काठमाडौ। नेपाल पत्रकार महासङ्घको मङ्सिर २८ गते हुने निर्वाचनमा अधिकांश पूर्व सभापतिहरू प्रेस चौतारी र प्रेस युनियनले समर्थन गरेको निर्मला शर्मा समूहको साझा प्यानलको पक्षमा खुल्ला उत्रिएका छन् ।
आइतबार राजधानीमा आयोजित साझा समूहको उम्मेदवार परिचय कार्यक्रममा अधिकांश पूर्व सभापतिको समर्थन रहेको जानकारी दिइयो।
कार्यक्रममा पूर्व सभापतिहरू परिचय कार्यक्रमको मञ्चमा नै देखिएका थिए। निर्मला शर्माको समूहलाई समर्थन गर्दै महासङ्घका पूर्व सभापति सुरेश आचार्य, महेन्द्र विष्ट, विपुल पोखरेले लगायत भने कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा पूर्व सभापति तारानाथ दाहाल पनि सहभागी हुने भएकोले केही समय ढिला भएको जानकारी दिइएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्याशी निर्मला शर्माले पूर्व सभापतिहरू विष्णु निस्ठुरी र शिव गाउँलेको पनि समर्थन र सहयोग आफ्नो समूहलाई भएको जानकारी दिनुभयो।
कार्यक्रममा पूर्व सभापति धर्मेन्द्र झाको पनि सर्थन रहे पनि उहाँ पदीय हिसाबले सहभागी नहुनु भएको बताइएको थियो।
परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आफू तीस वर्ष देखि लगातार पत्रकारितामा क्रियाशील रहेको र यस पटक समावेशी नेतृत्व( महिला) अध्यक्ष हुने अवसर आएकोमा खुसी प्रकट गर्नू भयो। कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष शिव लम्सालले यस पटक इमानदारीताका साथ संयुक्त समूहलाई जिताउन अपिल गर्नुभएको थियो।
यस्तै गरी नेकपा एसका केन्द्रीय प्रचार विभाग सदस्य एवं समाजवादी प्रेस सङ्गठनका सल्लाहकार शान्तराम बिडारीले सो पार्टीका सबै निकाय परित्याग गरेको घोषणा गर्नुभएको छ।
प्रेस चौतारी नेपाल र प्रेस युनियनले आइतबार राजधानीमा आयोजना गरेको निर्मला शर्मा समूहको उम्मेदवारी परिचय कार्यक्रममा उहाँले यस्तो घोषणा गर्नुभएको हो। घोषणसँगै उहाँले नेपाल पत्रकार महासङ्घमा आगामी मङ्सिर २८ गते हुने निर्वाचनमा आफूले दिएको कोषाध्यक्षको उम्मेदवारी समेत फिर्ता लिनुभएको छ। फिर्तासँगै उहाँले संयुक्त समूहबाट उम्मेदवार बनेका रामकृष्ण ज्ञवालीलाई समर्थन गरेको घोषणा गर्नुभयो।
उम्मेदवार परिचय कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो – म समाजवादी प्रेस सङ्गठनको केन्द्रीय सल्लाहकार, पार्टीको केन्द्रीय प्रचार विभाग सदस्यमा समेत नरहने गरी सो पार्टी सम्बद्ध सबै निकाय परित्यागको घोषणा गर्दछु। उहाँले आफूलाई कुनै बेला नेपाल पत्रकार महासङ्घको काठमाडौं जिल्लाको अध्यक्ष बनाउन प्रेस चौतारीले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले चौतारीसँग भावनात्मक सम्बन्ध रहेको घोषणा समेत गर्नुभयो। उहाँले आइतबारै आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै निर्मला शर्माको समूहलाई नेपाल पत्रकार महासङ्घमा जिताउन समेत अपिल गर्नुभएको छ।
उम्मेदवारहरुको नामावली
पद नम
अध्यक्ष निर्मला शर्मा
बरिष्ठ उपाध्यक्ष दीपक आचार्य
महिला उपाध्यक्ष नितु पण्डित
समावेशी उपाध्यक्ष उमिद प्रसाद बागचन्द
महासचिव रामप्रसाद दाहाल
सचिव खुल्ला रमेश खतिवडा
सचिव महिला सोनी शर्मा
सचिज आदीवासी जनजाती सविन प्रियासन
सचिव मधेशी अशोक कुमार तिवारी
सचिव दलित प्रकाश थौलाकोटी
सचिव एसोसिएट बैकुण्ठराज पराजुली
कोषाध्यक्ष रामकृष्ण ज्ञवाली
खुल्ला सदस्य
छविलाल तिवारी
भूपेन्द्र आचार्य
मुकुन्द प्रसाद भण्डारी
रामेश्वर कार्की
लवदेव ढुंगाना
कोशी प्रदेश सदस्य कमलमणि रिजाल
शंकर खरेल
मधेस प्रदेश सदस्य राजेश कर्ण
अच्युतम् कुमार सापकोटा
वागमती प्रदेश सदस्य नवराज पथिक,
नारायण अधिकारी
गण्डकी प्रदेश सदस्य केवि राना,
कृष्ण केसी
लुम्बिनि प्रदेश सदस्य रामराज पोखरेल,
विकास बन्जाडे
कर्णाली प्रदेश सदस्य तुलाराम पाण्डे,
नगेन्द्र प्रसाद उपाध्याय,
सूदूरपश्चिम प्रदेश सदस्य योगेन्द्र वहादुर रावल,
सुरेश पन्त
उपत्यका प्रदेश सदस्य विनोद प्रसाद चौलागाई, पुस्करराज बुढाथोकी
प्रतिष्ठान प्रदेश सदस्य नरेन्द्र मानन्धर, सविता शर्मा
संस्थागत सदस्य (एशोसिएट सदस्य) पवित्रा मुडभरी, मुक्तिवावु रेग्मी
महिला सदस्य
मधेसी रुवि कुमारी रौनियार
आदिवासी माला मालुङ्वा
खस आर्य लिला शाह योगी
दलित निर्विरोध
दलित सदस्य सिकेन्द्र पासवन
दलित सदस्य महिला निर्विरोध
आदिवासी जनजाति सदस्य भरत जर्घामगर
आदिवासी जनजाति महिला निर्विरोध
मधेसी सदस्य राज करण महातो
मधेसी महिला सदस्य ललिता शाह
अपाङ्गता भएका सदस्य भूपराज बस्याल
अल्पसंख्यक सदस्य लक्ष्मण थामी
लेखा समिति सदस्य केशव प्रसाद वोहरा
लेखा समिति सदस्य (महिला) रुक्मिणी पोखरेल