआएको ईश्वर प्राप्ति सत्मार्ग र मानब धर्म हो।बिश्वमा प्रचलित अहिले देखिएका प्रकृतिपुजक,हिन्दू,बौद्ध मुस्लिम,यहूदी,क्रिश्चियन,सिख जैन,टाओ,आदि इत्यादी सबै धार्मिक समुदायहरु हाम्रो बैदिक सनातन धर्मको हाँगाहरु हुन्।मान्ने तरिका र बाटो फरक भएतापनि सबै धार्मिक समुदायहरुको भाव,नीति र गन्तव्य एउटै छ– वैदिक सनातन धर्मले सिकाएजस्तै पञ्चशीलको पालना, कर्म शुद्धिकरण, सत्मार्ग, मानबता, ब्रम्ह्ज्ञान र ईश्वर प्राप्ति।यी कुराहरु नै सबै धार्मिक समुदायहरुको साझा धर्म हो।
बैदेकि सनातन धर्मको उद्गमस्थल नेपाल नै हो।नेपाललाई अघिल्लो युगहरुमा सत्यवती, तपोवती, मुक्ति दायिनी र नेपाल मण्डल भनेर भनिन्थ्यो।यही पूण्यभूमिबाट बिभिन्न धार्मिक समुदायहरुको प्रादूर्भाव भयो। हाम्रो वैदिक धर्मदर्शनमा हिन्दू धर्मका १६ मूल आधारहरु बताइएको छ । जसरी पूर्णचन्द्र हुन सोह्र कलाको आवश्यकता पर्दछ, त्यस्तै हिन्दू दर्शन र तिनमा आधारित संस्कृतिका पनि १६ अंगहरु छन् ।
हिन्दू संस्कृतिका १६ मूल अंगहरु यसप्रकार छन् ः (१) धर्मानुकूल शारीरिक सदाचार हुनु– (२) आफ्नो अन्तर आत्मा परमात्मातिर लैजानु – (३) वर्ण धर्म सनातन – (४) जातीय शुद्धता – (५) आश्रम व्यवस्था–(क) ब्रह्मचर्याश्रम (ख)गृहस्थाश्रम (ग) वानप्रस्थ आश्रम (घ) सन्यास आश्रम – (६) दैवी सृष्टिमा विश्वास गर्नु– (७) सर्वशक्तिवान् सर्वव्यापक सकल गुण सम्पन्न भगवान्को अधिष्ठाता हो भन्नेमा विश्वस्त हुनु– (८) योगमूलक भक्तिमूलक उपासना पद्धति– (९) देवमूर्तिलाई दिव्य शक्तिको आधार मानेर भागवत् सत्ताको पूजा उपासना गर्नु– (१०) शुद्धाशुद्धि कर्म– (११) यज्ञ महायज्ञमा विश्वास गर्नु– (१२) वेद उपनिषद् श्रुति, स्मृति, पुराण जस्ता धर्म दर्शन शास्त्रमा विश्वास राख्नु– (१३) जन्म, मृत्यु र पुनर्जन्ममा तथा इहलोक परलोकमाथि विश्वास (१४) पितृलोक, देवलोक, असुरलोक, स्वर्गलोक र वैकुण्ठलोकमा भ्रमण गर्दै मावनजीवले मृत्युलोक प्राप्त गर्छ भन्ने विश्वास गर्नु (१५) गाइर्, गंगा, गायत्री, गणेश, गीता र गुरुमा श्रद्धा राख्नु (१६) कैवल्यपद प्राप्ति अर्थात् मोक्षपदवीको ईच्छा राख्नु हुन।
आजको विश्व मानवजगत्मा फैलिएका धर्मका विविधता जतिसुकै किन नहुन्, धर्मको मूल मन्त्र एउटै हो । जसरी भगवान्का अनेक रुपहरु छन् । तापनि मूल परमब्रह्म एउटै हो । हिन्दू धर्म दर्शनमा धेरै शाखाहरु भएको र अत्यन्त फराकिलो पनि भएको हुँदा कैयौं मानवहरु अलमलमा परेका देखिन्छन् । यद्यपि हिन्दू धर्म दर्शनले म मेरो भन्ने शब्द राखेकै छैन । यसमा प्रशस्त प्रामाणिक उदाहरणहरु छन् । हाम्रो हामी सबैको उद्धार कल्याण होस् भन्ने शब्दहरु वैदिक दर्शनमा उल्लिखित गरिएको छ ।
