काठमाण्डौबाट मुग्लिङतर्फ आउदै गरेको ना ७ ख ५०११ न.को रात्री बसबाट मिति २०७८।५।१८ गते बिहान ०४.३० बजे जिल्ला चितवन रत्ननगर न.पा. १५ माधवपुर बस्ने बर्ष २७ को सोनाम बाईवाको साथबाट ७ के.जि , कालिका न.पा. ८ कालिकाटोल बस्ने बर्ष २५ को बिमल तामाङबाट ६ के.जि. र जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा न. ३ तउलुङ बस्ने बर्ष २० को राजकुमार तामाङको साथबाट ३ के.जि. र मिति २०७६/१०/१५ गते राती अं.२१:०० बजेको समयमा जिल्ला चितवन राप्ती न.पा.वडा नं.१ नयाँबस्तीमा ना २ ह ५८८० नं.को अटो रिक्साबाट ७ वटा पोकामा ३५ किलोग्राम लागु औषध गाँजा फेला पारी तत्काल भागी फरार रहेका चालक मिति २०७८।५।१७ गते राती अं.२१:०० बजेको समयमा जिल्ला चितवन राप्ती न.पा.वडा नं.१ पिप्ले बस्ने बर्ष २० को मिनराज घलानलाई पक्राउ गरि निजहरुलाई लागु औषध मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


