जाजरकोट असोज २१
जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ।जुनीचाँदे गाउँपालिका १, औलभीरमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा जुनीचाँदे–१ की अन्दाजी ६५ वर्षीय बुद्धि बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही र ३० वर्षीय खिम बहादुर शाही रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।
बुधबार दिउँसो २ बजे भे १ ज ९३५ नम्बरको जीप दुर्घटना भएको हो।घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाबाट प्रहरी गएको छ।
जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ। प्रहरीले घटनाबारे थप खोजी गरिरहेको वास्तोलाले जानकारी दिए।