यस दर्शनमा यावत उपयोगी जीवजन्तु पशुपक्षी जनावर वनस्पति वनजंगल हरेकको पूजा गर्नुपर्ने व्यवस्था गरेको छ । पूजा भनेको वस्तु, धर्म, संस्कार देवी देवता आदिको सम्मान र संरक्षण गर्नु हो । धर्म निर्मत्सर हुनुपर्छ, जुन धर्मबाट सबै मानव र जीव संरक्षित सुसंस्कृत अलंकृत पनि हुनुपर्छ । सनातन धर्म भनेको यही हो । धर्म नछाड तर लोक धर्म भनेर हुने विकृतिपूर्ण धर्म जो धर्मका नाउँमा पशुवली दिने वा अर्कालाई पीडा दिएर गरिने धर्म त्याग्नु पर्छ । धर्मको सारको बारेमा शास्त्रहरु भन्छन्, सत्यं वद, धर्म चर, गौतम बुद्धको उपदेशमा पनि धम्मं शरणं गच्छामि भनिएको छ ।कर्म भनेको कुनै न कुनै काम गर्नु हो र बिना कर्म कोही पनि रहन सक्दैन ।
कुन कर्म गर्न हुन्छ, कुन कर्म गर्न हुँदैन, यो जान्न जरुरी छ । कर्म ३ प्रकारका हुन्छन्, अकर्म, विकर्म र कर्म । यिनै कर्मको विषयमा ज्ञान भयो भने मात्र मानिस ज्ञानी बन्दछ । कर्म भनेको ः धर्मयुक्त र निःस्वार्थ भावनाले गर्ने काम । विकर्म भनेको ः निहित स्वार्थपूर्तिका लागि र अरुको स्वार्थ पूर्ति गर्ने समेतको काम ।
अकर्म भनेको गर्नै नहुने काम आदि यसै गरी विधि निषेधका सम्बन्धमा भनिएको छ (१) के खान हुन्छ ? के खान हुँदैन ? (२) के बोल्न हुन्छ ? के बोल्न हुँदैन ? (३) कहाँ जान हुन्छ ? कहाँ जान हुँदैन ? (४) के–के काम गर्न हुन्छ ? के काम गर्न हुँदैन ? (५) विवाह, सन्तान, उद्योग, राजनीति, व्यापार कसरी गर्ने ? विद्यार्थी, युवा, वृद्ध, कर्मचारी, राजनीतिज्ञ, महिला, पुरुष सबैको काम, कत्र्तव्य र अधिकार समेत हाम्रो शास्त्रीय दर्शनमा उल्लिखित छन् । शास्त्र भन्दछ– “मानिसका सुख र दुःखका कोही दाता छैनन् ।
आफ्नै कर्म सूत्रमा सबै बाँधिएका हुन्छन्” ।मूल रुपमा अध्यात्मको अर्थ आफ्नो अस्तित्वको पहिचान गर्नु हो । आफ्नो काम, कत्र्तव्य र अधिकारको बोध नहुनु आफूले आफ्नै पहिचान गर्न नसक्नु नै मन्द बुद्धिका लक्षण हुन् । अध्यात्म विषय ईश्वरीय कानून ऐन, नियम हो । जसको ज्ञानले मानिसको अस्तित्वको पहिचान गराउँछ र धर्तीलाई नै स्वर्ग बनाउँछ । मानव मानवमा एकता, मित्रता, श्रद्धा सद्विवेकको विजारोपण गराई सुसंस्कृत समाजको स्थापना गर्न आध्यात्मिक चेतनाबाट मात्र सम्भव छ । जबसम्म म को हुँ ? भन्ने ज्ञान हुँदैन, तबसम्म ‘पशुभिः समानम्’ पशु समान हुन्छ ।
