नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिएरै छाड्ने बताएका छन् । भरतपुर विमानस्थलमा कुरा गर्दै उनले भने, ‘म व्याक हुन्नँ, सभापतिको उम्मेदवार हुँ ।’
उनले क्रियाशील सदस्यता वितरण विवादका कारण महाधिवेशन केही समय पर धकेलिनसक्ने पनि बताए । ‘२२ जिल्लामा विवाद छ, विवाद मिलाउन समय लागे महाधिवेशन केही पर धकेलिन सक्छ’ उनले भने ।
उनले अहिले प्रमुख प्रतिपक्षी एमालेले गरेको विरोध तथा अवरोधको तरिका ठीक नभएको बताए । ‘हुलदंगा सभ्य होइन’ उनले भने, ‘संसदीय मर्यादा त कायम गर्नुपर्छ नि |’
साभार : नेपाल प्रेस