रामशरण गैरे
मुलुकभित्र धेरै राजनीतिक परिवर्तन भयो र थोरै सम्झन लायक नेताको उदय भयो। तिनै सीमित र असाधारण राजनीतिका पात्रमध्ये एक राजनीतिज्ञ हुन्– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली। एक राम्रो नेता बन्न तेज दिमाग हुनुपर्छ। एक महान् नेता हुन जनताको मन जित्नुपर्छ र एक असाधारण नेता बन्न तमाम आत्माहरूको सपना पूरा गर्न सक्नुपर्छ। वास्तवमा हो पनि। कालजयी जननेता हुन त्यति सजिलो कहाँ छ र ! असल र जनताको नेता हुन निकै कठिन हुन्छ।
राजनीतिको सचेत आकाशमा उडान भर्ने सबै राजनीतिज्ञ अमर हुँदैनन्। सफल हुँदैनन्, प्रेरणादायी हुँदैनन्। यसै पनि राजनीतिलाई फोहोरी खेल पनि भन्ने गरिन्छ। यसभित्र प्रवेश गरेर स्वच्छ तरिकाले राज गर्न त्यति सजिलो कहाँ छ र ! हाम्रो जस्तो देशमा जानी नजानी धेरै मानिस राजनीतिमा लागेका हुन्छन्।कति रहरले, कति बुझेर, कति स्वार्थका निम्ति यस क्षेत्रमा सक्रिय देखिन्छन्। वास्तवमा राजनीतिको रस यस्तै नशेदार छ। यसभित्र रमेका राजनीतिज्ञ थोरै सफल छन्। धेरै बदनाम र गुमनाम पनि छन्। यस्तो सम्भावना र जटिलताले भरिएको क्षेत्रमा चर्चा पाउनु, प्रभाव जमाउनु, जनताको विश्वास जित्नु र सफल हुनु निकै चुनौतिपूर्ण हुन्छ। नेपाली राजनीतिक वृत्त पनि यो दृश्यबाट अछुतो छैन।
केपी शर्मा ओली समकालीन नेतामा पृथक पहिचान बनाएका नेता हुन । सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल एमालेको अध्यक्ष र प्रधानमन्त्री पनि हुन। राजनीतिका साथै कला साहित्य र धर्मबारे गहन ज्ञान भएको नेता हुन । ओलीले कयौं विषयमा गहिरो ज्ञान राखेका हुन्छन्, विज्ञान प्रविधि होस् या धर्मशास्त्रको कुरामा ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मिर्गौला फेरिएपछि खान पानमात्र मात्रै होइन, धेरैथरी औषधिसमेत दैनिक सेवन गर्नुपर्ने हुन्छ । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेका हरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तातो घाममा बसेर बुढ्यौली समय बिताउने धेरै छन् ।तर, ७१ वर्षीय एमाले अध्यक्ष केपी शर्मा ओलीको हकमा यो कुरा लागू हुँदैन।ओली हरेक हिसाबले अपडेट देखिन्छन्, सूचना प्रविधि होस् या इतिहास का कुरा ओलीबाको ऊर्जा घटेको छैन ।