अर्जुन युद्ध मैदानमा युद्धको अन्तिम तयारीमा थिए । हतियार उठिसकेका थिए । तत्काल उनको बुद्धि मन, परिवर्तन भयो र हतियार भुइँमा फँ्याकेर हे केशव ? म युद्ध लड्दिनँ र मलाई राज्य चाहिँदैन भने । त्यसबेला अर्जुन आफैसँग भएको तागत शक्ति र कत्र्तव्यको ज्ञान भएन र भगवान् कृष्णले गीता उपदेशबाट अर्जुनको अस्तित्व पहिचान गराउनुभयो । अनि मात्र अर्जुनलाई म धनुर्धारी पराक्रमी अर्जुन हुँ भन्ने आफ्नो कत्र्तव्यको ज्ञान भयो । अनि मात्र युद्ध गर्न तयार भए । लडाईं पनि जिते ।मन्त्र नभएको अक्षर हुँदैन । औषधि नभएको वनस्पति हुँदैन ।
योग्यता नभएको पुरुष हुँदैन तर त्यसको पहिचान गराउने योजक अर्थात् विशेषज्ञ गुरु पाउन दुर्लभ हुन्छ भनेर बताइएको छ । गीताको अन्तिम पंक्तिमा गीताको सारतत्व बताइएको छ । जहाँ कृष्ण जस्ता गुरु र अर्जुन जस्ता शिष्य छन्, त्यहाँ विजय निश्चित छ । यही नै सत्य हो भनेर गीता तथा वेदका रचनाकार व्यासले बताउनुभएको छ । यसरी आफ्नो पहिचान गर्न नसक्दा को कहाँ पुग्दछ भन्ने कुरा माथि लेखिएको दृष्टान्तबाट अवगत हुन्छ ।पूर्वेली दर्शन र पश्चिमेली दर्शनमा सबभन्दा ठूलो अन्तर जन्मान्तरलाई लिएर छ ।
हामी पुनर्जन्म हुन्छ भन्दछौँ उनीहरू हुँदैन भन्दछन् । हामी ८४ लाख जुनीमा आफूले गरेको कर्म अनसार जीव घुमिरहन्छ भन्दछौँ, उनीहरू भन्दैनन् । हामी कसैको मृत्यु हुँदा उसको आत्मा मोक्ष होस् (कैवल्य प्राप्त होस्), पुनः जन्ममरणको चक्करमा नपरोस् भन्दछौँ, उनीहरू शरीर (वा आत्मा) शान्त होस् (रेस्ट इन पिस) भन्दछन् ।
भगवान् विष्णुका सबै अवतार, अन्य सबै पात्रका सबै चरित्र र तिनका लिला वा क्रियाकलाप पूर्वजन्ममा तिनले गरेका कर्मबाट निर्देशित भएका हुन्छन् भनिएको छ । हरेक नाताका व्यक्तिलाई आआफ्ना कर्महरू तोकिएका छन् । त्यही कर्मका आधारमा बितेका पुस्ता वा भावी पुस्ताको रूपरेखा निर्धारण हुने गर्दछ । हरेक मानिसको बुद्धि उसलाई उसले पूर्वजन्ममा गरेका कर्मको भोग भोगाउन अनुकूल हुनेगरी विकसित हुन्छ । कर्मको फल भोग्न शरीर चाहिन्छ, आत्माले भोग्दैन किन कि त्यो भगवान्को अंशावतार हो । अर्थात् कर्म शरीरले गर्ने हुनाले फल भोग्न पनि शरीर नै चाहिन्छ ।
