जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि पश्चिम नेपालमा हिउँदे वर्षा हुने सम्भावना रहेको जनाएको छ।
मौसमविद्हरूका अनुसार दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि मंगलबारसम्म पश्चिम नेपालमा हुने सम्भावना रहेको छ। हल्का वर्षा हुने र मुख्यतया पहाडी र हिमाली भेगमा मात्र सीमित हुने आकलन गरिएको छ।
कर्णालीमा राम्रो वर्षा र सुदूरपश्चिममा हल्का वर्षा हुने देखिए पनि अन्य प्रदेशमा भने बदली मात्र हुने महाशाखाले बताएको छ। मंसिर २६ गते यता देशका कुनै पनि केन्द्रमा पानी परेको छैन। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोे छ।