ओली देशको ठुलो पार्टीको प्रमुख नेतामा सीमित नभइ एक चिन्तक, एक दार्शनिक, एक इतिहासविद् र एक प्राज्ञ व्यक्तित्व रूपमा समेत देखिन्छन्। उनले दिएका तर्क पढ्दा उनमा गहिरो अध्ययनशीलताको भाव देखा पर्छ। प्रधानमन्त्री हुँदा बालुवाटार र नहुँदा बालकोटमा अबेर रातिसम्म नेता/ कार्यकर्ता सँग भेटघाट गर्ने ओली दैनिक सरदर २ बजे सुतेर ५ बजे उठ्ने गरेको निकटस्थहरू बताउँछन् । उनले दोस्रो पटक‘किड्नी ट्रान्सप्लान्ट’ गरेको एक सातामै कार्यक्रमलाई सम्बोधन गरेर ओलीले विश्वलाई चकित पारेका थिए।
विश्व वातावरण दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा ओलीले अमेजन जंगलको बारेमा दिएको प्रवचन युरोप–अमेरिका घुमिसकेका सांसदले अचम्म मानेर सुनेका थिए । मध्यरातसम्म अध्ययन गर्ने र योजना बनाएर काम गर्ने ओलीको आदत छ । समय र अनुशासित जीवनशैलीका कारण ओलीले जटिल रोगलाई जितेर पनि राजनीतिमा असाधारण सक्रियता जनाइरहेका छन् ।
ओली नेपाली राजनीतिक वृत्तमा विवाद, विजय र कडा आलोचक नेताका रूपमा चिनिन्छन्। समय र परिस्थिति अनुसार निर्णय लिन सक्ने कुशल राजनीतिज्ञ समेत मानिन्छन्। अन्य समकालीन नेताका तुलनामा प्रायः चर्चाको केन्द्रमा रहने ओली एक विद्वान् नेता पनि हुन् भन्ने कुरा बेला बेला व्यक्त उनका सम्बोधन र प्रकाशित लेखहरूले पुष्टि गर्छन्।उनी देशको ठुलो पार्टीको प्रमुख नेतामा सीमित नभइ एक चिन्तक, एक दार्शनिक, एक इतिहासविद् र एक प्राज्ञ व्यक्तित्व समेत हुन।
उनी कुनै पनि कार्यक्रममा गएर त्यसै जथाभावी आमनेताले जस्तो बोल्ने नेता होइनन्।राजनीतिको सचेत आकाशमा उडान भर्ने सबै राजनीतिज्ञ अमर हुँदैनन्। सफल हुँदैनन्, प्रेरणादायी हुँदैनन्। यसै पनि राजनीतिलाई फोहोरी खेल पनि भन्ने गरिन्छ।ओली कार्यक्रमको विषयअनुसार अध्ययन गर्ने, तयारी गर्ने र सम्बोधन गर्ने नेताका रूपमा देखिन्छन्। सम्बोधनपूर्व उनी कार्यक्रमको स्वरूप र उद्देश्य हेर्ने, पृष्ठभूमि अध्ययन गर्ने, त्यसपछि मात्रै प्रस्तुति दिने उनको राम्रो बानीका रूपमा लिन सकिन्छ।
उनले दिएका तर्क पढ्दा उनमा गहिरो अध्ययनशीलताको भाव देखा पर्छ। उनको कुनै एक सम्बोधनको भाव बुझ्न एक पाठकमा विभिन्न दर्शन, साहित्य, इतिहास, विश्व राजनीति एवं कूटनीतिको अध्ययन गर्नुपर्ने हुन्छ। त्यसपश्चात मात्र उनले भनेका कुराहरू बुझ्न सकिन्छ। उनको सम्बोधन को अर्काे साझा विशेषता भनेको राष्ट्र र राष्ट्रियताप्रतिको प्रेम, दर्शनको ज्ञान, समाज र विकाससँगको लगाव हो।
निरङ्कुश शासन सत्ताले टाउकोमाथि हरेक क्षण मृत्यु दण्डको तरबार झुण्ड्याएको एक बन्दी हुँदा होस् वा मुलुकको कार्यकारी प्रमुखका रुपमा सिंहदरबारमा आसीन हुँदा ती दुबै ठाउँमा उहाँ एउटै उद्देश्यमा समर्पितभय । केपी शर्मा ओलीमा विद्यार्थी जीवनदेखि देखापरेको नेतृत्व क्षमता क्रमिक रूपले सुदृढ र विस्तारित हुँदै अहिले राष्ट्रियस्तरमा फैलिएको छ । ओलीमा एक कुशल र दृढ नेतृत्वमा हुनुपर्ने गुण र क्षमता छ । यसले अहिलेसम्म नेपाली जनतालाई प्रभावित बनाउँदै ल्याएको छ ।
