नेपाली कांग्रेसको भरतपुर २० को अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको छ। ४ जना प्रत्यासीहरु क्रमश: भोजराज लामिछाने, बैकुण्ठलाल श्रेष्ठ, आनन्द सुवेदी र गुणराज पौडेलले सहमति र सहकार्यको राजनीतिलाई स्थापित गराउनका लागि एकढिक्का भई जुट्नुभएको छ। सोहि अनुरुप नेपाली कांग्रेस वडा नं २० मा सत्यमोहन अधिकारीको नेतृत्वमा वडा कार्य समिति सर्वसम्मत चयन भएको छ। ४ जना प्रत्यासीहरु मध्य भोजराज लामिछाने, आनन्द सुवेदी र गुणराज पौडेल क्षेत्रीय प्रतिनिधिको रुपमा सर्वसम्मत चयन हुनुभएको छ।
वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरुको टुंगो लगाउन कार्यवाहक वडाध्यक्ष यज्ञ प्रसाद घिमिरे को संयोजत्वमा गठित ९ सदस्य पहल समितिले अहोरात्र खटि सर्वसम्मत बनाउन सफल भएको कुरा पहल समितिका सदस्य बासु सापकोटाले जानकारी गराउनु भयो।
भरतपुर २६ मा विरोध,
भरतपुर २६ मा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको सहमति विवादित भएको छ। दुईजना बुद्धिबहादुर गुरुङ्ग र दलबहादुर गुरुङ्गले नेतृत्व गरेको समुहमा युवाहरुलाई समेट्न नसकेकोमा विवाद भएको हो। कम्तिमा पनि ४० % युवाहरुलाई स्थान दिनुपर्ने मागसहित उनीहरुले केहीबेर कार्यक्रम स्थल दिव्य-ज्योति जुनेली गुरुङ्ग आमा समुहमा प्रदर्शन गरेका हुन्। प्रष्ट रुपमा दलबहादुर र बुद्धिबहादुर भनेर चिनिंदा पनि दुवैपक्षले युवालाई समेट्न नसक्नु यो क्षेत्रकै लागि दुर्भाग्य रहेको पनि उनीहरुले गुनासो गरेका छन्। सहमतिमा दलबहादुर समुहले सभापति सहित २५ जनालाई र बुद्धिबहादुर समुहले ३० जनालाई अवसर दिएको थियो। सभापतिमा पुरुषोत्तम कमल निर्बिरोध भएका थिए भने उपसभापति देखि सबै सहमतिका आधारमा चयन भएका थिए।