जतिबेलासम्म पृथ्वीमा मानिसको चाहना सीमित हुन्थे वा हुँदै हुँदैनथे, सहवास प्रधान र उपभोगमुखी मानसिकताको विकास भएको थिएन तबसम्म धर्मको उत्पत्ति नै भएको थिएन । साधन श्रोत सीमित र चाहना असीमित हुन थालेपछि नै धर्मको उत्पत्ति भएको हो भनिएको छ । मानिसको चाहना र उपलब्धतामा सामञ्जस्य मिलाउन हम्मेहम्मे भएपछि पहिले पृथ्वी आफैँले यसलाई सन्तुलनमा लेराउने प्रयास गर्दछिन् ।
भूकम्प, आँधी, आगलागी, महामारी, युद्ध आदि पृथ्वीले सन्तुलन मिलाउन गर्ने प्रयास हुन् । यी सनातनरूपमा हुँदै आएका छन् र भविष्यमा पनि हुनेछन् । यसलाई खण्डप्रलय भनिन्छ । जब यसले पनि धान्न नसक्ने अवस्था आउँदछ तब अन्तरिक्ष–शक्ति पनि लागेर सन्तुलन मिलाउने प्रयास हुन्छ, यसबेला ठूलो परिवर्तन हुन्छ र यसलाई प्रलय भन्ने गरिएको छ । प्रलय हुँदा जीवको अस्तित्व रहन्छ । एउटा युगको अन्त र अर्को युगको सुरुआत यही प्रलयले गर्ने गर्दछ ।
जब ब्रह्माण्डमा रहेका असंख्य पृथ्वी आदि ग्रहहरू ती ग्रहमा बस्ने जीव सन्तुलनमा राख्न असमर्थ हुन्छन् तब महाप्रलय हुन्छ । महाप्रलयमा सबै ग्रहहरू ध्वस्त हुन्छन् । जीव, अनाज आदिको बीउ सुरक्षित हुने किसिमले आदिशक्तिले अन्त कतै लगेर राख्दछ र फेरी समय आएपछि ग्रहहरूमा लगेर त्यसलाई रोप्न मातहतकालाई खटाइन्छ । वेद, मोक्ष आदि नमान्ने मत पनि पूर्वीय दर्शनमा छ ।
ती नजन्मिकन रमाइलो गर्न कहाँ पाइन्छ ? जन्मेपछि बाँचुञ्जेल मोजमस्ती र रमाइलो नगरे कहिले गर्ने भन्ने तर्क गर्दछन् । तिनको मनभित्र एउटा कुनामा आफूले गरेको आचरण र त्यसको फलप्रति डर हुन्छ तर बाहिर कसले अर्को जन्म, स्वर्ग र नरक देखेको छ ? आदि भनेर मनोबल बढाइरहेका हुन्छन् । यी दुई थरी मतको जुधाई नै पृथ्वीमा हुने खण्डप्रलय, प्रलय र ब्रह्माण्डमा हुने महाप्रलयको कारण हुने गर्दछ ।
सनातन धर्मको मूल पाटो भनेको व्यक्ति, समाज र सभ्यतालाई शान्तिपूर्वक निरन्तरता दिनु हो । म बाहेक यस संसारमा अरू पनि छन् है तिनले पनि मैले जसरी नै बाँच्न पाउनु पर्दछ भनेर सिकाउने धर्म नै सनातन धर्म हो । प्रकृतिले सजीव र निर्जीव दुबैका लागि एउटा जीवन चक्कर बनाइदिएको हुन्छ, यसमा हुने अवरोधका आधारमा विभिन्न किसिमका प्रलय हुने गर्दछन् । हरेक व्यक्तिको मनभित्रै द्वन्द्व चलिरहेको हुन्छ, मनहरू मिलेर परिवार एवं समाज बन्दछ र समाज समाज मिलेर देश र देश देश मिलेर विश्व बन्दछ । जेजति खण्डप्रलय र प्रलय हुन्छ त्यसको कारण द्वन्द्वात्मक मन हो । यसलाई रोक्न कसैले सक्दैन ।