नेता ओलीले राजनीतिको शिखरसम्म आइपुग्न ५८ वर्ष लामो सङ्घर्षपूर्ण यात्रा तय गरेका छन । १४ वर्ष कठोर जेल जीवन भोग्नु भएका ओली मुलुकको शक्तिशाली पार्टी नेकपा (एमाले) को अध्यक्ष र देशको चार पटक कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री बन्न सफल भय ।निरङ्कुश पञ्चायती व्यवस्थामा ओलीले जीवन नै जोखिममा राखेर राजनीतिक संघर्ष गरे त्यही संघर्षबाट प्रतिबन्धित पार्टीको एउटा साधारण तहको कार्यकर्ताबाट ओलीले पार्टी र देशको नेतृत्वको यात्रा सुरु गरेकाहुन ।
ओलीको राजनीतिक जन्म झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षको गर्भबाट भएको हो। देशभक्ति, लोकतन्त्र, सामाजिक जागरण र विकासको भावधाराबाट विकसित नेपालको कम्युनिस्ट आन्दोलन लाई व्यवहार र आचरणको सङ्गति कायम गर्न ओली सफल भएकाछन।केपी शर्मा ओलीको प्राज्ञिक र राजनीतिक क्षमताको मापन गर्न हरकोहीलाई निकै कठिन हुन्छ । उनका जीवन संघर्षका गाथा पढेर, उनका बाणी सुनेर र उनको अनुहार हेरेर समेत हर कोहीलाई राजनीतिक र प्राज्ञिक उर्जा मिल्छ ।
गन्तव्यतर्फ क्रियाशील रहँदा पहिल्याउँदै जानुपर्ने मार्ग पनि सबैका लागि सधैं प्रशस्त भइरहँदैन । कतिपय स्थानहरूमा खाल्टाखुल्टी हुन सक्छन् । कति स्थानमा अवरोधको पहाडै ठडिएको हुन सक्छ ।बाटोमा आइ लागेका यस्तै चुनौतीसँग डराउने व्यक्ति सफलताको शिखरमा पुग्दैन । त्यस्तो व्यक्तिको नेतृत्व दृढ र सफल पनि हुँदैन । यो एक कुशल नेतामा हुने गुण होइन । जघाँर पनि तर्न खोज्ने तर खुट्टा पनि कमाउने व्यक्तिको नेतृत्व कुशल हुन सक्दैन। आइलाग्ने जस्तोसुकै परिस्थितिलाई सामना गरी अगाडि बढ्ने व्यक्ति नै सफलताको शिखरमा पुग्छ ।
चुनौतीको पहाड भत्काउन व्यक्तिमा आवश्यक पर्ने गुण भनेकै दृढ अठोट, उत्साह र साहस, आत्मबल, निरन्तर प्रयास एवं असफलतालाई स्वीकार गर्दै निरन्तर अगाडि बढ्ने जुझारु प्रवृत्ति हो । केपी शर्मा ओलीमा यस्तो आदम्य साहस र उत्साह छ, जसले उनलाई कुशल र दृढ नेतृत्ववाहक नेताकै रूपमा चिनाउँछ ।
