स्थापनाको छोटो समयमा नै प्रतिष्ठित आइटी कम्पनि इनोभेट टेक द्वारा १०० भन्दा बढी कर्मचारीको लागि आवेदन खुल्ला गरेको छ।
काठमान्डौ बालुवाटार स्थित रसियन एम्बेसीको छेउमा प्रधान कार्यालय रहेको इनोभेट टेकको “माइ सेकेन्ड टिचर” नामक एप एसिया प्यासेफिक क्षेत्रमा बहुप्रतिष्ठित मानिन्छ।

हाल जापान, कोलम्बिया, चिन, सिंगापुर, इजिप्ट, भारत, इन्डोनेसिया, ओमन लगायत विश्वका १६ भन्दा बढी देशका ६० भन्दा बढी बिद्यालयमा यो एप्प्लिकेसनमार्फत् विभिन्न पाठ्यसामग्रीहरुको प्रयोग गरिरहेका छन्।
नेपालमै विकास गरिएको “माई सेकेण्ड टिचर” एपले हाल क्याम्ब्रिज विश्वबिद्यालयको बिद्यालय पाठ्यक्रममा आधारित डिजिटल पाठ्यसामाग्रीहरुको विकास र विश्वस्तरमा प्रवर्धन गरिरहेको छ।
सन् २०२० मा एसिया प्यासिफक क्षेत्रमा उत्कृष्ट १० इ-लर्निङ्ग टेक्नोलोजी कम्पनीहरुमा पर्न सफल माई सेकेण्ड टिचर एप नेपालका सरकारी बिद्यालयमा निशुल्क वितरण गर्ने र प्राइभेट बिद्यालयमा पनि न्युन शुल्कमा प्रदान गरिने कुरा कम्पनिले बताएको छ। जसले गर्दा नेपालका दुर-दराजका बिद्यार्थीहरुले पनि अन्तरास्ट्रिय स्तरको पाठ्यक्रम निशुल्क वा न्युन-शुल्कमा पढ्न पाउने कुराले कम्पनि अझ उत्साहित रहेको पाइन्छ।
कोरोना भाइरसका कारण हजारौंको संख्यामा रोजगारी कटौती भैरहेको छ यध्यपी इनोभेट टेक भने यो समयमा आफ्नो पाठ्यक्रमलाई अझै प्रभावकारी बनाउनको लागि धेरै भन्दा शैक्षिक क्षेत्रका प्राविधिक र शिक्षकहरुलाई रोजगारीको अवसर सिर्जना गर्दै छ जसमा न्युनतम छ सय डलर देखि लिएर दुइ हजार डलर सम्मका क्षेत्रहरु समाबेस छन्।
सम्भबत नेपालकै ठुलो आइटी कम्पनि इनोभेट टेक प्रा लि अन्तरास्ट्रिय शिक्षा प्रदान गर्दै आएको आइ एन जी ग्रुपद्वारा संचालित संस्था हो जस अन्तरगत नेपालका विभिन्न शहरहरुमा ५ ओटा कलेजहरु संचालनमा छन्।