भारत प्रशासित कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको निधन भएको छ।
पृथकतावादी समूह हुर्रियत कन्फ्रेन्सका संस्थापक गिलानीको ९२ वर्षको उमेरमा गएराति निधन भएको हो।
गिलानी जमात–ए–इस्लामीबाट पूर्व जम्मु–कश्मीर राज्यमा तीनपटक विधायक निर्वाचित भएका थिए।
यो समूहले सन् १९८९ मा सशस्त्र संघर्ष सुरु गरेपछि भारतले प्रतिबन्ध लगाएको थियो।