केपी ओली राष्ट्रभक्तिले अभिप्रेरित व्यक्ति हुन भन्ने कुरा उनका पछिल्ला काम कार्यले नै पुष्टि गर्दै ल्याएको छ । राष्ट्रभक्तिको भावना सबैको समान नहुन सक्छ । आफूमा निहित राष्ट्रभक्तिलाई स्वार्थमा सम्झौता गर्ने उच्च पदस्थ व्यक्ति विगतमा पनि थिए, अहिले पनि छन् । कनिष्ट व्यक्तिमा राष्ट्रभक्तिको भावना नहुने वरिष्ठमा हुने भन्ने कुरा हुँदैन । सामान्य नागरिक पनि राष्ट्रभक्तिको उदाहरण बनेका सयौं दृष्टान्त छन् । हाम्रै वीर पुर्खाले राष्ट्रभक्तिको निम्ति पु{याएको योगदानको छाप हाम्रो मनमस्तिष्कबाट कहिल्यै हट्न सक्दैन । उनले सत्ता लिप्सालाई राष्ट्रिय भावनासँग सम्झौता गरेनन । केपी शर्मा ओलीले अतिक्रमित आफ्नो भूमि समेटेर कमसेकम नेपालको नक्सा त बनाए । भारतीय सेना सो क्षेत्रबाट फर्कियोस् भन्ने उद्घोष पनि गरे । यो उनको राष्ट्रभक्तिको अनुपम नमुना हो ।
केपी शर्मा ओलीमा अनुकरणीय निर्णायक क्षमता छ । जुन नेतामा हुनुपर्ने महत्वपूर्ण विशेषता हो । उच्च ओहदामा रहने व्यक्ति अनिर्णयको बन्दी बने देश र जनताको कल्याण हुँदैन । राज्य सञ्चालन गर्दा, राजनीति गर्दा, महत्वपूर्ण निर्णय गर्नुपर्दा, मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक चुनौती आइलाग्दा, कार्यकारी प्रमुखले उत्पन्न परिस्थिति तत्कालै विविध कोणबाट विश्लेषण गरी निर्णय गर्नुपर्नेहुन्छ ।
विभिन्न् राजनीतिक घटना क्रमको सन्दर्भमा ओलीको निर्णायक क्षमता अब्बल र दुरदृष्टिमा आधारित भएको पुष्टि हुन्छ । अवस्थाअनुसार लिनुपर्ने निर्णय सबैका लागि मान्य नहुन सक्छ । न त सबैको मान्य हुने उद्देश्यले नै निर्णय गरिन्छ । व्यक्ति वा समूह रिझाउन होइन देश र जनताको हितमा निर्णय आयो आएन भन्ने कुरा नै सबैभन्दा महत्वपूर्ण हो ।
केपी ओलीले आफूमा परिस्थितिअनुसार चल्न सक्ने खुबी छ भन्ने कुरा युवा अवस्थाबाटै प्रदर्शित गर्दै ल्याएका हुन् । सहकर्मी नेता, पार्टीका कार्यकर्ता र सर्वसाधारण नागरिक लाई प्रभावित बनाउने कला केपी ओलीमा छ । यो नेतामा हुनुपर्ने आदर्श गुण हो । एकोहोरो सोचविचार भएको अदूरदर्शी व्यक्ति राजनीतिको कुशल खेलाडीमा स्थापित हुन सक्दैन ।
आदर्श राजनीतिज्ञमा रोइरहेकालाई हँसाउने, हाँसी रहेको हाँसो नटुटाउने तथा सर्वसाधारण जनतालाई प्रभावित बनाउने आकर्षक कला हुनुपर्छ, जुन केपी शर्मा ओलीमा छ । आफूमा भएको कलाकारिताकै विशेषतालाई वाक चातुर्यताकै माध्यम बाट प्रयोग गर्दे प्रतिद्वन्द्वी र प्रतिपक्षी एवं विरोधीलाई नै आफ्नो बसमा ल्याउन सक्ने खुबी ओलीमा छ । केपी ओलीले निरन्तर जनताको साथ पाउनुको कारण पनि यही हो ।
