चितवन प्रहरीले आज दिउसो २ बजे पूर्वी चितवनको खैरहनी नगरपालिका २ चैनपुर स्थित राप्ति अटो वर्कसपमा जुवातास खेलिरहेको अवस्थामा गोप्य सुचनाका आधारमा ५ जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नगद रु ९२,६६५/- (बयानब्बे हजार छ सय पैसट्ठी रुपैयाँ ) सहित तास पनि जफत गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेकालाई सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ।