नेपाली कांग्रेस प्रदेश कार्यसमितिको लागि भएको निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले कर्णालीबाट विजयी सुरुवात गरेका छ ।
कर्णालीमा देउवा समूहका ललितजंग शाही विजयी भएका छन् । शनिबार भएको निर्वाचनबाट शाही ४२२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।
संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका छन् । यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याए । जम्मा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।