निर्णायक तहमा रहेको व्यक्तिले सबैको कुरा सुन्नुपर्छ।सुनेको कुरालाई विविध कोणबाट आफैंले विश्लेषण गर्नुपर्छ। निर्णय गर्नु पहिले उचित निष्कर्षमा पुग्नुपर्छ । जसले जे भन्छ त्यही ठीक भनी लैवरीमा चल्ने व्यक्ति निर्णायक क्षमतामा कमजोर ठानिन्छ । यो राजनेतामा हुने अवगुण नै हो । यसैले नेतृत्व गर्ने व्यक्ति लुरे र फित्तलो हुनुहुँदैन ।नरम, मिजासिलो र मृदुभाषी तर हुतिहरा निम्जो व्यक्तिभन्दा खरो स्वभावको दृढ नेतृत्व राष्ट्र र जनताको हितका निम्ति उपलब्धिपूर्ण बन्छ । यही विशेषताले केपी ओलीप्रति जनता आकर्षित भएका हन् ।
केपी ओलीमा राजनीतिक कार्यकर्ता मात्र होइन जनता रिझाउने खुबी छ।आवश्यकताको पहिचान गर्न र त्यसलाई जनचाहना अनुरूपै सम्बोधन गरी जनता रिझाउन कुन ठाउँमा कुन समयमा कस्तो कार्य गर्नुपर्छ भन्ने कुरामा केपी ओली निपूर्ण छन् । दृष्टान्तका निम्ति ओलीको भ्युटावर निर्माणलाई नै लिन सकिन्छ । केन्द्रदेखि स्थानीय तहसम्म कतिपय स्थानमा अहिले भ्युटावर निर्माण भइरहेको छ । सम्बन्धित क्षेत्रका बासिन्दाले भने यसलाई प्रशंसनीय ठानेका छन् ।
यसैगरी कुन स्थानका बासिन्दाको आवश्यकता के छ ? र त्यसलाई पूरा गरी उनीहरूलाई आफू प्रति कसरी आकर्षित बनाउन सकिन्छ भन्ने कुरामा निपूर्ण ओलीले मुलुकको विभिन्न पकेट क्षेत्रमा नागरिकका निम्ति विविध विकास निर्माणको कार्य प्रारम्भ गर्दै आएका छन् ।उच्च मनोबल र आत्मविश्वास व्यक्तिमा हुने विशिष्ट गुण हो उच्च मनोबल र आत्मविश्वास हुने व्यक्तिले गर्छ भनी सोचेको कार्य सोचसँगै ५० प्रतिशत सम्पन्न भएको अनुभूति हुने तथा बाँकी ५० प्रतिशत पनि पूरा हुने ठानिन्छ ।
हरेस नखाने, लक्षित कार्य सम्पन्न पार्न लागिपर्ने व्यक्तिले उद्देश्य पूरा गरेरै छोड्छ । यो गुण केपी शर्मा ओलीमा छ । प्रतिकूल परिस्थितिमा पनि विचलित नहुने, समस्या र चुनौतीलाई सामान्य ठान्ने, चिन्तामा नडुब्ने, शिर नझुकाउने, शारीरिक असक्ततालाई परवाह नगर्ने ओलीको शैली उच्च मनोबल र आत्मविश्वासको प्रतीक हो । सबैसँग यस्तो गुण हुँदैन । सफलताको शिखरमा पुग्न व्यक्तिमा यस्तो गुण अपरिहार्य ठानिन्छ । यही विशेषताले केपी ओलीलाई राजनीतिक कुशल खेलाडीमा स्थापित गराएको हो । जनधरातलमा उभिएको सक्षम र दृढ व्यक्ति आफैंमा मजबुद हुने भएकाले चुनौती पनि उसको निम्ति प्रभावहीन हुन्छन् । केपी शर्मा ओली अत्यधिक आलोचनाको बाबुद पनि पदमा रहिरहनुको मुख्य कारण नै उनको राजनीतिक चातुर्यता हो ।
