एजेन्सी : सायद तपाईं लाई यो कुरा सुन्दा आश्चर्य लाग्नेमात्र होइन पत्यार नै नलाग्न सक्छ । यो दुनियामा एउटा यस्ता गाउँ पनि छ जहाँ छोरीहरु जन्मिएको केही समयपछि आफसे आफ छोरा बन्दछन् ।
डोमिनिकन रिपब्लिक भन्ने देशमा रहेको सेलिनास भन्ने गाउँ दुनियाको यस्तो विचित्र गाउँ हो जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्षका भएपछि छोरा बन्दछन् ।
चटकी कुरा होइन । छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्षका पुग्दा शारीरिक तथा जैविक रुपबाटै छोरामा परिणत हुन्छन् । महिलाको जस्तो यौनांग लिएर जन्मिएका बच्चाको यौनांगको स्वरुप पनि बदलिएर पुरुषको जस्तै बन्दछ ।
यो कुनै चमत्कारका कारण भएको भने होइन, एउटा आनुवंशिक रोगका कारण यस्तो भएको हो । वास्तवमा शिशुहरुमा गर्भमै रहेको बेला यो रोग लागेको हुन्छ । आनुवंशिक विकारका कारण भ्रुणलाई आवश्यक इन्जाइम प्राप्त हुँदैन । जसका कारण बच्चामा पुरुषको सेक्स हर्मोन नगन्य मात्रामा हुन्छ । जसको असर बच्चाको लिंगमा पनि देखिन्छ । बच्चाको लिंग यति छोटो हुन्छ की उनीहरु जन्मिँदा बच्चा छोरा हो की छोरी हो पत्ता लगाउनै गाह्रो हुन्छ ।
तर जब बच्चा १२ वर्ष पार गर्दछ उसको सरीरमा बल्ल सुसुप्त अवस्थामा रहेको यौनांग विकशित हुन थाल्दछ र पहिले स्त्री यौनांग जस्तो आकृति बल्ल पुरुष यौनांग जस्तो बन्दछ । यसरी १२ वर्षपछि मात्र बाउआमाले आफ्नो बच्चा खासमा छोरा हो वा छोरी हो भन्ने कुरा पत्ता लगाउन सक्दछन् । १२ वर्षसम्म छोरी भनेका बच्चाहरुलाई १२ वर्षपछि एकाएक छोरा भन्नुपर्ने हुन्छ कहिलेकाहीँ ।
छोरी सोँचेर सानोमा जामा लगाइदिएका बच्चाहरु ज्ब १२ वर्ष पुगेपछि छोरा भएको पत्तो लाग्छ तब लुगा देखि लिएर सबै खाले व्यवहारमा परिवर्तन आउन थाल्दछ । वास्तवमा यसरी पछि गएर वास्तविक लिंग पहिचान हुने वा १२ वर्षपछि छोरीबाट छोरा बन्ने बच्चाहरुको जिवनमै ठूलो परिवर्तन आउँदछ ।
चम्चा डुबाउँदा ठाडै हुने अनौठो चियाको रहस्य
चिया नेपाली जनजिवनमा निकै सर्वसुलभ पेय । बसिबियाँलो देखि लिएर अतिथि सत्कार सम्मका लागि चियाको खपत निकै हुन्छ हामीकहाँ । चिया भन्ने बित्तिकै दुध, चिनी, पानी र चियापत्तीको घोल मिलाएर पकाएको चिज । यो तरल चिजमा चम्चा डुबाउँदा ठाडै अडिने भन्ने हुँदैन र ठाडो गरी हालेको चम्चा कपको बिटतर्फ ढल्किनु स्वभाविकै हो ।
तर भारतको लखनउमा भने यस्तो चिया पाइन्छ जहाँ चियाको कपमा चम्चा डुबाउँदा चम्चा ठाडै उभिन्छ, ढल्दैन । लखनउमा यसलाइ खडे चम्मचवाली चाय भनिन्छ । यो निकै चर्चित छ । नाम जस्तै यो काममा पनि उस्तै छ र चियाको कपमा चम्चा डुबाउँदा चम्चा ढल्दैन ठाडै हुन्छ । लखनउको त्यो चिया हैदरावादको इरानी चियाको एक प्रकार हो ।
आखिर चियाको गिलास वा कपमा चम्चा डुबाउँदा कसरी केहीपनि चिजको सहारा बिना चम्चा ठाडै हुन्छ त ? यसबारेमा चिया व्यापारीहरु केहीपनि बताउन चाहँदैनन् । तर चियाको गिलास वा कपमा पछि हालिने र नघोलिने चिनीका कारण यसरी चम्चा ठाडो भएको हुनसक्ने अनुमान चिया पिउनेहरु गर्दछन् ।
अनौठो परम्परा जहाँ बाबु छोरीलाई बिहे गराईन्छ
दुनियामा कतिपय यस्ता परम्परा हुन्छन् जसका बारेमा सुन्दैमा निकै अप्ठेरो महसुस हुन्छ र लज्जाबोध पनि हुन्छ । सायद आफ्नै बुबासँग कुनै पनि महिलाको बिहे हुने भन्ने कुरा सोच्न पनि नसकिने कुरा हो । तर बंगलादेशको एक जनजाति समुदायमा भने पुरुषहरुले आफ्नै छोरीसँग बिहे गर्दछन् । बंगलादेशको मन्डी जनजाति समुदायमा यो परम्परा प्रचलित रहेको छ । यहाँका युवतीहरु बच्चैदेखि आफ्ना बाबुसँग बिहे गरेको सपना देख्दछन् । किनकी अलिक उमेर बढेपछि उनीहरुको आफ्नै बाबुसँग बिहे गराईन्छ ।
आफूलाई जन्म दिने बुबाको मृत्यु भएर आमाले अर्कै पुरुषसँग बिहे गरेमा पनि छोरीहरुले आफ्नै सौतेलो बुबासँग बिहे गर्दछन् । प्रायः आफ्नो लोग्नेको उमेरमै मृत्यु भएको खण्डमा महिलाहरुले आफ्नै परिवारको अर्को पुरुषसँग बिहे गर्ने परम्परा यो जातिमा छ । भारत र बंगलादेशमा मण्डी जातिका झण्डै २० लाख जनसंख्या छ । यो जनजातिका मानिसहरुलाई गारो भनेर चिनिन्छ ।