टामवर्थ, अष्ट्रेलिया — नेपाली समुदायको आयोजनामा २० अगस्ट २०२५, भोली बुधबार ‘टामवर्थ तीज फेस्टिवल २०२५’ भव्य रूपमा टामवर्थ वार मेमोरियल हलमा आयोजना हुँदैछ। साँझ ४ बजेबाट १० बजेसम्म हुने यस सांस्कृतिक पर्वमा “तीजको लहर आयो बरिलै” नारासँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागी रहनेछ। फेस्टिवलमा संगीत, नृत्य, खानपान, राफल, गेम्स लगायत विविध सांस्कृतिक र मनोरञ्जन गतिविधिहरू प्रस्तुत गरिनेछ। टामवर्थको स्थानीय कलाकारहरूका साथ, राष्ट्रिय तीज गायक श्रीकृष्ण बम मल्ल, तीज गायिका लक्ष्मी मल्ल, र DJ Aacis को आकर्षक प्रस्तुति रहनेछन्। कार्यक्रमको सञ्चालन अजिना कार्कीले गर्नेछिन्।
यस तीज महोत्सवका Title Sponsor ACE Auto Services र Prosper Loan Experts हुन्। Platinum Sponsor को रूपमा Bupa Aged Care Tamworth रहेका छन्। Gold Sponsors KTM Supermarket, Jax Tyres & Auto Tamworth, Cold Rock Tamworth र Expert Education & Visa रहेका छन्। Silver Sponsors ISPA Kebab Tamworth, Loan Solutions, Opporto छन्। Bronze Sponsorsमा Manav Henna Art, Big Fella Burgers & Pizza, Cafe Vivaldi, Spicy Indian Treat, Regional Development Australia, The Peel Inn Hotel, Porter House Hospitality Group, Happy Soul Bistro, Red Roosters, Midas Service Centre, Annapurna Remit, Tilicho Consulting लगायत स्थानीय व्यवसायहरूको महत्वपूर्ण सहयोग रहेको छ।
NIT सदस्यका लागि प्रवेश शुल्क $२५ र गैर–सदस्यका लागि $३५ तोकिएको छ। बम मल्लका लोकप्रिय तीज गीतहरू (“तीजको लहर आयो बरिलै”, “तीजमा खोला घुम्न जाउँ”, “भन्छन् तीजमा सक्सेस हुनुपर्छ”, “हातमा हरिया चुरा”, “मायाले बोलाऊ”, “चिट्ठी लेखौं तीजमा”) लगायत अन्य सांगीतिक प्रस्तुति विशेष आकर्षण रहनेछ। आयोजक समूहले सांस्कृतिक मुक्तमैत्री र उत्सवको सन्देश दिन स्थानीय कलाकारहरू र सांस्कृतिक विविधताको प्रस्तुतिमा जोड दिएको छ। कार्यक्रममा सहभागी, प्रायोजक, कलाकार र सम्पूर्ण नेपाली समुदायलाई उत्सवको शुभकामना व्यक्त गरिएको छ।