अध्यक्ष ओलीको जीवन सङ्घर्षमय छ प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेहरू‘बा’भन्ने गर्छन् ।एमालेहरूका ‘ओली बा’ यतिखेर सकल नेपालीजनका अभिभावक हुन् र आफ्नो वाककला र व्यञ्जनात्मक बिम्बहरूको प्रयोगले केपी शर्मा ओलीका भाषणहरूमा ओझिला र आकर्षक रहेका छन् । उनका भाषणहरूको विषयमा राजनीतिक कन्टेन्टहरू अर्थात् राजनीतिक विषयवस्तु, देशमा नीति नियम, राजकीय विषयहरू आदि समावेश हुन्छन्।समय सन्दर्भ अनुसारका राजनीतिक भाषणहरूमा राजनीति को विशिष्ट पक्षहरू समाहित हुनु केपी शर्मा ओलीको भाषणको प्रमुख विशेषता हो ।
आफ्नो भाषण र व्यवहारकाकारण आज आम नेपाली र विदेशीसम्मले केपी शर्मा ओलीलाई राष्ट्रवादी नेताको रुपमा चिन्दछन् र मान्दछन् । उनका हरेक भाषणमा राष्ट्रवाद मगमगाएको हुन्छ । उनका भाषणमा देशको क्षेत्रीय अखण्डता सार्वभौमिकता र आत्मनिर्भरताका विषयहरू भरपुररुपमा पाइन्छ । त्यसैले उनका भाषण हरूमा राष्ट्रवादी अडान पाइन्छ । उनका प्राय हरेक भाषणहरूमा देशको आर्थिक विकास र पूर्वाधार निर्माणका सवालहरू भाषणका मुख्य विषयहरू हुन्छन् । यी भाषणहरूमा देशको समग्र आर्थिक सामाजिक विकास, प्रगति र वृद्धिको आवश्यकतामा आधारित भएको हुनाले उहाँका भाषणहरूले देशको विकासमा फोकस भएको पाइन्छ ।
उनका भाषणहरूमा सीर्जनशीलता र रचनात्मक आलोचना पाइन्छ । कुनै विषयवस्तुकावारेमा उनका प्रस्तुति वा विपक्षीहरूको आलोचना गर्दा पनि उनले आफना भाषणहरूमा बिम्बहरूको प्रयोग गरेर रचनात्मक आलोचना गरेको पाइन्छ । त्यसैले उनको भाषणको अर्को विशेषता भनेको सृजना र रचनात्मकतासहितको आलोचना हो भन्न सकिन्छ ।
उनका भाषणहरूको अर्को महत्त्वपूर्ण विशेषता भनेको उनले प्रयोग गर्ने शब्दहरूमा रहेको कूटनीतिक भाषा हो ।उनले व्यक्त गरेका द्धिदेशीय वा देशीय भाषणहरू हेर्ने हो भने उनले आफ्नो शब्दहरूमा सन्तुलित र कूटनीतिक विदेश नीतिको पक्षमा वकालत गरेको पाइन्छ भने नेपालको हितको रक्षा गर्दै विभिन्न राष्ट्रहरूसँग सहकार्यको खोजी गरेको पाइन्छ ।केपी शर्मा ओलीको भाषणको अर्को महत्त्वपूर्ण दृष्टिकोण भनेको सामाजिक समानता हो । उनका भाषणमा असमानताको अन्त्य र सामाजिक, आर्थिक समानताको अर्थ लुकेको हुन्छ ।
केपी शर्मा ओलीका हरेक भाषणहरूमा नेपालको आत्मनिर्भरता र अर्थतन्त्रको संस्थागत विकासमा आधारित हुन्छन् । नेपालको विभिन्न पक्षहरूको राष्ट्रिय आत्मनिर्भरता लाई जोडेर उनका भाषणहरू व्यक्त भएका छन् । उनले आफना भाषणहरूमा नेपालको विकास र आर्थिक स्वार्थलाई प्राथमिकता दिएबाट पनि उनका भाषणहरूमा नेपालको राष्ट्रिय आत्मनिर्भरताका विषयहरू पाइन्छन् ।ओलीको भाषणको अर्को विषय भनेको नेपालको संविधान र संसद, कानुनी र नीतिगत सुधारहरूमा केन्द्रीत रहेको छ । त्यसैले उनका भाषणहरुको विशेषता भनेको संविधान र संसदको सुधार पनि हो भन्न सकिन्छ ।
यसका अलवा उनका भाषणहरुमा नेपाल र यसको अन्तरराष्ट्रिय सम्बन्धकावारेमा समाज र सांस्कृतिक मुद्दाहरू उठान गर्ने सन्दर्भमा नेपालको सामाजिक, राजनीतिक र अर्थतन्त्रका मुद्दाहरूमा, नीति र दर्शन उनका भाषणका अन्य विशेषताहरु हुन । उनका भाषणले जनतालाई प्रेरणा र उत्प्रेरित गर्न सक्छ. र उहाँका वाणीहरुवाट मानिसहरु उत्पे्ररित वनेर आफनो जीवनमार्ग सफल वनाउन सक्दछन । त्यस्तै उनका भाषणहरूले राष्ट्रले सामना गरिरहेका मुद्दाहरू र सरोकारहरूलाई सम्बोधन गरिरहेको हुन्छ भने अर्कातिर उहाँका भाषणहरूले सरकार र नागरिकहरूबीचको विश्वास र पारदर्शिताको भावनालाई बढावा दिन मद्दत गर्नुकासाथै यो वीचको खाडल पता लगाउने र त्यो ग्यापलाई न्युनिकरण गर्ने काम समेत गरिरहेको हुन्छ ।
उनको अर्को विशेषता भनेको ऐतिहासिक पक्षको उजागर गर्नु हो । यसले हाम्रा समाजका परम्परागत मुल्य मान्यतालाई नयाँ पुस्ताहरूकोवीचमा जीवन्त संवाद र सञ्चारको काम गरिरहेको हुन्छ र देशको सांस्कृतिक र राजनीतिक सम्पदाको समेत संरक्षण गरिरहेको हुन्छ । उनको भाषणको अर्को महत्वपुर्ण विशेषता भनेको उनको भाषणमा प्रयोग भएको प्रकृतिसँग सरोकार राख्ने मौलिक व्यञ्जनाको प्रयोग हो । व्यङ्ग्यको हिसावले फरक सन्दर्भ र परिवेशअनुसार उनले आफनो भाषणमा व्यञ्जनाको प्रयोग गर्छन । उनका भाषणहरुमा प्रयोग भएका व्यञ्जनाहरूका आफनै मौलिक सन्दर्भ र परिवेशहरू छन् । केपी शर्मा ओलीका अभिव्यक्तिलाई अन्य नेताहरूका अभिव्यक्तिसँग तुलना गर्ने हो भने त्यहाँ केही न केही मौलिकपन पाइन्छ ।
आम स्रोताहरूले उनका अभिव्यक्तिलाई रूचाउनका कारण पनि त्यसमा पाइने व्यञ्जनाको स्वाद हो भन्न सकिन्छ।उनका अभिव्यक्तिमा व्यञ्जनाको प्रयोगको आफ्नै तरिका छ । आफूले ग्रामीण परिवेशमा देखेका भोगेका र आम मानिसले समेत बुझ्न सक्ने हिसावले उनका अभिव्यक्तिहरूमा व्यञ्जनाको प्रयोग भएको पाइन्छ । त्यसैले केपी शर्मा ओलीलाई धारा प्रवाहरुपमा व्यञ्जनाशक्तिसहितको अभिव्यक्ति गर्न सक्ने नेताकोरुपमा बुझन सकियो भने उनीप्रति न्याय हुन सक्छ ।
पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीबाट २००८ साल फागुन ११ गते केपी शर्मा ओलीको जन्म इवा–२, तेह्रथुममा भएको थियो । इवाकै हाल प्रणामी उच्च माध्यमिक विद्यालय र तत्कालीन समयको प्राथमिक विद्यालयबाट ओलीले आफ्नो अध्ययन प्रारम्भ गरेका थिए । आफ्नो जीवनको १२ बर्ष इवामा बिताएका ओली २०२० सालमा आफ्नो परिवारसहित झापाको सुरुङ्गामा बसाइँ सरे । उनी आफ्नो बाल्य अवस्था अर्थात् डेढ वर्षकै उमेरमा मातृ वात्सल्यबाट बञ्चित हुनुपर्यो ।
सानैदेखि मीठो र प्रष्ट ढंगले बोल्ने, अरूको खुलेर आलोचना गर्ने, चलाख र राम्रो विद्यार्थीको पहिचान बनाएका ओली २०२० सालमा देखी रामनाथ दाहालले राजनीतिक सामीप्ययतामा अगाडी वढे । त्यस पछि क्रमशः ओलीमा वर्गीय राजनीतिक झुकाव र चेतना फैलिँदै गयो । केपी शर्मा ओली २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा समावेश भय। यो नै उनको औपचारिक राजनीतिको पहिलो प्रस्थान विन्दु थियो । यही सिलसिलामा २०२७ जेठ ९ गतेदेखि झापा जिल्लामा वर्गीय आन्दोलनको शुरुवात भयो । उनले यो आन्दोलनको परिचालन र अगुवाइ गर्दै पूर्ण कालिन नेताको रूपमा भूमिगत जीवनको शुरुवात गरे।
केपी शर्मा ओलीले २०२८ सालमा कोशी कोअर्डिनेशन केन्द्रबाट विद्रोह गरेर बनेको झापा आन्दोलन सङ्गठन कमिटीको प्रमुखको जिम्मेवारी सम्हाले । भारतको चारु मजुमदारको नक्सलाइट आन्दोलनको प्रभावबाट शुरु गरिएको झापा विद्रोहको सशस्त्र संर्घषका वेला पनि उनी शान्तिपूर्ण सङ्घर्षको बाटो नै अवलम्बन गर्नु पर्दछ भन्ने मान्यता अगाडि सार्दै कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिककरणको बीजारोपण गरेका थिय ।
केपी ओली आफ्नो सिद्धान्तप्रति, काम कर्तव्यप्रति, उद्देश्यप्रति सधैं लगनशील र दृढ भई लागि पर्दछन् । यही लगनशिलताले उनलाई सफलताको सिँढी चढाउँदै अहिलेको अवस्थामा ल्याइपु¥यायो । आफ्नो अठोट र उद्देश्यप्रति ओलीले कहिल्यै कसैसँग सम्झौता गरेनन् । युवा अवस्थाली साँच्चिकै देशका अभिभावक बन्न सकेका थिए । चीनसँग पट्रोलियम ढुवानीसँगै पारवहन सम्झौता गरेर नेपालको विदेश नीतिमा नयाँ आयाम थपेपछि, कालापानीमा भारतले हडपेको जमिनसहितको नक्सा जारी गरेपछि ओलीले भरपर्दो नेताको छवि बनाएका थिए ।त्यही छविका कारण उनले पटक–पटक मुलुकको नेतृत्व गर्ने अवसर पाए ।
कम्युनिस्ष्टहरु बहुलवादी खुल्ला समाजमा विश्वास गर्छन् । बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट शासन सत्ताको बागडोर सम्हाल्न सक्छन् भन्ने मान्यतालाई स्थापित गर्न सके । कम्युनिस्ष्टलाई लोकतान्त्रिकीकरण गर्ने सेरोफेरोको जनताको बहुदलीय जनवाद (जवज)लाई मार्ग दर्शन सिद्धान्तको रुपमा प्रतिपादन गरेका मदनको नेपालमा प्रजातान्त्रिक तथा कम्युनिस्ष्ट आन्दोलनलाई सफल बनाउन उनको योगदान छ ।